उपत्यकामा फोहोर थुप्रिएको एक महिना नै भयो। चोक चोकमा फोहोर थुप्रिदा दूर्गन्ध बढिरहेको छ। नागरिकको दैनिकी नै कष्टकर उन्मुख छ। सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र नुवाकोट तथा धादिङका दुई पालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापनमा सहमति भए पनि कार्यान्वयन भएन। सहमति कार्यान्वयन नभएसँगै थुप्रिएको फोहोर पुनः उठ्न सकेन। जनप्रतिनिधिको रोहबरमा सहमति भए पनि प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि जनाउँदै माग यथावत…
काठमाडौं : केही दिनयता गुर्जुधारा क्षेत्रको दृश्य फेरिएको छ। टिनको छाप्रोमा रहेको सरकारी अड्डामा नाम लेखाउन बिहानैदेखि मानिसहरु लाइन बस्न पुग्छन्। आफ्नो सवारीसाधन लिएर पुगेका उनीहरु पुरानो नम्बर प्लेटको सट्टा नयाँ इम्बोस्ड नम्बर प्लेट लिनका लागि त्यहाँ पुगेका हुन्। त्यही लाइनमा भेटिए दीपक ढुंगेल। भक्तपुर निवासी उनी सोमवार पनि गुर्जुधारा पुगेका थिए। बिहान ९ बजेदेखि लाइनमा बसे। तर, बेलुकी ६ बजेसम्म पनि…
काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइए हो। शवहरु काठमाडौं ल्याइसकेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने बताइएको छ। तारा एयरको विमान दुर्घटनामा विमानमा सवार २२ जनामध्ये…
ललितपुर : ‘दबिरहेका आवाजहरु अहिले बाहिर आइरहेको छ। धेरैले अझै बोल्न सकिरहेका छैनन्। म माथि पोखिने रातो रंग त्यही आवाजको प्रतिनिधि हो,’ शनिवार पाटनर दरबार क्षेत्रस्थित कृष्ण मन्दिरको प्राङ्गणमा एक युवती बोलिरहेकी थिइन्। सेतो पहिरन लगाएकी विविका कोइराला आफूमाथि रातो रंग लगाउन त्यहाँ उपस्थित मानिसहरुलाई आह्वान गरिरहेकी थिइन्। ‘पेन्ट मि रेड’ अभियान अन्तर्गत उनी एक हप्ता अघि वसन्तपुरमा त्यसरी नै…
काठमाडौं : काठमाडौं महानगरको मेयरमा निर्विचित भएपछि वालेन्द्र साह 'बालेन' मतदातालाई धन्यवाद दिन र्यालीसहित निस्किएका छन्। केहीबेर अघि राष्ट्रिय सभागृहबाट बालेनको टोली भद्रकाली त्रिपुरेश्वर हुँदै काठमाडौंका मतदातालाई धन्यवाद दिन निस्किएका हुन्। बालेनसँग आँखीझ्याल चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमि पनि सहभागी छन्। धन्यवाद र्याली थापाथली माइतीघर, बबरमहल, बिजुलीबजार, युएन पार्क कारीडोर हुँदै तीनकुने पुग्ने र त्यहाँबाट जटिबुटी,…
काठमाडौं : गत वर्ष कात्तिकमा सिन्धुलीका डोरबहादुर खपाङीले नागरिकता पाए। २०६१ साल कार्त्तिक २९ गते जन्मिएका उनले १७ वर्षको उमेरमा नागरिकता लिइरहँदा विश्वकै होचो व्यक्ति बन्ने दौडमा थिए। त्यसबेला करिब ७१ सेन्टीमिटर रहेको खुलेपछि उनी होचो व्यक्ति बन्नसक्ने अनुमान गरिएको थियो। नागरिकता बनेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारीले डोरबहादुरको तस्विर सार्वजनिक गरेका थिए। त्यसपछि उनको चर्चा काठमाडौंसम्म चुलियो। केही महिना अघि…
काठमाडौं : सामाजिक संजालमार्फत् एक किशोरीले आफूमाथि यौन हिंसा भएको खुलासा गरेपछि उनको समथर्नमा आज बालुवाटारमा प्रदर्शन भएको छ। स्वतस्फूर्त रुपमा प्रधानमन्त्री निवास बालुवाटार घेर्न जाने अभियानमा रहेका युवायुवतीको समूहलाई प्रहरीले भाटभटेनीमै रोकेको थियो। त्यहीँ युवायुवतीहरुले पीडित युवतीलाई न्याय माग्दै नाराबाजी गरेका थिए। उनीहरुले हद म्यादको कानुन संशोधन गर्न मागसमेत गरेका छन्। बुधवार रेग्मी थर गरेकी एक युवतीले २०७१ सालमा मिस ग्लोबल…
काठमाडौं : एकातिर स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि छनोट गर्न बिहानैदेखि मतदाताहरु आआफ्नो नाम भएको मतदान केन्द्र पुगिरहेका थिए। अर्कातिर मजबुल मियाँ भने हातमा मतपत्र नभइ पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बसिरहेका थिए। २९ वर्षीय मियाँलाई निर्वाचनले छोएको छैन। उनी परिवार र आफ्नो जीजीविषा धान्न विदेशिने तरखरमा थिए। ‘भोट हालेर। के गर्नु? विदेश जानैपर्छ। यता पैसा कमाउने केही छैन। परिवार पाल्नै पर्यो,’…
काठमाडौं : सिंहदरबारस्थित जिल्ला समन्वय समितिको भवनमा आज बिहानैदेखि भिड थियो। स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मंगलवार काठमाडौं उपत्यकाका मतदान केन्द्रहरुलाई निर्वाचन सामाग्री दिन सुरु गरेको थियो। तिनै सामाग्री लिनका लागि आज कर्मचारीहरु सिंहदरबार पुगेका थिए। नमूना मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसी, स्ट्याम्प प्याड जस्ता संवेदनशील सामाग्री सहित डोरी, मास्क, सलाईं, मैनबत्ती लगायत ६० थरीका सामाग्रीहरु मतदान केन्द्र…
काठमाडौं : आजबाट सुरु भएको १६औँ धर्मश्री बडी बिल्डिङ प्रतियोगिता भोलि सकिँदैछ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी प्रतियोगिताको आज ‘प्रि–जजिङ राउन्ड’ हुँदैछ। भोलि भने फाइनल चरणको प्रतियोगिता हुनेछ। प्रतियोगितामा चार सय प्रतिस्पर्धी रहेका छन्। उनीहरुले ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीभन्दामाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक समूहमा पहिलो हुने प्रतियोगीहरूबिच अन्तिम प्रतिस्पर्धा हुनेछ। जसमा विजयी हुनेले धर्मश्रीको उपाधिसहित…
काठमाडौं: काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा अहिले ज्याकारान्डा फूलेको छ। काठमाडौं उपत्यकालाई ज्याकारान्डा मिमोसिफोलियाले थप सुन्दर देखाएको छ। दरबारमार्ग, बानेश्वर, चक्रपथ क्षेत्र बैजनी रंगले रंगिएको छ अहिले। मध्य चैतदेखि बैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भर्ने गर्छ। हेर्नुस् तस्विरमा
काठमाडौं : आज विश्व प्रेस स्वतन्त्रता दिवस। प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकारको जवाफदेहिता खोज्दै मे ३ मा यो दिवस मनाउन थालिएको हो। पत्रकारहरुको सुरक्षा, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमुलक कार्यक्रम गरि आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदैछ। प्रेस स्वतन्त्रता दिवसको अवसरमा फोटो पत्रकारहरुले ‘ग्राउन्ड जिरो’मा गएर रिपोर्टिङ…
काठमाडौं : निर्वाचनको माहोल छ। जताततै उम्मेदवारहरु मतदातासँग मत माग्दै हिँडिरहेका छन्। देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ। हेभिवेट उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारको चर्चा अहिले महानगरमा चलेको छ। उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा हिँड्दा श्रमिकहरु भने आफ्नै काममा व्यस्त छन्। न त उनीहरुलाई निर्वाचनको चासो छ न त उनीहरु आजको मजदुर दिवसबारे नै जानकार छन्। बस् उनीहरुलाई गाँसबासको जोहो…
गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडीले परीक्षण उडान गरेको छ। २७४ यात्रुसहित साँझ ५:४५ बजे विमान अवतरण भएको हो। पर्यटनमन्त्री प्रेमबहादुर आले तथा मन्त्रालयका सचिव, सहसचिवलगायत परीक्षण उडानमा सहभागी थिए। उडानमा चालक दलका आठ सदस्य थिए। विमानस्थल सञ्चालनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कम हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको विश्लेषण छ। ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको…
काठमाडौं : केहीदिन देखि ठमेलको चाक्सीबारी निकै व्यस्त रह्यो। नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उठाउने पक्का भएपछि उनलाई भेट्न पुग्नेहरुको घुँइचो लागेको थियो चाक्सीबारीमा। हुन त अरु बेला पनि घर आउने अतिथिहरुसँग राम्रै तरिकाले बोल्छिन् सिर्जना। तर त्यो बेला आउने अधिकांश प्रकाशमान सिंहसँग भेटघाटका लागि आउँथे। यसपटक भने चाक्सीबारीको भिड प्रकाशमानको लागि होइन सिर्जनाको लागि थियो। नेपाल विद्यार्थी संघ…
काठमाडौं : राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले विभिन्न राजनीतिक दलबाट टिकट पाएका उम्मेदवारहरु पुगिरहेका छन्। आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराउन उम्मेदवारहरु पुगेका हुन्। महानगर प्रमुखका लागि आइतबार १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। आज ठूला दलहरुले उम्मेदवारी दर्ता गराउँदैछन्। नेपाली कांग्रेसबाट प्रमुखमा श्रृजना सिंह, नेकपा एमालेबाट केशव स्थापित,…
काठमाडौं : एक जना ८४ वर्षीय वृद्ध काठमाडौंको मेयर पदमा उम्मेदवार दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। आज मध्यान्ह प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दिन पुगेका रविकान्त मानन्धर अहिलेसम्मकै पाका उम्मेदवार हुन्। उनी स्वतन्त्रतर्फबाट महानगरको मेयरको उम्मेदवारी दिन लागेको बताए। काठमाडौं महानगरपालिका वडा नम्बर १९मा जन्मिएका मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्नको लागि आफूले उम्मेदवारी दिन लागेको बताए। उनी हातमा लौरो टेक्दै सभागृह…
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सरेको छ। यसअघि थापाथलीमा रहेको कार्यालय आजबाट च्यासलमा स्थानान्तरण गरिएको हो। नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवासको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय कार्यालय उद्घाटन गरिएको हो। एमाले नेता विष्णु रिमालले अत्याधुनिक एक्सन रुम सहितको केन्द्रीय कार्यालय रहेको भवन तुल्सीलाल प्रतिष्ठनको हकाधिकार रहेको जमिन रहेको बताए। पाँच…
काठमाडौं : शुक्रवार देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। यसरी परीक्षा दिनेमा फरक क्षमता भएका विद्यार्थीहरु पनि छन्। शुक्रवार बिहानै खगेन्द्र नवजीवन विशेष शिक्षा माविका विद्यार्थीहरु काठमाडौंको जोरपाटीमा रहेको आफ्नो परीक्षा केन्द्र चामुण्डा माविमा आइपुगे। ह्विलचेयरमा आइपुगेका उनीहरुमध्ये पेमा गुरुङ र लक्ष्मीराज भट्ट आफै लेखिरहेका थिए। नगीना धामी, विशाल श्रेष्ठ र सुरन्जन रावत भने अरुको सहयोगमा परीक्षा दिइरहेका…
काठमाडौं : आज बिहान ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भयो। विस्फोटमा परेर त्यहाँ काम गर्ने दुई भारतीय नागरिकको मृत्यु भएको छ। भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको पाटन अस्पताल र बि एण्ड बि…