PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • शिवरात्रिमा साधुहरुको फरक माहोल, ताण्डव नृत्य हेर्नुस् फोटोमा

    शिवरात्रिमा साधुहरुको फरक माहोल, ताण्डव नृत्य हेर्नुस् फोटोमा

    काठमाडौं : बिहीबार महाशिवरात्रि। शिवालयहरुमा शिवको भक्तिका साथ पर्व मनाइन्छ। विशेषगरी हिन्दु धर्मावालम्बीहरुले यो पर्वलाई प्राथमिकताका साथ मनाउँछन्। पशुपतिनाथमा यस दिन विशेष मेला लाग्ने गर्छ। त्यसको पूर्वसन्ध्या धुनी जगाउने प्रचलन छ। शिवरात्रिका लागि भारतबाट समेत साधुहरु आउने गर्छन्। यो क्रम आज पनि जारी नै छ। यसरी पशुपति आउने साधुहरु आआफ्नै चलमा मस्त हुन्छन्। कोही शिवको बुटी सेवन गर्न मस्त हुन्छन् त कोही विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • छैन पहिलेजस्तो चहलपहल : शिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पाशुपत क्षेत्र

    छैन पहिलेजस्तो चहलपहल : शिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पाशुपत क्षेत्र

    काठमाडौं : अवस्था सामान्य भएको हुन्थ्यो भने पाशुपत क्षेत्रमा यतिखेर रौनक बेग्लै हुन्थ्यो। त्यसो त अवस्था असामान्य पनि छैन तर पहिले झै सामान्य पनि बन्न सकेको छैन। सबैतिर खुलमखुल्ला भए पनि कोभिड १९ को मारमा परेको छ - यसपालाको शिवरात्री। यतिखेर मृगस्थलीभन्दा तलतिर धुनी लागिरहेको हुन्थ्यो। बाबाहरु आ आफ्नै शैलीमा रत्तिरहेको देखिन्थे। बाबहरुले भरिभराउ हुने राम मन्दिर परिसर खालीखाली महसुस…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय महिला दिवसमा बक्समाण्डुले आयोजना गर्‍यो महिला बक्सिङ प्रतियोगिता

    अन्तर्राष्ट्रिय महिला दिवसमा बक्समाण्डुले आयोजना गर्‍यो महिला बक्सिङ प्रतियोगिता

    काठमाडौं : १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बक्समाण्डुले महिला बक्सिङ प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगितामा शुष्मा तामाङ विजयी भइन्। उनले नगद पचास हजार रुपैयाँ पुरस्कार पाइन्। विभिन्न तौल समूहमा अस्मिता दुवाल, रोशनी राई, जस्मिन केसी, मन्दिरा पुतुवाल, देचेन शेर्पा, हेमा राई र माला राई विजयी भए। उनीहरुले नगद दश हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा ८ तौल समूहमा १६ खेलाडीले सहभागिता…

    विस्तृतमा पढ्नुस्

  • नारी दिवस मनाउने नौलौ शैली : नाटकदेखि र्‍यालीसम्म

    नारी दिवस मनाउने नौलौ शैली : नाटकदेखि र्‍यालीसम्म

    आज अन्तर्राष्ट्रिय नारी दिवस। विभिन्न औपचारिक कार्यक्रमहरु सहित आज यो दिवस विश्वभर नै मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रमहरु जारी छ दिनभरि नै। यसैबिच फरक संदेश बोकेका कार्यक्रम पनि काठमाडौंमा देखियो।  माइतीघरमा सडकमै एकल नाटक, गीत, कविता वाचन भयो। र्‍याली निस्कियो। स्यानिटरी प्याड सस्तो र कररहित हुनुपर्ने विषयलाई बहसमा ल्याइयो। आज विश्वभर 'चुज टू च्यालेन्ज' थिममा यो दिवस मनाइएको हो।   …

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्धको खोप लगाउन शिक्षण अस्पताल पुगे प्रधानमन्त्री ओली

    कोरोनाविरुद्धको खोप लगाउन शिक्षण अस्पताल पुगे प्रधानमन्त्री ओली

    काठमाडौं : कोरोनाविरुद्धको खोप लगाउन प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका छन्। ओली केही बेर अघि शिक्षण अस्पताल पुगेका हुन्। उनले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु हुने छ। यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ। अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली चिडियाखानामा : वनमान्छेदेखि अर्नासम्मको अवलोकन

    प्रधानमन्त्री ओली चिडियाखानामा : वनमान्छेदेखि अर्नासम्मको अवलोकन

    प्रधानमन्त्री केपी शर्मा ओली आज जाउलाखेलस्थित चिडियाखाना पुगेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओली चिडियाखाना पुगी वनमान्छेदेखि अर्नासम्म अवलोकन गरे। विश्व वन्यजन्तु दिवस २०२१ र कोषले सदर चिडियाखाना व्यवस्थापन गरो अवसरमा प्रम चिडियाखानामा पुगेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • विघटन बदरपछिको पहिलो बैठकका लागि तयार भयो प्रतिनिधिसभा

    विघटन बदरपछिको पहिलो बैठकका लागि तयार भयो प्रतिनिधिसभा

    काठमाडौं :  फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै बैठक बस्ने तयारी सुरु भएको हो। सर्वोच्चले फागुन ११ गते फैसला सुनाउँदै १३ दिन भित्र बैठक बोलाउन आदेश समेत दिएको थियो। त्यसैकारण सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा…

    विस्तृतमा पढ्नुस्

  • मामको मूर्तिलाई रथमा परिक्रमा, बौद्धनाथ क्षेत्रमा निकालियो जात्रा

    मामको मूर्तिलाई रथमा परिक्रमा, बौद्धनाथ क्षेत्रमा निकालियो जात्रा

    बौद्धनाथमा परम्परागत मामला जात्रा निकालिएको छ। स्तुपामा रहेको मामको मूर्तिलाई रथमा  राखेर परिक्रमा गराइने परम्परा छ। मूर्तिलाई रथमा राखेर बौद्ध परिक्रमा गराइने प्रचलन छ। शनिबार पनि पिपलबोट, टुसाल हुँदै मूर्तिलाई परिक्रमा गराइयो। तामाङ समुदायले इष्ट देवताका रुपमा मामलाई पूजा गर्ने प्रचलन छ।

    विस्तृतमा पढ्नुस्

  • कमलपोखरीको मध्यभागमा कंक्रिटको कमल ठड्याउन लागेको भन्दै अभियन्ताले भत्काए ढलान

    कमलपोखरीको मध्यभागमा कंक्रिटको कमल ठड्याउन लागेको भन्दै अभियन्ताले भत्काए ढलान

    काठमाडौं : कमलपोखरीको मध्यभागमा कंक्रिटको कमल ठड्याउन लागेपछि अभियन्ताहरुले त्यहाँ बनाइएको संरचना भत्काएका छन्। काठमाडौं महानगरपालिकाले नयाँ स्वरुपमा निर्माण गरिरहेको कमलपोखरीमा कंक्रिटको प्रयोग भएको भन्दै केही समय अघि देखि नै स्थानीय र अभियन्ताहरुले विरोध गर्दै आएका थिए। महानगरले भने पुरै पोखरीमा नभइ केही क्षेत्रमामात्रै 'ब्युटिफिकेशन' गर्ने भन्दै कंक्रिटको प्रयोग गरिएको बताएको छ। पहिला पोखरी सुकाएर वरिपरि कंक्रिटको संरचना निर्माण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • मास्टर सेफ युकेमा स्वादको जादु चलाएका सन्तोष साह फर्किए नेपाल

    मास्टर सेफ युकेमा स्वादको जादु चलाएका सन्तोष साह फर्किए नेपाल

    काठमाडौं : मास्टर सेफ 'युके'मा फस्ट रनर अप भएका सन्तोष साह नेपाल आएका छन्। आज काठमाडौं ओर्लिएका साहको त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हो। नेपालका सेफहरुले विमानस्थल परिसरमा नै उनको स्वागत गरेका थिए। मास्टर सेफमा नेपाली परिकार बनाएपछि उनको चर्चा चुलिएको थियो। बेलायतमै बस्दै आएका सन्तोष नेपालको सिरहाको कारजन्हामा जन्मिएका हुन्। सात दाजुभाइ दिदी बहिनीमध्ये सबैभन्दा कान्छा हुन् उनी। बुवाको मृत्यु हुँदा…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा प्रतिनिधिसभा पुनर्स्थापनाको खुशी

    दृश्यमा प्रतिनिधिसभा पुनर्स्थापनाको खुशी

    काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई गलत ठहर्‍याउँदै पुनर्स्थापनाका लागि सुनाएको फैसलाको स्वागतमा देशभर हर्षोल्लासका साथ खुशीयाली मनाइँदैछ। आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु मंगलबार राति देखि नै सडकमा उत्रिएर विजय जुलस निकालिरहेका छन्। बुधवार पनि नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताहरुले राजधानीमा विजय र्‍याली निकाले। एकआपसमा अबिर ढलेर उनीहरुले खुशी साटासाट गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा प्रजातन्त्र दिवस समारोहको दृश्य

    टुँडिखेलमा प्रजातन्त्र दिवस समारोहको दृश्य

    काठमाडौं : ७१ ‌‍‌औं प्रजातन्त्र दिवसको अवसरमा आज नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा लगायत विशिष्ट अतिथि उपस्थित समारोहमा सेनाले विविध कला प्रस्तुत गरेको थियो।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका थिए। साथै, तोकिएको समयमै निर्वाचन हुने दाबीसमेत प्रस्तुत गर्दै…

    विस्तृतमा पढ्नुस्

  • कागजी विकास नै लजाउने गरि लागेको लाम, जसले प्रतीक्षामा रात र दिन जोडे...

    कागजी विकास नै लजाउने गरि लागेको लाम, जसले प्रतीक्षामा रात र दिन जोडे...

    काठमाडौं : चकमन्न सडक। रातको ११ बजेको छ। गिरिराज पुन मगर चुच्चेपाटी नजिकैको भाटभटेनी सुपरमार्केट बाहिर छन्। दाङका उनी गोंगबु बस्छन्। तर, केही दिन यता उनी चाबहिलतिर धाइरहेका छन्, दिनमात्र होइन, रातमा पनि। फाट्टफुट्ट गुडेका गाडी र सल्बलाइरहेका कुकुरबाहेक सबै निन्द्रामा। गिरिराज चाहिँ निदाइएला कि भन्ने पीरमा। यसै भुलिरहँदा एक बज्यो। फागुन ५ को त्यो रात अब भने उनका केही साथीहरु…

    विस्तृतमा पढ्नुस्

  • मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन, ग्यास सिलिन्डर बोकेर सडकमा निस्कियो जसपा

    मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन, ग्यास सिलिन्डर बोकेर सडकमा निस्कियो जसपा

    काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा जनता समाजवादी पार्टीले राजधानीमा विरोध प्रदर्शन गरेको छ। एक महिमा तेस्रोपटक पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेपछि जसपाले प्रदर्शन गरेको हो। माइतीघरमा जसपा कार्यकर्ताहरुले ग्यास सिलिन्डर, थाल लिएर विरोध जनाएका हुन्। मूल्य बढेसँगै उपत्यकामा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर ११४ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ र हवाई…

    विस्तृतमा पढ्नुस्

  • म पनि लेख्न सिक्छु नि…१४ फोटोमा श्रीपञ्चमी उत्सव

    म पनि लेख्न सिक्छु नि…१४ फोटोमा श्रीपञ्चमी उत्सव

    आज श्रीपञ्चमी। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। विद्यालय भर्ना भइनसकेका बालबालिकाले आजै अक्षर लेख्ने प्रयास गर्छन्। आजबाट अक्षर सिक्ने गरेमा राम्रो हुने मान्यता रहेको छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले क्षती पुर्‍याएको सिंहदरवारको मुल भवन पुन: निर्माण, प्रधानमन्त्रीद्वारा उद्घाटन 

    भूकम्पले क्षती पुर्‍याएको सिंहदरवारको मुल भवन पुन: निर्माण, प्रधानमन्त्रीद्वारा उद्घाटन 

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पले क्षती पुर्‍याएको सिंहदरवारको मुल भवनको पुन:निर्माण गरिएको भवनको उद्घाटन गरेका छन्। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: यही भवनबाट सञ्चालन हुने छ।  २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको भवनको प्रबलीकरण गरिएएको हो। यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै सरकारका तीन वर्षका प्रगती विवरण प्रस्तुत गरिरहेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा महिला मार्च, ‘नेपाल पुरुष प्रधान राष्ट्र हो’

    तस्विरमा महिला मार्च, ‘नेपाल पुरुष प्रधान राष्ट्र हो’

    काठमाडौं : बलात्कारका घटना बढ्दै गएपछि त्यसको विरोधमा युवाले काठमाडौंमा ‘महिला मार्च’ निकालेका छन्। शुक्रवार वसन्तपुरबाट शुरु भएको महिला मार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो। सो क्रममा उनीहरुले बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु नहुने लगायतका माग राखेका थिए। निर्मला पन्तदेखि भागरथी भट्टसम्मलाई तत्काल न्याय…

    विस्तृतमा पढ्नुस्

  • परदेश यात्रामा माधवनारायण, पशुपतिमा स्नानपछि पुगे फर्पिङ

    परदेश यात्रामा माधवनारायण, पशुपतिमा स्नानपछि पुगे फर्पिङ

    काठमाडौं: स्वस्थानी व्रत आरम्भ भएदेखि साँखुस्थित शालीनदीमा भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। बिहानैदेखि शालीनदी पुगेर माधवनारायणको दर्शन गरेर स्नान गर्नेहरुको लाम उत्तिकै। बुधवारबाट भने यो संख्या केही पातलिएको छ। कारण-  माधव नारायण अहिले 'परदेश'को यात्रामा छन्। स्वस्थानी सुरु भएदेखि नै माधवनारायण दिनहुँ साँखु घुमिरहेका थिए। 'द्य: ध्वाखा' बाट माधव नारायणको मूर्तिलाई दैनिक रुपमा साँखु नगरको परिक्रमा गराइएको थियो। बुधबारबाट भने माधवनारायण साँखु (सक्व दे:) बाट बाहिरिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • अन्तत उही दृष्य : सभा सकियो, झन्डा र ब्यानर भने छुट्यो बदम अनि सुन्तलाका बोक्रासँग

    अन्तत उही दृष्य : सभा सकियो, झन्डा र ब्यानर भने छुट्यो बदम अनि सुन्तलाका बोक्रासँग

    काठमाडौं : प्रचण्ड-माधवकुमार नेपालको सभामा जस्तै दृष्य दोहरियो - सभा सकियो, झन्डा मिल्काइयो, ब्यानर फ्याँकियो बदम अनि सुन्तलाका बोक्रासँगै। आज प्रधानमन्त्रीले किन यति धेरै मानिस राजधानीमा डाकेर भेला गर्नुपर्‍यो प्रस्ट खुलाएनन् आमसभामा। झाँकीसहित सुरु भएको शक्ति प्रदर्शनको र्‍याली सुरुमा देख्दा भव्य महसुस हुन्थ्यो। व्यवस्थापन पनि उस्तै चुस्त हुने अपेक्षा थियो। तर, यी दृष्यहरुले उही कथा दोहर्‍यायो। सभामा नाम दर्ता गराउन…

    विस्तृतमा पढ्नुस्

  • ओलीमय दरबारमार्ग : सत्ताको शक्ति प्रदर्शनको भव्य तयारी

    ओलीमय दरबारमार्ग : सत्ताको शक्ति प्रदर्शनको भव्य तयारी

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमको अन्तिम तयारी अहिले जारी छ। दरबारमार्गमा प्रधानमन्त्री ओलीका तस्बिरहरु सजाइएको छ भने मञ्चमा डिजिटल डिस्प्लेसहित सजाउने काम भइरहेको छ। प्राविधिकहरुले अडियोको परीक्षण गरिरहेका छन्। दरबारमार्ग पखालिएको छ भने पसलहरु बन्द छन्।  दरबारमार्ग आज जगमगाएको छ। सत्तारुढ दलले आफ्नो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell