काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडलगायतका सामग्रीहरुमा लगाइएको कर खारेज गर्न माग गर्दै किशोरकिशोरीहरुले प्रदर्शन गरेका छन्। नेपाल टिन लिडर्सको आयोजनामामा कर छुट गर्न माग गर्दै किशोरकिशोरीहरुले बसन्तपुरमा फ्ल्यास मब प्रदर्शन गरेका हुन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता सामग्रीहरु या त निःशुल्क हुनु पर्ने नभए त्यसमा लगाइएको कर खारेज गर्नु पर्ने उनीहरुको माग…
काठमाडौं : दशैं नजिकिएसँग नयाँ गोगंबुस्थित नयाँ बसपार्कको रुप फेरिएको छ। अहिले नामजस्तै चिटिक्क नयाँ पारिएको छ बसपार्क। टिकट काउन्टरहरु व्यबस्थित पारिएका छन्। जहाँ डिजिटल तरिकाबाट अफलाइन टिकट काट्न पाइन्छ। काउन्टरमा राखिएको डिस्प्ले बोर्डमा बसका खाली रहेका सीटको जानकारी र भाडादर देखाउँछ। सेवाग्राहीले त्यहि हेरेर टिकट लिन सक्छन्। भाडादर नै प्रिन्ट भएर आउछ। यहाँ ३३ वटा डिजिटल टिकट काउन्टर राखिएको…
काठमाडौं : पेट्रोलियम पदार्थको मुल्य बढ्दा पनि भाडा समायोजन नभएको भन्दै सार्वजनिक बस व्यवसायी हड्तालमा उत्रिएका छन्। पेट्रोलियम पदार्थको मुल्य बढेको अवस्थामा भाडा पनि बढ्नुपर्ने माग गर्दै उनीहरु हड्तालमा उत्रेका हुन्। सोमवार बौद्धदेखि चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन्। तेलको मुल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि १५ रुपैयाँ नै भाडा कायम रहेकोले आन्दोलन गर्नुपर्ने अवस्था…
काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनको मतदान आज भयो। हिजो शनिवार हुने भनिएको मतदान स्थगित भएपछि आज बिहान ९ बजेदेखि राष्ट्रिय सभा गृहमा मतदान भएको थियो। काठमाडौं महानगरमा निलकाजी शाक्य र प्रगतिमान रञ्जित चुनावी मैदानमा उत्रिएका थिए। रञ्जितलाई ४५७ मतले हराउँदै शाक्य काठमाडौं महानगरको सभापतिमा निर्वाचित भए। शाक्यसँगै काठमाडौं महानगरमा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानलनै विजयी भयो। शाक्यले ७८६…
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरी स्थिति सनराइज सम्मेलन केन्द्र सुरु भएको छ। यो सम्मेलन केन्द्रमा भएको यो औपचारिक रुपमै सबैभन्दा ठूलो र पहिलो कार्यक्रम हो। मानिसहरुको भिडमा सम्मेलन केन्द्रको स्वरुप आज फरक देखिएको छ। सम्मेलन केन्द्रमा मात्र ४ हजार मानिस अटाउन सक्छन् भने बाँकीलाई अरु हललहरुमा बस्ने व्यवस्था मिलाएको छ एमालेले। हेर्नुस् सम्मेलनको दृश्यहरु :
काठमाडौं : अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले प्रर्दशन गरेको छ। बुधवार दिउँसो काठमाडौंको माइतीघरमा जम्मा भएका प्रर्दशनकारीले नाराबाजी गर्दै बबहरमलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरे। उनीहरुले त्यहाँ एमसीसी राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने नारा लगाएका थिए। त्यस्तै, राजा आउ देश बचाउ भन्ने नारा पनि गुञ्जायमान भएको थियो। पार्टीको झन्डा बोकेर विरोधमा सहभागी भएका केही प्रर्दशनकारीले पूर्व राजारानी अकिंत…
काठमाडौं : हनुमानढोकाको काल भैरव अगाडी ठड्याइएको य:सिं ढालिएसँगै काठमाडौंमा ८ दिन लामो यँया: (इन्द्रजात्रा) सकिएको छ। नानिचा:या: (बीचको टोलमा रथयात्रा) पछि आज राति १०: ३६ को साइतमा य:सिं ढालेर टेकु दोभानमा लगेर विसर्जन गरेसँगै इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न भएको हो। य:सिं ढालेपछि त्यसलाई हनुमानढोकाबाट मरु, चिकंमुग:,मजिपात, ह्युमत हुँदै टेकु दोभानमा लगेर विर्सजन गरिएको थियो। य:सिं ढाल्नु अघि जीवित देवी कुमारीसँगै…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमारी घर पुगेर जिवित देवी कुमारीको दर्शन गरेकी छिन्। यँया: (इन्द्रजात्रा) को अन्तिम दिन रथयात्रा सकिएपछि राष्ट्रपति भण्डारी कुमारी घर पुगेकी हुन्। सो अवसरमा राष्ट्रपतिले कुमारीलाई वस्त्र, आभूषण र सुपारी पनि चढाएकी थिइन्। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा हेर्न पुग्थे भने अन्तिम दिन कुमारीको दर्शन गर्न कुमारी घर…
काठमाडौं : यँया: (इन्द्रजात्रा) को अन्तिम दिन पूर्व राजा ज्ञानेन्द्र शाह वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका हुन्। पूर्व राजा शाह कुमारी घर पुगेको बेला राजतन्त्र समर्थकहरुको वसन्तपुरमा भिड लागेको थियो। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा हेर्न पुग्थे भने अन्तिम दिन कुमारीको दर्शन गर्न कुमारी घर…
काठमाडौं : यँया: (इन्द्रजात्रा)को अवसरमा हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट निस्कने प्रसाद थ्वं (जाँड) र समयबजी आज महिलालाई मात्र खुवाएको छ। ८ दिनसम्म मनाइने इन्द्रजात्रामा यँया पुन्हि / भाद्र शुक्ल पूर्णिमाको भोलिपल्ट मात्र यसरी महिलहरुलाई जाँड प्रसादका रुपमा खुवाइन्छ। मंगलवार राति पनि प्रसाद खानका लागि ठूलो संख्यामा महिला हनुमानढोका अघि उपस्थित थिए। सुरक्षालाई मध्यनजर गर्नै धेरै संख्यामा महिला प्रहरी…
काठमाडौं : यँया: (इन्द्रजात्रा) भन्ने बित्तिकै धेरैले सम्झन्छन् जीवित देवी कुमारीको रथयात्रा। र, सँगै हुने जीवित देव गणेश र भैरवको रथयात्रा। अनि त्यससँग जोडिएका लाखे आजु, पुलुकिसी लगायतका नाचहरु। सरकारले दिने एक दिने उपत्यका बिदामा इन्द्रजात्रा हेर्न पुग्नेहरुको ध्यान रथ यात्रामै हुन्छ। वसन्तुपर क्षेत्र वरिपरि हुने नाचहरु हेर्न मानिसको भिड लाग्छ। इन्द्रजात्रा भनिए पनि इन्द्र नहेरी र त्यससँग जोडिएका पर्वबारे…
काठमाडौं : आज यँया: (इन्द्रजात्रा)को दोस्रो दिन। नरदेवी, पाछै गल्लीमा रहेको दिनेश शाक्यको घरमा गत वर्षको इन्द्रजात्रा भन्दा यसपटक फरक चहलपहल थियो। बिहानै देखि उनको घरमा मानिसहरु पुगिरहेका थिए। कारण – दिनेश र रोजी शाक्यका छोरा रोदिन शाक्य जीवित देव गणेशका रुपमा पहिलोपटक रथयात्राका लागि निस्किँदै थिए। बिहानैदेखि आगन्तुकको भिड। त्यसमाथि यसपटक चाँडै रथयात्रा हुने भएकाले हनुमानढोका पुग्नुपर्ने हतारो। दिनेशको…
आज असोज ३ गते अर्थात संविधान दिवस। ०७२ असोज ३ गते अर्थात आजकै दिन संविधानसभाबाट संविधान जारी भएको थियो। यस अवसरमा सरकारले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ। संविधान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत उपस्थित…
काठमाडौं : हनुमानढोकास्थित कालभैरव अगाडि य:सिं ठड्याइएको छ। इन्द्रध्वजोत्थानसँगै यँया: (इन्द्रजात्रा) सुरु भएको छ। आजकै दिनदेखि चोकचोकमा इन्द्रलाई बन्धनमा राखेर प्रदर्शन गरिएको छ। किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो। तर त्यहाँ पारिजात फूल नभएपछि इन्द्रकी आमाले इन्द्रलाई फूल लिन पृथ्वी पठाइन्। एक शक्तिशाली राजकुमारका नाताले इन्द्र पृथ्वी लोकमा मानिसको भेषमा आए र यहाँका मानिसहरुको स्वीकृति बिना उनीहरूको जग्गामा…
काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा आज पनि एउटा समूहले राजधानीमा प्रदर्शन गरेको छ। माइतीघर र पछि बानेश्वरमा प्रदर्शन भएको हो। बानेश्वरको प्रदर्शनमा प्रहरीले आन्दोलनमा उत्रिनेमाथि लाठी चार्ज गरेको छ। आन्दोलनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको थियो। कतिपय आन्दोलनकारी लाठीचार्जपछि तितरवितर भएका थिए भने बाँकीलाई प्रहरीले पक्राउ गरेको छ। आज पनि बिहानैदेखि ठाउँठाउँमा यस्ता…
काठमाडौं : राष्ट्रिय युवा संघ नेपालको बृहत टर्च र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा प्रहरी र युवा संघका नेता तथा कार्यकर्ताबीच झडप भएको छ। युवा संघका नेता तथा कार्यकर्ताहरुले नयाँ बानेश्वर चोकमा सरकारविरुद्ध प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको हो। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेका थिए। युवा संघले ‘जयसिंह धामी प्रकरण... सरकार कहाँ कहाँ छ?’, ‘अफगानिस्तानमा नेपाली अलपत्र... सरकार…
काठमाडौं : बजेट प्रतिस्थापन विधेयक सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले 'स्वस्थानी पाठ' गरेकै शैली अपनाउनुको कारण थियो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आक्रामक व्यवहार। प्रतिपक्ष भनेको के हो भन्ने देखाउने भन्दै प्रतिनिधिसभामा आक्रामक रुपमा नेकपा एमालेका सांसदहरु उत्रेका थिए। त्यसैले अर्थमन्त्री शर्मालाई हतारो थियो - छिटोछिटो पढ्ने। उस्तै हतारोमा देखिए सभामुख अग्निप्रसाद सापकोटा। यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि चर्चित…
काठमाडौं : नेकपा एमालेका सांसदहरु कुनै पनि हालतमा संसद चल्न नदिने रणनीति सहित तयार अवस्थामा रहेकाले आज पनि बैठक सुरु हुनासाथ होहल्ला सुरु भइहाल्यो। यसअघि पनि लगातार एमाले सांसदको अवरोधका कारण बैठक बस्न सकेको थिएन। अस्तिजस्तै आजको संसद बैठक पनि कवड्डीको कोर्टजस्तै देखियो। ठेलमठेल र नाराबाजीमा १७ मिनेट सकिएपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे। त्यसअघि एमाले…
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)की उपाध्यक्ष फतिमा सुमर काठमाडौं आइपुगेकी छिन्। सुमारसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि काठमाडौं ओर्लिएका छन्। कतार हुँदै कतार एअरवेजमार्फत ९:२५ बजे सुमर नेतृत्वको एमसीसी टोली चार दिने नेपाल भ्रमणका लागि आइपुगेका हुन्। उनको टोली काठमाडौं उत्रँदा एमसीसी परियोजनाको विरोधमा विमानस्थल बाहिर प्रदर्शन भयो। प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमासमेत लिएका थिए। विमानस्थलमा भने कडा सुरक्षा व्यवस्था गरिएको थियो।…
काठमाडौं : बुधवार संघीय संसद्को दुवै सभाको बैठक बस्यो। राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि डाकिएको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आह्वान गरेकी थिइन्। नेकपा (एमाले)ले प्रतिनिधिसभाको बुधवारको बैठक पटक-पटक अवरुद्ध गर्यो। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका सांसदहरुलाई कारबाही गरेको विषयमा सभामुख अग्नि सापकोटाले सूचना जारी नगरेको…