PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर लिएर पुग्यो महानगरको टोली, बस्तीमा डोजर छिर्न लागेपछि झडप

    थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर लिएर पुग्यो महानगरको टोली, बस्तीमा डोजर छिर्न लागेपछि झडप

    काठमाडौंः वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका कर्मचारीहरू पुगेपछि थापाथलीस्थित सुकुम्वासी बस्ती तनावग्रस्त बनेको छ। सरकारले बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरूले विरोधमा उत्रिएका छन्। झडप हुने सम्भावना बढेपछि बाक्लो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। डोजर बस्तीमा छिरेपछि बस्तीमा बस्दै आएकाहरुले ढुङ्गामुढा गरेका छन्। वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीको किनारमा रहेको सुकुम्वासी बस्ती  हटाउने…

    विस्तृतमा पढ्नुस्

  • लैंगिक हिंसाविरुद्ध वाकाथान र नाटक प्रदर्शनी

    लैंगिक हिंसाविरुद्ध वाकाथान र नाटक प्रदर्शनी

    काठमाडौं : काठमाडौंमा शनिवार बिहान लैंगिक हिंसाविरुद्ध र्‍याली भएको छ। काठमाडौंको दरबारमार्गबाट शुरु भएर वसन्तपुर पुगेको 'वाकाथान' नाटक प्रदर्शन गरी टुंगियो। संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसर पारी वाकाथान भएको आयोजकले जनायो। जोन्टा क्लब अफ काठमाडौंको आयोजनामा भएको वाकाथानमा हिंसाविरुद्ध एक हुन आह्वान गरिएको थियो। वाकाथानमा सहभागीहरुले 'कहिलेकही हैन, कहिले पनि हैन,' 'सार्वजनिक यातायातमा हुने यौन दुर्व्यहार विरुद्धको…

    विस्तृतमा पढ्नुस्

  • तोसिमा निर्वाचित भएपछि ललितपुरमा घण्टी बजाउँदै मनाइयो जितको खुशी

    तोसिमा निर्वाचित भएपछि ललितपुरमा घण्टी बजाउँदै मनाइयो जितको खुशी

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले ललितपुर ३ बाट जित निकालेसँगै उनले आफू मतदाताहरुको आवाज बन्ने बताएकी छिन्। निर्वाचन मतगणना परिसर बाहिर शुभचिन्तकहरुबिच जितको खुशीयाली मनाउँदै उनले आफू मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिएकी हुन्। प्रतिनिधिसभा सदस्यमा रास्वपाकी डाक्टर तोसिमा कार्की निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार तोसिमाले ३१ हजार एक सय…

    विस्तृतमा पढ्नुस्

  • गगन विजयी भएपछि काठमाडौं क्षेत्र ४ मा जे देखियो…

    गगन विजयी भएपछि काठमाडौं क्षेत्र ४ मा जे देखियो…

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित निकालेसँगै काठमाडौं ४ मा खुसीयाली छाएको छ। निर्वाचन परिणामसँगै काठमाडौं ४ को गठबन्धनले उनलाई स्वागत तथा बधाई दिएको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गगनले आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताएका छन्। औपचारिक विजय जुलुस भने भोलिमात्रै गर्ने उनले बताए। गगनको जितपछि बुढानिलकण्ठ मतगणना केन्द्रमा देखिएको दृश्य :

    विस्तृतमा पढ्नुस्

  • निर्वाचित हुनसाथ प्रधानमन्त्रीमा गगनको दाबी : नेपालले देश हाँक्ने नयाँ चालक खोजेको छ

    निर्वाचित हुनसाथ प्रधानमन्त्रीमा गगनको दाबी : नेपालले देश हाँक्ने नयाँ चालक खोजेको छ

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचित हुनसाथ आफूले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताएका छन्। काठमाडौं ४ बाट निर्वाचिन हुनसाथ गगनले मतदातालाई धन्यवाद दिँदै प्रधानमन्त्रीमा दाबी गर्ने घोषणा गरेका हुन्। ‘नेपालमा स्थिर सरकारमात्र हैन देश हाँक्ने नयाँ चालक खोजेको छ। यो चालक कसैले दिन सक्छ भने त्यो नेपाली कांग्रेसले मात्र दिन सक्छ,’ मतदातालाई धन्यवाद दिँदै गगनले भने, ‘कांग्रेसमा पनि…

    विस्तृतमा पढ्नुस्

  • रवीन्द्र मिश्रसँगको मतान्तरबारे प्रकाशमानको टिप्पणी : झन्डै - झन्डै गोल हानेको भन्याजस्तै हो यो

    रवीन्द्र मिश्रसँगको मतान्तरबारे प्रकाशमानको टिप्पणी : झन्डै - झन्डै गोल हानेको भन्याजस्तै हो यो

    काठमाडौं : चौथोपटक संसदमा निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंहले आफूलाई मतदाताले विश्वास गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्। काठमाडौंको ठमेलस्थित आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले मतदातासँग विश्वास बढेकोसमेत बताए। 'काठमाडौं १ सचेत मतदाताले मलाई फेरि विजय गराउनुभएको छ। जनप्रतिनिधिबीच र मतदाताबीचको सम्बन्धले विश्वास बढाएको देखाउँछ,' नेता सिंहले भने, 'कामको एप्रिसिएसन भएको मैले महासुस गरेको छु।' आफू प्रतिबद्धतापत्रअनुसार काम गर्न…

    विस्तृतमा पढ्नुस्

  • शिवालय वरिपरि सतबिज छर्नेको भिड, पशुपतिमा बाला चतुर्दशीको हेर्नुस् दृश्य

    शिवालय वरिपरि सतबिज छर्नेको भिड, पशुपतिमा बाला चतुर्दशीको हेर्नुस् दृश्य

    काठमाडौं : आज बाला चतुर्दशी। दिवंगत पितृको नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा सतबीज छर्ने दिन पनि। यसका लागि सोमवार साँझबाटै मानिसहरु पशुपति मन्दिर क्षेत्र आइपुग्छन्। त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ। बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज छर्ने गर्छन्। यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका मतदान केन्द्रहरुमा पठाइयो मतपेटिकासहित अन्य निर्वाचन सामाग्री

    काठमाडौंका मतदान केन्द्रहरुमा पठाइयो मतपेटिकासहित अन्य निर्वाचन सामाग्री

    काठमाडौं : निर्वाचन आयोगले काठमाडौंमा रहेका मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री पठाउन सुरु गरेको छ। काठमाडौं उपत्यकामा रहेका मतदान केन्द्रहरुमा मतपेटिका सहित अन्य सामाग्री पठाइएको हो।  मतपेटिकासँगै मतपत्र, स्टाम्प प्याड मसी, स्वस्तिक छाप, लाहा, नउड्ने मसी भएको मार्कर पेन, मार्कर पेन, स्केल, स्टापलर मेशिन, होल्डर र डोरीसहित अन्य सामाग्रीहरु आज सम्बन्धित मतदानस्थलमा खटाइएका कर्मचारीलाई हस्तान्तरण गरिएको हो। 

    विस्तृतमा पढ्नुस्

  • चाबहिलमा सिन्दुर जात्रा : गणेश र भैरवको खट यात्रा सम्पन्न

    चाबहिलमा सिन्दुर जात्रा : गणेश र भैरवको खट यात्रा सम्पन्न

    काठमाडौं : चाबहिल क्षेत्र आज होलीमा झैं 'सिन्दूर जात्रा'ले रंगिएको छ। चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको खट यात्रा अन्त्य गरि आज सिन्दुर जात्रा गरिएको हो। जात्राका अवसरमा चाबहिल क्षेत्रका स्थानीयले आज आफन्तलाई सामेल गराइ भोजसमेत खुवाउने परम्परा रहेको छ। कातिक शुक्ल पूर्णिमाको दिनबाट शुरु हुने यो जात्रा मार्गशीर्ष कृष्ण तृतियाका दिन सिन्दूर जात्रा गरि अन्त्य गर्ने चलन छ। जात्रा मनाउन स्थानीयहरु…

    विस्तृतमा पढ्नुस्

  • घरदैलोमा पुकार बम, कामको आधारमा मत माग्दै पुगे आलोकनगर

    घरदैलोमा पुकार बम, कामको आधारमा मत माग्दै पुगे आलोकनगर

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र १० दिन बाँकी छ। निर्वाचन संघारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले घरदैलोलाई तिब्रता दिएका छन्। काठमाडौंमा पनि अहिले चुनावी माहोल तात्दै गएको छ। काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह पुन: प्रतिस्पर्धामा छन् सत्ता गठबन्धनको तर्फबाट। नेकपा एमालेले उनीविरद्ध किरण पौडेल उठाएको छ। तर, सिंहलाई एमालेले भन्दा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम…

    विस्तृतमा पढ्नुस्

  • सन्तोष चालिसे र कृष्ण राईको 'ब्याटल'मा एमालेको रणनीति : टोल टोलमा भेला, अरु पार्टीकालाई फूलमाला लगाएर स्वागत

    सन्तोष चालिसे र कृष्ण राईको 'ब्याटल'मा एमालेको रणनीति : टोल टोलमा भेला, अरु पार्टीकालाई फूलमाला लगाएर स्वागत

    काठमाडौं : नेकपा एमालले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघि पार्टी प्रवेश अभियान नै चलाइरहेको छ। उक्त पार्टी प्रवेशलाई जितको आधार बनाइरहेको एमालेले आफ्नै पक्षमा माहोल बनाउने विभिन्न रणनीति पनि अपनाइरहेको छ। काठमाडौं-३ मा एमालेलाई यसपटक जित्न त्यति सहज छैन। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका कृष्ण राई निर्वाचित भएका थिए। तर, स्वतन्त्र र गठबन्धन उनका लागि यसपटक तगारो बन्न सक्छन्। त्यसैले उनी घरदैलोमा मात्रै होइन…

    विस्तृतमा पढ्नुस्

  • मेयरबाट सांसदमा 'डेब्यु' गर्ने तयारीमा रहेका सन्तोष, के के भनिरहेका छन् घरदैलोमा?

    मेयरबाट सांसदमा 'डेब्यु' गर्ने तयारीमा रहेका सन्तोष, के के भनिरहेका छन् घरदैलोमा?

    काठमाडौं : गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे यसपटक प्रतिनिधि सभाको उम्मेदवार छन्, काठमाडौं-३ बाट। नेपाली कांग्रेसबाट उम्मेदवार रहेका उनी घरदैलोमा जाँदा मतदाताले मेयर भएको बेलामा जस्तै सडकमा पानी जम्ने समस्या सनुाए। उनी मतदाताका समस्या ध्यानपूर्वक सुन्थे र केही आश्वासन दिन्थे। मेयर भएर जनतासँग जोडिएजस्तै सांसद हुँदा पनि सधै जनतासँगै हुने वचन दिन भ्याए उनले मतदातालाई। मत माग्ने चालिसेको रणनीति नै…

    विस्तृतमा पढ्नुस्

  • बौद्धबाट देखिएको चन्द्रग्रहणको ‘मल्टी एक्सपोजर’ तस्विर

    बौद्धबाट देखिएको चन्द्रग्रहणको ‘मल्टी एक्सपोजर’ तस्विर

    आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण देखिएको छ। बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। बेलुका ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएको थियो। एक घण्टा २३ मिनेट नेपालबाट पनि ग्रहण देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाइएको थियो। यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा समा चकेवा पर्व : थारु महिलाले नाचगान गर्दै गरे पूजा

    माइतीघरमा समा चकेवा पर्व : थारु महिलाले नाचगान गर्दै गरे पूजा

    काठमाडौं : राजधानीमा आज दाजूभाइ तथा दिदीबहिनीको प्रेमको प्रतिक मानिएको समा चकेवा पर्व मनाइएको छ। माइतीघरमा भेला भएर थारु समुदायले आज पूजा गर्नुका साथै नाचगान गरेका थिए।  दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेलेका छन्।  दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर समा चकेवा बनाउनका लागि दाजुभाइले खनेर ल्याइएको माटोलाई गीलो पारी विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • बागबजारमा चुनावको छुट्टै रौनक, व्यवसायीलाई राजनीतिक दलका झण्डा छाप्न भ्याइनभ्याइ

    बागबजारमा चुनावको छुट्टै रौनक, व्यवसायीलाई राजनीतिक दलका झण्डा छाप्न भ्याइनभ्याइ

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब मात्र १५ दिन बाँकी छ। दल र उम्मेदवारहरु अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छन्। बिहानैदेखि घरदैलोमा व्यस्त छन् उम्मेदवारहरु। निर्वाचन कार्यक्रमले तिब्रता पाउँदै गर्दा काठमाडौंको बागबजारलाई पनि निर्वाचनको उमंगले छोएको छ। उम्मेदवार र दलहरुलाई भन्दा फ्लेक्स प्रिन्ट व्यवसायीहरुलाई निर्वाचनले फाइदा पुर्‍याएको छ।   बागबजारमा प्रिन्ट व्यवसाय संचालन गर्दै आइरहेका नरेश चौधरीले आफूहरु निर्वाचनका…

    विस्तृतमा पढ्नुस्

  • चाबहिलमा गगनको घरदैलो : गणेशस्थानमा पूजा, मतदाताले सुनाए बाटो र ढलको समस्या

    चाबहिलमा गगनको घरदैलो : गणेशस्थानमा पूजा, मतदाताले सुनाए बाटो र ढलको समस्या

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजबाट घरदैलो अभियान सुरु गरेका छन्। काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले चाबहिल गणेशस्थानमा पूजा गरेर घरदैलो सुरु गरे हुन्। आज बिहानैबाट सुरु भएको घरदैलो गणेशस्थान मन्दिर वरिपरिका क्षेत्रमा केन्द्रित थियो। २०७४ सालको निर्वाचनमा पनि थापा यही क्षेत्रबाट विजयी भएका थिए। घरदैलोका क्रममा सबैलाई हात जोडेर नमस्कार गर्दै हिँडेका गगनलाई…

    विस्तृतमा पढ्नुस्

  • रातभर जाग्राम बसेर बर्तालुले बिहानै नारायणी किनारमा उदाउँदो सूर्यलाई दिए अर्घ्य

    रातभर जाग्राम बसेर बर्तालुले बिहानै नारायणी किनारमा उदाउँदो सूर्यलाई दिए अर्घ्य

    भरतपुर : सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकियो। सूर्यदेवको पूजा गरी मनाइने यो पर्वको अन्तिम दिन सोमवार उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिइएको हो। सूर्यको दर्शन गर्दा भक्तजनहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ। सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा प्रचण्डको दौडधुप : स्थानीयले गरे फूलमालाले स्वागत

    गोरखामा प्रचण्डको दौडधुप : स्थानीयले गरे फूलमालाले स्वागत

    गोरखा : चुनावको एउटा महत्त्वपूर्ण इपिसेन्टर हो गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गोरखा २ बाट उम्मेदवार बनेपछि त्यहाँ चुनावी सरगर्मी बढ्दो छ। गोरखा २ मा प्रचण्ड चुनावी घरदैलोमा व्यस्त छन्। उनलाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए  गोरखाको धारापानीमा घरदैलोका क्रममा प्रचण्डले आगामी चुनावमा दुई मोर्चा आमनेसामने हुने बताए। ‘एकातिर राजा ल्याउनुपर्छ भन्नेहरु छन्। यो गिरिजा प्रसाद…

    विस्तृतमा पढ्नुस्

  • गाई तिहार : पशुपतिमा बटुक र सर्वसाधारणले गरे गाई पूजा

    गाई तिहार : पशुपतिमा बटुक र सर्वसाधारणले गरे गाई पूजा

    काठमाडौँ : आज गाई तिहार। यस अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रस्थित संस्कृत वेद विद्याश्रममा गाई गोरुको पूजा गरियो। सर्वसाधरणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्न पुगेका थिए। उक्त डोरो मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मीपूजाको राति यस्तो देखियो काठमाडौं

    लक्ष्मीपूजाको राति यस्तो देखियो काठमाडौं

    तिहारको तेस्रो दिन आज घर घरमा लक्ष्मी पूजा गरिएको छ। उज्यालोको पर्व तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन विशेष झिलिमिली हुने गरेका छ। घर घरमा लक्ष्मीको आराधना गरिएको छ। मुख्य व्यापारिक स्थानहरु झिलिमिली पारिएका छन्। दिपावलीको उल्लासमा मुख्य शहर पनि झलमल पारिएका छन्। 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell