PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • कुकुर तिहारमा प्रहरीका कुकुरले देखाए हाइ जम्पदेखि ट्रयाकिङ स्किल

    कुकुर तिहारमा प्रहरीका कुकुरले देखाए हाइ जम्पदेखि ट्रयाकिङ स्किल

    काठमाडौं : आज कुकुर तिहार। यसै अवसरमा राजधानीको महाराजगंजस्थित केन्द्रीय कुकुर तालिम केन्द्रमा पनि कुकुर पूजा गरिएको छ।   यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ। त्यसै अवसरमा तालिम केन्द्रमा पनि कुकुरको पूजा गरिएको थियो। यससँगै केन्द्रमा कुकुरहरुले विभिन्न कला प्रदर्शन गरेका थिए। यस्तै, 'क्राइम सिन'मा कुकुरका तालिमप्राप्त कुकुरहरुले कसरी काम गर्छन् भनेर पनि…

    विस्तृतमा पढ्नुस्

  • तिहारले गुलजार असन र न्यूरोड

    तिहारले गुलजार असन र न्यूरोड

    लक्ष्मी पूजाको पूर्वसन्ध्यामा मुख्य व्यापारिक क्षेत्रमा चहलपहल उच्च भएको छ। असन, न्यूरोडलगायतका क्षेत्रमा किनमेलका लागि सर्वसाधरणको भीड लागेको छ। लक्ष्मी पूजाको पूर्वसन्ध्यामा विद्युतीय सामाग्री, तिहारका लागि मसला, टोपी, फूल तथा रंग पसलहरुमा किनमेलको भीड देखिएको छ।  तस्विरहरु   

    विस्तृतमा पढ्नुस्

  • सिनामंगलस्थित केएमसी अस्पतालविरुद्ध बाटो बन्द गरेरै स्थानीयवासीले गरे आन्दोलन

    सिनामंगलस्थित केएमसी अस्पतालविरुद्ध बाटो बन्द गरेरै स्थानीयवासीले गरे आन्दोलन

    काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)विरुद्ध स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। स्थानीयले आज केहीबेर बाटो नै बन्द गरेर अस्पतालविरुद्ध आन्दोलन गरेका थिए। गत आइतवार चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका हुन्। स्थानीयले गत सोमवारदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। उनीहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। आन्दोलनमा स्थानीय सहित वडाध्यक्षको समेत सहभागी थियो। उनीहरुले अस्पतालको…

    विस्तृतमा पढ्नुस्

  • सयपत्रीले ढकमक्क इचंगु : फूल टिप्नमै व्यस्त कृषक, उत्पादन कम हुँदा मूल्य दोब्बर

    सयपत्रीले ढकमक्क इचंगु : फूल टिप्नमै व्यस्त कृषक, उत्पादन कम हुँदा मूल्य दोब्बर

    तिहार लागेसँगै नागार्जुन नगरपालिकाको इचंगुका केही क्षेत्र मनमोहक देखिन थालेको छ। तिहारका लागि लगाइएको सयपत्री ढकमक्क फुल्दा यहाँका दृश्य लोभलग्दो देखिन थालेको हो। अहिले यहाँका फूल कृषकलाई फूल टिप्न भ्याइनभ्याई छ। तिहारको माहोल सुरु भइसकेकोले बजारमा बेलैमा फूल पुर्‍याउनुपर्ने हुन्छ। त्यसैले उनीहरु बिहानै फूलबारी पस्छन्। फूल टिप्छन्। कोही माला उनेर बजार पुर्‍याउने तयारमा बस्छन्। यो वर्ष पहिलेभन्दा धेरै कम फूल…

    विस्तृतमा पढ्नुस्

  • जावलाखेलमा पुष्पमेला : १०० रुपैयाँदेखि १५ हजारसम्मका फूल बिक्रीमा

    जावलाखेलमा पुष्पमेला : १०० रुपैयाँदेखि १५ हजारसम्मका फूल बिक्रीमा

    काठमाडौं : ललितपुरको जावलाखेलमा १५ औं गोदावरी पुष्पमेला सुरु भएको छ। यो मेला कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनमा ५६ वटा फूलका स्टलहरु छन्। प्रदर्शनीमा १०० रुपैयाँदेखि १५ हजारसम्मका फूलहरु राखिएका छन्। सर्वसाधारणले स्टलमा गएर आफूलाई मनपर्ने फूल खरिद गर्न सक्छन्। कार्यक्रमको उद्घाटनमा फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए।…

    विस्तृतमा पढ्नुस्

  • महानगर कार्यालय बाहिर दृष्टिविहीनहरुको प्रदर्शन, महानगर प्रहरीले सडकबाट हटाएपछि आन्दोलनमा

    महानगर कार्यालय बाहिर दृष्टिविहीनहरुको प्रदर्शन, महानगर प्रहरीले सडकबाट हटाएपछि आन्दोलनमा

    काठमाडौं : बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय बाहिर दृष्टिबविहीनहरुले प्रदर्शन गरेका छन्। उनीहरुले कार्यालय प्रवेशद्वार बाहिर प्रदर्शन गर्न सुरु गरेका हुन्। रोजगारी र व्यवसाय छुट्टै स्थानको व्यवस्था माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन्। हिजो पनि उनीहरुले महानगर कार्यालय बाहिर प्रदर्शन गरेका हुन्। महानगरले सडकमा आश्रित दृष्टिविहीनलाई दुर्व्यवहार गरेपछि उनीहरु आन्दोलित भएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • म्यादी बन्न पुस अप देखि रनिङसम्म : भृकुटीमण्डपमा यसरी चलिरहेको छ प्रशिक्षण

    म्यादी बन्न पुस अप देखि रनिङसम्म : भृकुटीमण्डपमा यसरी चलिरहेको छ प्रशिक्षण

    काठमाडौं : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको तालिम जारी छ। देशभर बिहानै म्यादी प्रहरीको तालिम हुन्छ। काठमाडौंका १४ वटा वृतमा तालिम भइरहेको छ। भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा पनि ११७ जना म्यादी प्रहरीको तालिम चलिरहेको छ। असोज ३१ देखि सुरु भएको तालिम कात्तिक ८ गतेसम्म हुनेछ। निर्वाचनका लागि देशभरबाट १ लाख…

    विस्तृतमा पढ्नुस्

  • ६७औँ प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयमा देखिएका दृष्य

    ६७औँ प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयमा देखिएका दृष्य

    काठमाडौं : नेपाल प्रहरीले ६७औँ दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो। कार्यक्रममा अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली तथा श्रद्धासुमन समेत अर्पण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले देशमा शान्ति, सुरक्षा र अमन चयनको लागि सिमित स्रोत र साधनले शान्ति, अपराध नियन्त्रण, अनुसन्धान गरेको बताएका थिए। कार्यक्रममा यस वर्ष उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • उल्टो गजुर, गजुरमाथि देउताको मूर्ति : यस्तो देखियो कहीँ नभएको हाँडीगाउँको जात्रा

    उल्टो गजुर, गजुरमाथि देउताको मूर्ति : यस्तो देखियो कहीँ नभएको हाँडीगाउँको जात्रा

    काठमाडौं : कहीँ नभएको जात्राका रुपमा परिचित हाँडीगाउँको जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट आज सोमवार धूमधामका साथ मनाइयो। लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रालाई चोकटे नारायण जात्रा पनि भनिन्छ। नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा यस्ता तीन वटा रथ वा खट हुन्छ। रथहरु आमा, बाबु…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण पृथ्वी हाइवेमा सवारीको लाम, ड्रोनबाट यस्तो देखियो जाम

    पहिरोका कारण पृथ्वी हाइवेमा सवारीको लाम, ड्रोनबाट यस्तो देखियो जाम

    अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा ठाउँठाउँका सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गमा पनि शुक्रवार बिहान विभिन्न स्थानमा पहिरो खसेको छ। पहिरोका कारण सडकमा सवारी साधनको लाम लागेको छ। तनहुँको म्याग्दे, घाँसी कुवालगायतका क्षेत्रमा पहिरो जाँदा बाटो अवरुद्ध भएपछि सवारी जाम बढेको हो। बिहानैबाट शुरु भएको जाम अझै जारी छ। तनहुँको म्याग्दे क्षेत्रमा देखिएको सवारी जामको केही ड्रोन सट…

    विस्तृतमा पढ्नुस्

  • कपनको ट्रेकिङ कम्पनीमा लागेको आगो नियन्त्रणमाः तीन जनाको गयो ज्यान

    कपनको ट्रेकिङ कम्पनीमा लागेको आगो नियन्त्रणमाः तीन जनाको गयो ज्यान

    काठमाडौंः कपनमा रहेको एक टे«किङ कम्पनीमा आगलागी भएको छ। हिमाल आरोही निर्मल पूर्जाले सञ्चालन गरेको उक्त कम्पनीमा आगलागी भएको हो। आरोहणका क्रममा प्रयोग हुने अक्सिजन समेत स्टोर गरिएकाले आगलागीसँगैको विस्फोटमा मानवीय क्षति समेत भएको छ। अहिलेसम्म तीन जनाको शव फेला परेको छ। मृतकको सनाखत भने भएको छैन।  घरको सबैभन्दा माथिल्लो तलामा रहेका ६ जना भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। टे«किङ कम्पनीमा…

    विस्तृतमा पढ्नुस्

  • कपन आगलागीमा परेर तीन जनाको मृत्यु, आगो नियन्त्रणमा

    कपन आगलागीमा परेर तीन जनाको मृत्यु, आगो नियन्त्रणमा

    काठमाडौंः कपनको आगलागीमा परेर दुई जनाको ज्यान गएको छ। राम मन्दिर नजिकै आगलागी भएको हो। आगलागीमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको हो। तीन जनाको शव निकालिएको छ। तर सनाखत भएको छैन।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले मृतकको सनाखत नभएको बताए। ट्रेकिङ कम्पनीमा आगलागी भएको खुलेको छ। कम्पनीमा ग्यास स्टोर समेत भएकाले विस्फोटमा तीन जनाको ज्यान गएको हो। आगलागी ठूलो विस्फोटको आवाज…

    विस्तृतमा पढ्नुस्

  • युवा संघलाई काउन्टर दिँदै अखिल क्रान्तिकारीले जलायो राष्ट्रपतिको पुतला, संविधानमाथि कू गरेको भन्दै नाराबाजी

    युवा संघलाई काउन्टर दिँदै अखिल क्रान्तिकारीले जलायो राष्ट्रपतिको पुतला, संविधानमाथि कू गरेको भन्दै नाराबाजी

    काठमाडौं : नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनीहरुले मीनभवनस्थित नेपाल कर्मस क्याम्पसमा प्रदर्शन गरेको हुन्। क्याम्पस परिसरबाटै भण्डारीको तस्विर राखेर पुतला जलाउँदै विद्यार्थीहरु सडकमा ओर्लिएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको थियो। भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि कू गरेको भन्दै उनीहरुले नाराबाजी पनि गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई 'लेन्डुप दोर्जे' भन्दै राष्ट्रपति भण्डारीको समर्थनमा सडकमा उत्रियो युवा संघ

    गठबन्धनलाई 'लेन्डुप दोर्जे' भन्दै राष्ट्रपति भण्डारीको समर्थनमा सडकमा उत्रियो युवा संघ

    काठमाडौं : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेको छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनको आलोचना भइरहेको छ। सत्तारुढ गठबन्धनले राष्ट्रपतिको उक्त कदमले संविधानमाथि नै प्रहार भएको निर्ष्कर्ष निकालेको छ। यसबिच युवा संघले भने राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको हो। राष्ट्रपतिको कदमलाई स्वागत गर्ने भन्दै उनीहरुले सत्तारुढ गठबन्धनको विरोध गरेका हुन्। प्रदर्शनकारीले…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला फुटबलले नयाँ विजेता पाउँदा, यस्तो रह्यो नेपाल भर्सेस बंगलादेश [तस्विरहरु]

    साफ महिला फुटबलले नयाँ विजेता पाउँदा, यस्तो रह्यो नेपाल भर्सेस बंगलादेश [तस्विरहरु]

    साफ महिला फुटबलले नयाँ विजेता पाएको छ। यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाट बाहिरिएपछि बंगलादेश नयाँ उपाधि विजेता बनेको हो। घरेलु मैदानमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेशले पहिलोपटक उपाधि हात पारेको हो।  वर्षाले हिलाम्मे दशरथ रंगशालामा बंगलादेशले १४औं मिनेटबाटै अग्रता लिएको थियो। पहिलो हाफमा २ गोलले अघि रहेको बंगलादेशसँग नेपालले ७०औं मिनेटमा खेलमा फर्कने प्रयास गरेको थियो। तर, लगत्तै…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा संविधान दिवस : हेलिकप्टरबाट पुष्पवृष्टि, सेना र प्रहरीको परेड

    टुँडिखेलमा संविधान दिवस : हेलिकप्टरबाट पुष्पवृष्टि, सेना र प्रहरीको परेड

    काठमाडौं : आज आठौं संविधान दिवस। यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेलमा आयोजित समारोहमा सहभागी भइन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो। समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना,…

    विस्तृतमा पढ्नुस्

  • सरकारी निवासभित्रबाट चोलेन्द्रले भने : म नजरबन्दमा छु, निवासको गेटबाट बाहिरिने गाडीमा पनि सुरक्षाकर्मीको कडा चेकिङ

    सरकारी निवासभित्रबाट चोलेन्द्रले भने : म नजरबन्दमा छु, निवासको गेटबाट बाहिरिने गाडीमा पनि सुरक्षाकर्मीको कडा चेकिङ

    काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्दमा राखेको आरोप लगाएका छन्। प्रतिनिधिसभाबाट आफू माथि लागेको महाअभियोग निष्क्रिय भएको अवस्थामा आफू सर्वोच्च अदालत जान खोज्दा घरभित्र नै नजरबन्द जस्तै राखेको आरोप उनले लगाएका हुन्। जबरा हाल वालुवाटारस्थित सरकारी निवासमा छन्। आज दिउँसो सवा १२ बजेतिर जबरा बस्दै आएको सरकारी निवासमा पुग्दा बाहिर गेटमा सुरक्षाकर्मीको उपस्थिति देखियो। सरकारी निवासमा सुरक्षाकर्मीको उपस्थिति नौलो होइन।…

    विस्तृतमा पढ्नुस्

  • के जबरा अदालत पुग्लान्? सर्वोच्च बार एशोसिएसन भन्छ : झण्डा र गार्ड जता छ उतै आधिकारिक हो

    के जबरा अदालत पुग्लान्? सर्वोच्च बार एशोसिएसन भन्छ : झण्डा र गार्ड जता छ उतै आधिकारिक हो

    काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा फर्किने चर्चा चलेपछि आज बिहानैदेखि अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। परिसरभित्र छिर्ने एक एक व्यक्ति र सवारीलाई चेक गरेर मात्र सुरक्षाकर्मीले पठाइरहेको दृश्य देखिएको छ। त्यस्तै अदालत परिसरभित्र अधिवक्ताहरु जबरा आए विरोध गर्ने तयारीमा बसेका छन्। अदालत परिसरभित्रको प्राङ्गणमा अधिवक्ताहरुको अहिले भीड छ। तर, सर्वोच्च अदालत बार एशोसियएसनका कोषाध्यक्ष बिनोद कार्की…

    विस्तृतमा पढ्नुस्

  • सकियो हाम्रो कार्यकाल : सभाकक्षमै सांसदहरुको सेल्फी र सामूहिक फोटो

    सकियो हाम्रो कार्यकाल : सभाकक्षमै सांसदहरुको सेल्फी र सामूहिक फोटो

    काठमाडौं : २०७४ सालको निर्वाचनबाट चुनिएर आएका प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल आज राति १२ बजेबाट सकिँदैछ। त्यसैले आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्यो।  अन्तिम बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेका थिए। बैठकको अन्त्यसँगै सांसदहरुले सभाकक्षमै सेल्फी र तस्विर खिचेका थिए। यस्तै, उनीहरु सामुहिक तस्विर खिच्न पनि उनीहरु व्यस्त देखिन्थे।  

    विस्तृतमा पढ्नुस्

  • अन्तिम बैठकमा सहभागी हुन कोही छाता ओडेर त कोही गाडीमै सरर पुगे नयाँ बानेश्वर...

    अन्तिम बैठकमा सहभागी हुन कोही छाता ओडेर त कोही गाडीमै सरर पुगे नयाँ बानेश्वर...

    काठमाडौं : आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्दैछ। अन्तिम बैठकमा सहभागी हुन संसदहरु संघीय संसद भवन पुगेका छन्। अहिले शीर्ष नेताहरुले सभालाई सम्बोधन गरिरहेका छन्। बैठक सुरु हुनुअघि वर्षा भएका कारण सांसदहरु केही सांसदहरु हिँड्दै छाता ओडेर संसद भवन पुगेका थिए। केही नेता भने गाडीमै संसद भवन प्रवेश गरेका थिए। अन्तिम दिन भएकाले सांसदहरु संचारमाध्यमहरुमा अन्तर्वार्ता दिइरहेका पनि देखिए। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell