कैलालीः कैलालीमा भन्सार छलीका कपडासँगै एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लम्किचुहा नगरपालिका १ स्थित टीकापुर–लम्की सडक खण्डबाट बिहीबार अवैध रूपमा भन्सार छली गरेर ल्याइएको ६ लाख ११ हजार ६ सय ६० मूल्य बराबरको कपडा बरामद गरिएको हो। कपडासँगै यूपी ३१ टी ३१०२ नम्बरको बोलेरो जिप पनि नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ। सामानसँगै भारतको खिरी तिकुनीयाका ३५ वर्षीय जाबेर…
कैलाली : प्रहरीले कैलालीमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा दार्चुलाको मार्मा गाउँपालिका–१ घर भई हाल गोदावरी नगरपालिका-२ बस्ने ३२ वर्षका जसमल सिंह ठगुन्ना, मार्मा-१ का २७ वर्षीय जीवन सिंह ठगुन्ना, सोही ठाउँका २५ वर्षीया उकिल सिंह ठगुन्ना र अपीहिमाल गाउँपालिका-४ का २४ वर्षीय हिक्मत…
कैलाली : कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका-२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरूलाई बुधवार बिहान जंगली हात्तीले आक्रमण गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार वैद्दले जानकारी दिए। हात्तीको आक्रमणमा परी महाकाली नगरपालिका-२ चाँदनीकी ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहराको मृत्यु भएको छ। जंगली हात्तीको बथानको आक्रमणमा परी दुवै…
कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानीको विषयलाई सकेसम्म राजनीतिक र कूटनीतिक तवरबाट समाधान गर्नुपर्ने बताएका छन्। सुदूरपश्चिममा आयोजना हुने वित्तीय सम्मेलनको उद्घाटनका लागि धनगढी आइपुगेका प्रचण्डले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। 'मैले अन्य कुनै दृष्टिकोणले यस्तो भनेको होइन, यो मुद्दा अन्तरार्ष्ट्रियकरण भयो भने झन् समस्या हुन सक्छ भनेर भनेको हुँ,’प्रचण्डले भने, ‘सकेसम्म यो…
कैलाली : राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सरकारले राष्ट्रियता र सीमाको सौदाबाजी गरेर सत्ताको लालचमा बस्न नहुने बताएका छन्। राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको कालापानी अभियान सञ्चालनको समापन समारोहलाई सम्बोधन गरेर फर्किएपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'इतिहासमै दुई तिहाइको शक्तिशाली सरकार छ अहिले। भारतले नेपालको मात्रै होइन अन्य छिमेकी राष्ट्रहरूको भूमि समेत वर्षौँ देखि मिच्दै आएको छ। त्यसकारण…
कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर २० गते धनगढीमा एक दिवसीय वित्तीय सम्मेलनको आयोजना गर्ने भएको छ। सरकारले प्रदेशको न्यून वित्तीय साक्षरतालाई मध्यनजर राखेर सम्मेलन आयोजना गर्न लागेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए। मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएको हो। वित्तीय पहुँचको सुनिश्चितता, स-साना बचत परिचालन गरी बचत निर्माण गर्ने, सम्भाव्य परियोजनामा कर्जा लगानी गर्न…
कैलाली : सुदूरपश्चिममा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का उम्मेद्वारले ५ र नेपाली कांग्रेसका उम्मेद्वारले २ स्थानमा जित हासिल गरेका छन्। कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडीको पुर्चौडी नगरपालिका-४ मा ने क पाले जितेको हो। बैतडीको दोगडाकेदार-४ र सुर्नया गाउँपालिका-१ मा भने कांग्रेसका उम्मेद्वारले जितेका साबिकको क्षेत्रीय निर्वाचन कार्यालय तथा हालको…
कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका-३ मा ने क पाका कृष्ण बहादुर तामाङ विजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्। त्यस्तै प्रजातन्त्र पार्टी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। यहाँ ४ मत भने बदर भएको छ। आज…
धनगढी : कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्। प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। त्यहा ४ मत भने बदर भएको छ। आज भएको मतदानमा…
कैलाली : सुदूरपश्चिम प्रदेशमा ७० प्रतिशत मतदाताले मतदान गरेका छन्। प्रदेशका ५ जिल्लामा सात वडाध्यक्ष पदका लागी उपनिर्वाचन सम्पन्न भएको हो। उपनिर्वाचनका लागि आज १५ मतदान केन्द्र तोकिएका थिए। प्रदेशभर १० हजार ९ सय ३७ मतदातामध्ये ७० प्रतिशतले मतदान गरेको साबिकको क्षेत्रीय निर्वाचन कार्यालय तथा हाल जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। डोटी, कञ्चनपुर, अछाम र बाजुरामा मतगणनाको तयारी…
कैलाली : कैलालीको धनगढीबाट एक जना इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढीस्थित शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका इन्जिनियर त्रिलोक जोशीलाई २ लाख ५० हजार घुससहित कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो। जोशीलाई अख्तियार महेन्द्रनगरको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए। जोशीले टेबुलमुनि लुकाएको…
कैलाली : कञ्चनपुरमा एक युवकको हत्या भएको छ। महाकाली नगरपालिका-३ का २२ वर्षीय दीपक पन्तको बिहीवार हत्या भएको हो। बिहीवार बिहान ११ बजे बुबा बिसन पन्तसँगै मोटरसाइकलमा महेन्द्रनगर आइरहेको समयमा पन्तलाई युवाहरूको ग्याङले कुटपिट गरी हत्या गरेका हुन्। महेन्द्रनगर-मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका-१८ गोबरैयामा ४ जनाको समूहमा रहेका युवालाई उनले ओभरटेक गरेका थिए। मोटरसाइकल र स्कुटरमा सवार ४ जनालाई ओभरटेक गर्ने…
कैलाली : कैलालीको धनगढीबाट ३ ग्राम ७ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी–५ जाईका २८ वर्षीय इन्द्रजित धामी, वडा नम्बर ८ की १८ वर्षीय एलिसा तामाङ र बाजुरा घर भई हाल धनगढी १ बस्दै आएका १९ वर्षीया मोनिका बुढा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।…
कैलाली : गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रले उपनिर्वाचन बहिष्कार गर्ने भएको छ। सरकारलाई असोज ३ गते बुझाएको ज्ञापनसहितका १८ बुँदे माग पूरा नभएको भन्दै उसले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा किराँती नेतृत्वको माओवादी केन्द्रले सरकारसमक्ष राखेका माग पूरा नभएको भन्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष रंगनाथ ढकालले बताए। ‘पार्टीले असोज ३ गते…
कैलाली: वर्षाका कारण रोकिएको धनगढी विमानस्थल स्तरोन्नतिको काम फेरि शुरु भएको छ। गत जेठ २९ गते विमानस्थलमा पहिलो चरणको स्तरोन्नतिको काम सकिएको थियो। जेठमा एक महिनामा धावन मार्ग स्तरोन्नति गर्ने भनेर उडान नै ठप्प पारेर थालिएको काम सात दिन लम्बिन पुगेको थियो। त्यसकै निरन्तरताका लागि वर्षामा रोकिएको काम फेरि सुरु भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले जानकारी दिए। …
कैलाली: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सीमा विवादका विषयमा केही पहल गर्न नसको बताएका छन्। आज धनगढीमा आयोजित नेपाल महिला संघको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्। सीमा विवादका विषयमा समस्या सुल्झाउनुको सट्टा सरकार भारतीय लम्पसारवादतर्फ लागेको देउवाको आरोप छ। 'लिपुलेक त्रिदेशीय विन्दु हो,' देउवाले भने, 'त्यसको उत्तरमा चीन, पश्चिमा भारत र दक्षिणतर्फको भूमि…
कैलाली : धनगढी भएको लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको च्याम्पियन आयोजक लिटल फ्लावर स्कुल धनगढी बनेको छ। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा कात्तिक १६ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेलमा मंगलवार काठमाडौंको हिमालयन ह्वाईट हाउस वर्ल्ड स्कुल आयोजकसँग ९ विकेटले पराजित भयो। उपाधिसँगै आयोजक लिटल फ्लावरले नगद २ लाखसहित ट्रफी र प्रमाणपत्र हात पारेको…
कैलाली : स्वास्थ्य अवस्था बिग्रदै गएपछि अनसनरत डा गोविन्द केसीलाई लिन काठमाडौंबाट बोलाइएको हेलिकप्टर केसीलाई नलिइ फर्किएको छ। केसीले आफ्नो स्वास्थ्य अवस्था ठिकै रहेको भन्दै नजाने अडान राखेपछि हेलिकप्टर उनीबिना नै फर्किएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। ‘आज बिहान गृह मन्त्रालयसँग हेलिकप्टर पठाइदिन भनेका थियौँ’, पौडेलले भने, ‘नेपाली सेनाको हेलिकप्टर उहाँलाई लिन भनेर डडेल्धुरा पुगे पनि उहाँको…
कैलाली: डडेल्धुरामा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताए छन्। डडेल्धुरामा एउटा घरको कोठामा सोमबारदेखि अनसन सुरु गरेका डा. केसीलाई गत शुक्रवारबाट स्वास्थ्यकै कारण डडेल्धुरा अस्पतालमा सारिएको थियो। अस्पतालमा समेत सघन उपचार कक्ष अभावले उनको स्वास्थ्य अवस्था हेर्दा अन्यत्र रेफर गर्नु पर्ने अवस्था आएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले…
कैलालीः कीर्ते र ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्। रावलले नैतिकताको आधारमा राज्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। राज्यमन्त्री रावलले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्। 'क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिँदा प्रहरीको अनुसन्धानमा म उपर कही कतै आरोप नहुँदा नहुँदै पनि…