काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन केही समयमा नै सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्। महाधिवेशनका लागि हजारौं संख्यामा मानिसहरु भृकुटीमण्डप पुगिसकेका छन्। कांग्रेसले यसपटक महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भनेर घोषणा गरेको थियो। त्यसले कुनै झाँकी र जुलुसको कार्यतालिका बनाइएको थिएन। यद्यपि, स्वस्फूर्त रुपमा कांग्रेसी कार्यकर्ताहरु झाँकी र जुलुससहित महाधिवेशनस्थल पुगिरहेका छन्।
काठमाडौंः नेपाल कांग्रेसको १४औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधिसहित विदेशी पाहुना समेत सहभागी हुनेछन्। उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापन, मुख्य प्रवेशद्वारा सजावट लगायतका काम अन्तिम समयमा रातारात भइरहेका छन्। उद्घाटन स्थल भृकुटीमण्डपमा रातिमा पनि कादारहरुले मुख्ष्य गेट तथा मञ्चलाई सजाउने काम जारी राखेका छन्। मञ्च व्यवस्थापनका लागि २५ लाख रुपैयाँ खर्च हुने…
काठमाडौंः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ। उम्मेद्वारी घोषणासँगै प्रचारलाई पनि तीव्रता दिइएको छ। महाधिवेशनस्थल भृकुटीमण्डलमा वरपर पनि ब्यानर, तुल राख्ने प्रतिस्पर्धा छ। महाधिवेशनस्थल वरपर र पार्टी कार्यालय सानेपामा राखिएका ब्यानर भने प्रहरीले हटाएको छ। महाधिवेशन निर्वाचन कमिटीले पनि महाधिवेशनस्थल र पार्टी कार्यालय आसपासको ५०० मिटर वरपर यस्ता प्रचार सामाग्री नराख्न आचारसंहिता जारी गरेको छ। तर, आचारसंहिता…
काठमाडौं : चिसो बढ्न सुरु भएसँगै काठमाडौंको वायु प्रदुषण ह्वात्तै बढेको छ। काठमाडौंमा अहिले हानिकारक कुहिरो मडारिएको छ। केहीदिन देखि काठमाडौं धुम्म भएको छ। लाग्छ चारैतिर हुस्सु लागेको छ। त्यही धुवाँजस्तो पातलो कुहिरो काठमाडौंवासीका लागि निकै खतरनाक बनेको छ। अत्याधिक संख्यामा रहेको सवारी साधन, काठ बाल्ने प्रवृत्ति, सडक निर्माण कार्य लगायतले वायु प्रदुषण बढेको हो। त्यसैले सरकारले सतर्कता अपनाउन आग्रह…
काठमाडौं : संस्थापन पक्षलाई पराजित गर्दै राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व लिएका छन्। केन्द्रीय राजनीतिमा लामो विरासत बोकेका पार्टी अध्यक्ष कमल थापालाई पारजित गर्दै लिङ्देनले नेतृत्व आफ्नो नियन्त्रणमा लिएका हुन्। आज बिहान सार्वजनिक अन्तिम मत परिणामले उनको जित निश्चित गरेको थियो। जित लगत्तै भृकुटीमण्डपमा उनको विजय उत्सव मनाइयो। लिङ्देन मत गणनास्थलमा आइपुगेलगत्तै उत्साही समर्थकहरुले फूलमाला लगाएका थिए। अध्यक्ष लिङ्देनले…
काठमाडौं : महाधिवेशनमय छ मुलुक। भर्खरै चितवनमा नेकपा एमालेको महाधिवशेन सकियो। कांग्रेसले आज प्रदेशस्तरमा निर्वाचन अगाडि बढाइरहँदा राजधानी काठमाडौंमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी राप उत्कर्षमा छ। भृकुटीमण्डपमा भिड छ - राप्रपाका नेता कार्यकर्ताको। यतिखेर चुनाव जारी छ। ढिलोगरी मतदान सुरु भएकाले तोकिएको अवधि अर्थात् ५ बजे नै मतदान सकिने छाँट छैन। यो समाचार तयार पार्दासम्म करिब ३ हजार…
काठमाडौं : बिहान ८ बजेबाट हुने तय भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मध्यान्हबाटमात्रै मतदान सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा राप्रपाको अधिवेशन अन्तर्गत आज निर्वाचन भइरहेको हो। पार्टीका तीन अध्यक्षमध्ये कमल थापा अहिले नेतृत्वमा आउनका लागि मैदानमा उत्रिएका छन्। उनलाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन्। आज ५ बजेसम्म निर्वाचन हुने बताइएको छ। राप्रपाको महाधिवेशनबाट एक अध्यक्ष,…
काठमाडौं : आज पशुपतिनाथलगायत देशका विभिन्न शिवालयमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ। बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बस्ने गरिन्छ। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास छ । चतुर्दशीको दिन पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने परम्परा रहेको छ। सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै…
काठमाडौं : मंसिर कृष्ण चतुर्दशीका अवसरमा पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ। पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ। बालाचर्तुदशीको अघिल्लो रात मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ। बिहीवार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले राति १२ बजेपछि पितृको सद्गतिको कामना गर्दै शतबीज…
चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिला गरि सुरु भएको हो। पदाधिकारीमा धेरै आकांक्षी भएपछि नेता व्यवस्थापनमा सहमति नहुँदा बन्दसत्र सुरु हुन सकेको थिएन। बन्दसत्र सुरु हुन ढिलाइ हुँदा प्रतिनिधि भने फुर्सदिला बनेका थिए। कोही किनमेलमा व्यस्त बने कतिपय प्रतिनिधिहरु चोकतिर घुमिरहेका थिए। केही घण्टापछि बन्दसत्र सुरु हुने…
काठमाडौं : नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने भनिए पनि हालसम्म सुरु हुन सकेको छैन। पदाधिकारी चयनका विषयमा सहमति नहुँदा बन्दसत्र सुरु हुन नसकेको हो। बन्दसत्र क्षेत्रमा पुग्नु अघि आफू बसकेको रिसोर्टमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति गरेर जाने बताउँदै आकांक्षी नेताहरुसँग छलफल गरेका थिए। तर बैठकमा कुनै सहमति हुन सकेन। आकांक्षी नेताहरुले…
चितवनः नेता व्यवस्थापनमा सहमति नहुँदा नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र सुरु भएको छैन। शनिबार बिहान १० बजै नै बन्दसत्र सुरु हुने भनिए पनि सुरु नभएको हो। पदाधिकारी चयनका विषयमा सहमति नहुँदा बन्दसत्र सुरु हुन सकेको छैन। अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति गरेर जाने बताउँदै नेताहरुसँग छलफल गरिरहेका छन्। तर, सहमति भएको छैन। बन्दसत्र सुरु हुन ढिलाइ हुँदा प्रतिनिधि भने…
शुक्रवार एमाले महाधिवेशन उद्घाटन सत्रमा नेताहरु भाषण गर्न व्यस्त थिए। यता नारायणीको पुलमाथि भने एम्बुलेन्स जाममा फसेको थियो। झन्डै १ बजेदेखि त्यहाँ सवारी जाम हुँदा दर्जन बढी एम्बुलेन्स आउजाउमा रोक लागेको थियो। बेलाबेला साइरन बजाए पनि खुल्ने अवस्था थिएन। झन्डै पाँच घण्टा त जाम नै भयो। यही बीचमा ४ बजेर ५ मिनेटमा बिरामीलाई एम्बुलेन्समाथि राखेर उपचार थालियो। बिरामी बेहोस हुन…
चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका कारण आज बिहानै देखि चितवनको नारायणगढ क्षेत्र अस्तव्यस्त बन्यो। नारायणी नदी किनारमा आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्रका कारण मुख्य सडक मार्गहरु अवरुद्ध भएका थिए। जसकारण सहायक सडकहरुमा मानिस र सवारी साधनको 'मुभमेन्ट' बढेको थियो। महाधिवेशन आयोजनास्थलमा मानिसको भिड बढ्दा व्यवस्थापकिय कमजोरी प्रष्ट देखिन्थ्यो। सडकमा घन्टौंको जाम लाग्दा नारायणी नदी पुलमा एम्बुलेन्स निकाल्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो। यस्तै,…
चितवन : नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा आज सम्पन्न भयो। उद्घाटन समारोहका लागि नदी किनारमा ५० लाखको लागतमा स्टेज बनाइएको थियो। यस्तै, ५ लाख मानिस उतार्ने एमालेको दाबी थियो। महाधिवेशन हुने भएपछि केही दिनदेखि नै चितवन राजनीतिको केन्द्र बन्यो। धेरै संख्यामा मानिसको गतिविधि भएकाले आर्थिक कारोबारको पनि केन्द्रमा रह्यो चितवन। बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो चितवनको। महाधिवेशन हेर्न…
चितवन : नेकपा एमालेको महाधिवेशनको उद्घाटन अहिले नारायणी नदी किनारमा हुँदैछ। उद्घाटनसत्रका लागि एमालेको नेतृत्व तहका साथै विभिन्न राजनीतिक दलका प्रमुख र नेताहरु कार्यक्रमस्थल पुगिरहेका छन्। विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै सयौंको संख्यामा मानिसहरु नारायणी नदी किनार पुगिरहेका हुन्। चितवनका विभिन्न स्थानबाट पञ्जेबाजाको तालमा मानिसहरु सडकमा नाच्दै कार्यक्रमस्थलसम्म पुग्ने क्रम जारी छ।
काठमाडौं : चितवन : आज देखि सुरु हुने नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनको नारायणी किनारमा उद्घाटन हुँदै छ। उद्घाटनका लागि भनेर एमालेले देशभरका कार्यकर्ताहरुलाई चितवन ओसारेको छ। अहिले उद्घाटनका लागि आएका कार्यकर्ताहरु नारायणगढका गल्ली गल्लीमा देखिन्छन्। सडकमा यातायात गुडेका छैनन्। मुख्य सडकमा कार्यकर्ताहरु र्याली सुरु हुनु अगावै बाक्लो रुपमा उपस्थित छन्। नारायणगणका सडकमा यतिवेला नेपालका विभिन्न अनुहारहरु देखा परेका…
चितवन : चितवनको नारायणी नदी किनारमा आज नेकपा एमालेको १० औं महाधिवेशन सुरु हुँदैछ। दिउँसो हुने उद्घाटन सत्रका लागि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ। शहरको मुख्य चोकहरुमा प्रहरी र सशस्त्र प्रहरीहरु तैनाथ गरिएका छन्। महाधिवेशनलाई लक्षित गर्दै विभिन्न स्थानमा सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ। प्रशासनले अत्यावश्यकबाहेकका सवारी साधनलाई महाधिवेशनस्थल आसपास संचालनमा रोक लगाएको हो। जसकारण बिहानैदेखि…
चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका चितवनको नारायणगढस्थित नारायणी तिरमा हुँदैछ। शुक्रवार दिउँसो १२ बजे महाधिवेशन उद्घाटन हुँदैछ। महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि भीम रावलसम्म चितवन आइपुगिसकेका छन्। देशभरका कार्यकर्ता पनि चितवनको सौराह र नारायणगढलगायत विभिन्न स्थानमा आउने क्रम जारी छ। नेता कार्यकर्ता चितवन आइपुग्दै गर्दा उद्घाटन सत्र सञ्चालन हुने नारायणी तिरमा बिहीवार दिउँसो स्टेज बन्दै थियो।…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत र बार परिसरमा धर्ना दिएको छ। करिब चार सातादेखि सर्वोच्च केन्द्रित आन्दोलन गरिरहेको बारले जबराको राजीनामा नआएसम्म आन्दोलन जारी रहने जनाएको छ। प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था गरिएपनि बारले जबरालाई वैधानिकता दिने कुनै पनि कार्य मान्य नहुने अडान राख्दै आएको…