पोखरा : झापाका श्याम देवान बाल्यकालदेखि नै मोटरसाइकल चलाउन सौखिन थिए। १४ वर्षको हुँदै उनले मोटरसाइकल हाँकेका थिए। रोयल इन्फिल्ड कुदाउन मज्जा लाग्ने बताउने देवान ‘पिएजर राइडिङ’मा विश्वास गर्छन्। अहिले ६८ वर्ष पुगेका उनी गत हप्ता रोयल इन्फिल्डमा हुँकिइदै पोखरा पुगे। चैत ३० गते काठमाडौंबाट पोखरासम्म ‘पोकर रन’को आयोजना गरिएको थियो। ११७ वटा बाइकमा राइडरहरु करिब २०० किलिमिटर दुरी पार…
काठमाडौं : काठमाडौंको नर: (हाँडीगाउँ)मा तिसा मालिगु जात्रा (गहना खोज्ने जात्रा) सम्पन्न भएको छ। आइतवार बिहानदेखि त्वरं: अजिमा (वैष्णवी/ टुंडाल देवी)को मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी टंगाल स्थित तिसा मालिगू पुखु (गहना पोखरी) भित्र डुबाएर तीन पटक परिक्रमा गराइएको हो। गहना खोज्ने जात्रा भनिएपनि पोखरीमा गहना भने हुँदैन। विभिन्न कथनहरुमा आधारित भएर पोखरीमा टुंडाल देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ। ल्हुति पुन्हीका…
काठमाडौं : भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु भएको छ। दिउँसो टौमढीमा भैरवनाथलाई भैल: ख: (भैरवनाथको रथ) मा विराजमान गराएपछि रथयात्रा सुरु भएको हो। जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लान सके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहितिमा रथ पुर्याएपछि पहिलो दिनको जात्रा…
काठमाडौँः वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:) को रथयात्रा सुरु भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट असन पुर्याइएको छ। रथयात्राअघि जनबहालबाट मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइएको थियो। तीनधारा पाठशालाअघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई विराजमान गराएर सयौँ मानिसले तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइएको हो। आइतबार रथलाई असनबाट इन्द्रचोक…
काठमाडौँः वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:) को रथयात्रा सुरु भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट असन पुर्याइएको छ। रथयात्राअघि जनबहालबाट मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइएको थियो। तीनधारा पाठशालाअघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराएर सयौँ मानिसले तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइएको हो। आइतबार रथलाई असनबाट इन्द्रचोक हुँदै…
काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथितीको विरुद्धमा प्रदर्शन गरिएको छ। यसअघि धरानमा सीमित विरोध प्रदर्शन आजदेखि काठमाडौंमा पनि सुरु भएको हो। हामी नेपाल संस्थाको अगुवाईमा घोपा बचाउ अभियानको घोषणा गरी युवाले दिउँसो १ बजेदेखि माइतीघरमा विभिन्न मागहरु राख्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा बिरामीले बेड नपाएर भुईँमा उपचार भइरहेको तथा…
काठमाडौं : शनिवार राति नक्सालमा युवादेखि वृद्धवृद्धाहरु भेला भए। पाहाँ च:ह्रे पर्वमा रमाइरहेका उनीहरु राति हुने नक्साल भगवतीको जात्रामा सहभागी हुँदै थिए। पाहाँ च:ह्रको तेस्रो दिन नक्साल भगवतीलाई पशुपति र जयबागेश्वरीमा रहेको बत्छलेश्वरीको दर्शन गराउने परम्परा छ। त्यही सिलसिलामा नक्साल भगवतीको मूर्तिलाई शनिवार राति नक्साल लगिएको थियो। पशुपतिमा लगेर नक्साल भगवतीको प्रतिमा रहेको खटलाई पशुपतिको मूल ढोकामा तीनपटक ठोक्याइएको थियो।…
काठमाडौं : पेट्रोलियम पदार्थको अभाव हुने त्रासले काठमाडौं उपत्यकामा रहेका पेट्रोल पम्पहरुमा इन्धन भर्नेहरुको लामो लाइन लागेको छ। शुक्रवारदेखि नै पेट्रोल पम्पमा देखिएको लामो लाइन शनिवार पनि कायमै रह्यो। राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको थियो। निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको समितिले जनाएको थियो। यस्तै, चैत २० गतेबाट पेट्रोलियम…
काठमाडौं : शुक्रबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो। घोडेजात्रा अवलोकनका लागि टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका पुगेका थिए। जात्रामा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए। गुरुमापा भन्ने तुण्डि नामको राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार…
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि आवेदन दिएका करिब ३ लाख युवाहरु अहिले म्यादी प्रहरीको छनौट प्रक्रियामा छन्। नेपाल प्रहरीले केही दिनदेखि उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षा लिइरहेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा आवेदन दिएका युवाहरुको अहिले कीर्तिपुर ल्याबोरेटरी हाइस्कुलमा परीक्षा चलिरहेको हो। शनिवारसम्म आवेदकहरुको परीक्षा संचालन हुने प्रहरीले जानकारी दिएको छ। १ लाख संख्यामा भर्ना…
कोरोना कहरका कारण दुई सालदेखि मनाउन नपाएको होली यो साल हर्सोल्लासको साथ समापन भएको छ। बिहीबार उपत्यकासहित पहाडी जिल्लामा होली मनाइएको छ। र, शुक्रबार तराई मधेशमा होली मनाइएको छ। रंगको पर्व होली काठमाडौँको उत्तरपूर्वी क्षेत्र बुढानिलकण्ठमा भने फरक रुपमा मनाइएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृतसंघ (इस्कोन नेपाल) ले पुष्प होलीको आयोजना गरेको हो। तस्विरमा पुष्प होली
कोभिड-१९ संक्रमणको जोखिम बढेसँग अघिल्ला दुई सालको होली रंगहीन जस्तै बने। यो वर्ष भने कोभिड संक्रमण न्यूनीकरण भएपछि धेरैले रंगको पर्वलाई उल्लासमा परिणत गरे। उपत्यकामा बिहीबार होली धुमधाम रुपमा मनाइएको छ। तराईका जिल्लामा शुक्रबार मनाइँदै छ। मुख्य पर्यटकीय स्थलमा होली खेल्नेको सहभागिता उल्लेख्य थियो। प्रहरीको कडाइले मूल सडकमा होलीको प्रभाव कम भए पनि भित्री सडक र शहरमा होलीको रौनक छाएको…
काठमाडौंः काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको कमलपोखरीको उद्घाटन गरिएको छ। आज एक कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको उद्घाटन गरेका हुन्। दलदल बनेको पोखरीलाई महानगरले बजेट विनियोजन गरेर नयाँ शैलीमा बनाएको हो। पोखरीको बीचमा कमलको फूल निर्माण गरिएको छ। चारैतिर बस्न मिल्ने गरेर परम्परागत शैलीमा पाटी (फल्चा) निर्माण गरिएको छ। यस्तै, पोखरीको वरिपरि ९ वटा चैत्य, ढुङ्गेधारा,विभिन्न देवी देवताको मूर्ति समेत…
काठमाडौं : बढ्दो महिला हिंसाको विरोधमा श्रीमती संगठनले आज माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। डेढ वर्षीया बालिकाको बलात्कार लगायतका घटनाको मुद्दा उठाउँदै उनीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले बलात्कारविरुद्धको शिक्षा विद्यालयबाट नै दिनुपर्ने माग समेत राखेका छन्। महिलाहरुले 'छोरी चेलीको रक्षक, नारी शक्ति एक हौं', ''बलात्कार तिमीहरु गर्ने, लुकेर हामी बस्नुपर्ने' लगायतका नारा लेखिएको ब्यानर समेत प्रदर्शन गरेका थिए।
काठमाडौं : ललितपुरको ढोकैमा क्याफेमा अहिले परम्परागत र समकालीन चित्रकला प्रदर्शनी चलिरहेको छ। काठमाडौं त्रिनालेसँगको सहकार्यमा टुलिका कलाले ‘खोला २⁵, ३२ साइकल अफ लाइफ’ (Kholo 2⁵) प्रदर्शनी आयोजना गरेको हो। चित्रकलाको विभिन्न विधामा कलम चलाउने २३ कलाकारहरुको तस्विर अहिले प्रदर्शनीमा राखिएको छ। उजेन नोर्बु गुरुङले ‘कुरेट’ गरेको यो प्रदर्शनीमा कन्टेम्परी र ट्रेडिस्नल आर्ट विधाका चित्रहरु समेटिएको छ। समाजबाट हराउँदै गएका कुराहरुलाई…
काठमाडौँको सरस्वती नगरमा सिरक डस्ना कारखानामा लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ। मंगलबार राति ८ बजेतिर आगलागी भएको थियो। आगो नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लासहितका पाँचवटा दमकल प्रयोग भएका थिए। यस्तै आगलागी नियन्त्रणमा पानी ट्याङ्करको पनि प्रयोग गरिएको थियो। आगलागीको कारण र क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ठमेलस्थित लर्डस् अफ ड्रिङक्स (एलओडी) मा महिला बक्सिङ प्रतियोगिता आयोजना गरियो। ‘बक्समाण्डु’ले आयोजना गरेको प्रतियोगितामा विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), बक्समाण्डु लगायतका टोलीले सहभागिता जनाएको थियो। प्रतियोगिताको प्रत्येक विधामा प्रथम हुने खेलाडीलाई ५० हजार नगद सहित पुरस्कृत गरिएको थियो। बक्समाण्डुले विगत केही वर्षदेखि महिला दिवसको अवसरमा बक्सिङ…
शनिवार ललिपुरमा रहेको लबिम मलस्थित क्युएफएक्स हलमा फरक दृश्य देखियो। हलमा हलिउड फिल्म 'ब्याटम्यान' प्रदर्शन भइरहेको थियो। सुपरहिरो फिल्म हेर्न बच्चादेखि युवाहरुको क्रेज देखिन्थ्यो। फिल्मको मध्यानतर हुँदा हलमा 'ब्याटम्यान' को भेषमा एक व्यक्तिको प्रवेश भयो। अनि हलमा छुटै माहोल बन्यो। दर्शकहरुको हुटिङ सुरू भयो। उनीहरु 'ब्याटम्यान' झै देखिने सुपरहिरोसँग झुम्मिन थाले। फोटोहरू खिच्न थाले। ब्याटम्यानको भेषमा लबिममा देखिएका थिए सजल लोप्चन। क्युएफएक्सले फिल्मको प्रचारप्रसारका लागि…
काठमाडौं : आज महाशिवरात्री। नेपाली सेनाले आजको दिनलाई ‘सेना दिवस’का रुपमा मनाउँदै आइरहेको छ। नेपाली सेनाले मंगलवार देशरभर विविध कार्यक्रम गरी सेना दिवस मनाइरहेको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्यो। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो। सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायतविविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यस्तै, यस…
काठमाडौं : दुई वर्ष लगातार कोभिड १९ को त्रासले पशुपतिमा शिवरात्रि खल्लो रह्यो। मन्दिरमा ताला झुन्ड्याइयो। बाहिरको निरश वातावरण। यसपाला भने शिवरात्रिको बहार फर्किएको छ। मानिसहरु बिहानैदेखि पशुपतिनाथ सहित मुलुकका प्रमुख शिवालयहरुमा दर्शनका लागि पुगेका थिए। १० लाख दर्शनार्थीको अपेक्षा गरिएको छ यसपाला पशुपतिमा। त्यसैअनुसार व्यवस्थापन गरिएको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेला यसपाला झकिझकाउ बत्ती सहित रंगिएको छ। लोभलाग्दो छ माहोल…