PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • चर्को घाममा खोपको प्रतीक्षा : बिहान ४:३० देखि थियो लाइन

    चर्को घाममा खोपको प्रतीक्षा : बिहान ४:३० देखि थियो लाइन

    काठमाडौं : यो दृष्य हो, थापाथलीस्थित प्रसुती गृहको। कोभिड १९ विरुद्धको खोप लगाउन मानिसहरु बिहान सबेरैदेखि यहाँ लाइनमा थिए। अस्पतालमा खोप लगाउन आएका मध्ये १ हजार जनाका लागि मात्र खोप निर्धारण गरिएको छ। बिहान ४:३० बजेदेखि आएर मानिसहरु लाममा बसेको भेटियो।  अस्पतालले बिहान ८ बजेबाट टोकन दिन थालेको थियो। एक हजार जनाले टोकन पाएर खोप लगाइरहेका छन्। तर, कतिपय मानिसहरु…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा बढ्दो कोरोना कहर : अस्पताल भरिँदा बिरामीलाई सकस

    काठमाडौंमा बढ्दो कोरोना कहर : अस्पताल भरिँदा बिरामीलाई सकस

    काठमाडौं: काठमाडौं उपत्यकामा तीनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ। कोभिड १९ को संक्रमण ह्वात्तै बढेपछि प्रशासनले संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै निषेधाज्ञा जारी गरेको हो। सरकारले यसअघि नै स्वास्थ्य मापदण्ड पालना गर्न र २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो। तर सरकारी निकालयबाट नै स्वास्थ्य मापदण्ड उल्लंघन भयो। जनस्तरबाट पनि स्वास्थ्य मापदण्ड पालना भएन। फलस्वरुप उपत्यकामा…

    विस्तृतमा पढ्नुस्

  • धरहरामा राखियो गजुर र शिवलिंग, आकाशबाट यस्तो देखियो टावर

    धरहरामा राखियो गजुर र शिवलिंग, आकाशबाट यस्तो देखियो टावर

    काठमाडौं : नवनिर्मित धरहरामा विधिवत् रुपमा गजुर राखिएको छ। आज बिहान पूजा गर्दै गजुरका साथै २२ औं तल्लामा शिवलिंग समेत स्थापना गरिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पूजा गर्दै विधिवत् रुपमा गजुर र शिवलिंग स्थापना गरेका हुन्। यही बैशाख ११ गते प्रधानमन्त्र केपी शर्मा ओलीले धरहरा टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ८ महिनापछि मात्रै सर्वसाधारणको लागि खुल्ला हुनेछ…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट क्रेज : स्टेडियममा प्रवेश निषेध पछि रुखमा चढेर चौका र छक्कामा दर्शकको हुटिङ

    क्रिकेट क्रेज : स्टेडियममा प्रवेश निषेध पछि रुखमा चढेर चौका र छक्कामा दर्शकको हुटिङ

    काठमाडौं : त्रिदेशीय टी २० सिरिज अन्तर्गत आजको खेलमा कीर्तिपुरस्थित स्टेडियममा दर्शकलाई प्रवेश निषेध गरिएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा धेरै भिडभाड हुने क्षेत्रमा प्रतिबन्ध लगाएसँगै खेल क्षेत्र समेत प्रभावित बनेको हो। बैठकले २५ जना भन्दा बढी मानिस उपस्थित हुने गरि कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको थियो। मन्त्रिपरिषदको उक्त निर्णय बमोजिम नेपाल क्रिकेट संघ (क्यान) ले…

    विस्तृतमा पढ्नुस्

  • कुम्भ मेलामा स्नान गरि फर्किए पूर्वराजा शाह, क्वारेन्टाइन बस्लान्?

    कुम्भ मेलामा स्नान गरि फर्किए पूर्वराजा शाह, क्वारेन्टाइन बस्लान्?

    काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएका छन्। हरिद्वारमा पूर्वराजा शाहले अप्रिल १२ अर्थात चैत ३० गते शाही स्नान गरेका थिए। त्यसपछिका केहीदिन नयाँ दिल्लीमा बसेर पूर्वराजा शाह आज काठमाडौं फर्किएका हुन्। उनी २६ गते नेपालबाट नयाँदिल्ली हुँदै हरिद्वार पुगेका थिए। पूर्वराजा शाहको कुम्भ शाही स्नानको प्रबन्ध उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमिमा सिन्दुर दल्दै रमे जात्रालु

    मध्यपुर थिमिमा सिन्दुर दल्दै रमे जात्रालु

    भक्तपुर : मध्यपुर थिमिमा आज सुथ: सिया जात्रा मनाइएको छ। २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराउने क्रममा सिन्दुर खेल्दै जात्रा मनाइएको हो। नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा समेत सिन्दुर जात्रा मनाइएको हो।

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो टुँडिखेलमा यसपटकको घोडेजात्रा

    यस्तो देखियो टुँडिखेलमा यसपटकको घोडेजात्रा

    काठमाडौं : आइतबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो। घोडेजात्रा अवलोकनका लागि टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अतिथिहरु पुगेका थिए। जात्रामा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए। साथै साइक्लिङ र कुकुरहरुको प्रस्तुती समेत गरिएको थियो। टुँडिखेलभित्र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं आइपुगिन् कतारकी पर्वतारोही आस्मा अल थानी, सगरमाथा चढेर विश्वलाई समानताको सन्देश दिने

    काठमाडौं आइपुगिन् कतारकी पर्वतारोही आस्मा अल थानी, सगरमाथा चढेर विश्वलाई समानताको सन्देश दिने

    काठमाडौं : कतारकी पर्वतारोही शेख आस्मा अल थानी सगरमाथा आरोहणको लागि नेपाल आएकी छिन्। काठमाडौं ओर्लिसकेपछि थानीले दरबारमार्गस्थित याक एन्ड यति होटलमा पत्रकारहरुसँग आफ्नो सगरमाथा आरोहरणको योजना बारे कुराहरु गरिन्। उनले नेपाल आउन पाउँदा आफू निकै खुशी भएको र सगरमाथाको सफल आरोहण गरेर इतिहास रच्ने बताइन्। सगरमाथा चढेर आफूले विश्वलाई लैंगिक समानताको सन्देश दिने र खाडी देशहरुमा व्याप्त रुढीवादी सोच अन्त्य गर्ने…

    विस्तृतमा पढ्नुस्

  • 'म्यानमारलाई बचाऔं' भन्दै वसन्तपुरमा मैनबत्ती बाल्दै गरियो 'थ्री फिंगर सल्युट'

    'म्यानमारलाई बचाऔं' भन्दै वसन्तपुरमा मैनबत्ती बाल्दै गरियो 'थ्री फिंगर सल्युट'

    काठमाडौं : म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएर हिंसा फैलाएको र नागरिकमाथि दमन गरेको विरोधमा काठमाडौंमा ‍शान्तिपूर्ण प्रदर्शन गरिएको छ। वसन्तपुरमा युवाहरुले मैनबत्ती बालेर म्यानमारमा शान्तिको बाटोमा ल्याउन माग गरेका हुन्। मैनबत्ती प्रज्वलन कार्यक्रममा सहभागीहरुले 'म्यानमारलाई बचाऔं', 'हामी बर्मेलीको साथमा छौं' लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। यस्तै, युवाहरुले म्यानमारमा सैन्य शासनविरुद्धको प्रतिक बनेको 'थ्री फिंगर सल्युट' समेत गरेका थिए।  माघ १९ गतेको 'सैन्य कू'…

    विस्तृतमा पढ्नुस्

  • तुवाँलो मडारिएको उपत्यकामा वर्षाले दिएको राहत

    तुवाँलो मडारिएको उपत्यकामा वर्षाले दिएको राहत

    काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर पछिल्लो केही दिनयता वायु प्रदूषण उच्च विन्दुमा पुगेको छ। देशभर करिब ४०० भन्दा बढी स्थानमा लागेको डढेलो र भारतबाट उडेर आएको धुलोको कारण उपत्यका सहित देशका अधिकांश शहरमा तुवाँलो मडारिएको थियो। पानी नर्पदा तुवाँलो हट्न सकेको थिएन। आज भने उपत्यका सहित देशका केही भागमा वर्षात भएको छ। पानी परेसँगै आउने दिनमा तुवाँलो हट्ने र आकाश…

    विस्तृतमा पढ्नुस्

  • दर्शकको भव्य उपस्थितिमा नेपालले जित फर्किएको रौनक, प्रधानमन्त्रीको उपस्थितिदेखि महर्जनको सन्याससम्म

    दर्शकको भव्य उपस्थितिमा नेपालले जित फर्किएको रौनक, प्रधानमन्त्रीको उपस्थितिदेखि महर्जनको सन्याससम्म

    काठमाडौं : नेपाली फुटबल टोलीले बंगलादेश, नेपाल र कीर्गस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशमाथि २-१ गोलअन्तरले जित निकाल्दा नेपालमा फुटबलको माहोल फेरि बनेको देख्न मिल्यो। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु मोहन बस्नेत, रामहरी खतिवडालगायत उपस्थित थिए। त्यस्तै, स्टेडियममा दर्शकको पनि उस्तै उपस्थिति थियो। ‘नेपाल, नेपाल’…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न प्रधानमन्त्री ‌ओली दशरथ रंगशालामा

    नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न प्रधानमन्त्री ‌ओली दशरथ रंगशालामा

    काठमाडौं : थ्री नेसन्स कपको फाइनलमा अहिले नेपाल र बंगलादेश भिड्दैछन्। फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्। ओलीले खेलका रेफ्रीलाई बल हस्तान्तरण गरि खेलाडीहरुसँग भेटेका थिए। प्रधानमन्त्री ओली दशरथ रंगशाला पुगेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।  प्रतियोगिता अवधिभर कीर्गिस्तान र बंगलादेशबीचको खेलमा आत्मघाती गोलबाहेक कुनै टिमले विपक्षीको पोस्टमा गोल गर्न सकेको छैन। घरेलु टोली नेपालले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं आइपुग्यो चीनले पठाएको ८ लाख डोज कोभिडविरुद्धको भ्याक्सिन

    काठमाडौं आइपुग्यो चीनले पठाएको ८ लाख डोज कोभिडविरुद्धको भ्याक्सिन

    काठमाडौं : चीनले नेपालका लागि पठाएको कोभिड-१९ विरुद्धको भ्याक्सिन काठमाडौं आइपुगेको छ। चीन सरकारले नेपाललाई ८ लाख डोज खोप पठाएको हो। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्। उक्त खोप लिन नेपाल एअरलाइन्यको वाइडबडी ३३० आइतवार दिउँसो बेइजिङतर्फ लागेको थियो। उक्त विमान खोप लिएर सोमबार बिहान पौने ९ बजे त्रिभुवन…

    विस्तृतमा पढ्नुस्

  • तीनचुलीमा ह्योल्मो समुदायको छेच्यु : लामाको बाछमदेखि रिम्पोछेको छेवाङ

    तीनचुलीमा ह्योल्मो समुदायको छेच्यु : लामाको बाछमदेखि रिम्पोछेको छेवाङ

    काठमाडौंमा रहेका ह्योल्मो समुदायले काठमाडौंको तीनचुलीस्थित ह्योल्मो समाज सेवा केन्द्रमा छेच्यु पर्व मनाएका छन्। मंगलवार केन्द्रको आँगनमा देवीदेवताबीच पदमसंम्भवाको भेषमा लामा गुरुले बाछम(धार्मिक नृत्य) नाचेका थिए। पर्वमा पूजासँग लामा गुरुले शिरमा कलात्मक मयुरप्वाँखे शिरपोष, हातमा तन्त्रमन्त्र कुदिँएका बज्र र घण्टी पहिरिएका थिए। गुरु रिम्पोछेको विशेष धार्मिक पुण्य तिथिको अवसर पारेर मनाइने छेच्यु पर्व ह्योल्मो समुदायहरुले वर्षेनी आफ्ना मुख्य धार्मिक पर्वको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान: बिदाईका लागि विमानस्थल पुगे उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म

    राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान: बिदाईका लागि विमानस्थल पुगे उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने भ्रमणका लागि प्रस्थान गरेकी छन्। नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत आज बिहान ८:३० बजे उनी बङ्गलादेश उडेकी हुन्। बंगलादेशका राष्ट्रपति मोहम्मद अबदुल हमिदको निमन्त्रणमा चैत ९ र १० गते दिने राजकीय भ्रमणका लागि चार्टड उडान मार्फत उनी केही बेरमै ढाका पुग्नेछिन्। राष्ट्रपति भण्डारीसँगै…

    विस्तृतमा पढ्नुस्

  • निजगढ बचाउँ भन्दै युवाहरुको प्रदर्शन

    निजगढ बचाउँ भन्दै युवाहरुको प्रदर्शन

    काठमाडौं : निजगढमा जंगल विनाश गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले तयारी गरेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन्। विकासको नाममा हजारौं रुख काटेर विमानस्थल बनाउँदा पर्यावरणमा असर पर्ने भन्दै उनीहरुले विरोध गरेका हुन्।  बिजुलीबजारबाट बानेश्वारसम्म युवाहरुले प्लेकार्ड बोकेर र्‍याली निकालेका थिए। पर्यावरण बचाउन भन्दै युवाहरुले फ्ल्यास मब समेत प्रदर्शन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • भेटिएका शव १० कक्षामा पढ्दै गरेका किशोरहरूको, नजिकै भेटियो विषादीको बट्टा

    भेटिएका शव १० कक्षामा पढ्दै गरेका किशोरहरूको, नजिकै भेटियो विषादीको बट्टा

    काठमाडौं : दक्षिणी काठमाडौंको चाल्नाखेल जंगलमा भेटिएका शवहरुको पहिचान भएको छ। मृत्यु हुनेमध्ये एक जना कक्षा दशमा पढ्दै गरेका १६ वर्षीय अर्जुन खड्का र १७ वर्षीय मंगल तामाङ रहेका छन्। अर्जुन खड्का नुवाकोटका हुन् भने  मंगल तामाङ काभ्रेपलाञ्चोकका।  बाङ्गेमुडामा बस्दै आएका उनीहरु हिजो खाना खाएर साथीको घर ललितपुर जाने भन्दै हिँडेका थिए। घटनास्थलमा प्रहरीले दुईवटा विषादीको बट्टा पनि भेटेकाले आत्महत्या…

    विस्तृतमा पढ्नुस्

  • जंगलमा दुई युवकको शव, एउटा खोल्सामा अर्को डिलमा, कुकुरसहित प्रहरी जुट्यो अनुसन्धानमा

    जंगलमा दुई युवकको शव, एउटा खोल्सामा अर्को डिलमा, कुकुरसहित प्रहरी जुट्यो अनुसन्धानमा

    काठमाडौं : जंगलमा दुई शव भेटिएपछि अनुसन्धानका लागि कुकुर सहित प्रहरीको ठूलो टोली चाल्नाखेल पुगेको छ। टौदहभन्दा केही पर सडकबाट २ सय मिटर जति माथि जंगलमा शव भेटिएको हो। एउटा शव खोल्सामा फेला परेको छ भने अर्को माथि डिलमा।  शव २५ देखि ३० वर्ष उमेरका पुरुषहरुको भेटिएको हो। प्रहरीले अनुसन्धानका लागि दुई वटा कुकुर समेत परिचालन गरेका छन्। उनीहरुको मृत्युको…

    विस्तृतमा पढ्नुस्

  • एमाले ब्युँतिएपछि बालुवाटारमा ओलीको चियापान

    एमाले ब्युँतिएपछि बालुवाटारमा ओलीको चियापान

    काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आज एमाले नेता, कार्यकर्ताहरुका लागि चियापान आयोजना गरेका छन्। नेकपा माओवादी केन्द्रसँगको एकता सर्वोच्च अदालतले अमान्य घोषित गरेपछि ओलीले बालुवाटारमा चियापान आयोजना गरेका हुन्। उक्त कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समूह भने उपस्थित छैनन्। चियापान समारोहमा मन्त्रीहरु, ओली निकट प्रदेशका मुख्यमन्त्री, सांसद, प्रदेशसभा सांसदहरुको उपस्थिति रहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • महाशिवरात्रीले फर्कायो फिका रङमा चमक, कोरोना भुल्दै जम्यो पाशुपत क्षेत्र

    महाशिवरात्रीले फर्कायो फिका रङमा चमक, कोरोना भुल्दै जम्यो पाशुपत क्षेत्र

    काठमाडौं : कोभिड १९ को संक्रमणपछि पाशुपत क्षेत्रमा सबैभन्दा ठूलो भिड आज देखियो। कोरोना भाइरसको संक्रमणसँगै लामो समय मन्दिरको गेटमा ताल्चा झुन्डियो। नित्य पूजाबाहेक भक्तजनका लागि 'नो इन्ट्री' कायम रह्यो पशुपति मन्दिरमा।  कोभिडको संक्रमणमा विस्तारै नियन्त्रण आउन थाल्यो। लकडाउनबाट सबै क्षेत्र विस्तारै खुल्दै गए। धेरै ढिलोगरी खुल्यो मन्दिर क्षेत्र। विशेषगरी पशुपतिनाथ मन्दिर खुलेमध्ये पनि धेरै पछिमात्र सर्वसाधारणका लागि खुला भयो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell