PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • टिपरले लियो सुतिरहेका दम्पतीको ज्यान, दृश्यमा घटनास्थल

    टिपरले लियो सुतिरहेका दम्पतीको ज्यान, दृश्यमा घटनास्थल

    काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा टिपर खस्दा गोठमा सुतिरहेका श्रीमान-श्रीमतीको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थली ओरालोमा बा ५ ख २५११ नम्बरको टिपर सडकबाट खस्दा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो। वस्तु कुर्न गोठमा सुतेका श्रीमान-श्रीमतीको मृत्यु भएको महानगरीय प्रहरी वृत्तका डीएसपी ढुण्डी न्यौपानेले बताए। शनिवार बिहान ४ बजे…

    विस्तृतमा पढ्नुस्

  • प्रदर्शनीमार्गमा संयुक्त विद्यार्थी संगठन र प्रहरीबिच घम्साघम्सी, जलाइयो प्रधानमन्त्री ओलीको पुतला

    प्रदर्शनीमार्गमा संयुक्त विद्यार्थी संगठन र प्रहरीबिच घम्साघम्सी, जलाइयो प्रधानमन्त्री ओलीको पुतला

    काठमाडौं : संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले आज प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अघि प्रधानमन्त्री ओलीको पुतला जलाउँदै विरोध प्रदर्शन गरेको हो। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन्। संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्ने कार्यक्रम सार्वजनिक गरेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र महानगरले किन मेटायो?

    कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र महानगरले किन मेटायो?

    ३१ जेठ २०७८। साँझ हुँदै गर्दा रत्नपार्कस्थित आकाशे पुलमा मानिसहरुको हलचल बढ्दै थियो। सिमसिमे पानी परिरहे पनि मानिसहरु हातहातमा मैनबत्ती लिएर उभिएका थिए। उभिनेमा कोभिड १९ महामारीमा 'फ्रन्ट लाइन' मा काम गरेकाहरु थिए। प्रहरीदेखि चिकित्सकहरु सबै हातमा मैनबत्ती लिएर लाम लागेका थिए। अवसर थियो, कोभिड १९ विरुद्धको अग्रपङ्क्तिमा खटिएकाहरुको सम्मान। सम्मान फरक शैलीमा थियो। आकाशे पुलको भित्तामा बनाइएको चित्र पूरा…

    विस्तृतमा पढ्नुस्

  • छम्पीमा छुपुछुपु, हेर्नुस् ड्रोनबाट लिइएको रोपाइँको दृश्य

    छम्पीमा छुपुछुपु, हेर्नुस् ड्रोनबाट लिइएको रोपाइँको दृश्य

    आज असार १५। देशभर धान दिवस मनाइँदै छ। यही क्रममा उपत्यका वरपरका किसानले पनि धान रोपेर यो दिवस मनाएका छन्। यसपटक मनसुन चाँडै प्रवेश गरेकोले काठमाडौंका अधिकांश स्थानमा धान रोपिसकेको छ। उपत्यका वरपरका केही भागमा मात्र धान रोप्न बाँकी देखिएको छ। यसै क्रममा आज ललितपुरको छम्पीमा देखिएको रोपाईको ड्रोन दृश्य :  

    विस्तृतमा पढ्नुस्

  • ५४ दिनपछि निजी सवारी सडकमा, पसल र सवारी खुल्दा काठमाडौं उपत्यकामा भिडभाड

    ५४ दिनपछि निजी सवारी सडकमा, पसल र सवारी खुल्दा काठमाडौं उपत्यकामा भिडभाड

    काठमाडौं : ५४ दिनपछि निजी सवारी साधन सडकमा गुड्दा काठमाडौं उपत्यकाभित्रको सडकमा भिडभाड देखिएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजबाट निजी सवारी साधानलाई जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेका थिए। त्यसैले आज बिहानैदेखि सडकमा निजी सवारी साधानको चाप देखिएको छ। त्यस्तै, आज बिहान ११ बजेदेखि अन्य केही भाडा, सुनचाँदी पसल, इलेक्ट्रोनिक लगायत पसलहरु समेत खुल्न दिइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • डाँडामा योग दिवस...

    डाँडामा योग दिवस...

    आज अन्तर्राष्ट्रिय योग दिवस। तर कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण भिड गर्न नहुने भएकोले सार्वजनिक स्थानमा कार्यक्रमहरु राखिएको छैन। मानिसहरु बिहानै शारीरिक अभ्यासका क्रममा काठमाडौंका डाँडाहरुमा योगाभ्यास गरिरहेका देखिन्थे। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री,…

    विस्तृतमा पढ्नुस्

  • बगर बनेको मेलम्ची : घर र खेत कसरी पुरिए? ड्रोनबाट लिइएका दृश्य हेर्नुस्

    बगर बनेको मेलम्ची : घर र खेत कसरी पुरिए? ड्रोनबाट लिइएका दृश्य हेर्नुस्

    काठमाडौं : मेलम्ची र इन्द्रावतीबाट आएका माटो सहितको भेलले मेलम्ची बजार यतिखेर करिब करिब तहसनहसको अवस्थामा पुगेको छ। दुई दिनदेखि लगातार आएको बाढी र हिलोले घरहरु पुरिएकामात्र छैनन्, खेती पनि समाप्त पारेको छ।  एकाएक बजार बगरमा रुपान्तरित भएको छ। पक्की पुल नै भेलसँगै बगेको छ भने नदीको सतहलाई हिलो र बगेर आएको ढुङ्गाले माथितिर उकासेको छ। हेलम्बु लगायत उपल्लो बेल्टसँगको…

    विस्तृतमा पढ्नुस्

  • घरभित्रबाट खानेकुरा निकाल्न भ्याउँदा नभ्याउँदै फेरि पर्न थाल्यो पानी...

    घरभित्रबाट खानेकुरा निकाल्न भ्याउँदा नभ्याउँदै फेरि पर्न थाल्यो पानी...

    मेलम्ची : इन्द्रावती नदीको भेल केही कम हुन थालेपछि थोरै भए पनि राहतको सास फेरेका थिए यहाँका बासिन्दाहरूले। अब त पानी पर्नासाथ आत्तिन थालेका छन् उनीहरू। यस क्षेत्रमा फेरि पानी पर्न सुरु भएको छ। पानी नपर्दा बचेका घरबाट सामान निकालिरहेका मानिसहरुको काम बिथोलिएको छ। उनीहरूले सामान निकाल्ने काम हालका लागि रोकेका छन्।  केहीले आलुका बोरा, तरकारी र खानेकुरा भने जसरी पनि सुरक्षित ठाउँतिर लगे।…

    विस्तृतमा पढ्नुस्

  • बाढीमा फसेकालाई डोरीमा झुन्ड्याउँदै यसरी सेनाले गर्दैछ 'एयरलिफ्ट'

    बाढीमा फसेकालाई डोरीमा झुन्ड्याउँदै यसरी सेनाले गर्दैछ 'एयरलिफ्ट'

    काठमाडौंः ' एयर लिफ्ट गरेर आज बिहान तीन जनाको उद्दार गरेका छौं। अरुको पनि उद्दार गर्ने काम भइरहेको छ,' नेपाली सेनाका प्रवक्ता सन्तोष वल्भव पौडेलले भने। रातभरी बाढी र पहिरोले घरभित्र नै थुनिएका तीन जनाको नेपाली सेनाले उद्दार गरेको हो। उनीहरुलाई मेलम्चीकै अर्को सुरक्षित ठाउँमा उद्दार गरेको थियो। नेपाली सेनाको एमआइ ७० हेलिकप्टरले अहिले एयर लिफ्टीङबाट उद्दार गरिरहेको छ। हेलिकप्टर बस्न…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारीमा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्झनामा बालियो मैनबत्ती

    कोरोना महामारीमा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्झनामा बालियो मैनबत्ती

    काठमाडौं : कोरोनाको महामारीका क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूको सम्मान तथा सम्झनामा मैनबत्ती बालिएको छ। मृतकका परिवारका सदस्यसहित रत्नपार्कको आकासे पुलमा मैनबत्ती बालेर सम्मान व्यक्त गरिएको हो। कोरोनाको महामारीका क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर रत्नपार्कको आकासे पुलमा सडक कला समेत बनाइएको छ। कलाकारहरू साङ्गे थिमे लामा, कृपा शेर्पा, सुम्निमा…

    विस्तृतमा पढ्नुस्

  • सभामुखले बोलाएको बैठकमा सहभागी हुन नेताहरु संसद भवनमा, एमालेबाट कोही गएनन्

    सभामुखले बोलाएको बैठकमा सहभागी हुन नेताहरु संसद भवनमा, एमालेबाट कोही गएनन्

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी हुन दलका नेताहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका छन्। सापकोटाले प्रतिनिधिसभा विघटन लगायत समसामयिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका छन्। बैठकमा सहभागी हुन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई पुगेका छन्। त्यसैगरी जसपाका अध्यक्ष उपेन्द्र यादव पनि पुगेका छन्। नेमकिपाका सांसद…

    विस्तृतमा पढ्नुस्

  • बोराभित्र पराल, परालभित्र मान्छेको एउटा खुट्टा : यस्तो देखियो बौद्धस्थित घटनास्थल

    बोराभित्र पराल, परालभित्र मान्छेको एउटा खुट्टा : यस्तो देखियो बौद्धस्थित घटनास्थल

    काठमाडौं : काठमाडौंको बैद्धस्थित नयाँ बस्तीमा भेटिएको शंकास्पद बोराभित्र जलाएको अवस्थामा मानिसको खुट्टामात्र भेटिएको छ। आज बिहान फ्यालिएको अवस्थामा प्रहरीले बोरा फेला पारेको थियो। बिहान ७ बजेतिर स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त बोरामा शव हुनसक्ने आशंकामा प्रहरीले उक्त स्थान सिल गरी जाँच गरेको थियो। बोरा जाँच गर्ने क्रममा परालभित्र जलाएको अवस्थामा खुट्टामात्र भेटिएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला जलाउँदा प्रहरीको हस्तक्षेप

    माओवादी केन्द्रले प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला जलाउँदा प्रहरीको हस्तक्षेप

    काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्। उनीहरुले बानेश्वरस्थित मिन भवन क्याम्पस अगाडि पुतला जलाएका हुन्। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीको हस्तक्षेपपछि विद्यार्थीहरु तितरवितर भएका थिए। गत शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको…

    विस्तृतमा पढ्नुस्

  • ‘हामी तिमीहरूलाई मर्न दिँदैनौं’ : निषेधाज्ञामा भोकाएका पशुपन्छीलाई खाना खुवाउँदै अभियन्ता

    ‘हामी तिमीहरूलाई मर्न दिँदैनौं’ : निषेधाज्ञामा भोकाएका पशुपन्छीलाई खाना खुवाउँदै अभियन्ता

    निषेधाज्ञाका कारण सुनसान सडकमा कुकुरदेखि मठ मन्दिर वरपर नाच्ने बाँदरहरू भोकै छन्। सडकमा छाडिएका चौपाया अनि आहाराको आशमा बस्ने परेवा र अन्य चराहरूले के खाए होलान्? शहर चलायमान हुँदा पनि फालिएका खानादेखि धर्मका लागि चडाउने चामल र गहुँ खान पाउथे। आम मानिस घरमा थुनिँदा पशुपन्छीलाई खानाको समस्या देखिएपछि ‘एनिमल वेलफेयर वर्ल्ड ’ले भोका जनावरलाई खाना खुवाउने अभियान थालेको थियो। गोकर्णेश्वर नगरपालिकामा…

    विस्तृतमा पढ्नुस्

  • अनेरास्ववियु क्रान्तिकारीले जलायो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला

    अनेरास्ववियु क्रान्तिकारीले जलायो उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला

    काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्। शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिरहेको विवादित अभिव्यक्ति दिएका थिए। महतोको अभिव्यक्तिको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी) सडकमा ओर्लिएको हो। उनीहरुले महतोको पुतला जलाउनुको साथै…

    विस्तृतमा पढ्नुस्

  • कमलाको एक छाक गाँसको आश, काम भएको भए खानका लागि को यसरी धाउँथ्यो?

    कमलाको एक छाक गाँसको आश, काम भएको भए खानका लागि को यसरी धाउँथ्यो?

    काठमाडौं : दुई साता भयो कमला कुमालले ठमेलको ठेलमठाल भिड छिचोलेर हात थाप्न थालेको। त्यो पनि केही किलो चामल र दुई छाक नुन भुटुनको जोहोको लागि। आज पनि उनी भिडमा थकेलिदैं थिइन्। केही दिनदेखिको चर्को घाम अनि छाक टार्ने जिम्मेवारीले सवितालाई चिर्चिराहट गराएको थियो। मिन्ज फाउन्डेसनले निषेधाज्ञा भएदेखि प्रत्येक हप्ता खाना नपाएकाहरूलाई खाद्यान्न वितरण गर्दै आएको छ। राजधानीमा निषेधाज्ञाको मारमा पिल्सिएका आम सर्वसाधारण खाद्यान्न…

    विस्तृतमा पढ्नुस्

  • साँखु फाँटमा यसरी चल्दैछ रोपाई : ड्रोन दृश्य

    साँखु फाँटमा यसरी चल्दैछ रोपाई : ड्रोन दृश्य

    यसपटक पानी पर्ने क्रम छिटो शुरु भयो। यो सँगै देशका विभिन्न स्थानमा धान रोपाई शुरु भएको छ। विशेष गरी असारलाई रोपाईको महिना भनिएपछि काठमाडौं उपत्यका वरपर र पानी भएका खेतमा जेठबाटै रोपाई शुरु हुनेगर्छ। यसै क्रममा काठमाडौंको साँखु क्षेत्रमा पनि धान रोपाई शुरु भएको छ। सोमवार रोपाईमा व्यस्त खेतालाहरु कोरोना रोकथाम तथा नियन्त्रणकमा सावधानी अपनाउन मास्क लगाएका देखिन्थे। रोपाइलाई ड्रोनबाट…

    विस्तृतमा पढ्नुस्

  • चीनले दिएको ८ लाख डोज खोप लिएर आयो नेपाल वायु सेवा निगमको एयरबस

    चीनले दिएको ८ लाख डोज खोप लिएर आयो नेपाल वायु सेवा निगमको एयरबस

    काठमाडौं : कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप लिएर नेपाल वायु सेवा निगमको एयरबस ३३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चीनले नेपाललाई दिएको भेरोसेल खोप बेइजिङबाट ल्याइएको हो। चीन सरकारले थप घोषणा गरेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये आज ८ लाख डोज खोप ल्याइएको हो। एक साता अगाडि चिनियाँ राष्ट्रपति सि जिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन सम्वादका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • साँखु फाँटमा रोपाई रौनक : हिलो छ्याप्दै, गाउदै र नाच्दै…

    साँखु फाँटमा रोपाई रौनक : हिलो छ्याप्दै, गाउदै र नाच्दै…

    यसपटक पानी पर्ने क्रम छिटो शुरु भयो। यो सँगै देशका विभिन्न स्थानमा धान रोपाई शुरु भएको छ। विशेष गरी असारलाई रोपाईको महिना भनिएपछि काठमाडौं उपत्यका वरपर र पानी भएका खेतमा जेठबाटै रोपाई शुरु हुनेगर्छ। यसै क्रममा काठमाडौंको साँखु क्षेत्रमा पनि धान रोपाई शुरु भएको छ। सोमवार रोपाईमा व्यस्त खेतालाहरु कोरोना रोकथाम तथा नियन्त्रणकमा सावधानी अपनाउन मास्क लगाएका देखिन्थे। रोपाई ब्रेकमा…

    विस्तृतमा पढ्नुस्

  • युवा समूहहरुको संयुक्त प्रयासमा तिलगंगामा आइसोलेसन सेन्टर संचालनमा

    युवा समूहहरुको संयुक्त प्रयासमा तिलगंगामा आइसोलेसन सेन्टर संचालनमा

    काठमाडौं : कोभिड १९ संक्रमणको दोस्रो लहरसँगै देश अहिले निषेधाज्ञामा छ। संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा थप कडा निषेधाज्ञा लागू गरिएको छ। नयाँ संक्रमितको संख्यामा पहिलभन्दा कमी आएपनि ढुक्क हुने अवस्था छैन। काठमाडौं उपत्यकामा दैनिक करिब दुई हजारको संख्यामा संक्रमितहरु थपिँदै आएका छन्। यी मध्ये धेरैजसो होम आइसोलेसनमा छन्। घरमै आइसोलेसनमा बस्न असहज हुनेहरुका लागि अहिले महानगरका टोलटोलाम आइसोलेसन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell