PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • सडक अवरुद्ध गरेर प्रधानमन्त्री ओलीको जनप्रदर्शनका लागि नारायणहिटी बाहिर बनाइँदै स्टेज

    सडक अवरुद्ध गरेर प्रधानमन्त्री ओलीको जनप्रदर्शनका लागि नारायणहिटी बाहिर बनाइँदै स्टेज

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी दरबार बाहिर जनप्रदर्शनमा सम्बोधन गर्दैछन्। प्रतिनिधिसभा विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी दुई समूहमा विभाजित भएपछि प्रचण्ड-नेपाल समूहले जनप्रदर्शन गरेको थियो। त्यसलाई काउन्टर दिँदै ओली समूहले 'जनप्रदर्शन कस्तो हुन्छ देखाउँछु' भन्दै शुक्रबारको सभा आयोजना गरेको हो। शुक्रबारको सभाका लागि अहिले नारायणहिटी संग्रहालय बाहिर मञ्च बनाउने काम भइरहेको छ। यस्तै, दरबारमार्ग परिसरमा साउन्ड सिस्टम र स्पिकरहरु राख्ने…

    विस्तृतमा पढ्नुस्

  • आम हड्तालको समय घर्किँदै गर्दा जब सडकमा प्रधानमन्त्रीको पुत्ला जलाइयो…

    आम हड्तालको समय घर्किँदै गर्दा जब सडकमा प्रधानमन्त्रीको पुत्ला जलाइयो…

    काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आमहड्तालका कारण आज देशभर नै प्रर्दशन भयो। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रर्दशनकारी सक्रिय देखिएका थिए। त्यसमध्ये पनि काठमाडौंको चाबहिल क्षेत्रमा प्रदर्शनकारीले नाराबाजीमात्रै होइन टायर जलाउने सम्मका गतिविधि गरिरहे।  त्यसै क्रमममा आम हड्तालको समय घर्किँदै जाँदा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन समेत गरेका छन्। पुत्ला दहन गरे पनि प्रहरीले तत्कालै…

    विस्तृतमा पढ्नुस्

  • 'आइ लभ यू ओली' भन्दै आमहड्तालको प्रतिकारमा उत्रिए प्रधानमन्त्री समर्थक

    'आइ लभ यू ओली' भन्दै आमहड्तालको प्रतिकारमा उत्रिए प्रधानमन्त्री समर्थक

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल समूहले गरेको आमहड्तालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली समर्थकले प्रतिकार जुलुस निकालेका छन्। नेकपा एमालेका नेता महेश बस्नेतसहितको टोली केपी ओलीको फोटो छातीमा टाँसेर, 'आइ लभ यू ओली' भन्दै प्रदर्शनमा उत्रिएका हुन्। आमहड्तालबिच प्रदर्शनकारीहरू प्रदर्शनी मार्गदेखि कमलादी चोकसम्म पुगे। विहीवार बिहानैदेखि प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता आम हड्ताललाई सफल बनाउन भन्दै सडकमा छन्।

    विस्तृतमा पढ्नुस्

  • चाबहिल चोकमा प्रदर्शनकारी आक्रमक, प्रहरी चाहिँ शान्त

    चाबहिल चोकमा प्रदर्शनकारी आक्रमक, प्रहरी चाहिँ शान्त

    काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका प्रर्दशनकारीले चाबहिल चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। बिहानैदेखि चाबहिल चोकमा भेला भएर प्रदर्शनकारीले सरकारको कदम विरुद्ध नाराबाजी गरेका थिए। प्रहरीले चाबहिल जाने सडकमा सवारीलाई डाइभर्ट गरेको छन्। आन्दोलित समूहले सडकमा नै टायर ल्याएर बालेपछि सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • गोंगबुमा बिहानै ट्याक्सी जलाइयो, ५६ जना मानिस प्रहरी नियन्त्रणमा

    गोंगबुमा बिहानै ट्याक्सी जलाइयो, ५६ जना मानिस प्रहरी नियन्त्रणमा

    काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले घोषणा गरेको आम हड्तालको बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। अज्ञात समुहले  प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन्। 'गोंगबुको टाउन पछाडि रोकेर राखेको ट्याक्सी जलाइएको हो। ट्याक्सीमा क्षति पुगेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने। घटनालगत्तै प्रहरी पुगेर आगो निभाएको थियो। प्रहरीले बन्द गराउँदै हिडेका…

    विस्तृतमा पढ्नुस्

  • गंगालाल र दशरथलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा ‘जनता जागेपछि’

    गंगालाल र दशरथलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा ‘जनता जागेपछि’

    काठमाडौं: प्रतिनिधिसभा विघटनपछि राजनीतिक दलसँगै नागरिक समाज आन्दोलित छ। माइतीघर र बालुवाटारमा विरोध प्रदर्शनपछि अहिले बृहत् नागरिक आन्दोलन राणाकालमा गंगालाल श्रेष्ठ र दशरथ चन्द्रलाई मृत्युदण्ड दिइएको स्थानमा केन्द्रित भएको छ। मंगलबार शोभा भगवतीमा राजद्रोह मुद्दामा राणाहरुले मृत्युदण्ड दिएका श्रेष्ठ र चन्द्रलाई झुण्ड्याइएको स्थानबाट प्रतिगमनको विरोध गरे। शिल्पी थिएटरका रंगकर्मीहरुले शहीदहरुलाई ८० वर्षअघि मृत्युदण्ड दिइएको घटनालाई नाटकमार्फत प्रस्तुत गरे। ‘जनता जागेपछि’ नाम दिइएको…

    विस्तृतमा पढ्नुस्

  • राहत प्याकेज माग्दै कोरोना पीडित व्यवसायीद्वारा बालुवाटारमा धर्ना, सोधे-'सहुलियत कर्जा कहिले पाउने?'

    राहत प्याकेज माग्दै कोरोना पीडित व्यवसायीद्वारा बालुवाटारमा धर्ना, सोधे-'सहुलियत कर्जा कहिले पाउने?'

    काठमाडौं : मौद्रिक नीतिमा उल्लेख गरिए अनुसार राहत प्याकेज कार्यान्वयनमा नआएको भन्दै साना तथा मझौला व्यवसायीले आज बालुवाटार घेराउ गरे। कोरोना महामारी पीडित सर्वपक्षिय पेशा व्यवसायी संघर्ष समितिको आह्वानमा मंगलबार बालुवाटार क्षेत्रमा धर्ना दिइएको हो। व्यवसायीले राष्ट्र बैंक, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालय लगायत निकायलाई समस्या समाधानका लागि पटक पटक आग्रह गर्दै आए पनि मतलब नगरेको कारण धर्ना…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा किन सडकमा निस्किए सेनाका बख्तरबन्द गाडी?

    मध्यरातमा किन सडकमा निस्किए सेनाका बख्तरबन्द गाडी?

    काठमाडौंः सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गरेको छ। नेपाली सेनाले नियमित अभ्यासको क्रममा बख्तरबन्द गाडी सडकमा निकालेको हो। हतियारसहितको गाडीले रातिको समयमा परिक्रममा गर्दा सर्वसाधरणमा त्रास फैलिन सक्ने सम्भावना भएकाले सेनाले परिक्रमाबारे पहिले नै जानकारी गराएको थियो। गाडी हेर्न सडकमा सर्वसाधरणहरुको घुइँचो लागेको थियो। नेपाली सेनाले ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रस्तुत गर्न रोक्यो, युवाहरु पक्राउ

    प्रहरीले संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रस्तुत गर्न रोक्यो, युवाहरु पक्राउ

    काठमाडौं : नेपाली कांग्रसको युवा प्रचार प्रसार समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रदर्शन गरेका छन्। 'प्रतिगमनविरुद्ध समर्पण नगर्ने' भन्दै युवाहरुले निषेधित क्षेत्रमा नै प्रदर्शन गरेका हुन्। युवाहरुले संसद भवन बाहिर नृत्यु प्रस्तुत गरेका थिए। 'प्रतिगमन मुर्दावाद' लेखिएको सर्ट लगाएका युवाहरुले सरकारविरुद्ध नारा लगाउँदै गर्दा प्रहरीले प्रस्तुती दिन रोकेको थियो। संसद भवनबाहिर प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • स्वस्थानी व्रत आजदेखि शुरु : स्नान तथा पूजापाठको लागि रातिदेखि नै शालीनदीमा व्रतालुहरुको चहलपहल

    स्वस्थानी व्रत आजदेखि शुरु : स्नान तथा पूजापाठको लागि रातिदेखि नै शालीनदीमा व्रतालुहरुको चहलपहल

    काठमाडौं : एक महिनासम्म चल्ने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्ने गरिन्छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ। बेलुकी…

    विस्तृतमा पढ्नुस्

  • अग्रपङ्तिमा रहेर कोभिड १९ विरुद्ध भिडिरहेकालाई खोप लगाउन सुरु

    अग्रपङ्तिमा रहेर कोभिड १९ विरुद्ध भिडिरहेकालाई खोप लगाउन सुरु

    काठमाडौं : आजबाट देशभर कोरोना भाइरस विरुद्धको आपतकालीन खोप लगाउन सुरु  भएको छ। भारतले अनुदानमा उपलब्ध गराएको खोप प्रतिव्यक्ति २ डोज दिनुपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे देशभरका ६२ अस्पताल तथा १ सय २० खोप केन्द्रमा भर्चुअल विधिबाट यसको थालनी गरेका हुन्उ।  सशस्त्र प्रहरीले बलम्बुस्थित कोभिड विशेष अस्पतालबाट यसको सुरुवात गर्‍यो। त्यहाँका डाक्टर रुपक महर्जनले पहिलो खोप लगाएका हुन्। त्यस्तै अन्य…

    विस्तृतमा पढ्नुस्

  • 'माउन्ट केटु'मा कीर्तिमान रचेका आरोहण टोलीलाई विमानस्थलमा स्वागत

    'माउन्ट केटु'मा कीर्तिमान रचेका आरोहण टोलीलाई विमानस्थलमा स्वागत

    काठमाडौं : विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु हिमालमा इतिहास रचेका नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। पाकिस्तानमा रहेको हिमाल चढेर नेपाली टोली आज बिहान काठमाडौं ओर्लिएको हो। मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५:४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको…

    विस्तृतमा पढ्नुस्

  • बाबु सुतेको बाकसमा न पापा थियो न नाना नै…

    बाबु सुतेको बाकसमा न पापा थियो न नाना नै…

    तीन वर्षीय सुमन तामाङ जहाँ खेलिरहेका थिए त्यो ठाउँ थियो शवदाह गृह। सानो उमेरका उनी त्यहाँ दङ्ग पर्दै उफ्रिँदै थिए। उनकी सानीआमाले बाबासँग भेटाउने आश्वासन दिएर यहाँसम्म ल्याएकी हुन्। उनका बुबा सूर्यबहादुर तामाङ मलेसियामा थिए। सुमन जन्मिएको केही महिनापछि विदेशिएका थिए सूर्य। त्यसैले छोरासँग लामो समय बिताउन पाएका थिएनन्। देश फर्कँने र छोराछोरीसँग भेट्ने हतारो थियो उनमा पनि। कोरोना भाइरसको…

    विस्तृतमा पढ्नुस्

  • भारतले पठाएको कोभिड-१९ विरुद्धको खोप काठमाडौंमा उत्रिँदा...

    भारतले पठाएको कोभिड-१९ विरुद्धको खोप काठमाडौंमा उत्रिँदा...

    काठमाडौं : भारतले अनुदानको रुपमा पठाएको कोभिड-१९ विरुद्धको खोप आज काठमाडौं आइपुग्यो। भारतले सहयोग स्वरुप १० लाख खोप नेपाल पठाएको हो। खोपसहितको विमान आज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। आज बिहान एयर इन्डियाको बिमान खोप लिएर काठमाडौं उत्रेको हो। पहिलो चरणमा भारतले नेपालसहित दक्षिण एसियाली मुलुकका लागि खोप प्रदान गरेको छ। आज आएको खोप ५ दिनभित्र मुलुकभर पठाउने तयारी…

    विस्तृतमा पढ्नुस्

  • राणाकालको प्रमुख प्रशासनिक केन्द्र अबको प्रधानमन्त्री कार्यालय : यसरी हुँदैछ प्रबलीकरण

    राणाकालको प्रमुख प्रशासनिक केन्द्र अबको प्रधानमन्त्री कार्यालय : यसरी हुँदैछ प्रबलीकरण

    काठमाडौं : २०७२ सालको भूकम्पले क्षति पुगेको सिंहदरबार पुनर्निर्माणको चरणमा रहेको छ। रेट्रेफिटिङबाट हाल राणाकालमा बनेको देशको प्रमुख प्रशासनिक केन्द्रको भवन पुनर्निर्माण भइरहेको हो। भत्काएर आधुनिक शैलीमा बनाउने कि पुरानै शैलीलाई कायम राख्दै पुनर्निर्माण गर्ने भन्ने लामो बहसका कारण भूकम्प गएको धेरै समयसम्म सिंहदरबारको पुनर्निर्माणको कामले गति लिन सकेको थिएन। विशेषगरी पश्चिमी मोहडालाई पुनर्निर्माण गर्न जटिल रहेकोले धेरै समय लिएको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो असन हुँदै वसन्तपुर पुगेको काँग्रेसको विरोध प्रदर्शन

    यस्तो देखियो असन हुँदै वसन्तपुर पुगेको काँग्रेसको विरोध प्रदर्शन

    नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै प्रतिपक्षी दल काँग्रेस सडकमा ओर्लिएको हो। यही अवसरमा वसन्तपुरमा काँग्रेसले विरोध प्रदर्शन गर्‍यो। काठमाडौं महानगर काँग्रेसको आयोजना भएको प्रदर्शन शान्ति बाटिका, असन हुँदै वसन्तपुरमा विरोध सभामा परिणत भएको थियो। विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेता…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नयाँपन : ‘टग अफ वार’मार्फत प्रदर्शन गर्दै युवा

    प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नयाँपन : ‘टग अफ वार’मार्फत प्रदर्शन गर्दै युवा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दिनहुँजसो सडकमा विरोध प्रदर्शन हुँदै आएको छ। विभिन्न तहबाट हुने गरेका प्रदर्शनहरुमा नयाँ नयाँ शैली र स्वरुप देखिने गरेको छ। यस्तैमा आज नेपाली कांग्रेस निकट युवाले ‘टग अफ वार’ (डोरी तान) मार्फत विरोध प्रदर्शन गरेका छन्। नेपाली कांग्रेस युवा प्रचार नेटवर्क र कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा सो प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • राजधानीको बन्द कोठाभित्र खुम्चिएको थारु समुदायको माघी

    राजधानीको बन्द कोठाभित्र खुम्चिएको थारु समुदायको माघी

    काठमाडौं : थारु समुदायको वर्षकै ठूलो माघी पर्व आजबाट सुरु भएको छ। पहिले पहिले माघी भन्ने वितिकै पर्वका साथै कम्लहरी बस्ने दिनको रुपमा पनि बुझिन्थ्यो। जमिनदार र धनाढ्यले थारुका छोराछोरीलाई कमैया र कम्लहरीका रुपमा लाने, गएकाहरु नविकरण गर्ने महिना माघ हुन्थ्यो। सरकारले २०५७ साउनमा कमैया मुक्ति र २०७० असारमा कम्लरी मुक्तिको घोषणा गरेपछि थारुहरु आजाद भएर माघी पर्व मनाउँछन्। थारु…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन र सुधीर चौधरीविरुद्ध नेविसंघ र अनेरास्ववियुको संयुक्त मसाल जुलुस

    प्रतिनिधिसभा विघटन र सुधीर चौधरीविरुद्ध नेविसंघ र अनेरास्ववियुको संयुक्त मसाल जुलुस

    काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपाको प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रुपमा मसाल जुलुस निकालेका छन्। नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा आज पाटन क्याम्पस अगाडि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध मसाल जुलुस निकालेको हो। उनीहरुले भारतीय पत्रकार सुधीर चौधरीको विषयमा पनि विरोध गरेका थिए। उनीहरुले सरकारविरुद्ध नारा…

    विस्तृतमा पढ्नुस्

  • अखिलले 'बयलगाडा भन्दै' प्रदर्शन गर्‍यो रिक्सा

    अखिलले 'बयलगाडा भन्दै' प्रदर्शन गर्‍यो रिक्सा

    काठमाडौं : सडकमा ओर्लिएको प्रचण्ड माधव नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को कित्तामा उभिएका अखिलले आज सरकारविरुद्ध बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। बिहान पाटन, दिउँसो माइतीघर र साँझ भक्तपुरमा बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम रहेको अखिलले प्रचार नै गरेको छ। बिहान ७ बजे नै पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम थियो। तर ढिला गरी करिब ९ बजेतिरमात्र विद्यार्थीहरु प्रदर्शनीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell