काठमाडौं : अव्यवस्थित फोहोर मैलाको विरोधमा नेकपा (एमाले) काठमाडौंले प्रदर्शन गरेको छ। एमाले काठमाडौंले गठबन्धन सरकारले फोहर व्यवस्थापनमा देखाएको बेवास्ताप्रति विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनमा सहभागीहरुले ‘दुर्गन्धले बेहोस हुने भइयो’, ‘हाम्रो फोहोर कहिले उठ्ने?’, ‘गठबन्धन सरकारको महानगरवासीलाई उपहार, काठमाडौं शहर फोहोरै फोहोरको शहर’ लगायत लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए। त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसदहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको…
ललितपुर : पाटनमा हरेक वर्ष गाईजात्राको भोलिपल्ट मतया पर्व मनाउने गरिन्छ। दिवंगत आफन्तहरुको सम्झनामा दिप प्रज्वलन गर्दै यस दिन नगर परिक्रमा गरिन्छ। नेपाल भाषामा मत को अर्थ बत्ती र याको अर्थ यात्रा हो। दीप प्रज्वलन गर्दै शहरमा नगर गरिक्रमा गरिने भएकाले त्यसैले यो पर्वलाई 'उज्यालो पर्व' पनि भनिन्छ। पाटनका बौद्ध धर्मवालम्बीहरुले बौद्ध चैत्य र बहा:बहीमा वर्ष दिनमा मृत्यु भएका पितृहरुलाई अन्धकारबाट उज्यालोमा…
ब्लू डाइमण्ड सोसाइटीको प्राइड सांगीतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुति दिएका छन्। अमेरिकी दूतावासको सहयोगमा उक्त कार्यक्रम भएको हो। कमल खत्री, सुवानी मोक्तान, सज्जनराज वैद्यलगायतले प्रस्तुति दिएका थिए। सांगीतिक प्रस्तुतिमा नेपालका लागि अमेरिकी राजदूतको पनि उपस्थिति थियो। ठमेलबाट सुरु भएको र्याली वसन्तपुर हुँदै टुँडिखेलमा पुगेको थियो। टुँडिखेलमा कन्सर्ट भएको थियो।
काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा धुमधामका साथ मनाइँदैछ। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्। श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा नयाँ जनै फेर्ने…
काठमाडौं : मंगलवार रातिदेखि बुधवार बिहानसम्म काठमाडौं उपत्यकामा भारी वर्षा भयो। बाढी पूर्वानुमान महाशाखाले काठमाडौं र भक्तपुरका केही क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन राति अपिल पनि जारी गरेको थियो। मंगलवार मध्यरातमा भक्तपुरको मनोहरा खोलामा एक्कासी पानीको बहाब बढेपछि बस्ती जलमग्न बन्न पुगे। मध्यरातमा बाढी बस्ती पसेपछि मान्छेहरुको भागाभाग भएको थियो। सुकुम्बासी बस्तीमा बसिरहेकाहरु अरनिको राजमार्गसम्म पुगेका…
काठमाडौं : बालाजुको बाइसधारा र बाइपासको बिचमा रहेको एक जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ। आज बिहान करिब साढे ११ बजे श्रीराम पाण्डेले संचालन गरेको कारखानामा आगो लागेको थियो। दिउँसो साढे १ बजेसम्ममा आगोलाई नियन्त्रणमा लिइयो। आगलागीका कारण कारखानासँगै रहेको घर प्रभावित भएको छ। घरको कोठाभित्र आगोको मुस्लो पसेको छ। कारखानासँगै रहेको अन्य केही घरसमेत धुँवाका कारण प्रभावित भएका…
आज २८ औं विश्व आदिवासी दिवस। नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ। यस अवसरमा नेपाली आदिवासी जनजाति महासंघले काठमाडौंको भृकुटीमण्डपबाट र्याली आयोजना गर्यो। र्याली मुल समारोह स्थल राष्ट्रिय सभागृह पुगेर टुंगिएको थियो। र्यालीमा विभिन्न आदिवासी जनजातिले आआफ्नो सांस्कृति झल्काउने झाँकी प्रस्तुत गरेका थिए। उनीहरुले मातृभाषामा शिक्षा दिनसमेत सरकारसँग माग गरेका छन्। यस अवसरमा विभिन्न जातजाति संगठनले आदिवासीका…
ललितपुर : पाटनमा यल पञ्चदान पर्व मनाइएको छ। हरेक वर्ष साउन शुक्ल अष्टमीका दिन पाटन क्षेत्रमा रहेका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। काठमाडौं र भक्तपुरमा भने भाद्रकृष्ण त्रयोदशीमा पञ्चदान गर्ने परम्परा रहेको छ। नेपाल भाषामा यस पर्वलाई 'पंजरां' भन्ने गरिन्छ। शुक्रवार बिहानैदेखि पाटनस्थित बहा: बही, बिहारमा दिपंकर बुद्धका मूर्ति, करुणामयका मूर्तिहरु प्रदर्शनमा राखिएको छ। त्यसक्रममा भक्तजनहरुले धान, नुन,…
काठमाडौं : न्याय माग्दै अनसन बस्न पुगेकी निहारिका राजपुत सिंहदरबारबाट पक्राउ परेकी छिन्। कुमारी आमा भनेर चिनिने राजपुत शुक्रवार दिउँसो सिंहदरबार निषेधित क्षेत्रमा अनसन बस्न पुगेकी थिइन्। बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाँडको हातबाट जुस खाएर अनसन तोडेपनि आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै पुन अनसनमा उत्रिएकी हुन्। धनुषाकी निहारिकाले आफूलाई एक पुरुषले बलात्कार गरेको र न्याय नपाएको भन्दै…
काठमाडौं : काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस् अन्तर्गत आर्ट एन्ड डिजाइन विभागले आयोजना गरेको ‘इम्प्रेसन’ शीर्षकको कला प्रदर्शनी जारी छ। प्रदर्शनी सोमवारदेखि सुरु भएको हो भने शनिवार सकिनेछ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा विभागअन्तर्गत ललितकला स्नातक अन्तिम वर्षका २७ जना विद्यार्थीहरुका सयभन्दा बढी आर्ट प्रदर्शनमा छन्। विद्यार्थीहरुले कलाको माध्यमबाट आफ्नो पहिचान तथा संस्कृति झल्काउने प्रयास गरेका छन् भने केहीले…
काठमाडौं : नाग पञ्चमीको दिन आज काठमाडौंको नक्सालस्थित नाग पोखरीमा नागको पूजा गर्न मानिसहरुको भीड लाग्यो। पोखरीको मध्य भागमा रहेको नागको मूर्तिसम्म जान नपाएका भक्तजनहरुले पोखरी परिसरमै ल्याइएका नागलाई दूधले अभिषेक गराए। बाबा र सपेराहरुले ल्याएका ज्यूँदो सर्पलाई पूजा गर्न र दूध खुवाउने छुट्टै भीड थियो। भक्तजनहरु नागसँग फोटो खिचाउन, नागको माला लगाउन लालायित देखिन्थे। नाग पञ्चमीको दिन आज बिहानै…
काठमाडौं : आज नाग पञ्चमी। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गरिएको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ। बजारमा नागका विभिन्न…
काठमाडौं : काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो। घटनास्थल विभत्स रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले पाण्डे परिवारका आफन्त शोकमा डुबेका छन्।
काठमाडौं : नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका प्रावधानहरुको विरोधमा आज धर्ना दिएका छन्। आज माइतीघरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिइएको हो। धर्नामा सहभागीहरुले ‘दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन’,…
काठमाडौं : शहरको व्यस्त जीवनशैलीबाट केही क्षण विश्राम लिन मानिसहरु काठमाडौं उपत्यका नजिकाका रमणीयस्थलहरुको खोजीमा छन्। डाँडामा हाइकिङदेखि नयाँ नयाँ ठाउँको खोजिमा छन् उनीहरु। विगतमा ओझेलमा परेको चन्द्रागिरि क्षेत्र अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ। केबलकार सञ्चालनपछि आन्तरिक पर्यटकको संख्या बढेको छ। पहिला हिँडेर जानुपर्ने चन्द्रागिरिमा अहिले केबलकारले पुग्ने भएपछि विदाको दिन यहाँ मानिसहरुको घुइँचो लाग्ने गरो छ। पर्यटकलाई आकर्षित…
काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन्। पछिल्लो समय सरकारले अमेरिकी सेनाको नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अगाडि नबढाउने निर्णय गरेपछि आकास्मिक रुपमा उनी नेपाल आइपुगेका हुन्। अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्ये एसिया मामिला ब्युरोका सहायक मन्त्रीको नेपाल भ्रमणलाई नेपालस्थित अमेरिकी दूतावासले नियमित भनेको छ। नयाँ दिल्ली हुँदै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। नेपाल आइपुगेका…
काठमाडौं : काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्दा निस्किएको लेदोसहितको ग्यास अझै निस्किने क्रम रोकिएको छैन। मंगलवार बिहान १० बजेदेखि निस्किएको ग्यास दिउँसो ३ बज्दासम्म आइरहेको छ। यसरी लेदो मिसिएको ग्यास निस्किँदा वरपरका करिब १० घरहरू प्रभावित बनेका छन्। घरका छत तथा भित्ताहरू लेदोले ढाकिएको छ। लामो समयदेखि लेदो निस्किने क्रम नरोकिएकाले जोरपाटी चोकसम्म लेदो आइपुगेको छ। यसरी जमिनबाट ग्यास निस्किएपछि खानी…
साउनको पहिलो सोमबार। हिन्दु परम्परामा साउनको हरेक सोमबारको विशेष महत्त्व हुने गर्छ। सात्त्विक खानपान र हरियालीको महिनाका रूपमा यस दिनलाई मनाइने गरिन्छ। सोमबार श्रद्धालुहरू पशुपति मन्दिरलगायतका देवालयमा पुग्छन्। साउनको सोमबार शिवको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारका दिन शिवको व्रत पूजा विशेष फलदायी हुने विश्वास पनि गरिन्छ। साउने सोमबारको पहिलो दिन पशुपति परिसरमा आरतीको पनि विशेष जमघट भएको…
काठमाडौं : आज साउनको पहिलो सोमवार। हिन्दु परम्परामा साउनको हरेक सोमवारको विशेष महत्व हुनेगर्छ। सात्विक खानपान र हरियालीको महिनाका रुपमा यस दिनलाई मनाइने गरिन्छ। यसैले पनि आज श्रद्धालुहरु काठमाडौंको पशुपति मन्दिरमा पुगेका थिए। साउनको सोमवार शिवको पूजा गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ महिला भक्तजन बिहानैबाट शिव मन्दिर पुग्छन्। सोमवारका दिन शिवको व्रत पूजा विशेष फलदायी हुने ज्योतिषहरु बताउँछन्। यो…
काठमाडौंः गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। निषेधित क्षेत्रमा प्रवेश गरेर नाराजुलुस गरेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको हो। त्यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। विद्यार्थी संघ ( नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्तरुपमा विरोध कार्यक्रम गर्दै आएका छन्। उनीहरूले गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्दै आज बिहान बालुवाटारस्थित राष्ट्रिय बैंक अगाडि प्रदर्शन गरेका…