PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • सुदूरपश्चिममा थपिए १९ जना कोरोना संक्रमित

    सुदूरपश्चिममा थपिए १९ जना कोरोना संक्रमित

    कैलाली : सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो। सात जना महिला र १२ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए। उनका अनुसार सवैभन्दा वढी कञ्चनपुरको वेतकोट नगरपालिकाका ११ जना रहेका छन्। त्यसमा एक महिलासहित १० पुरुष रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस लिएको अभियोगमा पक्राउ

    गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस लिएको अभियोगमा पक्राउ

    कैलाली : कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी तथा नायब सुब्बा सिद्धराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले घुस लिएको अभियोगमा पक्राउ गरेको छ। नासु जोशीलाई मंगलवार बिहानै स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरिएको आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले बताए। नासु जोशीले सीपमूलक तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ। सो…

    विस्तृतमा पढ्नुस्

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

    कैलाली : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलवार २८० जनामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा कैलालीका ४ जना, कञ्चनपुरका १ र अछामका २ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। संक्रमितमध्ये शुक्ल फाटा नगरपालिका ४ कञ्चनपुरका २२ वर्षीय पुरुष, साँफेबगर ११ अछामका २३…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघ्यो

    कैलालीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघ्यो

    कैलाली : कैलालीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ। सोमवार कैलालीका ११ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या एक हजार नाघेको हो। धनगढीमा गरिएको परीक्षणमा सोमवार थप १० जनामा र शुक्रराज ट्रपिकल अस्पतालमा भएको परीक्षणमा पनि कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कैलालीमा संक्रमितको संख्या एक हजार ७ जना पुगेको छ। आइतवार साँझ प्रदेशको सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • दाउराको थुप्रोमा लुकाएको ६ लाख रुपैयाँ र लागू औषधसहित दुई जना पक्राउ

    दाउराको थुप्रोमा लुकाएको ६ लाख रुपैयाँ र लागू औषधसहित दुई जना पक्राउ

    कैलाली : कैलालीमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्। उनीहरू दुई जनाका साथबाट ६ लाख नगद पनि बरामद भएको छ।  टीकापुर नगरपालिकाबाट पक्राउ परेका वडा नम्बर १ को व्यवसाय क्षेत्रका २८ वर्षीय शंकर भन्ने छत्रबहादुर साउद र टीकापुर नगरपालिका ६ नारायणपुरका ३६ वर्षीय मुकेश रावलबाट शुक्रवार नगद ६ लाखसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • आइएमईको ढोका फोडेर ६ लाख नगद चोरी

    आइएमईको ढोका फोडेर ६ लाख नगद चोरी

    कैलाली : कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा पर्ने अत्तरिया-महेन्द्रनगर रोडमा रहेको आइएमईमा चोरी भएको छ। आज बिहान करिब २ बजेतिर चोरी भएको प्रहरीले जनाएको छ। आइएमई काउन्टरबाट झन्डै ६ लाख बढी नगद चोरी भएको आइएमई सञ्चालकले बताएका छन्। सीसीटीभी फुटेजमार्फत प्रहरीले चोरीमा संलग्न व्यक्तिको बारेमा पत्ता लगाइ सकेको छ। फुटेजमा उनी काउन्टरमा सामान खोलिरहेका देखिन्छन्। आइएमई अत्तरिया शाखाका सञ्चालक तनुज जोशीले…

    विस्तृतमा पढ्नुस्

  • हजुरआमाको हत्या आरोपमा पक्राउ परेका व्यक्ति हत्कडीसहित फरार

    हजुरआमाको हत्या आरोपमा पक्राउ परेका व्यक्ति हत्कडीसहित फरार

    कैलाली : कैलालीमा एक युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधवार राती हत्कडीसहित थुनाबाट भागेका हुन्। इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले उनको खोजीका लागि प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम सरकारले पेलेरै बजेट पारित गरेपछि प्रतिपक्षीको प्रतिक्रिया : अब सडकमा जान्छौँ

    सुदूरपश्चिम सरकारले पेलेरै बजेट पारित गरेपछि प्रतिपक्षीको प्रतिक्रिया : अब सडकमा जान्छौँ

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट प्रतिपक्षी दलको नाराबाजीका बीच पारित गरेको छ। असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहोराले प्रदेश सभामा प्रस्तुत गरेको ३३ अर्ब ३८ करोड १३ लाखको बजेट प्रतिपक्षीको नाराबाजीका बीच बुधवारको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशसभा : एकै दिन तीन वटा बैठक, प्रतिपक्षलाई पेलेरै बजेट पारित गर्ने तयारी

    सुदूरपश्चिम प्रदेशसभा : एकै दिन तीन वटा बैठक, प्रतिपक्षलाई पेलेरै बजेट पारित गर्ने तयारी

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा पर्याप्त छलफल नै नगरी पारित गर्ने तयारी गरेको छ। प्रदेश सभामा प्रतिपक्षी दलहरू– नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै गत १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित भइरहेको छ। तर पछिल्ला ४ वटा…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि, कुल संक्रमित ३७ सय नाघे

    धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि, कुल संक्रमित ३७ सय नाघे

    कैलाली : सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछामका पाँच जना गरी २२ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिरकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका सभामुखले सुनेनन् प्रतिपक्षीको आवाज, मन्त्रीले भटाभट प्रस्ताव पढे, सभामुखले तुरुन्तै पारित भएको घोषणा गरे

    सुदूरपश्चिमका सभामुखले सुनेनन् प्रतिपक्षीको आवाज, मन्त्रीले भटाभट प्रस्ताव पढे, सभामुखले तुरुन्तै पारित भएको घोषणा गरे

    कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने प्रस्ताव पेश गर्ने कार्यक्रम थियो। कार्यतालिका बमोजिम सभामुख अर्जुनबहादुर थापाले उक्त प्रस्ताप पेश गर्न मन्त्री बोहरालाई अनुमति दिइयो। यही बीचमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसको विरोध गर्‍यो। रोस्टम घेराउ गर्दै नाराबाजी गर्‍यो। तर, विपक्षी दलको आवाज न त मन्त्रीले सुने त न…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्केपछि क्वारेन्टाइन, त्यहाँबाट पठाइयो घर, निवासमै पुगेपछि मृत्यु!

    भारतबाट फर्केपछि क्वारेन्टाइन, त्यहाँबाट पठाइयो घर, निवासमै पुगेपछि मृत्यु!

    धनगढी : कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० मा भारतबाट फर्किएर क्वारेन्टाइन अवधि पूरा गरी घर पठाइएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो। उनी जेठ २६ गते भारतबाट फर्किएकी थिइन्। मृतक रक्तचाप र प्यारालाइसिसको बिरामी रहेको बुझिएको छ। मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ। गोदावरी नगरपालिकाले कोरोना परीक्षणका लागि उनको…

    विस्तृतमा पढ्नुस्

  • दुवईबाट आएका युवकमा देखियो कोरोना, घरमै थिए बसेका

    दुवईबाट आएका युवकमा देखियो कोरोना, घरमै थिए बसेका

    कैलालीमा : धनगढीमा दुबईबाट आएका एक युवकमा कोरोना पुष्टि भएको छ। होम क्वारेन्टाइनमा बसेका युवकमा कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ। उनी (असार ७) २१ जुनमा दुबईबाट फर्किएका हुन्। धनगढीमा भएको परीक्षणमा ती युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार…

    विस्तृतमा पढ्नुस्

  • बझाङ पहिरो : चार जनाको शव निकालियो, तीन जना अझै वेपत्ता

    बझाङ पहिरो : चार जनाको शव निकालियो, तीन जना अझै वेपत्ता

    कैलाली : बझाङमा पहरोमा पुरिएका ४ जनको शव फेला परेको छ। जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका चार जनाको शव निकालिएको हो। बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयले पहिरोमा पुरिएका चार जनाको शव निकालेको जनाएका छन्।   वडा ८ का वडा अध्यक्ष गणेशबहादुर बोहराले ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षे छोरा प्रयाग जेठारा, ८० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • रातभरको वर्षापछि बझाङमा पहिरो : १७ घर बगायो, ७ जना बेपत्ता भएको अनुमान

    रातभरको वर्षापछि बझाङमा पहिरो : १७ घर बगायो, ७ जना बेपत्ता भएको अनुमान

    कैलाली : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा पहिरा जाँदा एउटा बस्ती नै बगाएको छ। वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराती केदारस्युँ गाउँपालिका-८ को मल्लेसीका १७ घर बगाएको स्थानीयले बताएका छन्। यसैबीच, केदारस्युँ गाउँपालिका वडा नम्बर ८ र ९ मा गण्डकी गाडले ठूलो क्षति गरेको छ। पहिरोमा सात जना बेपत्ता भएको स्थानीयले बताए पनि प्रहरीले भने त्यो पुष्टि गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना पुष्टि भएपछि बझाङमा १८ वर्षीय युवकले गरे आत्महत्या

    कोरोना पुष्टि भएपछि बझाङमा १८ वर्षीय युवकले गरे आत्महत्या

    कैलाली : सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ मा रहेको लामागाडा प्रावि क्वारेन्टानमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन्। खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षीयका युवकले आत्महत्या गरेका हुन्। जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए। त्यहाँ रहेका २५ जनामध्ये कोरोना जाँच…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार पाँचौँ पटक अवरुद्ध, १८ दिन बित्दा पनि शुरु भएन बजेटमाथिको छलफल

    सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार पाँचौँ पटक अवरुद्ध, १८ दिन बित्दा पनि शुरु भएन बजेटमाथिको छलफल

    कैलाली : कानुनी व्यवस्था अनुसार नै गत असार एक गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेको थियो। बजेट सदनमा प्रस्तुत भएपछि त्यसमाथि छलफल चलाइन्छ। तर, सुदूरपश्चिम प्रदेशमा भने बजेट ल्याएको १८ दिन बिति सक्दासम्म पनि बजेटमाथि छलफल शुरु नै हुन सकेको छैन। प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले लगातार सदन अवरुद्ध गरेपछि बजेटमाथिको छलफल…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा चन्दा संकलन गरी पीसीआर मेसिन जडान,  कोरोना परीक्षण प्रयोगशाला चाँडै सञ्चालनमा आउने

    डडेल्धुरामा चन्दा संकलन गरी पीसीआर मेसिन जडान,  कोरोना परीक्षण प्रयोगशाला चाँडै सञ्चालनमा आउने

    कैलाली : सुदूरपश्चिमको डडेल्धुरामा चन्दा संकलनबाट पीसीआर मेसिन खरिद गरी जडान गरिएको छ। नागरिकस्तरबाट चन्दा संकलन गरी बुधवार जडान सम्पन्न भएको पीसीआर मेसिनमा अहिले मेसिनको भ्यालिडेसनको काम चलिरहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाहीले बताए। उनी अहिले उक्त मेसिन जडानका लागि डडेल्धुरामै छन्। ‘मेसिनको भ्यालिडेसनको काम चलिरहेको छ,’ उनले भने, ‘धनगढी प्रयोगशालामा परीक्षण भएका नमुनाहरुको पुनः परीक्षणपश्चात मेसिन…

    विस्तृतमा पढ्नुस्

  • मृत्युपछि कोरोना पुष्टि : अछाममा आइतवार मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ

    मृत्युपछि कोरोना पुष्टि : अछाममा आइतवार मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ

    कैलाली : अछाममा आइतवार मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ। अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको बताइन्। उनीसँगै रामारोशन गाउँपालिकामा मंगलवार २७ जनामा कोरोना पुष्टि भएको उनको भनाइ छ। भारतबाट गौरिफन्टा नाका हुँदै जेठ २७ गते उनी अछाम पुगेका थिए। क्वारेन्टाइनमा बसेर होम आइसोलेसनका लागि घर गएका रामारोशन-५ का ४५ वर्षीय पुरुषको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप दुई प्रहरीमा कोरोना पुष्टि, संक्रमित प्रहरीको संख्या सात पुग्यो

    सुदूरपश्चिममा थप दुई प्रहरीमा कोरोना पुष्टि, संक्रमित प्रहरीको संख्या सात पुग्यो

    कैलाली : सुदूरपश्चिम प्रदेशमा नागरिकको सात प्रहरीमा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक बाजुराका थप दुई जना प्रहरी जवानमा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तम राज सुबेदीले जानकारी दिए। सङ्क्रमण पुष्टि भएका प्रहरी क्वारेन्टिनमा खटिएका थिए। उनका अनुसार दुवै प्रहरी जवानको बाजुराकै आइसोलेसनमा राखेर उपचार भइरहेको छ। यसअघि कञ्चनपुरका तीन, बाजुरा र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell