PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • कोरोना संक्रमितलाई धारामा आउनबाट रोक्न छोडिएको करेन्ट लागेर एक महिलाको मृत्यु

    कोरोना संक्रमितलाई धारामा आउनबाट रोक्न छोडिएको करेन्ट लागेर एक महिलाको मृत्यु

    कैलाली : डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ मा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। क्वारेन्टाइनबाट घर गएका व्यक्तिहरु धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्यांकीमा बिजुलीको तार हालेको स्थानीले बताएका छन्। सोही तारबाट प्रवाह भएको करेन्ट लागेर आदर्श गाउँपालिका वडा नम्बर ७ नवाघरका मानबहादुर बाघकी २६ बर्षीय श्रीमती तुल्सी थापा बाघको मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा शनिवार १६३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ९४८

    सुदूरपश्चिममा शनिवार १६३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ९४८

    कैलाली : सुदूरपश्चिम प्रदेशमा शनिवार एक सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२, धनगढी प्रयोगशालामा ६९ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण मृत्यु भएका पुरुषकी श्रीमती र छोरासहित ४ जनामा संक्रमण पुष्टि

    कोरोनाका कारण मृत्यु भएका पुरुषकी श्रीमती र छोरासहित ४ जनामा संक्रमण पुष्टि

    कैलाली : कैलालीको गोदावरी नगरपालिका १ मा कोरोना संक्रमणबाट बुधवार मृत्यु भएका ४६ वर्षीय पुरुषको सम्पर्कमा आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मृतककी ४१ वर्षीय श्रीमती र उनका १६ र २१ वर्षीय छोराहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै, सोही ठाउँका ५८ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिकाको स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप एक सय ६८ जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप एक सय ६८ जनामा कोरोना पुष्टि

    कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँच गरी शुक्रवार एक सय ६८ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ६ सय ३५ पुग्यो

    सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ६ सय ३५ पुग्यो

    कैलाली : सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा परीक्षणका क्रममा थप १२ जनामा कोरोना पुष्टि भएको छ भने काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट त्रिनगर भन्सार हुँदै दार्चुला पुगेका एकजनाको मृत्यु, पीसीआर परीक्षणका लागि स्वाब धनगढीमा

    भारतबाट त्रिनगर भन्सार हुँदै दार्चुला पुगेका एकजनाको मृत्यु, पीसीआर परीक्षणका लागि स्वाब धनगढीमा

    कैलाली : गत जेठ २९ गते कैलालीको त्रिनगर भन्सार भएर भारतको बङ्गलोरबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ। दार्चुलाको मार्मा गाउँपालिका ३ लटीनाथका २१ वर्षे युवकको बिहीवार बेलुकी मृत्यु भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताए। उनले युवक मानसिक रुपमा अस्वस्थ रहेका कारण लटीनाथ मावि रस्कोटको क्वारेन्टिनमा एकदिन मात्रै राखेर परिवारको जिम्मामा घर पठाइएको बताए। मृतकको बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा कोरोना संक्रमितको शव नेपाली सेनाले यसरी गर्‍यो व्यवस्थापन, पण्डित पनि सेनाकै

    कैलालीमा कोरोना संक्रमितको शव नेपाली सेनाले यसरी गर्‍यो व्यवस्थापन, पण्डित पनि सेनाकै

    कैलाली : कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलाली गोदावरी नगरपालिकाका ४६ वर्षे पुरुषको शव आज नेपाली सेनाले व्यवस्थापन गरेको छ। तेघरीस्थित श्री भवानी दल गणबाट गएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापनसम्बन्धी पूर्व निर्देशित सुरक्षाका सम्पूर्ण उपायहरूको अवलम्बन गरी मोहना घाटमा हिन्दु परम्परा अनुसार शव व्यवस्थापन गरिएको प्रमुख सेनानी विकास केसीले जानकारी दिए। अन्तिम संस्कारमा गणबाट मुल पण्डितसमेत गई धार्मिक…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थपिए दुई सय ३८ नयाँ संक्रमित, कुल संख्या छ सय १७ पुग्यो

    सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थपिए दुई सय ३८ नयाँ संक्रमित, कुल संख्या छ सय १७ पुग्यो

    कैलाली : सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा दुई सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३, धनगढी प्रयोगशालमा २४ र बाँकेको प्रयोगशालामा एक गरी दुई सय ३८ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी…

    विस्तृतमा पढ्नुस्

  • मृत्युपछि कैलालीकी एक महिलामा कोरोना पुष्टि, कैलालीमै दुई जनाको मृत्यु, कोरोनाका कारण हालसम्म २२ जनाको गयो ज्यान

    मृत्युपछि कैलालीकी एक महिलामा कोरोना पुष्टि, कैलालीमै दुई जनाको मृत्यु, कोरोनाका कारण हालसम्म २२ जनाको गयो ज्यान

    कैलाली : कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। टाउकोको समस्या आएपछि उनलाई ३१ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा मङ्गलवार राती मृत्यु भएको थियो। मृत्युपछि कोरोना परीक्षण गर्दा उनमा आज बिहान सङ्क्रमण पुष्टि भएको लम्की चुहा नगरपालिकाकी स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • बसबाट क्वारेन्टाइनमा मानिस ओसार्ने चालकको कोरोनाका कारण मृत्यु

    बसबाट क्वारेन्टाइनमा मानिस ओसार्ने चालकको कोरोनाका कारण मृत्यु

    कैलाली: शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरीरहेकोका उनको आज साँझ मृत्यु भएको हो। उनको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाइएको थिएन।…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा जिपको ठक्करबाट बोर्डिङ स्कुलका प्रिन्सिपलको मृत्यु, चालक पक्राउ

    कैलालीमा जिपको ठक्करबाट बोर्डिङ स्कुलका प्रिन्सिपलको मृत्यु, चालक पक्राउ

    धनगढी: कैलालीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा बा २० च ५१२८ नम्बरको जिप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा विद्यालयका प्रिन्सिपलसमेत रहेका गम्भीर कोटकेनीको मृत्यु भएको हो। प्रहरीका अनुसार जोशीपुर गाउँपालिका स्थायी ठेगानको मतदाता परिचयपत्र फेला परे पनि उनी गोदावरी ८ मा बस्दै आएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा कोरोना अस्पतालमा कार्यरत एक स्टाफ नर्समा संक्रमण

    कैलालीमा कोरोना अस्पतालमा कार्यरत एक स्टाफ नर्समा संक्रमण

    कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाकी २८ वर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो। सोमवार सुदूरपश्चिममा ६८ जनामा कोरोना पुष्टि भएकोमा २८ वर्षीय स्टाफ नर्समा समेत सङ्क्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ। ‘सङ्क्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिइन्,’ स्रोतले भन्यो, ‘अहिले…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारको बजेट : स्वास्थ्यमा ८३ प्रतिशत वृद्धि, भारतीय बलमिच्याइँविरुद्ध जुध्न ५ करोड (पूर्ण पाठ)

    सुदूरपश्चिम सरकारको बजेट : स्वास्थ्यमा ८३ प्रतिशत वृद्धि, भारतीय बलमिच्याइँविरुद्ध जुध्न ५ करोड (पूर्ण पाठ)

    कैलाली : सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षकोभन्दा झण्डै ५ अर्ब बढी अर्थात ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सोमवार उक्त बजेट प्रदेश सभाको सदनमा प्रस्तुत गरेका हुन्। जसमा १४ अर्ब १८ करोड ७८ लाख अर्थात भण्डै ४२ प्रतिशत चालू र पूँजीगत तर्फ…

    विस्तृतमा पढ्नुस्

  • पैसा नदिए भिडियो बनाएर भाइरल गर्ने धम्की : क्वारेन्टाइनमा महिलामाथि अत्याचार

    पैसा नदिए भिडियो बनाएर भाइरल गर्ने धम्की : क्वारेन्टाइनमा महिलामाथि अत्याचार

    कैलाली : लम्कीचुहा नगरपालिका वडा नम्बर १ को शहीद स्मृति माविको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया युवतीले शनिवार राती तीनजनाको समूहले करणी गरेको आरोप लगाएकी छिन्। उनले प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छिन्। त्यसपछि प्रहरीले तीन जनालाई नै पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन…

    विस्तृतमा पढ्नुस्

  • कैलालीको क्वारेन्टाइन प्रकरण : स्वास्थ्यकर्मी र स्वयम सेवक नै संलग्न, वडा कार्यालय नै बन्द

    कैलालीको क्वारेन्टाइन प्रकरण : स्वास्थ्यकर्मी र स्वयम सेवक नै संलग्न, वडा कार्यालय नै बन्द

    कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ को क्वारेन्टाइनमा भएको सामूहिक बलात्कार प्रकरणलाई लिएर वडा कार्यालयले सेवा बन्द गरेको छ। उक्त विषयलाई लिएर जनप्रतिनिधिहरुलाई गालीगलौज र कार्यालयमा तोडफोड भएको भन्दै वडा कार्यालयले कारवाहीको माग सहित सेवा बन्द गरेको हो। वडाध्यक्ष जनकबहादुर बमले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही नगरेसम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनमा बसेकी महिलामाथि सामुहिक बलात्कार आरोपमा तीन जना पक्राउ

    क्वारेन्टाइनमा बसेकी महिलामाथि सामुहिक बलात्कार आरोपमा तीन जना पक्राउ

    धनगढी : कैलालीमा क्वारेन्टाइनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कारको आरोपमा तीन जना पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भएको आरोप लागेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। पीडित महिलाले क्वारेन्टाइनमा स्वयंसेवकको रुपमा राखिएका तीन जनाले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक…

    विस्तृतमा पढ्नुस्

  • २ सय १२ जनाको कोरोना परीक्षण गर्दा सुदूरपश्चिममा थपिए ९ संक्रमित 

    २ सय १२ जनाको कोरोना परीक्षण गर्दा सुदूरपश्चिममा थपिए ९ संक्रमित 

    धनगढी : सुदूरपश्चिम प्रदेशमा आइतवार थप ९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। पछिल्लो २४ घण्टामा २ सय १२ जनाको कोरोना परीक्षण गर्दा ९ जना संक्रमित थपिएका हुन्। आइतवार डोटीका चार जना, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो। योसँगै…

    विस्तृतमा पढ्नुस्

  • बसबाट क्वारेन्टाइनमा मानिस ओसार्ने चालकमै कोरोना, सास फेर्न कठिन भएपछि भेन्टिलेटरमा

    बसबाट क्वारेन्टाइनमा मानिस ओसार्ने चालकमै कोरोना, सास फेर्न कठिन भएपछि भेन्टिलेटरमा

    कैलाली : धनगढीको नवजीवन अस्पतालको आइसीयुमा उपचार गराइरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ। कैलालीकै गोदावरी नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएको हो। उनी बस चालक तथा बस धनीसमेत रहेको खुलेको छ। उनी सार्वजनिक यातायातका सदस्य समेत हुन्। सास फेर्न कठिन भएपछि उनको उपचारमा भेन्टिलेटर प्रयोग गरिएको छ। कञ्चनपुरको गड्डाचौकी नाकाबाट…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या दुई सय ५५ पुग्यो

    सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या दुई सय ५५ पुग्यो

    कैलाली : सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार आज पुष्टि भएकामध्ये ५५ जना पुरुष र नौ जना महिला रहेका छन्। डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा…

    विस्तृतमा पढ्नुस्

  • उपचार र राहत नपाउँदा जनतालाई कष्ट, जनप्रतिनिधि भने सेवासुविधा बढाउनमै व्यस्त

    उपचार र राहत नपाउँदा जनतालाई कष्ट, जनप्रतिनिधि भने सेवासुविधा बढाउनमै व्यस्त

    कैलाली : सुदूरपश्चिम प्रदेशमा मन्त्री तथा सांसदहरुको सेवासुविधा गुपचुपमा बढाइएको खुलेको छ। गत फागुनमै प्रदेशको मन्त्रिपरिषद्बाट कानुन संसोधन गरी सेवासुविधा बढाइएको खुलेको हो। गत फागुन २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारिश्रमिक बढाएको खुलेको छ। बैठकले ऐन संशोधन गर्दै मुख्यमन्त्री र मन्त्रीहरुले सेवासुविधा वृद्धि गरेका हो। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची १ संशोधन गरी सेवासुविधा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell