PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • हतियार खरिद प्रकरणविरुद्ध युवा संघको मसाल जुलुस, जलायो प्रधानमन्त्रीको पुतला

    हतियार खरिद प्रकरणविरुद्ध युवा संघको मसाल जुलुस, जलायो प्रधानमन्त्रीको पुतला

    काठमाडौं : नेपाल प्रहरीले हतियार खरिद गर्ने विषयका कारण अहिले सांसददेखि सडकसम्म तातेको छ। मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसदले प्रहरीले हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाए। सोही विषयमा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन तथा बृहत् मसाल जुलुस गरेको छ। संघले आज हतियार खरिद प्रकरणविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो। सो क्रममा प्रदर्शनकारीहरुले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • इद मुबारक! नमाज पाठ गरेर मनाइयो इदुल जोहा

    इद मुबारक! नमाज पाठ गरेर मनाइयो इदुल जोहा

    काठमाडौं :आज देशभर बकर ईद (इदुल जोहा) मनाइँदैछ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पाठ गरेका छन्। आज काठमाडौंमा रहेको कश्मीरी मस्जिद र जामे मस्जिदमा पनि नमाज पढियो। नमान पढिसकेपछि उनीहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए। देशभर रहेका अन्य मस्जिद र इदगाहमा पनि मुस्लिम धर्मावलम्बीको भीड लागेको थियो। हिजरी संवत्अनुसार १४३९ वर्ष…

    विस्तृतमा पढ्नुस्

  • संयुक्त राष्ट्रसंघ भवन बाहिर रोहिंग्याको प्रदर्शन, 'शरणार्थी तिमीहरुको शत्रु होइन'

    संयुक्त राष्ट्रसंघ भवन बाहिर रोहिंग्याको प्रदर्शन, 'शरणार्थी तिमीहरुको शत्रु होइन'

    काठमाडौं : नेपालमा बस्दै आएका रोहिंग्या शरणार्थीहरुले आज ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघ भवन बाहिर प्रदर्शन गरेका छन्। आफ्नो मानव अधिकार रक्षाको माग गर्दै उनीहरुले आज प्रदर्शन गरेका हुन्। 'शरणार्थी तिमीहरुको शत्रु होइन, जसले हामीलाई शरणार्थी बनायो उनीहरु तिम्रो शत्रु हो' लगायतका नारा लेखिएको ब्यानरसहित उनीहरु प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनमा बालबालिका पनि संलग्न थिए। केहीदिन अघि उनीहरुले महाराजगञ्जस्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार काउन्सिलको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकका दृश्यहरु

    माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकका दृश्यहरु

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ वटा एजेन्डा प्रस्तुत गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, वर्षमान पुन, गिरीराजमणि पोखरेल, दिनानाथ शर्मालगायतको उपस्थिति रहेको थियो।

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो काठमाडौंको जगन्नाथ रथयात्रा, भारत र विश्वका अन्य मुलुकमा पनि मनाइयो

    यस्तो देखियो काठमाडौंको जगन्नाथ रथयात्रा, भारत र विश्वका अन्य मुलुकमा पनि मनाइयो

    काठमाडौं : हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारत, थाइल्यान्ड, म्यानमारलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। नेपालमा हरेक वर्ष यसको आयोजना हुँदै आएको छ। यस वर्ष आयोजित रथयात्रा नेपालको ३७औँ हो। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले यो रथयात्रा आयोजना गरेको हो। जगन्नाथ देवल सुन्धारा (आर्मी क्लब)बाट सुरु भएको रथयात्रा नेपाल वायुसेवा निगम, विशाल बजार, महांकाल, जमल,…

    विस्तृतमा पढ्नुस्

  • झरीमा रुझ्दै छम्पीमा छुपुमा छुपु

    झरीमा रुझ्दै छम्पीमा छुपुमा छुपु

    काठमाडौं : आज असर १५। देशभर धान रोपाइँ गरिँदैछ। मानो रोपेर मुरी फलाउने भएकाले पनि रोपाईँको रौनक मुलुकभरि नै हुने गर्छ। असार १५ लाई धान दिवस मनाउनुको कारण यही नै हो। आजको दिनलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। किसानमात्र होइन असार १५ लाई जो सुकैले पनि पर्वकै रुपमा लिएका छन्। आजको दिन खेतमा धान रोपाइँ कार्यक्रम नै आयोजना गरिन्छ। ललितपुरको…

    विस्तृतमा पढ्नुस्

  • फेरि सडकमा ओर्लिए रोहिंग्या, ११ बुँदे माग राख्दै प्रदर्शन गर्दा प्रहरीसँग घम्साघम्सी

    फेरि सडकमा ओर्लिए रोहिंग्या, ११ बुँदे माग राख्दै प्रदर्शन गर्दा प्रहरीसँग घम्साघम्सी

    काठमाडौं : नेपालमा बस्दै आएका रोहिंग्या शरणार्थीहरुले आफ्नो मानव अधिकार रक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। महाराजगञ्जस्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार काउन्सिलको कार्यालय बाहिर उनीहरुले प्रदर्शन गरेका हुन्। त्यसक्रममा प्रहरी र शरणार्थीबिच केहीबेर घम्साघम्सी समेत भएको थियो। रोहिंग्याहरुले यसअघि पनि पटक-पटक विभिन्न माग राख्दै प्रदर्शन गर्दै आएका थिए। म्यानमारबाट पलायन भई नेपाल आएका उनीहरुले आफ्नो बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मन्त्रीहरुको सिंहदरबारमा इन्ट्री

    नवनियुक्त मन्त्रीहरुको सिंहदरबारमा इन्ट्री

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरुले सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्। जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले शहरी विकासमन्त्री र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा पदभार ग्रहण गरेका हुन्। उनीहरुलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए। नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको…

    विस्तृतमा पढ्नुस्

  • ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको पहिलो दिनको दृश्यहरु

    ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको पहिलो दिनको दृश्यहरु

    काठमाडौं : आजदेखि ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सुरु भएको छ। नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता सुरु भएको हो। पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जिते। आजै हाइजम्प लगायतका खेलहरु पनि भएका थिए। प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ विधामा सात प्रदेश र तीन विभागीय टोलीका…

    विस्तृतमा पढ्नुस्

  • संसद हापेर कहाँ जान्छन् सांसद? जल्दाबल्दा बिषयमा छलफल हुँदा पनि कुर्सी खाली!

    संसद हापेर कहाँ जान्छन् सांसद? जल्दाबल्दा बिषयमा छलफल हुँदा पनि कुर्सी खाली!

    काठमाडौं : जनताका मुद्दाहरुलाई लिएर सांसदहरुले सरकारको ध्यानकर्षण गर्ने थलो हो - प्रतिनिधि सभा। नीति निर्माणमा मात्रै होइन जनताका विभिन्न मुद्दाहरु पनि सांसदको सरोकारका विषय हुन्। सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिने व्यवस्था छ, संसदमा। बिहीबारको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले विभिन्न विषयहरु उठाए। नेकपा(एकीकृत समाजवादी)कि सांसद समीना हुसेनले पेट्रोलियम पद्धार्थको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गरिन्। नेकपा(एमाले)का सांसद…

    विस्तृतमा पढ्नुस्

  • सैनिक मुख्यालयमा यस्तो देखियो योग दिवस : प्रधानमन्त्रीदेखि मन्त्रीहरु सहभागी

    सैनिक मुख्यालयमा यस्तो देखियो योग दिवस : प्रधानमन्त्रीदेखि मन्त्रीहरु सहभागी

    काठमाडौं : मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यही अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गर्दैछ। मंगलवार बिहान सैनिक मुख्यालयमा आयोगित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि शिक्षामन्त्री देवेन्द्र पौडेलसम्म पुगे। पर्यटन मन्त्री प्रेम आले पनि कार्यक्रममा सहभागी भए। कार्यक्रममा शिक्षामन्त्री पौडेल, कृषिमन्त्री महिन्त्र राय यादवदेखि सहरी विकासमन्त्री योग…

    विस्तृतमा पढ्नुस्

  • पाँच फोटोमा सहरी विकास मन्त्री झाँक्रीको योग अभ्यास

    पाँच फोटोमा सहरी विकास मन्त्री झाँक्रीको योग अभ्यास

    काठमाडौं : मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यही अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गर्दैछ। मंगलवार बिहान सैनिक मुख्यालयमा आयोगित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि शिक्षामन्त्री देवेन्द्र पौडेलसम्म पुगे। पर्यटन मन्त्री प्रेम आले पनि कार्यक्रममा सहभागी भए। कार्यक्रममा शिक्षामन्त्री पौडेल र सहरी विकासमन्त्री योग अभ्यासमा उत्रिएका थिए।

    विस्तृतमा पढ्नुस्

  • महिला उत्पीडनविरुद्ध माइतीघरमा खबरदारी आन्दोलनमा उत्रिए युवा

    महिला उत्पीडनविरुद्ध माइतीघरमा खबरदारी आन्दोलनमा उत्रिए युवा

    काठमाडौं : महिलामाथि भएका यौन हिंसा तथा दुर्व्यवहारका घटनाहरु पछिल्लो समय बाहिर आएका छन्। पीडितहरु आफूमाथि भएका यौन हिंसा तथा दुर्व्यवहारबारे खुल्न थालेका छन्। ‘मी-टू’ अभियानले पनि पीडितहरुलाई आफूमाथि घटेको घटनाबारे बोल्ने उत्साह दिएको छ। पीडितहरु खुल्न थालेपछि प्रहरी प्रशासनलाई पनि यसबारे ‘एक्सन’ लिन दबाब बढेको छ। यस्तोमा आज महिला उत्पीडनविरुद्ध युवा खबरदारी आन्दोलनमा उत्रिएका छन्। माइतीघरमा यौन हिंसा तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदै अनेरास्ववियुले जलायो अर्थमन्त्रीको पुतला

    प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदै अनेरास्ववियुले जलायो अर्थमन्त्रीको पुतला

    काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वरवियू)ले अर्थमन्त्री जनार्दन शर्माको पुतला दहन गरेको छ। आज प्रदशर्नीमार्गमा अनेरास्वियूले विरोध प्रदर्शन गर्दै पुतला जलाएको हो। इन्धनको मूल्यवृद्धि, बजेट निर्माण प्रक्रियामा बहिरि व्यक्ति संलग्न गराएको र देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनकारीहरुले अमेरिकासँगको स्टेट पार्टजरशिप प्रोग्राम (एसपपी) को पनि विरोध गरेका थिए। प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • जीर्णोद्धारको पर्खाइमा त्रिचन्द्र कलेजको त्यो भवन जहाँ पढेका थिए प्रधानमन्त्री देउवा

    जीर्णोद्धारको पर्खाइमा त्रिचन्द्र कलेजको त्यो भवन जहाँ पढेका थिए प्रधानमन्त्री देउवा

    ‘डियर प्रधानमन्त्री, तपाईं पढेको कलेज पुनर्निर्माण कहिले?’ लेखिएको ब्यानर बोकेर विद्यार्थीहरु २०७८ भदौ २० गते त्रिचन्द्र कलेजमा भेला भएका थिए। उनीहरुको एउटै माग थियो : घण्टाघरसमेत रहेको कलेजको भवन पुनर्निर्माण वा जीर्णोद्धार। २०७२ साल बैशाख १२ गतेको भूकम्पले सो खण्ड चर्कियो। केही समय भवनमा कक्षाहरु भए। तर, जब बर्खा लाग्यो भवनबाट पानी चुहिन थाल्यो। कक्षाकोठामा पढ्न असुरक्षित भएपछि त्यहाँ भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • सडकमै किताब पढेर त्रिचन्द्रका विद्यार्थीले सोधे : प्रधानमन्त्री पढेको कलेज पुनर्निर्माण कहिले हुन्छ?

    सडकमै किताब पढेर त्रिचन्द्रका विद्यार्थीले सोधे : प्रधानमन्त्री पढेको कलेज पुनर्निर्माण कहिले हुन्छ?

    काठमाडौं : घण्टाघर रहेको त्रिचन्द्र कलेजको भवन परिसरको संरक्षण र जीर्णोद्वारको माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको हो। २०७२ सालको भूकम्पपछि जीर्ण बनेको उक्त खण्ड पुनर्निर्माणमा सरोकारवालाले कुनै ध्यान नदिएको भन्दै विद्यार्थीहरुले पटकपटक आवाज उठाइरहेका छन्। विद्यार्थीहरुले त्रिचन्द्र कलेजमा कक्षा कोठाको अभाव भएको समेत बताएका छन्। उक्त भवन संचालमा…

    विस्तृतमा पढ्नुस्

  • पाटनमा प्रदर्शनमा राखियो मल्ल राजाको सिंहासन

    पाटनमा प्रदर्शनमा राखियो मल्ल राजाको सिंहासन

    ललितपुर : हरेक वर्ष 'ज्या पुन्ही' (जेष्ठ शुक्ल पूर्णिमा)का दिन पाटन दरबार क्षेत्रमा बिहानैदेखि विशेष चहलपहल हुनेगर्छ। मानिसहरु कृष्ण मन्दिर अगाडि मल्ल राजा श्रीनिवास मल्लको सिंहासन हेर्न पुग्छन्। यस्तै, सिद्धिनरसिंह मल्लको शासनकालमा बनेको पौभा चित्रमा आज  प्रदर्शनमा राखिएको छ। ती पौभामा सिद्धिनरसिंहका भजन लेखिएको स्थानीय बताउँछन्। आज उनले रचेका शास्त्रीय संगीत सुन्न मंगलबजारमा धेरै मानिस पुग्छन्। 'ज्या पुन्ही' मा सिद्धिनरसिंह मल्लले लेखेका 'मेघ…

    विस्तृतमा पढ्नुस्

  • सिरिज हारेर पनि इतिहास बनाएको नेपाली क्रिकेट टोली जब नाच्न थाल्यो

    सिरिज हारेर पनि इतिहास बनाएको नेपाली क्रिकेट टोली जब नाच्न थाल्यो

    काठमाडौं: सोमबार नेपाल र भारतबीच जारी स्ट्यान्डिङ क्रिकेटको अन्तिम खेल थियो। नेपाल व्हिलचेयर्स संघको आयोजनामा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले भारतीय टोलीमाथि सनसनीपूर्ण जित निकाल्न सफल भयो। भलै, नेपालले सिरिज २-१ ले गुमायो, अन्तिम खेलमा भारतलाई हराउँदा पाँच खेलपछि पहिलोपटक भारतमाथि जित निकाल्न सफल भयो। खेलमा संघर्षपूर्ण जित निकालेपछि नेपाली खेलाडीको खुसीको सीमा रहेन। सबै खेलाडी दौडिएर मैदान पसे। करिब…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई बालश्रम मुक्त बनाउन विद्यार्थीहरुको माग, बसन्तपुरमा अधिकार माग्दै प्रदर्शन

    नेपाललाई बालश्रम मुक्त बनाउन विद्यार्थीहरुको माग, बसन्तपुरमा अधिकार माग्दै प्रदर्शन

    काठमाडौं : आज विश्व बालश्रम विरुद्धको दिवस। बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ आज विश्वभर यो दिवस मनाइँदै छ। बालबालिकाले अपरिपक्व उमेरमै परिपक्व व्यक्तिले झै गर्ने शारीरिक अथवा मानसिक श्रमलाई बालश्रमको रुपमा परिभाषित गरिएको छ। बालश्रमले बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुगेको छ भने उनी विद्यालय जानबाट वञ्चित समेत भइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • संकटमा सपेरा : स्टुडियो थिएटरमा यसरी मञ्चन हुँदैछ उनीहरुको कथा

    संकटमा सपेरा : स्टुडियो थिएटरमा यसरी मञ्चन हुँदैछ उनीहरुको कथा

    बिन बजेको आवाज सुनिन्छ। अनि नेपथ्यबाट निस्कन्छन् सपेराहरु। बिनको धुनमा मस्तसँग नाँच्न थाल्छन् उनीहरु। अनि एक महिला बोल्न थाल्छिन्, ‘यो जयपुन गाउँको कथा हो। सपेराहरूको गाउँ जयपुन गाउँ। खोलादेखि अलि पर ठूलो जङ्गलमा रहेको यो सानो गाउँ। हर बिहान बिनको आवाजसँगै बिउँझन्छ अनि र हर रात साँपहरूको नृत्यमा मन्त्रमुत्त भएर निदाउँन्छ।’ जयपुन गाउँको मुख्य पेशा हो : सर्प नचाउनु। तर समय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell