PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • अन्तर्राष्ट्रिय बाल दिवस : दृश्यमा वसन्तपुरमा १०८ कुमारीको पूजा

    अन्तर्राष्ट्रिय बाल दिवस : दृश्यमा वसन्तपुरमा १०८ कुमारीको पूजा

    काठमाडौं : अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आज राजधानीको हनुमानढोका दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ। इनरह्विल क्लब अफ कीर्तिपुरको आयोजनामा वसन्तपुर क्षेत्रमा १०८ कन्याहरुको सामूहिक कुमारी पूजा गरिएको हो। कन्या पूजामा सहभागी हुन कुमारी देवीकी भेषमा बालिकाहरु पूजास्थल पुगेका थिए।

    विस्तृतमा पढ्नुस्

  • वकिलहरु आज पनि धर्नामा, सर्वोच्च पस्न खोज्दा प्रहरीसँग धकेलाधकेल

    वकिलहरु आज पनि धर्नामा, सर्वोच्च पस्न खोज्दा प्रहरीसँग धकेलाधकेल

    काठमाडौं : नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना जारी राखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने मागसहित बारका कानुन व्यवसायीले आन्दोलन जारी राखेको हो। वकिलहरु आज बारबाट सर्वोच्च प्राँगण पस्न खोज्दा सदाझैं प्रहरीसँग धकेलाधकेल भएको थियो। सर्वोच्चमा अन्दोलन गर्दा बल प्रयोग नगर्न वकिलहरुले आग्रह गर्दै आएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा पाटनको माहोल : डबलीमा थामिनसक्नु भिड, मसाल दन्काउँदै देखाइयो नाच

    मध्यरातमा पाटनको माहोल : डबलीमा थामिनसक्नु भिड, मसाल दन्काउँदै देखाइयो नाच

    ललितपुर : बुधबार राति यहाँको मंगलबजारको माहोल बेग्लै थियो। जति रात ढल्कँदै जान्थ्यो, त्यति यहाँ चहलपहल बढ्थ्यो। मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेवैको डबली वरपर थामिनसक्नुको भिड थियो। ३८० वर्षदेखि यसरी नै यहाँ यतिबेला भिड हुने गर्छ। पाटनका राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको कात्तिक नाच यो वर्ष अलि विशेष छ। एक जमानामा एक महिनासम्म हुने यो नाच २००७ सालको परिवर्तनपछि दुई…

    विस्तृतमा पढ्नुस्

  • कालिकास्थानमा विप्लवका कार्यकर्ताले निकाले मसाल जुलुस

    कालिकास्थानमा विप्लवका कार्यकर्ताले निकाले मसाल जुलुस

    काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले मसाल जुलुस निकालेका छन्। नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालिकास्थानदेखि बागबजार चोकसम्म मसाल जुलुस निकालेका हुन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले भोलि मंगलवार नेपाल बन्दको आह्वान गरेको छ। जनसरोकारको अन्यायपूर्ण उत्पीडनलाई आफ्नो पार्टीले मूकदर्शक भएर हेर्न नसक्ने पार्टीले बताएको छ।

    विस्तृतमा पढ्नुस्

  • वकिलको धर्नामा प्रहरीद्वारा बल प्रयोग, सर्वोच्चमा यस्तो देखियो प्रहरी र वकिलको घम्साघम्सी

    वकिलको धर्नामा प्रहरीद्वारा बल प्रयोग, सर्वोच्चमा यस्तो देखियो प्रहरी र वकिलको घम्साघम्सी

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले आजदेखि आन्दोलन केन्द्रीकृत गरेको छ। आज सर्वोच्चभित्र जुटेका वकिलहरुलाई प्रहरीले सामान्य बल प्रयोग गरेको छ। बल प्रयोग गर्ने क्रममा प्रहरीले वकिलहरुको माइकसमेत खोसेका थिए। केही समय प्रहरी र वकिलबीच घम्साघम्सी परेको थियो। कानुन व्यवसायीहले प्रधानन्यायाधीश जबरालाई कार्यकक्ष प्रवेश नदिने गरी गेटमा धर्ना बसेपछि उनी भने आज पनि…

    विस्तृतमा पढ्नुस्

  • काँठमा धान भित्र्याउनेहरुको कथा : जो महिना दिनका लागि मधेशबाट काठमाडौंमा डेरा सर्छन्

    काँठमा धान भित्र्याउनेहरुको कथा : जो महिना दिनका लागि मधेशबाट काठमाडौंमा डेरा सर्छन्

    कात्तिक महिनामा काँठ क्षेत्रमा भ्याइनभ्याई हुन्छ - धान भित्र्याउन। चाडबाडको माहोलकै बिच धान काट्ने, चुट्ने,ओसार्नेको मेला नै लाग्छ। काठमाडौंको पूर्वी भेगमा रहेको कागेश्वरी मनहरा नगरपालिकाको वडा नम्बर ५ मा रहेको खरानीटारमा यस्तै दृश्य देखियो। धान काट्ने र भित्र्याउने विषय सामान्य भए पनि जो यी काममा खटिएका थिए तिनलाई देख्नासाथ लाग्यो - उनीहरु स्थानीय होइनन्। मैले मोटरसाइकललाई विस्तारै साइड लगाएँ। अनि…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अगाडि जब महिलाहरुले गरे धर्ना बिथोल्ने प्रयास, प्रधानन्यायाधीशको पक्षमा लगाइरहेका थिए नारा

    सर्वोच्च अगाडि जब महिलाहरुले गरे धर्ना बिथोल्ने प्रयास, प्रधानन्यायाधीशको पक्षमा लगाइरहेका थिए नारा

    नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आज पनि प्रदर्शन गर्दा सर्वोच्च अगाडि मुठभेड भएको छ। बारले आज प्रधानन्यायाधीश जबरालाई कार्यकक्षमा प्रवेश गर्न नदिने तयारी गरेपछि सर्वोच्च परिसरमा कानुन व्यवसायी र केही महिलाहरुबीच मुठभेड भएको हो। सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गरेका महिलाहरुले बारका पदाधिकारी तथा कानुन व्यवसायी सर्वोच्चतिर अगाडि बढ्दा थुक्नसमेत पछि परेनन्। उनीहरुले कानुन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशलाई कार्यकक्षमा प्रवेश नदिने बारको तयारीपछि सर्वोच्चमा कडा सुरक्षा, यस्तो छ बाहिरी माहोल

    प्रधानन्यायाधीशलाई कार्यकक्षमा प्रवेश नदिने बारको तयारीपछि सर्वोच्चमा कडा सुरक्षा, यस्तो छ बाहिरी माहोल

    काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आज पनि प्रदर्शन जारी राखेको छ। बारले आज प्रधानन्यायाधीश जबरालाई कार्यकक्षमा प्रवेश गर्न नदिने तयारी गरेपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्च परिसर भित्र र बाहिर बाक्लोमात्रमा प्रहरी परिचालन गरिएको छ। कानुन व्यवसायीहरु भने सर्वोच्चको मुल गेट अगाडि धर्ना बसेका छन्। बारबाट पस्ने सर्वोच्चको भित्री गेट बन्द…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा यस्तो देखियो छठको समापन, हेर्नुस् फोटोमा

    काठमाडौंमा यस्तो देखियो छठको समापन, हेर्नुस् फोटोमा

    छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरिएको हो। आजको दिनलाई पारण गर्ने पनि भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी व्रतालुहरूले छठ समापन गरेका हुन्। व्रतालहरु बिहानै वाग्मतीको गौरीघाट, गुहेश्वरी, नयाँ बस्ती क्षेत्र पुगी सूर्य उदाउनसाथ गाईको दुध र प्रसाद अर्पण गरी…

    विस्तृतमा पढ्नुस्

  • गुहेश्वरीमा यस्तो देखियो छठको रौनक

    गुहेश्वरीमा यस्तो देखियो छठको रौनक

    काठमाडौं : छठ पर्वको तेस्रो अर्थात मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिईएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमवारदेखि शुरु भएको हो। गुहेश्वरीमा पनि छठको अवसरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरुले छठ पर्व मनाएका छन्। त्यहाँ बनाइएको छठ घाट पुगेर श्रद्धालुहरुले छठी माताको पूजा गरेका छन्। गत वर्ष कोरोना संक्रमणका…

    विस्तृतमा पढ्नुस्

  • गुहेश्वरी पुगेर राष्ट्रपति भण्डारीद्वारा छठी माईको पूजा

    गुहेश्वरी पुगेर राष्ट्रपति भण्डारीद्वारा छठी माईको पूजा

    काठमाडौं : छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो। छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी गुहेश्वरी पुगेकी छिन्। त्यहाँ बनाइएको छठ घाट पुगेर उनले छठी माताको पूजा गरेकी छिन्। गत वर्ष कोरोना संक्रमणका कारण गुहेश्वरीमा छठ पर्व भएको थिएन। यस…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा धमाधम छठको तयारी, गुहेश्वरीमा यसरी बन्दैछ छठ घाट

    काठमाडौंमा धमाधम छठको तयारी, गुहेश्वरीमा यसरी बन्दैछ छठ घाट

    विशेषगरी मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्वको रौनकले काठमाडौंलाई पनि छोएको छ। छठलाई विशेष बनाउन काठमाडौंको गुहेश्वरी क्षेत्रमा छठ पूजा समिति कार्यालय स्थापना गरिएको छ। यही समितिले छठ घाट निर्माण कार्यलाई तीव्रता दिइएको हो। जलाशयमा पूजा गर्न र सूर्यलाई अर्घ्य दिन सहज हुने किसिमले पूर्वतयारी गरिएको छ। पूजा समितिले उक्त क्षेत्र रात्रिकालिन समयमा झकिझकाउ र आकर्षण देखिने किसिमले निर्माण गरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भाइटीकाको अघिल्लो साँझ ड्रोनबाट देखिएको काठमाडौंको दृश्य

    भाइटीकाको अघिल्लो साँझ ड्रोनबाट देखिएको काठमाडौंको दृश्य

    काठमाडौं : यमपञ्चक अर्थात पाँच दिनसम्म झिलीमिली बत्ती बालेर मनाइने पर्व। उज्यालोको पर्वका रुपमासमेत मनाइने यो पर्व यसपटक पनि यो पर्व रमाइलोका साथ देशभर मनाइँदैछ। देशको केन्द्रीय राजधानी काठमाडौं तिहारको बेला जगमगिन्छ। लक्ष्मी पूजाको दिनदेखि काठमाडौं राति पनि उज्यालो देखिएको थियो। तिहारको चौथो रात काठमाडौं झनै उज्यालो देखियो। भाइटीकाको अघिल्लो साँझ ड्रोनबाट काठमाडौंका विभिन्न स्थान यस्तो देखिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा गाई तिहारको दृश्य

    पशुपतिमा गाई तिहारको दृश्य

    काठमाडौँ : गाई तिहारको अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा गाई गोरुको पूजा गरियो। सर्वसाधरणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्न पुगेका थिए। उक्त डोरो मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा सेनाको कुकुरको सशक्त प्रस्तुती : फूलको ढक्की ओसार्नेदेखि बन्दुकसँगै भिड्नेसम्मका दृश्यहरु

    भक्तपुरमा सेनाको कुकुरको सशक्त प्रस्तुती : फूलको ढक्की ओसार्नेदेखि बन्दुकसँगै भिड्नेसम्मका दृश्यहरु

    भक्तपुर : आज सुरक्षा प्रयोगमा ल्याइएका कुकुरहरुले भक्तपुरमा नेपाली सेनाका जवानसँगै आफ्नो प्रस्तुती दिए।  मानिससँग सबैभन्दा वफादार जनावर मानिने कुकुरको पूजा सबैतिर गरिएको छ। भक्तपुरको पूजा भने केही फरक देखियो। सुरुमा सेनासँगै कुकुरले प्रस्तुती दिए। फूलको ढक्की ओसार्नेदेखि, आगो लागिरहेको रिङभित्रबाट सकुशल छिर्ने कौशल देखाउनेसम्मका गतिविधि हेर्न लायक थिए। युद्धभूमिमा लड्दाको 'अभिनय' पनि कुकुरले राम्रोसँग देखाए। त्यसो त शान्ति सेनामा…

    विस्तृतमा पढ्नुस्

  • ढकमक्क सयपत्री : ड्रोनबाट यस्तो देखियो इचंगु क्षेत्र

    ढकमक्क सयपत्री : ड्रोनबाट यस्तो देखियो इचंगु क्षेत्र

    तिहार लागेसँगै नागार्जुना नगरपालिकाको इचंगुका केही क्षेत्र मनमोहक देखिन थालेको छ। तिहारका लागि लगाइएको सयपत्री ढकमक्क फुल्दा यहाँका दृश्य लोभलग्दो देखिन थालेको हो। अहिले यहाँका फूल कृषकलाई फूल टिप्न भ्याइनभ्याई छ। तिहारको माहोल शुरु भइसकेकोले बजारमा बेलैमा फूल पुर्‍याउनुपर्ने हुन्छ। त्यसैले उनीहरु बिहानै फूलबारी पस्छन्। फूल टिप्छन्। कोही माला उनेर बजार पुर्‍याउने तयारमा बस्छन्। यसपटक बेमौसमी झरीले भने फूल खेतीमा…

    विस्तृतमा पढ्नुस्

  • ह्यालोविन मनाउन यसरी ठमेल पुगे युवाहरु

    ह्यालोविन मनाउन यसरी ठमेल पुगे युवाहरु

    कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको कल्ब र पबहरु अहिले विस्तारै खुल्न थालेका छन्। शुक्रवार र शनिवारका दिनमा क्लबहरुमा युवायुवतीहरुको उपस्थिति बढ्दै गएको छ। हिजो आइतवार पनि राति ठमेलमा युवाहरुको भिड उल्लेख्य थियो। ह्यालोविन मनाउन विभिन्न गेटअपमा युवाहरु क्लब पुगेका थिए। मनी हाइस्ट, स्क्विड गेम जस्ता कार्यक्रमको झल्को दिने भेषमा युवाहरु भेला भएका थिए। हरेक वर्ष अक्टोबर ३१ मा…

    विस्तृतमा पढ्नुस्

  • सूर्योदयसँगै कालिञ्चोकबाट टलल हिमाल, यस्तो देखियो मध्य कात्तिकको बिहानी दृश्य

    सूर्योदयसँगै कालिञ्चोकबाट टलल हिमाल, यस्तो देखियो मध्य कात्तिकको बिहानी दृश्य

    धार्मिक गन्तव्यमात्र हैन दोलखाको कालिञ्चोक। यहाँबाट हिमशृंखलाका मनोरम दृश्य पनि देख्न सकिन्छ।   भक्तहरु आफ्नो इच्छा पुरा गराउन कालिञ्चोक भगवती मन्दिर पुग्ने गर्छन् भने फिरन्तेहरु यहाँको प्राकृतिक रस स्वादन गर्न। समुद्री सतहबाट ३,८४२ मिटरको उचाइमा रहेको यस क्षेत्र टलल हिमाल टल्कने र फुरुरु हिउँ पर्ने भएकाले पनि प्रसिद्ध छ। मध्य कात्तिकको बिहान भने कालिञ्चोक आसपास सफा र आकाश खुला देखिएको…

    विस्तृतमा पढ्नुस्

  • मध्य सडकमै यति ठूलो भ्वाँङ! सकस चालकलाई, आपत् ट्राफिक प्रहरीलाई

    मध्य सडकमै यति ठूलो भ्वाँङ! सकस चालकलाई, आपत् ट्राफिक प्रहरीलाई

    काठमाडौं : राजधानीको व्यस्त सडक मानिने तीनकुने - बानेश्वर खण्डको मीन भवन नजिकैको दृश्य हो यो। मध्य सडकमुनि रहेको ढलको मंगल भत्किएपछि सडकको यस्तो दुरावस्था देखिएको हो।  'खाडल ठूलो भएकाले यातायातमा समस्या देखिन गयो। त्यसैले यसलाई छिटो बनाउन पहल गरिरहेका छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीवदाश शर्माले भने। उनका अनुसार मध्य सडक यसरी भाँसिएपछि यातायात व्यवस्थापनमा समस्या देखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • घरघरमा घटस्थापना, हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

    घरघरमा घटस्थापना, हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

    काठमाडौं: आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ। आज बिहान १०:४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ। घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ। घटस्थापनाका दिन बिहानै स्नान गरी खोला तथा नदीको बगरबाट बालुवा ल्याएर पूजा कोठामा राखिन्‍छ र त्यसमा त्यसमा मकै, जौ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell