काठमाडौं : आइतवारसम्ममा नेपालमा पाँच हजार ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये ९ सय ७४ जना डिस्चार्ज भइसकेका छन्। १९ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, चार हजार ७ सय ६७ जना संक्रमित आइसोलेसनमा छन्। नेपालमा हालसम्म एक लाख ३३ हजार ३ स ७७ वटा स्बव परीक्षण गरिएकोमा पाँच हजार ७…
काठमाडौं :गुल्मीमा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएसँगै प्रदेश ५ मा मृत्यु हुनेको संख्या ७ पुगेको छ। नेपालमा कूल संक्रमितमध्ये प्रदेश ५ मा एक हजार ५ सय १९ जना संक्रमित रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। यद्यपि, स्वास्थ्य मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा रहेको एक जनालाई भने आफ्नो तथ्यांकमा राखेको छैन। पछिल्लो पटक गुल्मीको रेसुङ्गा नगरपालिका वडा…
काठमाडौं : सामाजिक सञ्जालमा एउटा तथ्यांक भाइरल भइरहेको छ यतिखेर। विशेषगरी सरकारका उच्च पदस्थ अधिकारी, प्रधानमन्त्रीका सल्लाहकारदेखि प्रदेश ५ का मुख्यमन्त्रीले नेपालमा कोरोना भाइरसको परीक्षण एसियामा भुटानबाहेक अगाडि भन्दै जापान भारत थाइल्याण्डलाई उछिनेको भन्दै तथ्यांक दिइरहेका छन्। तथ्यांकमा नेपालमा प्रति १० लाख नौ हजार ७ सय ४५ जनाको कोरोना परीक्षण भएको दाबी गरिएको छ। के जिम्मेवार पदमा बसेका नेता तथा…
काठमाडौं : रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा एक तीन महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ। भैरहवास्थित गहुँबाली प्रशिक्षण केन्द्रमा रहेको कोरोना भाइरस परीक्षण प्रयोगशालमा कञ्चन गाउँपालिका ५ का तीन महिने शिशुसहित तीन जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये कञ्चन ५ कै ४० वर्षका पुरुष र २१ वर्षका युवक रहेका छन्। कञ्चन गाउँपालिका वडा नं ५ का अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार…
काठमाडौं : नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित पुष्टि भएकामध्ये २३० पुरुष र २० महिला रहेका छन्। योसँगै संक्रमितहरुको संख्या चार हजार ६१४ जना पुगेको छ। जसमध्ये चार हजार २८५ पुरुष र ३२९ महिला छन्। संक्रमित भएकामध्ये तीन हजार ७३८ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ८६१ जना उपचारपछि डिस्चार्ज भएका…
काठमाडौं : कोरोना कहरका कारण नेपाल आउन नपाएका थाइल्यान्डमा रहेका नेपालीहरुमध्ये २६० जना पहिलो उडानमा असार ३ गते काठमाडौं आउने भएका छन्। थाइल्यान्डस्थित नेपाली दूतावासले सूचीमा परेका २६० जनालाई जेठ ३२ गतेभित्र टिकट लिइसक्न सूचना जारी गरेको छ। बैंककबाट काठमाडौं आउनेलाई प्रतिव्यक्ति ४७ हजार ३०० रुपैयाँ तोकेको छ। हवाई टिकटको रकम यात्रु आफैले बेहर्नुपर्ने र तोकेको समयमा टिकट नलिनेको टिकट…
काठमाडौं : नेपालमा ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलवार इलाम जिल्लामा १ जनासहित ३ सय २३ जनामा संक्रमण पुष्टि भयो। स्वास्थ्य मन्त्रालयको मंगलवार ४ बजेसम्मको तथ्यांक अनुसार अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ३ सय ५३ जनाको नमुना परीक्षण गर्दा ३ सय २३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको…
काठमाडौं : नेपालमा ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलवार इलाम जिल्लामा १ जना सहित ३२३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ३५३ जनाको नमुना परीक्षण गर्दा ३२३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ। मृत्यु हुनेको संख्या १५ पुगेको छ। संक्रमितमध्ये…
काठमाडौं : मंगलवार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ औं मृत्युले नेपालको स्वास्थ्य क्षेत्रमा निजी लगानीमा चलेका अस्पताल कुन हदसम्म तल झर्न सक्छन् भन्ने छर्लङ्ग पारेको छ। साथै, कोरोनाका विषयमा सरकारको नीति कति अव्यवहारिक छ भन्ने पनि खुलेको छ। चितवनको भरतपुर अस्पतालमा ६८ वर्षका निमोनिया रोगका विरामीको कोरोना संक्रमणपछि मृत्यु भएको भयो। उनको निमोनियाको उपचार भरतपुरकै नारायणी सामुदायिक…
काठमाडौं : भरतपुरमा एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। सोमवारमात्र कोरोना संक्रमण पुष्टि भएका भरतपुरका ६८ वर्षका पुरुषको आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले पुष्टि गरेका छन्। अस्पतालले उनलाई बिहान ७ बजेर ७ मिनेटमा मृत्यु भएको घोषणा गरेको हो। निजी अस्पतालमा उपचार संक्रमणपछि जबर्जस्ती सरकारीमा सार्दा मृत्यु संक्रमण पुष्टि भएका मृतकको उपचार भरतपुरस्थित…
काठमाडौं : सरकारले कोभिड-१९ विरुद्ध लड्नका लागि दातृ निकायले दिने सहायतालाई नियमन गर्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मापदण्ड तयार गरी लागू गरेको हो। कोभिड-१९ को सन्दर्भमा अहिले दैनिकजसो विभिन्न संघ संस्थाले मन्त्रालयलाई सहयोग प्रदान गर्दै आएका छन्। अब यस्तो सहयोग गर्ने हो भने पाँच लाख रुपैयाँभन्दा माथिको हुनुपर्ने छ। मन्त्रालयको मापदण्डको पाँचौं नम्बर बुँदामा भनिएको छ-…
काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगिसकेको छ। सरकारले कोरोना भाइरस नियन्त्रणका तथा रोकथामका लागि सरकारले अहिलेसम्म झण्ड १० अर्ब रुपैयाँ खर्च भइसकेको जनाएको छ। कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण, राहत वितरणमा हालसम्म ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको तथ्यांक कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिमा रहेको छ।…
शंकर पोखरेल ज्यू, मुख्यमन्त्री भनेर सम्बोधन गर्न मन लागेन। जसले मतदान गरेर मुख्यमन्त्री बनाए, तिनै भोका जनतालाई दोष थुपारेर आफ्नो गल्ती छोपेको देखेर लाजलाई पनि लाज लाग्यो होला। त्यसैले मुख्यमन्त्री भन्न फिटिक्कै मन लागेन। 'क्वारेन्टाइन र लकडाउनका कारण कोभिड-१९ समुदायमा फैलिएको छैन। आफूखुशी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिन?' क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी…
काठमाडौं : पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २६६ जना उपचार पछि निको भएर फर्किएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २७० जना पुरुष १८ जना पहिला छन्। संक्रमित जिल्लाको सूचीमा दुई जिल्ला थपिएका छन्-प्यूठान र पर्वत। पछिल्लो २४ घण्टामा…
काठमाडौं : कोरोना भाइरस रोग (कोभिड-१९) बाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृत्यु भएका ८ मध्ये ७ जना आफूमा कोरोना भाइरसको संक्रमण छ भन्ने थाहा नभई बिदा भए। गुल्मीको मदाने गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापक ४१ वर्षका व्यक्ति बाहेक अरुले आफूमा कोरोना छ भन्ने थाहा त पाएनन्। दुई जनामा त अझै दाहासंस्कारपछि मात्र थाहा भयो- उनीहरुको मृत्युको एक कारण…
काठमाडौं : प्रदेश नम्बर ५ मा सोमवार थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा ६४२ जना मा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य संयोजक डा उमाशंकर चौधरीले जानकारी दिए। सोमवार मात्र ७ जिल्लामा संक्रमण पुष्टि भएका छन्। संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी कपिलवस्तुका छन्। कपिलवस्तुमा सोमवार ४७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा ३१७…
काठमाडौं : दिनहुँ भारतबाट नेपाल प्रवेश गर्नेको संख्या हजारौंमा छ। भारतबाट नेपाल आउनेहरुसँगै क्वारेन्टाइनमा रहेकाहरुको संख्या पनि बढ्दै गएको छ। क्षमताभन्दा बढी संख्यामा क्वारेन्टाइनमा मानिसहरु बस्न बाध्य भइरहेका छन्। पछिल्लो एक सातामा मात्र भारतबाट आउनेहरुको संख्या ५० हजार बढी पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतवार दिउसो ४ बजेसम्मको अद्यावधिक तथ्यांक अनुसार देशभरमा एक लाख १९ हजार एक…
काठमाडौं : कोरोना भाइरस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार एक हजार चार सय एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिवार अपराहन्न ४ बजे सम्मको मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार २१९ जना संक्रमण मुक्त भइसकेका छन्। आज विहान सम्म विभिन्न जिल्ला र प्रदेशमा संक्रमितको संख्या बढेको छ। विभिन्न प्रदेशले गरेको संक्रमितको अध्यावधिक संख्या अनुसार बिहान ११…
काठमाडौं: सरकारले तेस्रो मुलुकमा रहेका समस्यामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विदेशस्थित नेपाली नियोगहरुले नेपालीलाई स्वदेश फर्काउने तयारी थालेका छन्। सरकारले १२ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो। निर्यणसँगै विदेशमा रहेका नेपाली दूतावासले नेपाली फर्काउने प्रक्रिया थालेका हुन्। अष्ट्रेलियाको क्यानवेरास्थित नेपाली दूतावासले अष्ट्रेलियासँगै न्यूजिल्याण्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन तयारी थालेको छ।…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको छ। संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीहरुको अभाव हुनसक्ने तथ्यलाई ध्यानमा राख्दै मन्त्रालयले 'कोभिड-१९ इमर्जेन्सी मेडिकल डिप्ल्योमेन्ट टिम (इमडीटी)' परिचालनसम्बन्धी निर्देशिका तयार पारेको छ। मन्त्रालयले पछिलो साता दैनिक औशतमा ४६ जना संक्रमित थपिँदै गएको भन्दै सीमावर्ती जिल्लामा संक्रमण दर उच्च हुँदैगर्दा ती क्षेत्रमा स्वास्थ्यकर्मीहरुको अभाव हुन…