काठमाडौं : महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान सबेरैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेलामा यसपालि भीड निकै बढेको हो। कोरोनाको पीडा बिर्सिएर भक्तजनहरु शिवरात्रि माहोलमा रमाएका छन्। महादेवको दर्शन गर्न र शिवरात्रि मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीहरु पशुपतिनाथ आइपुगेका छन्। भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार…
काठमाडौं : कोरोना महामारीको त्रास कम भएसँगै यसपटक पशुपतिनाथ परिसरमा शिवरात्रि मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्। कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोबार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षभन्दा बढ्न थालेका छन्। कोरोना भुल्दै जाँदा यस क्षेत्रमा चमक बढ्दो छ। हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि मङ्गलबार…
काठमाडौं : युक्रेनमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै बौद्धमा प्रदर्शन भएको छ। मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले सोमबार बिहानै बौद्धमा प्रदर्शन गरेको हो। उनीहरुले रुसलाई तत्काल युद्ध रोक्न माग गर्दै एस टु पिस नो टु वार, सेभ पिपल फ्रम वारजस्ता प्ले कार्ड बोकेर मैनबत्ती बाल्दै प्रदर्शन गरेका थिए।
मंगलवार शिवरात्री। कोरोना महामारीको त्रास कम भएसँग यसपटक पशुपतिनाथ परिसरमा शिवरात्री मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्। कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोवार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षहरुमाभन्दा बढ्न थालेका छन्। कोरोना भुल्दै जाँदा यस क्षेत्रमा चमक बढ्दो छ। साधुसन्तको आगमन देख्दा…
काठमाडौं : फागुन लागेपछि फोहोर ढुवानी रोकिएका कारण उपत्यकामा थुप्रिएको फोहोर अझै उठिसकेको छैन। कतैकतै उठाउन थालिए पनि धेरैजसो चोकमा दुर्गन्धित फोहोरको डंगुर छ। मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको हो। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल ल्याण्डफिल साइटमा हुँदै आएको छ। उक्त साइट जान प्रयोग हुने पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु-तिनपिप्ले सडक खण्ड कालोपत्रे हुनुपर्ने माग…
काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलले विरोध प्रदर्शन गरेको छ। राजधानीमा आज मसाल जुलुस निकाल्दै वाइसीएलले प्रतिनिधिसभामा पेश भएको एमसीसी प्रस्ताव अघि नबढाउन माग गरेको हो। माओवादी केन्द्रले सदनमा एमसीसी पेश गर्न सहमति जनाए पनि त्यो पारित गर्न मत नदिने बताउँदै आएको छ। सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेस एमसीसीको…
काठमाडौं : भोलि फेब्रुअरी १४। प्रेमलाई प्रगाढ बनाउने पर्व अर्थात् 'भ्यालेन्टाइन्स डे'। प्रणय दिवसका अवसरमा शहरी क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम आयोजना हुँदैछन्। जोडी लक्षित आकर्षक प्याकेजहरु पनि घोषणा भएका छन्। पोखरामा पनि 'भ्यालेन्टाइन्स डे'मा प्रेम जोडीका लागि होटल र रिसोर्टले विभिन्न प्याकेज ल्याएका छन्। प्याकेज घोषणा गरिएका रिसोर्ट र होटलहरुले अपेक्षाअनुसार बुकिङ भने पाएका छैनन्। यद्यपि, साहसिक पर्यटनका लागि…
काठमाडौं : ६ वटा कम्युनिस्ट पार्टी र दुई कम्युनिस्ट मोर्चाले राजधानीमा एमसीसी विरुद्ध र्याली निकालेका छन्। माघ २३ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा ६ दल र दुई मोर्चाको नेतृत्वकर्ताबिच भएको निर्णयअनुसार आज र्याली निकालिएको हो। उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको दावी गर्दै आएका छन्। सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने पहल अगाडि बढाएसँगै यसको विरोधमा उत्रिनेक्रम बढेको छ। नेत्रविक्रम…
काठमाडौं : भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको हकअधिकार सुनिश्चित गर्न भन्दै आज काठमाडौंमा र्याली निकालिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघरबाट नयाँ बानेश्वरसम्म र्याली निकालिएको हो। भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको हकअधिकारको सुनिश्चितताको लागि राज्य र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र्याली निकालिएको बताइएको छ। सो क्रममा र्यालीमा सहभागीहरुले बसोबासको आधारमा देशव्यापी रुपमा सबैलाई लालपूर्जा वितरण गर्नुपर्ने माग राखेका छन्। त्यस्तै,…
काठमाडौं : विद्याकी देवी सरस्वतीको आज विशेष पूजा आरधना गरिँदैछ। आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि मानिन्छ। सरस्वती मन्दिरको भित्तामा अक्षर लेख्न सिकाई अक्षरारम्भ गराउने प्रचलन छ। सरस्वती पूजाको अवसरमा स्वयम्भूस्थित सरस्वती मन्दिर परिसरमा बिहानैदेखि बालबालिकाहरु पुगेका थिए। उनीहरुले मन्दिरको भित्तामा विभिन्न अक्षरहरु कोरेका थिए। प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वतीमा विशेष…
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले राजधानीमा विरोध प्रदर्शन गरेको छ। त्रि-चन्द्र कलेज परिसरमा भेला भएका अनेरास्ववियूका नेता र कार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला समेत जलाएका छन्। कलेज परिसरबाट नै पुतला जलाएर विद्यार्थी नेताहरु मूल सडकमा आएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी परेको थियो। विद्यार्थी यूनियनको आन्दोलनका करण…
काठमाडौं : तामाङ समुदाय र ह्योल्मो समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइयो। काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होछारको रौनकता छाउने भए पनि यस वर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै सांस्कृतिक कार्यक्रम हुन सकेन। पहिला झै धेरै मानिस जम्मा नभएपनि समूह समूहमा युवा युवतीहरु टुँडिखेल पुगेका थिए। धेरैजसो युवाहरु नाचगान…
काठमाडौं : स्वस्थानी व्रत आरम्भ भएदेखि साँखुस्थित शालीनदीमा भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। माधवनारायणको दर्शन गर्न भक्तजनहरु शालीनदी पुग्ने गर्छन्। सोमवारबाट भने माधव नारायण 'परदेश यात्रा'मा निस्किएका छन्। जसकारण अहिले शालीनदीमा भक्तजनको संख्या घटेको छ। सोमवार नै व्रतालुसहित माधव नारायण साँखुबाट बाहिरिएका हुन्। साँखुबाट बज्रयोगिनी मन्दिर पुगेर त्यहाँबाट माधव नारायणलाई पशुपति पुर्याइएको थियो। साँखुमा एक महिना लामो व्रत बसिरहेका व्रतालुहरु माधवनारायणसँगै…
काठमाडौँः राजनीतिक व्यवस्था परिवर्तन र स्वतन्त्रताको मागमा ज्यानको आहुति दिने शहीदको स्मरणमा आज दिवस मनाइयो। विभिन्न कार्यक्रमसाथ शहीद दिवस मनाइएको हो। जहानियाँ राणा शासनको अन्त्यको मागसहित वि.सं. १९९७ मा प्राण आहुति दिएका धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको सम्झनामा हरेक वर्ष माघ १६ गते दिवस मनाइन्छ। दिवसकै अवसरमा शहीद गेटमा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ। नेपाली कांग्रेसको…
काठमाडौं: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मरिससको राष्ट्रिय फुटबल टोली आज काठमाडौं आइपुगेको छ। नेपालसँग दुई मैत्रीपुर्ण खेल खेल्न मरिससको राष्ट्रिय टोली आज काठमाडौं आइपुगेको हो। नेपाल र मरिससबीच माघ १५ र १८ गते दुई खेल हुनेछ। फिफा वरीयताका हिसाबले मरिसस नेपाल भन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ। पछिल्लो समय २०२० मा बंगबन्धु…
काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै सवारीमा जोर बिजोर प्रणाली लागू गरेको छ। सँगै बहस छेडिएको छ - सडकमा यातायात खुकुलो बनाउँदा संक्रमणको रफ्तार रोकिन्छ त? माथिको तस्बिर सडकमा सार्वजनिक सवारी कम गुड्दा के हुन्छ भन्ने जवाफ दिएको छ। बसमा मानिसहरु कोचिएका छन् - जबरजस्ती। सिट संख्या र संक्रमणका बिचमा यातायात सञ्चालनको मापदण्डको धज्जी उडेको छ -…
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले राजधानीमा प्रदर्शन गरेको छ। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले इन्धनको मूल्यवृछि फिर्ता हुनुपर्ने माग राख्दै शंकरदेव क्याम्पस बाहिर विरोध प्रदर्शन गरेको हो। त्यसक्रम अनेरास्ववियूका सदस्यहरुले प्रधानमन्त्रीको पुतला दहन समेत गरेका थिए। पुतला जलाउने क्रममा विद्यार्थी नेता र प्रहरी बिच घम्साघम्सी परेको थियो। त्यस्तै, सत्तारुढ गठबन्धनमा रहेको नेकपा…
ललितपुर : पाटनको मंगलबजारका कृष्ण महर्जन पुस महिनाभर व्यस्त भए। माघमा चाकुको माग बढी हुने भएकाले त्यसको उत्पादनमा नै उनको दिनचर्या बित्यो। पाटनमा चाकु बनाउने उनको बाहेक अर्को मुकाम छैन। पुस्तौंदेखि उनकै परिवारले पाटनमा चाकुको माग धान्दै आएको हो। महर्जनले १५ वर्षको उमेर हुँदादेखि चाकु बनाउन सुरु गरेका हुन्। हाल ५४ वर्ष पुगे। पुर्ख्यौली पेशालाई उनले निरन्तरता दिँदै आए। दैनिक दुई…
काठमाडौं : सरकारले चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने भने पनि पछिल्लो समय खोप कार्यक्रम सुस्त बनेको थियो। ओमोक्रन र कोभिड-१९ को तेस्रो लहरको त्राससँगै सार्वजनिक सेवादेखि होटल फिल्मसम्म खोप कार्ड अनिवार्य लागू गर्ने सरकारी निर्णयसँगै सर्वसाधारण खोप केन्द्रमा ओइरिन थालेका छन्। काठमाडौंको टेकुमा बिहीवार बिहान यस्तै देखियो। बिहानैबाट मानिसहरु खोपका लागि लाइनबद्ध देखिन्थ्यो। खोप प्रशस्त भए पनि सर्वसाधारणलले लगाउन…
काठमाडौं : आज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस। यही अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरियो। आज राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन्। यस्तै, पूर्व राजा ज्ञानेन्द्र शाहले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे। नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित…