PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • बुवाको मुख हेर्ने दिन बिहानै यस्तो देखियो गोकर्णेश्वर मन्दिर परिसर

    बुवाको मुख हेर्ने दिन बिहानै यस्तो देखियो गोकर्णेश्वर मन्दिर परिसर

    आज बुवाको मुख हेर्ने दिन। यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। यही मेसोमा उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। गोकर्णेश्वर महादेव…

    विस्तृतमा पढ्नुस्

  • टेकु क्षेत्रमा यसरी पस्यो बाढी, डुबानमा बस्ती

    टेकु क्षेत्रमा यसरी पस्यो बाढी, डुबानमा बस्ती

    आइतवार मध्यरातिबाट वर्षेको पानीका कारण राजधानीका नदीको तटीय क्षेत्र जलमग्न बन्यो। वाग्मतीलगायत नदीहरुको सतह निकै बढ्यो। अत्याधिक वर्षाका कारण बाढी आउँदा नदी वरपरको बस्तीमा बाढीसमेत पस्यो। टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो। ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थियो। बाढीका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • खुले सिनेमा हल : तर छैन फिल्म अनि पुगेनन् दर्शक

    खुले सिनेमा हल : तर छैन फिल्म अनि पुगेनन् दर्शक

    काठमाडौं : बैशाखदेखि बन्द रहेका सिनेमा हलहरु अहिले खुलेका छन्। तर, न हलमा फिल्म देखाइएको छ न त दर्शक नै हलसम्म पुग्ने गरेका छन्। कारण – हल संचालन गर्न नयाँ सिनेमा नै छैन। पुराना सिनेमा दोहोर्‍याएर देखाएर मात्रै दर्शक नआउने कुरा गत वर्ष लकडाउनपछि हलहरु खोल्दा प्रस्ट भइसकेको छ। त्यसैले हल संचालन गर्न अनुमति दिइएपनि नयाँ फिल्म नआउँदासम्म हल दर्शकका…

    विस्तृतमा पढ्नुस्

  • मानसरोबरबाट फर्केपछि सदगुरुको टिप्स : राजनीतिले विकास हुँदैन, व्यवसाय बढे हुन्छ

    मानसरोबरबाट फर्केपछि सदगुरुको टिप्स : राजनीतिले विकास हुँदैन, व्यवसाय बढे हुन्छ

    काठमाडौं : कैलाश मानसरोबर भ्रमणका क्रममा नेपाल आएका सदगुरु जग्गी वासुदेवले नेपालसँग धेरै सम्भावना रहेको बताएका छन्। पर्यटन, सांस्कृतिक र धार्मिक क्षेत्रमा रहेका सम्भावनाको संरक्षण गर्न नसके आउने पुस्ताले धेरे समस्या झेल्नुपर्ने उनले बताए। मानसरोवरबाट फर्किएपछि आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सदगुरुले आफ्नो यात्रा निकै सफल रहेको सुनाए। साथै, उनले नेपालका विभिन्न क्षेत्रको भ्रमण गरेको भन्दै 'एड्भेन्चर टुरिजम' बाहेक अन्य…

    विस्तृतमा पढ्नुस्

  • बाल्ट्रा कम्पनीको गोदाममा लागेको आगो एक घण्टापछि आयो नियन्त्रणमा

    बाल्ट्रा कम्पनीको गोदाममा लागेको आगो एक घण्टापछि आयो नियन्त्रणमा

    काठमाडौं : टेकुस्थित बाल्ट्रा कम्पनीको गोदाममा लागेको आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको छ। नेपाल प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको हो। आगो नियन्त्रण गर्न ३ वटा दमकल र पानीको ट्यांकरसमेत प्रयोग गरिएको थियो। आगलागीबाट मानविय क्षति नभएको प्रहरीले बताएको छ।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका मेयरलाई फोहोर नै उपहार ! बागदरबार अगाडि सडकमै मिल्काइदिए

    काठमाडौंका मेयरलाई फोहोर नै उपहार ! बागदरबार अगाडि सडकमै मिल्काइदिए

    काठमाडौं : काठमाडौं महानगरपालिकामा लामो समयदेखि फोहोर नउठाएको भन्दै युथ कांग्रेस नेपालले मेयर विद्यासुन्दर शाक्यलाई फोहोर उपहार पठाएको छ। आज दिउँसो  केही युवाहरु फोहोर लिएर महानगरपालिको कार्यालय बागदरबार पुगेका थिए। आज सार्वजनिक बिदा भएका कारण कार्यालयमा मेयर शाक्य भने उपस्थित थिएनन्। उनीहरुले सँगै फोहोर पनि बोकेका थिए। महानगरको मुख्यालय गेटमा पुगे लगतै उनीहरुलाई प्रहरीले रोकेको थियो। त्यसपछि गेट बन्द गरियो। 'महानगरले कर चाहिँ बाजा…

    विस्तृतमा पढ्नुस्

  • शहरको सफाइसँग जोडिएको गाउँको कथा : एउटा त्यस्तो मृत्यु जसले उठाउन रोक्यो सडक छेउको फोहर

    शहरको सफाइसँग जोडिएको गाउँको कथा : एउटा त्यस्तो मृत्यु जसले उठाउन रोक्यो सडक छेउको फोहर

    २०६२ सालमा काठमाडौंसँगै जोडिएको नुवाकोट जिल्लाको सिसडोलमा काठमाडौं महानगर भित्रको फोहोर लागेर डम्प गर्ने सहमति भयो। सहमति भए पनि बेलाबेलामा आउने समस्याले काठमाडौंको फोहोर त्यहाँसम्म पनि पुग्दैन र दुर्गन्धित बन्छ काठमाडौं।   विगत तीन सातादेखि काठमाडौंका सडक छेउछाउ फोहोरका डङ्गुर चुलिइरहेको छ। घरदेखि होटल बाहिरतिर पनि फोहोर थुप्रिन थालेको छ। कतिपयले त यस्ता फोहर सडक किनारातिर मिल्काउँछन् भने कतिपयले खोलामा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो बौद्धको रोपाइँ जात्रा, कोभिडका कारण अन्य वर्षहरुभन्दा फरक

    यस्तो देखियो बौद्धको रोपाइँ जात्रा, कोभिडका कारण अन्य वर्षहरुभन्दा फरक

    काठमाडौं : गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा काठमाडौंको बौद्धमा मनाइएको छ। बौद्धमा धुमधामका साथ मनाइने जात्राहरुमध्ये रोपाइँ जात्रा पनि एक हो। यसपालि कोभिडका कारण सर्वसाधारणलाई बौद्ध स्तुपाभित्र जान मनाही थियो। जात्रा गर्नेहरुलाई मात्र बौद्ध स्तुपा प्रवेशको अनुमति दिइएको थियो। बौद्ध स्तुपा परिसर बाहिर भने जात्रा हेर्न आउनेहरुको निकै भिड नै लागेको थियो। जात्राको लागि ३ देखि ४ बजेसम्मको समय पनि…

    विस्तृतमा पढ्नुस्

  • हाँडीगाउँको पाय: जात्रा : देवगणहरुले खड्ग बोक्दै गरे नगर परिक्रमा

    हाँडीगाउँको पाय: जात्रा : देवगणहरुले खड्ग बोक्दै गरे नगर परिक्रमा

    काठमाडौं : नर दे: (हाँडीगाउँ) मा मंगलवार पाय: जात्रा निकालिएको छ। विभन्न देवदेवीको ख्वापा लगाएर देवगणहरुले आज नगर परिक्रमा गर्दै पूजा थापेका हुन्। हाँडीगाउँमा हरेक वर्ष सापारु (गाइजात्रा) को भोलिपल्ट पाय: निकाल्ने गरिन्छ। खड्ग जात्रासँगै नगर परिक्रमाका क्रममा टोलटोलमा सगुन दिएर पूजा गर्ने प्रचलन रहेको छ। मानदेवको समयमा विशालनगरका रुपमा स्थापित हालको हाँडीगाउँमा कैशालकुट भवन रहेको क्षेत्र वरपर हरेक वर्ष कयौं…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णेश्वरमा यस्तो देखियो जनैपूर्णिमाको रौनक

    गोकर्णेश्वरमा यस्तो देखियो जनैपूर्णिमाको रौनक

    काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा धुमधामका साथ मनाइँदैछ। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्। श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा पुरानो जनै फेरेर…

    विस्तृतमा पढ्नुस्

  • जो धन कमाउन गए अस्तु बनेर फर्किए…

    जो धन कमाउन गए अस्तु बनेर फर्किए…

    शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर केही अनुहार पर्खाइमा थिए। हवाइजहाज चढेर आउँदै थिए कोही। तर, पर्खिनेहरूको अनुहारमा न उत्साह न खुसी। मलिन मुहार बोकेर उभिइरहेका हरेक पटक विमान फन्को लगाउँदै विमानस्थलतर्फ ओर्लदा हतास देखिन्थे। नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडी ल्यान्ड हुँदासम्म केही आँखामा आँसु छछल्कियो। किनकि जसलाई उनीहरूले वर्षौँ कुरे उनीहरू खरानी बनेर फर्कँदै थिए। धन कमाउने असीमित…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई बधाई दिन बालुवाटारमा कांग्रेसीको तछाडमछाड

    देउवालाई बधाई दिन बालुवाटारमा कांग्रेसीको तछाडमछाड

    काठमाडौं : हालै प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिनेको बालुवाटारमा लर्को लाग्न थालेको छ। बुधवार बिहान प्रधानमन्त्री निवासको दृश्य त्यस्तै देखियो। असार २९ गते प्रधानमन्त्रीमा नियक्त भएका देउवालाई बधाई दिन अहिलेसम्म कांग्रेसका नेता तथा कार्यकर्ताको तछाडमछाड नै देखिन्थ्यो। बालुवाटार प्राँगणमा बिहान ८ बजेबाट कांग्रेसको महिला संघ, निर्माण व्यवसायी संघदेखि ललितपुर कांग्रेसको भिड देखिन्थ्यो। ८ बजेबाट भिड लागेपनि देउवा भने १० बजेतिरमात्र…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिश सिद्दिकीको सम्झनामा दीप प्रज्वलन

    अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिश सिद्दिकीको सम्झनामा दीप प्रज्वलन

    काठमाडौं : अफगानिस्तानमा मारिएका भारतीय फोटो पत्रकार दानिश सिद्दिकीको सम्झनामा नेपालका फोटो पत्रकारहरुले दीप प्रज्वलन गरेका छन्। फोटो पत्रकारहरुले स्वयम्भूमा दीप प्रज्वलन गरेर सिद्दिकीलाई सम्झिएका हुन्। युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका क्रममा कंधार क्षेत्रमा पुगेका दानिश सुरक्षाकर्मीको समूहसँग नै थिए। त्यही बेला भएको आक्रमणमा उनको पनि मृत्यु भएको हो। सिद्दिकी भारतमा रोयटर्स पिक्चर्स मल्टिमेडियाका प्रमुख थिए। केही दिनदेखि उनी अफगानिस्तानमा भइरहेको संघर्षको…

    विस्तृतमा पढ्नुस्

  • अपाङ्गता भएकालाई यसरी लगाइयो खोप

    अपाङ्गता भएकालाई यसरी लगाइयो खोप

    काठमाडौं : अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप आजबाट सुरु गरिएको छ। ५० देखि ५४ वर्ष उमेर समूहलाई दिइने यो खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई समेत दिइएको छ। यसबिच जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई खोप दिइएको छ। ह्विलचेयरको सहारामा रहेका व्यक्तिहरु खोप लगाउन बिहानैदेखि खोप केन्द्र पुगेका थिए।

    विस्तृतमा पढ्नुस्

  • साउने सोमवार : यस्तो देखियो गोकर्णेश्वर परिसर

    साउने सोमवार : यस्तो देखियो गोकर्णेश्वर परिसर

    आज साउनको पहिलो सोमवार। हिन्दु परम्परामा साउनको हरेक सोमवारको विशेष महत्व हुनेगर्छ। सात्विक खानपान र हरियालीको महिनाका रुपमा यस दिनलाई मनाइने गरिन्छ। यसैले पनि आज श्रद्धालु काठमाडौंको गोकर्णेश्वर मन्दिरमा पुगेका थिए। साउनको सोमवार शिवको पूजा गरेमा मनोकांक्ष पुरा हुने विश्वासका साथ महिला भक्तजन बिहानैबाट शिव मन्दिर पुग्छन्। सोमवारका दिन शिवको व्रत पूजा विशेष फलदायी हुने ज्योतिषहरु बताउँछन्। यो दिन व्रत…

    विस्तृतमा पढ्नुस्

  • हरियो पहिरनले भरिएको बजारमा फाट्टफुट्ट आउँछन् ग्राहक, पुरानै स्टक बेच्न सकस

    हरियो पहिरनले भरिएको बजारमा फाट्टफुट्ट आउँछन् ग्राहक, पुरानै स्टक बेच्न सकस

    काठमाडौं : दुई वर्ष अघिको कुरा हो, साउन महिना सुरु नहुँदै असनमा रहेको रमेश तामाङको पसलमा मानिसहरुको घुँइचो हुन्थ्यो। उनको मात्रै होइन् असन र इन्द्रचोकका अधिकांश पसल भरिभराउ हुन्थे। साउनमा महादेवको आरधना गर्दै व्रत बस्ने र हरियो चुरापोते र पहिचान लगाउने परम्परा रहेको छ। त्यसैको लागि साउनमा बजारमा गाह्रकहरुको भिड लाग्थ्यो। तर, कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष साउनमा बजार ठप्प…

    विस्तृतमा पढ्नुस्

  • शपथको पर्खाइदेखि पद बहालीसम्म, शीतल निवासदेखि सिंहदरवारसम्म देउवाको सवा घण्टा

    शपथको पर्खाइदेखि पद बहालीसम्म, शीतल निवासदेखि सिंहदरवारसम्म देउवाको सवा घण्टा

    काठमाडौंः सर्वोच्चको आदेशानुसार शेरबहादुर देउवा मंगलबार अपराह्न प्रधानमन्त्री नियुक्त भए। राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिन्। राष्ट्रपति कार्यालयले मंगलबार साँझ ६ बजे नै शपथ कार्यक्रम तय गर्‍यो।  तर, नियुक्तिको पत्रको व्यहोरामा असहमति जनाउँदै देउवाले शपथ लिन मानेनन्। नियुक्तिको पत्रमा संविधानको धारा समेत उल्लेख नभएको भन्दै शपथ अस्वीकार गरे। राष्ट्रपतिको नियुक्ति सम्बन्धी निर्णयमा अदालतको आदेशानुसार भनिएको थियो।  व्यहोरामा असहमति भएपछि दुई…

    विस्तृतमा पढ्नुस्

  • सत्ताबाट अपदस्त भएपछि नजर बालकोटतिर : एकाएक सुरक्षाकर्मीको बाक्लो उपस्थिति

    सत्ताबाट अपदस्त भएपछि नजर बालकोटतिर : एकाएक सुरक्षाकर्मीको बाक्लो उपस्थिति

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा सोमवार दिउँसोको दृश्य अन्य दिनको तुलनामा फरक थियो। ओली बालुवाटारबाट बाहिरिने दिन एकाएक नजिकियो। सर्वोच्च अदालतले ओलीको प्रधानमन्त्री पद अवैधानिक ठहर्‍याएपछि उनको बालुवाटार बसाईको दिन घट्यो। धेरैजसो समय बिरामी भएकाले पनि हुनुपर्छ - ओलीले देशमात्र होइन, पार्टी, गुट र फुटको नेतृत्व पनि बालुवाटार भित्रै रहेर चलाइरहे। के प्रधानमन्त्री निवास, के पार्टी कार्यालय - बालुवाटर सत्तारुढ…

    विस्तृतमा पढ्नुस्

  • ‘केपी ओली, वि लभ यू’ भन्दै ओली समर्थकहरुले बानेश्वरदेखि माइतीघरसम्म गरे मार्चपास

    ‘केपी ओली, वि लभ यू’ भन्दै ओली समर्थकहरुले बानेश्वरदेखि माइतीघरसम्म गरे मार्चपास

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले आज मार्चपास गरेका छन्। प्रधानमन्त्री ओलीको समर्थनमा उनका समर्थकहरुले बानेश्वरदेखि माइतीघरसम्म मार्चपास मार्चपास गरेका हुन्। ओलीको समर्थनमा उनीहरुले नारा लगाएका थिए। उनीहरुले ‘केपी ओली, वि लभ यू’, ‘आई एम विथ केपी ओली’ लगायतका नारा लगाएका थिए। उनीहरुले विपक्षी दलले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएको आरोपसमेत लगाए। ओलीलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • सडकमा सवारीको चाप, साना सवारीमा यात्रु सिट छुटाउन प्लास्टिकको बार

    सडकमा सवारीको चाप, साना सवारीमा यात्रु सिट छुटाउन प्लास्टिकको बार

    काठमाडौंः आजबाट काठमाडौं उपत्यकाभित्रका सबै सवारी साधन चलेका छन्। लामो समयदेखि बन्द रहेका सवारी साधन सडकमा गुड्दा चाप बढेको छ। देशभर कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। त्यसपछि सबै सवारी साधन ठप्प भए। निषेधाज्ञाको ५४ दिनपछि सार्वजनिक सवारी साधनलाई जोरबिजोरको आधारमा चल्न दिने निर्णय भयो। तर २५ सिट भन्दा कम क्षमता भएका सवारी साधनलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell