काठमाडौं : दशैंका लागि आजदेखि बसको टिकट बुकिङ खुला भएको छ। बसको टिकट अनलाइनबाट बुकिङ पनि गर्न सकिनछ। यद्यपि, आज बिहानैबाट मानिसहरु टिकट लिन नयाँ बसपार्क पुगेका छन्। टिकट लिन मानिसहरुको भिड लागेको छ अहिले नयाँ बसपार्कमा। यस वर्षको अग्रिम टिकट बुकिङ खुला गर्नका लागि नयाँ बसपार्कमा यातायात व्यवसायीको सहकार्यमा टिकट बुकिङ काउण्टर थप गरिएको छ । यसपटक दशैंका लागि घर जानेहरुको सुविधालाई…
काठमाडौं : देशभर डेंगुको बिरामीको संख्या बढ्दै गएको छ। साउन महिना यता १३ हजार ९ जनामा डेंगु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। डेंगुका कारण हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। भाद्र ३० गतेसम्मको तथ्याङ्क अनुसार अहिले सबैभन्दा बढी संक्रितको संख्या वाग्मती प्रदेशमा छ। वाग्मतीमा हालसम्म ८ हजार ९७१ जनामा संक्रमण पुष्टि भइसकेको छ। प्रदेश १ मा ४१७ जना, मधेश प्रेशमा…
काठमाडौं : आज यँया (इन्द्रजात्रा)को आठौं तथा अन्तिम दिन। आज नानिचा:या: अर्थात् प्राचीन काठमाडौं शहरको बिचको टोलमा जीवित देवी कुमारीसँगै जीवित कुमार देवताहरु गणेश र भैरवको रथयात्रा हुँदैछ। आज भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गरेका थिए। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभएपनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको हो। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि रथयात्रामा सहभागी भइन्।…
भक्तपुर : चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्शु भक्तपुर पुगेका छन्। चार दिने भ्रमणमा सोमवार नेपाल आइपुगेका लि बुधवार भक्तपुर घुम्न निस्केका हुन्। बिहान साढे ९ बजे अध्यक्ष लिसहितको चिनियाँ टोलीले भक्तपुर पुगेर दरबार क्षेत्रको अवलोकन तथा भूकम्पपछिको पुनर्निर्माण कार्यको जानकारी लिएका छन्। उनले बुधवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। दिउँसो ४…
काठमाडौं : यँया: (इन्द्रजात्रा)को तेस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज ‘क्व:नेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो। साँझ करिब साढे ५ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत गद्दी बैठक पुगेका थिए। त्यसक्रममा मजिपा लाखे…
काठमाडौं : आज यँया: (इन्द्रजात्रा)को दोस्रो दिन। बुधवार हनुमानढोकामा य:सिं ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको हो। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवी कुमारी। भोलि उनको सहित जीवित देव गणेश र भैरव को रथ यात्रा हुँदैछ। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ।…
काठमाडौं : महिला साफ च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा भारतले पाकिस्तानमाथि ३-० गोलको जित निकाल्यो। हारका बावजुत पाकिस्तानका लागि आजको दिन विशेष रह्यो। ८ वर्षपछि पाकिस्तानी महिला टोली मैदानमा उत्रियो। ‘८ वर्षपछि खेल्यौँ। राम्रो खेले खेलाडी। यसरी नै पाकिस्तानको फुटबल विकास हुँदै जाने हो’, आदील रिज्कीले भने, ‘हामी यहाँबाट सुरु गरेका छौँ।’ लामो समयपछि मैदान फर्किएको पाकिस्तानले दक्षिण एसियाको…
काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गतको पहिलो खेलमा नेपालले भुटानविरुद्ध जित निकाल्यो। दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४-० गोलले हरायो। खेलको पहिलो हाफमा नेपालले १-० ले अग्रता लियो। वर्षाका बिच सुरु भएको खेलको १२औँ मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन्। दोस्रो हाफमा नेपालले तीन गोल थप्यो। ६८औँ मिनेटमा भण्डारीले अर्को गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यस्तै, अनिता…
काठमाडौं : काठमाडौं महानगरपालिकाले असनमा सडकमा राखिएका सामग्री हटाउन थालेको छ। पसलको सटरभन्दा बाहिर सामाग्री राखेर व्यापार गर्ने क्रम बढेपछि महानगरले आजबाट त्यस्तो सामाग्री हटाउन थालेको हो। यस्तै, असन क्षेत्रमा सडकलाई अवरोध पुग्ने गरी बनाइएका पसलहरुसमेत महानगरले हटाएको छ। महानगरले पैदलयात्रु मैत्री असन बनाउने भनेर यो अभियान चलाएको हो।
काठमाडौं : भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुगेका छन्। पाँच दिने नेपाल भ्रमणका सिलसिलामा आज उनी काठमाडौं आएका हुन्। नेपालमा रहँदा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी प्रदान गर्नेछिन्। सोमवार शीतल निवासमा पाण्डेलाई सो पदवी दिने कार्यक्रम तय भएको छ। भोलि नै उनी जंगी अड्डामा उनी रात्रीभोजमा सहभागी हुनेछन्। नेपाल भ्रमणका क्रममा मंगलवार उनले प्रधानमन्त्री एवं…
काठमाडौं : आज तीज। यसदिन हरेक वर्ष पशुपतिनाथ मन्दिर परिसरमा महिलाहरुको भिड लाग्ने गर्छ। तर, यसपटक भने कोरोनाकालभन्दा अघि जस्तो भिडभाड पशुपतिमा देखिएन। बिहान लाइन बस्न पनि धेरैजना पुगेनन्। दिउँसो भने पशुपति पुग्ने महिलाको संख्या बढ्न थाल्यो। पशुपतिको चारवटै ढोका यसपटक दर्शनार्थीको लागि खुला गरिएकोले पनि व्यवस्थापन राम्रो भएको पशुपति विकास कोषले जनाएको छ। दिउँसोबाट भने पशुपति परिसरमा तीज गीतहरु…
काठमाडौं : आज हरितालिका तीज। आज काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ। पशुपतिनाथको दर्शनका लागि बिहानैदेखि महिलाहरु लाइनमा बसेका छन्। यद्यपि, यस वर्ष गत वर्ष जस्तो भिड भने पशुपतिमा छैन। अहिले पशुपति मन्दिर परिसरमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको छन्। पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर सबै सुरक्षाको…
ललितपुर महानगरपालिकाका विभिन्न क्षेत्रका डेंगीको संक्रमण बढेपछि नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले विशेष अभियान सुरु गरेको छ। आइतबार साँझ ५ बजे लगनखेल चोकबाट संघले सफाइ अभियोन चलाएको हो। सचेतना र नियन्त्रण अभियान एकैपटक सञ्चालन गरेको संघले जनाएको छ। अभियान केही दिन निरन्तर रहने छ। आइतबार लगनखेल बसपार्क यरियामा संघले सचेतना र नियन्त्रण अभियान चलाएको हो।
आज कुशे औंशी। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यो पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न…
काठमाडौं : अनधिकृत रुपमा बनाइएका संरचना बनाएको भन्दै केही घण्टा अगाडि ‘वार्निङ’ दिँदै हिँडेका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) नयाँबानेश्वस्थित अल्फाबिटामा डोजर लिएर पुगेका छन्। अल्फाबिटाले भूँइ तलालाई पार्किङको सट्टा व्यवसायिक प्रयोजनको लागि प्रयोग गरेको भन्दै मेयर साहको टोली कारबाहीको लागि अल्फाबिटा पुगेको हो। आज बिहान बालेन नयाँबानेश्वर, शंखमुल र बुद्नधगर क्षेत्र पुगेका थिए। नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल…
काठमाडौं : अनधिकृत रुपमा बनाएका संरचना भत्काउन ‘वार्निङ’ दिँदै काठमाडौंका मेयर बालेन साह आज बिहान नयाँबानेश्रवर, शंखमुल र बुद्धनगर क्षेत्र पुगेका छन्। आज बिहान उनले नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन्। पार्किङमा भएका व्यवसायहरु हटाउन निर्देशन दिएका छन्। जब उनी बुद्धनगरस्थित अल्फाबिटामा पुगेका थिए त्यहाँ भने माहोल केही तात्यो। अगाडिसम्म…
काठमाडौं : काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडि अनधिकृत रुपमा बनाएको संरचना भत्काएको छ। आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआइजी मिरा चौधरी लगायतको टोली पुगेर संरचना भत्काएको हो। तीन वटा डोजरले संरचना भत्काएका हुन्। काठमाडौं मलमा कर्मचारी सञ्चय कोषको स्वामित्व छ।
काठमाडौं : वाग्मती नदीलाई स्वच्छ बनाउने अभियान अन्तर्गत आज वाग्मती रिभर फेस्टिभल २०२२ आयोजना गरिएको छ। त्यसक्रममा वाग्मती नदी वरिपरि सरसफाइका साथै र्याफटिङ संचालन समेत गरिएको छ। वर्षाका कारण नदीमा भेल बढेको बेला शनिवार बिहान र्याफ्टिङ गराइएको हो। कुपन्डोलबाट सुन्दरीघाटसम्म गरिएको र्याफ्टिङमा शहरी विकास मन्त्री मेटमणि चौधरीका साथै सरकारी अधिकारी, वाग्मती बचाउ अभियान का अभियन्ता र स्थानीयको सहभागिता थियो।
काठमाडौं : कृष्ण जन्माष्टमीको अवसरमा आज देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरी कृष्ण भजनहरु गुञ्जिदैछन्। गोठाटारमा रहेको कृष्ण मन्दिर ‘नवतन धाम’मा आज बिहानदेखि भक्तजनहरुको भिड लागेको छ। बालबालिकालाई कृष्ण र राधाको भेषमा सजाएर कृष्ण मन्दिर वरिपरि ल्याउनेको संख्या पनि बढ्दो छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको…
काठमाडौं: आज साउन महिनाको अन्तिम सोमबार। हिन्दु धर्मालम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन। साउनको सोमबार हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन। आज साउन महिनाको अन्तिम सोमबार भएकाले शिवालयहरुमा महिला भक्तजनको भीड लागेको छ। पशुपतिनाथमा बिहानैदेखि महिलाहरु पुगेर शिवको पूजा गरिरहेका छन्। आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास…