PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • यसरी आतंकित हुँदै बजारबाट सामान बोकेर मानिसहरु घरतिर

    यसरी आतंकित हुँदै बजारबाट सामान बोकेर मानिसहरु घरतिर

    काठमाडौं : भोलिदेखि निषेधाज्ञा थप कडा हुने र सात दिनसम्म किराना पसलसम्म नखोल्ने निर्देशन जिल्ला प्रकाशन कार्यालयहरुले दिइसकेकाले आज बजारमा भिडभाड निक्कै देखियो। निषेधाज्ञाको त्रासको असर आज 'अन्तिम दिन' कडा देखिएको हो। मानिसहरु हतास हुँदै बजार पुगे र त्यसैगरी घरतिर हानिएका दृश्य सामान्य लाग्थ्यो आज।  कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाउन निर्देशन दिए अनुसार तीनवटै…

    विस्तृतमा पढ्नुस्

  • ‘संविधानको धारा मेरो हातमा छ’ भन्दै नेविसंघको प्रदर्शन, जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

    ‘संविधानको धारा मेरो हातमा छ’ भन्दै नेविसंघको प्रदर्शन, जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

    काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। संसद विघटनको विरोध गर्दै नेविसंघले जोरपाटी चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको हो। प्रदर्शनमा ‘संविधानको धारा मेरो हातमा छ’, ‘त्यो हात नै मेरो साथमा छ’ लेखिएको पम्प्लेट पनि देखाइएको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले प्रदर्शनमा सहभागीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध जयन्तीमा पनि नफर्किएको बौद्धको रौनक, असहज अवस्थाको दृश्यहरू

    बुद्ध जयन्तीमा पनि नफर्किएको बौद्धको रौनक, असहज अवस्थाको दृश्यहरू

    स्थिति सबै सकुशल हुन्थ्यो भने जे देखिरहनु भएको छ, त्यो हुन्थेन। टेक्ने ठाउँ मिल्थेन आज। बुद्ध जयन्ती र सुनसान बौद्ध। पूर्णिमाको दिन बिहानैदेखि भिडभाड लाग्ने ठाउँमा पुग्दा झुण्ड त भेटियो तर परेवाको।  अनि जे दृश्य देखियो - त्यस्तो चाहिँ पहिले हुन्थेन। पूर्णिमाको दिन स्तुपमा रङ रोगन र फूलका माला पहिर्‍याउन कसरी सकिन्थ्यो र, मानिसहरु भएका भए। आजै केही युवाहरु स्तुप…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: सत्ताविरुद्ध सर्वोच्चतिर : एमालेसहित अन्य दलका सांसद पनि यसरी पुगे अदालत

    अन्तत: सत्ताविरुद्ध सर्वोच्चतिर : एमालेसहित अन्य दलका सांसद पनि यसरी पुगे अदालत

    काठमाडौं : हिजोदेखिको तयारी, आज बिहानैदेखि हस्ताक्षर संकलनको सबै प्रकृया पूरा गरेर विपक्षी मोर्चाका नेताहरु सर्वोच्च अदालतमा पुगेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्च अदालतमा पुगेका हुन्।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भवन अगाडि प्रदर्शन, उत्रिन नपाउँदै समात्यो प्रहरीले

    राष्ट्रपति भवन अगाडि प्रदर्शन, उत्रिन नपाउँदै समात्यो प्रहरीले

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विरोध गर्ने राष्ट्रपति भवन निवास अगाडि पुगेका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई समात्दै प्रहरी भ्यानमा राखेर प्रहरी कार्यालय लगिएको छ। युथ काँग्रेस नेपालले आज शीतल निवास अगाडि प्रर्दशन गरेको हो। प्रहरीले नियन्त्रणमा लिँदा सबैको मुखमा मास्क थियो। तर, हातमा न पञ्जा लगाइएको थियो न त फेस सिल्ड नै। आज बिहानै…

    विस्तृतमा पढ्नुस्

  • भेन्टिलेटरसहित स्वीट्जरल्यान्डबाट आयो ९४ करोड बराबरको स्वास्थ्य सामाग्री, स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

    भेन्टिलेटरसहित स्वीट्जरल्यान्डबाट आयो ९४ करोड बराबरको स्वास्थ्य सामाग्री, स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

    काठमाडौं : स्वीट्जरल्यान्ड सरकारले पठाएको कोभिड-१९ विरुद्ध प्रयोग गरिने स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेका छ। ८० लाख अमेरिकी डलर अर्थात करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्री स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्। विनासकारी कोभिड-१९ संकटसंग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले यो सहयोग उपलब्ध गराएको नेपालस्थित स्विज राजदूतवासले जनाएको छ। स्वीट्जरल्यान्डबाट आइपुगेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति कार्यालयको गेटमा ५ मिनेट रोकिएपछि भित्र पस्यो नेताहरुको गाडीको लर्को, प्रममा देउवाको दावेदारी

    राष्ट्रपति कार्यालयको गेटमा ५ मिनेट रोकिएपछि भित्र पस्यो नेताहरुको गाडीको लर्को, प्रममा देउवाको दावेदारी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेतालाई बहुमत पुर्‍याएर सरकार बनाउन चुनौती दिएको दुई घन्टामै राष्ट्रपति भवन शीतल निवासको गेटमा नेताहरुको गाडीको लर्को देखियो। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्ताव सहित १ सय ४९ जना सांसदको हस्ताक्षर सहित उनीहरु ओलीको चुनौती सामना गर्न शीतल निवास पुगेका हुन्। सिंहदरबारमा बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,…

    विस्तृतमा पढ्नुस्

  • ‘हामी नेपाल युवा’ले चीनदेखि ल्यायो ५२० अक्सिजन सिलिन्डर

    ‘हामी नेपाल युवा’ले चीनदेखि ल्यायो ५२० अक्सिजन सिलिन्डर

    काठमाडौं : ‘हामी नेपाल युवा’ नामक समूहले चीनदेखि ५२० अक्सिजन सिलिन्डर ल्याएका छन्। सो अक्सिजन सिलिन्डर आज नेपाल आइपुगेको छ। ‘हामी नेपाल युवा’ समूहले चीनदेखि अक्सिजन किनेर ल्याएको हो। सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाजले सहयोग गरेको थियो। ति सिलिन्डर आजै एयरपोर्टदेखि नै एपीएफलाई १०० थान, डोटी जिल्लाको लागि ५० थान, सुदूरपश्चिम प्रदेशको लागि २७० थान र कणार्लीको लागि १०० थान…

    विस्तृतमा पढ्नुस्

  • कालीमाटी तरकारी बजारमा रातिबाटै यस्तो भिड : गेटबाहिर प्रहरीको कडा जाँच, भित्र छैन मापदण्डको पालना

    कालीमाटी तरकारी बजारमा रातिबाटै यस्तो भिड : गेटबाहिर प्रहरीको कडा जाँच, भित्र छैन मापदण्डको पालना

    कोभिड-१९ संक्रमण बढ्न थालेपछि कालीमाटी तरकारी बजार खुल्ने समय खुम्चिएको छ। नयाँ नियमअनुसार बजार राति एक बजेबाट बिहान ७ बजेसम्म मात्र खोल्न पाइन्छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै शुरु गरेको निषेधाज्ञा छ। त्यसैले तरकारी जोहोका लागि यहाँ रातिबाटै तरकारी व्यापारीदेखि सर्वसाधारणसम्म पुग्छन्। कालीमाटी बजारमा बिहान ५ बजे हामी पुग्दा भिड देखिन्थ्यो। भिडमा भौतिक दुरी कायम राख्ने त कुरै…

    विस्तृतमा पढ्नुस्

  • सबैको नजर सर्वोच्च अदालततिर ! यस्तो छ त्यहाँको माहोल

    सबैको नजर सर्वोच्च अदालततिर ! यस्तो छ त्यहाँको माहोल

    काठमाडौं : मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरी आउँदो कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको मिति निर्धारण गरेपछि तातेको राजनीतिक वृत्त सेलाउने छाँटमा देखिएको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष सहित पाँच दलले गठबन्धन नै बनाएर राष्ट्रपति र प्रधानमन्त्रीको कदमको विरोध गरिरहेका छन्। उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • गत वर्ष जस्तै सांकेतिक रुपमा रथ तानेर सम्पन्न भयो रातो मछिन्द्रनाथको रथयात्रा

    गत वर्ष जस्तै सांकेतिक रुपमा रथ तानेर सम्पन्न भयो रातो मछिन्द्रनाथको रथयात्रा

    ललितपुर : बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सम्पन्न भएको छ। कोरोना भाइरसको संक्रमण जारी रहेको अवस्थामा पुल्चोकमा रथ बनाइएको स्थानबाट करिब २५ मिटर पर रहेको मण्ड फल्चा (सोह्रखुट्टे पाटी) सम्म आज रथ तानेर रथयात्रा सम्पन्न गरिएको हो। रथ तान्ने कि नतान्ने भन्ने विवाद रहँदा सरोकारवालाहरुको बैठकले गत वर्ष झै एकैदिनमा रथ यात्रा गर्दा यसपटकको रथ यात्रा सम्पन्न गर्ने निर्माण गरेको…

    विस्तृतमा पढ्नुस्

  • अक्सिजन लिन डिपोमै लाइन लाग्छन् बिरामीका आफन्त, व्यवस्थापन गर्न प्रहरी परिचालन

    अक्सिजन लिन डिपोमै लाइन लाग्छन् बिरामीका आफन्त, व्यवस्थापन गर्न प्रहरी परिचालन

    काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या तीव्र रुपमा बृद्धि भइरहेको छ। संक्रमितहरुको संख्या बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव अस्पतालहरुमा देखिएको छ। क्षमताभन्दा बढी बिरामी आएपछि अस्पतालमा बेड पाउनै पनि निकै मुस्किल छ। त्यसकारण अस्पतालहरुमा बाहिरै बेड राखेर उपचार गरिएका दृश्यहरु पनि देखिएका छन्। कोरोना संक्रमितको उपचारको क्रममा अक्सिजन निकै महत्वपूर्ण हुन्छ। बिरामीको चाप पढेसँगै अक्सिजन प्लान्ट तथा उद्योगलाई माग…

    विस्तृतमा पढ्नुस्

  • अनि मृत्युको खबर लिएर फर्किएँ म...

    अनि मृत्युको खबर लिएर फर्किएँ म...

    आज अन्तर्राष्ट्रिय नर्स दिवस। संसारभर यो दिवसमा नर्सहरु सबैभन्दा ठूलो युद्ध मैदानमा छन्। कोरोना भाइरससँगको युद्धमा उनीहरुको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन। अस्तव्यस्त छन् अस्पताल। त्यही अभाव र संकटबिच मैदानमा भिडिरहेका नर्सहरुको मेहनतलाई फोटोमा उतार्न पुगेँ - टेकु अस्पताल।  दिउँसो १ बजेको थियो। डाक्टर र स्वास्थ्यकर्मी पीपीईमा रहेरै उपचारमा तल्लिन थिए। नर्सहरुको काम खिच्न गए पनि मेरो ध्यान चाहिँ…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा भोकाएका कुकुरलाई खाना : युवाहरू भन्छन् 'हामी तिमीहरूलाई मर्न दिँदैनौं'

    निषेधाज्ञामा भोकाएका कुकुरलाई खाना : युवाहरू भन्छन् 'हामी तिमीहरूलाई मर्न दिँदैनौं'

    निषेधाज्ञाका कारण सुनसान सडकमा कुकुरको संख्या ह्वात्तै बढेको देखिन्छ। ती कुकुरहरू मान्छे देख्दा भुक्ने, लखेट्नेलगायत आक्रामक व्यवहार देखाउन थालेका छन्। कारण – भोक। सामान्य परिस्थितिमा मानिससँग घुलमिल हुने प्राणी हो कुकुर। मानिसले दया गरेर दिएको, होटल रेस्टुरेन्टमा बढी वा बासी भएको खाना खान्छन् सामुदायिक कुकुर। तर, सबै कुरा ठप्प हुँदा उनीहरू भोका छन्। 'लकडाउनमा मान्छे देखेनन्। कसैले खाइ नसकेर फालेको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ संसदको अवस्था : कोरोना भएका सांसदलाई अलग्गै टेन्ट, नभएकाहरु धमाधम भवनमा छिर्दै

    यस्तो छ संसदको अवस्था : कोरोना भएका सांसदलाई अलग्गै टेन्ट, नभएकाहरु धमाधम भवनमा छिर्दै

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएकाले धेरैको नजर यतिखेर संसद भवनतिर छ। नेकपा विघटन, सत्तारुढ दल नेकपा एमाले भित्रको चर्को खिचातानीका कारण 'अल्पमत'मा पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि आज 'परीक्षा' दिँदैछन्। पुस ५ गते प्रतिनिधिसभा विघटनपछि सुरु भएको अस्थिरताको राजनीतिले आज नयाँ मोड लिँदैछ। राजनीति थप संक्रमणतिर जानेक्रम भएकाले सबैको चासो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती किनारमा ठाउँ नपुगेपछि चौरमै जलाउन थालियो शव

    वाग्मती किनारमा ठाउँ नपुगेपछि चौरमै जलाउन थालियो शव

    कोरोना संक्रमण तीव्र गतिमा फैलिँदा जाँदा संक्रमितसँगै मृतकको संख्या पनि बढिहरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८८ जनाले कोरोनाबाट ज्यान गुमाए। मृतक बढ्दै जाँदा उपत्यकामा शव व्यवस्थापनमा पनि चुनौती थपिएको छ। कोरोना संक्रमणबाट निधन भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ।   पशुपति परिसरस्थित विद्युतीय शवदाह गृहको एउटा मेसिन बिग्रिएपछि अहिले वाग्मती खोला किनारमै अस्थायी चिता बनाएर…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको उपचारका लागि तयार हुँदैछ वीर अस्पतालको नयाँ भवन

    कोरोना संक्रमितको उपचारका लागि तयार हुँदैछ वीर अस्पतालको नयाँ भवन

    काठमाडौं : उपत्यकामा कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ। केही दिनयता उपत्यकामा दैनिक ३ हजार संक्रमित पहिचान भएका छन्। आजमात्रै उपत्यकामा ३ हजार ८३५ जनामा संक्रमण देखिएको छ। भक्तपुरमा ४५८, ललिपुरमा ५१८ र काठमाडौंमा ३ हजार ८४९ मा संक्रमण देखिएको हो। संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालहरु भरिएका छन्। अस्पतालमा शय्याको अभाव हुँदा धेरैजना घरमा नै आइसोलेसनमा बस्न बाध्य भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • आफै संक्रमित हुँदा पाएनन् बेड, अनि होटललाई नै बनाए आइसोलेसन, बस्न थाले संक्रमित

    आफै संक्रमित हुँदा पाएनन् बेड, अनि होटललाई नै बनाए आइसोलेसन, बस्न थाले संक्रमित

    काठमाडौं : दुई साता अघि व्यवसायी राजेन्द्र अम्गाईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो। अहिले देखिएको संक्रमण पहिला भन्दा फरक र गम्भीर भएकाले अस्पतालको खोजी उनका लागि स्वभाविक बन्यो। त्यहाँ सुरक्षित हुने अपेक्षा थियो। त्यसैले दुईचार ठाउँमा फोन पनि लगाए। तर, कतै पनि बेड पाइएन। मिलोस् पनि कसरी? यतिखेर अस्पतालमा बेड पाउन कि कोही ठीक भएर निस्किनुपर्छ या मृत्यु भएर बाहिरिनुपर्छ। केही उपाय…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाको चौथो दिनः सडकमा बढाइँदै कडाइ, पुरानै प्रश्न, ‘तपाईंको मास्क खोई?’

    निषेधाज्ञाको चौथो दिनः सडकमा बढाइँदै कडाइ, पुरानै प्रश्न, ‘तपाईंको मास्क खोई?’

    कोरोना संक्रमण तीव्र फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको चौथो दिन पूरा भएको छ। आइतबार हालसम्मकै धेरै कोरोना संक्रमित पहिचान समेत भएका छन्। कूल सात हजार २११ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणदर उच्च दरमा बढिरहेको छ।  निषेधाज्ञामा सडकमा पनि सुरक्षाकर्मीले कडाइ गरेका छन्। अत्यावश्यकबाहेक अन्य काममा बाहिर निस्किएकालाई होल्डिङ जोनमा राखिएको छ। मास्क नलगाउनेलाई सधैझैं सुरक्षाकर्मीले तपाईंको मास्क खोई…

    विस्तृतमा पढ्नुस्

  • जोगवनीको 'कोभिड १९' परीक्षण छल्न गाउँको बाटो, नाकामा जे देखियो ...

    जोगवनीको 'कोभिड १९' परीक्षण छल्न गाउँको बाटो, नाकामा जे देखियो ...

    विराटनगर : भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ। आजमात्रै ३ लाख ८६ हजारभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। एकैदिन ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ। संक्रमणको गति बढ्दै गएसँगै भारतका कयौं राज्यमा लकडाउन गरिएको छ। केही क्षेत्रमा निषेधात्मक व्यवस्था लागू गरिएको छ। जसकारण शहरी क्षेत्रमा बस्दै आएमा मानिसहरु गाउँ फर्किएका छन्। यसक्रममा भारतमा गएर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell