PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • खप्तड गोल्डकप : नव जनजागृतीलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

    खप्तड गोल्डकप : नव जनजागृतीलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

    कैलाली : थ्री स्टार क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बुधवार भएको दोस्रो क्वाटरफाइनलमा जित हात पार्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो।  पहिलो चरणमा बाई पाएर सोझै क्वाटरफाइनल पुगेको थ्री स्टारले सिमराको नव जनजागृती क्लबलाई २-० ले हरायो। ललितपुको क्लब थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक/एक गोल गरे। पहिलो हाफ…

    विस्तृतमा पढ्नुस्

  • सुदुरपश्चिम खप्तड गोल्डकप : भारतीय टिमलाई हराउँदै आयोजक सुप ११ सेमिफाइनलमा

    सुदुरपश्चिम खप्तड गोल्डकप : भारतीय टिमलाई हराउँदै आयोजक सुप ११ सेमिफाइनलमा

    कैलाली : आयोजक सुदूरपश्चिम ११ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ। पहिलो चरणमा वाई पाएर क्वाटरफाइनल पुगेको सुदुरपश्चिम–११ भारतको कञ्चनजंघा फुटबल क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारमा पुगेको हो। सुदुरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले दुई गोल गरे भने फिलिप तामाङ र…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा : गोर्खा ब्वाइज पनि अन्तिम आठमा

    खप्तड गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा : गोर्खा ब्वाइज पनि अन्तिम आठमा

    कैलाली : सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ। धनगढी रंगशालामा सोमवार भएको खेलसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो। गोल्डकपको चौँथो दिन सोमवार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देही आफ्नै जिल्लाको सुनौलो संगम युवा क्लबलाई टाइब्रेकरमा हराउँदै अन्तिम आठमा पुगेको छ। सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको गोल्डकप अन्तर्गत सोमवार भएको खेलमा गोर्खा ब्वाइजले सुनौलो संगमलाई टाईब्रेकरमा ५-३ ले हरायो। निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकप : विवेकको ह्याट्रिकमा नव जनजागृति क्वाटर फाइनल प्रवेश

    खप्तड गोल्डकप : विवेकको ह्याट्रिकमा नव जनजागृति क्वाटर फाइनल प्रवेश

    कैलाली : नव जनजागृति युवा क्लब सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आइतवार भएको खेलमा फराकिलो जित हात पार्दै मोफसलको क्लब अन्तिम आठमा पुगेको हो। सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको गोल्डकपको तेस्रो दिन भएको खेलमा नव जनजागृति युवा क्लबले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४-० को फराकिलो गोल अन्तरले हरायो। नव जन जागृतिको जितमा विवेक…

    विस्तृतमा पढ्नुस्

  • एपिएफ चौँथो खप्तड गोल्डकपको क्वाटरफाइनलमा

    एपिएफ चौँथो खप्तड गोल्डकपको क्वाटरफाइनलमा

    कैलाली : सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौँथो संस्करण अन्तर्गत शनिवार भएको खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। ‘ए’ डिभिजन टिम न्यू रोड टिम (एनआरटी)लाई २-१ गोलले स्तब्ध पार्दै एपिएफ क्वाटरफाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको गोल्डकपको दोस्रो दिनको खेलमा एपिएफलाई जित दिलाउन रमेश दंगाल र बिकु तामाङले एक एक गोल गरे। एनआरटीको लागि दर्शन गुरुङले…

    विस्तृतमा पढ्नुस्

  • गोकुल बाँस्कोटा प्रकरणमा कांग्रेस पनि सहयोगी भूमिकामा : अध्यक्ष थापा

    गोकुल बाँस्कोटा प्रकरणमा कांग्रेस पनि सहयोगी भूमिकामा : अध्यक्ष थापा

    कैलाली : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारका गतिविधिले अहिलेको व्यवस्थानै भ्रष्टीकरणमा पर्न लागेको बताएका छन्। शनिवार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘२०६२/०६३ सालपछिको आमूल परिवर्तनको संवाहक तत्कालिन माओवादीले आफ्नै लडाकुका लागि प्राप्त गरेको राज्य कोषको रकमबाट शुरु भएको घोटाला अहिले आएर सबैका लागि मुख्य चुनौतीको विषय बनेको छ’, उनले भने, ‘जनताले झण्डै दुई…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकपमा भारतको कञ्चनजङ्घा फुटबल क्लबको विजयी सुरुवात

    खप्तड गोल्डकपमा भारतको कञ्चनजङ्घा फुटबल क्लबको विजयी सुरुवात

    कैलाली : कैलालीको धनगढीमा खप्तड गोल्डकपको चौँथो संस्करण शुरु भएको छ। सुदूरपश्चिम ११ स्पोर्टस क्लबको आयोजनामा सुदूरपश्चिमको एक मात्रै गोल्डकप धनगढी रंगशालामा शुरु भएको हो। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब विजयी भएको छ। धनगढी रंगशालामा भएको खेलमा वाग्मती युवा क्लब सिराहालाई टाई ब्रेकरमा ४–२ ले हराउँदै कञ्चनजङ्घा क्वाटर फाइनल प्रवेश गरेको हो। निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य अवस्था गम्भीर बनेपछि लक्ष्मण थारूले तोडे आठौँ दिनमा अनशन

    स्वास्थ्य अवस्था गम्भीर बनेपछि लक्ष्मण थारूले तोडे आठौँ दिनमा अनशन

    धनगढी : थरुहट/थारुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूले अनशन तोडेका छन्। संविधान संशोधनलगायतका माग राखेर फागुन १ गतेदेखि आमरण अनशनमा रहेका थारुवान राष्ट्रिय मोर्चाका संयोजक थारूले आठौँ दिनमा अनशन तोडेका हुन्। उनी रेशम चौधरीलगायतलाई रिहाइ, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन लगायतका १४ बुँदे माग राखेर अनशन बसेका थिए। उनले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको हातबाट जुस पिएर अनशन तोडेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • थरुहट/थारुवान राष्ट्रिय मोर्चाको अनशनमा सिके राउतको ऐक्यवद्धता

    थरुहट/थारुवान राष्ट्रिय मोर्चाको अनशनमा सिके राउतको ऐक्यवद्धता

    कैलाली : थरुहट/थारुवान राष्ट्रिय मोर्चाको आमरण अनशनमा जनमत पार्टीले ऐक्यवद्धता जनाएको छ। गत ५ दिनदेखि १४ बुँदे माग अघि सारेर धनगढीमा आमरण अनशन थालेको मोर्चालाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले ऐक्यवद्धता जनाएका हुन्। सोमवार धनगढीको क्याम्पसचोकस्थित अनशनस्थलमै पुगेर राउतले ऐक्यवद्धता जनाएका छन्। मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु गत १ गतेदेखि टीकापुर घटनाका दोषीहरुलाई रिहाइ लगायतका १४ वटा माग राखेर आमरण अनशनमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभामा कवितामार्फत सरकारप्रति सांसदको व्यंग्य : सफलतै सफलता प्राप्त गर्‍यो, सुदूरलाई समृद्ध गरायो

    प्रदेश सभामा कवितामार्फत सरकारप्रति सांसदको व्यंग्य : सफलतै सफलता प्राप्त गर्‍यो, सुदूरलाई समृद्ध गरायो

    कैलाली : आइतवार सुदूरपश्चिम प्रदेश सभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। त्यस क्रममा ७ जना सांसदहरुले आफ्नो धारण राखे। धारणा राख्ने क्रममा सत्ता र २ प्रतिपक्षी गरी तीन वटै दलका सांसदहरुले सरकारको कार्यशैलीलगायतका अन्य विषयमा असन्तुष्टी पोखे। सोही क्रममा राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद कृष्ण बहादुर चौधरीले फरक तरिकाले सरकारलाई व्यंग्य गरे। उनले आफ्नो धारणा राख्नुपूर्व…

    विस्तृतमा पढ्नुस्

  • ब्राउन सुगरसहित दुई जना पक्राउ

    ब्राउन सुगरसहित दुई जना पक्राउ

    कैलाली : कैलाली प्रहरीले लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित दुई जनालाई पक्राउ गरेको छ। टीकापुर नगरपालिका वडा नम्बर ९ को खक्रौला सडक खण्डमा भारतबाट आइरहेको सु.प.प्र.०१–००७ प ९२९१ नम्बरको मोटरसाइकलमा लागुऔषध ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाका…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट फर्केका कैलालीका युवकमा कोरोनाको संक्रमण नभएको पुष्टि

    चीनबाट फर्केका कैलालीका युवकमा कोरोनाको संक्रमण नभएको पुष्टि

    कैलाली : चीनबाट धनगढी फर्केर सेती अस्पतालमा भर्ना भएका युवकमा कोरोनाको संक्रमण नेगेटिभ देखिएको छ। चीनमा अध्ययन गरेर फर्किएको ९ दिनपछि कोरोना भएको आशंकामा अस्पताल भर्ना भएका उनमा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। कोरोनाको आशंका गर्दै निगरानीमा राखेर उनको खकार र रगतको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको आशंकामा अस्पताल भर्ना भएका युवकको रगत र खकार काठमाडौं पठाइयो

    कोरोनाको आशंकामा अस्पताल भर्ना भएका युवकको रगत र खकार काठमाडौं पठाइयो

    कैलाली : नोवेल कोरोना भाइरसको आशंकामा धनगढीको सेती प्रादेशिक अस्पताल भर्ना भएका युवकको रगत र खकारको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ। हिजो अस्पताल भर्ना भएका उनको रगत र खकारको नमुना आज परीक्षणका लागि काठमाडौं पठाइएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। चिकित्सा शिक्षा अध्ययनका लागि चीनमा रहेका युवक कैलाली फर्केको २ हप्ता नबित्दै कोरोना भएको आशंकामा सेती अस्पताल भर्ना भएका…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना, कोरोना भएको हुन सक्ने आशंका

    चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना, कोरोना भएको हुन सक्ने आशंका

    कैलाली : चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना भएका छन्। उनी चीनबाट फर्किएको ९ दिन मात्रै भएको छ। स्वास्थ्यमा समस्या आएपछि उनी चेकअपको लागी शुरुमा अत्तरियामा रहेको पद्मा अस्पताल गएका थिए। उनको स्वास्थ्य रिपोर्ट हेर्दा कोरोना हुन सक्ने आशंका गरिएको छ। अहिले उनी थप उपचारको लागी धनगढी पुगेका छन्। धनगढीको सेती अञ्चल अस्पतालमा उनको नमुना रगत लिइएको भएपनी रगत…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रहरी हौँ’ भन्दै ठगी गर्ने मुख्यमन्त्रीका ड्राइभरसहितको गिरोह प्रहरीको फन्दामा

    ‘प्रहरी हौँ’ भन्दै ठगी गर्ने मुख्यमन्त्रीका ड्राइभरसहितको गिरोह प्रहरीको फन्दामा

    कैलाली : शंकास्पद रूपमा मोटरसाइकल किनबेचको बार्गेनिङ गरिरहँदा तीन जनालाई सोधपुछका लागि कैलाली प्रहरीले नियन्त्रणमा लियो। नियन्त्रणको कारण त्यति मात्रै थिएन, उनीहरूका गतिविधि निगरानी गरिरहेको प्रहरीले केही ‘क्लू’हरु भने त्यस अगाडी पनि फेला पारिसकेको थियो। १ महिना अघिबाटै शंकास्पद कामहरू गरिरहेका तीन जनाको निगरानी बढाएको प्रहरीले गत आइतवार धनगढी उपमहानगरपालिका ३ मिलनचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरू मिलनचोकमा मोटरसाइकल बेच्नका…

    विस्तृतमा पढ्नुस्

  • साढे ४ किलो चरेससहित गौरीफन्टा नाकाबाट २ जना पक्राउ

    साढे ४ किलो चरेससहित गौरीफन्टा नाकाबाट २ जना पक्राउ

    कैलाली : कैलालीको धनगढीस्थित गौरीफन्टा नाकाबाट लागू औषध चरेससहित २ जना पक्राउ परेका छन्। सोमवार बिहान साढे सात बजेतिर कपिलवस्तुको शिवराज नगरपालिका–९ घर बताउने २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सीमा राना मगरलाई प्रहरीले पक्राउ गरेको हो। ‘साढे चार किलो लागू औषध चरेस बोकेर भारत प्रवेश गर्ने क्रममै नाकाबाट २ जना पक्राउ परेका हुन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • वडा अध्यक्ष मृत अवस्थामा फेला

    वडा अध्यक्ष मृत अवस्थामा फेला

    धनगढी : अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मृत फेला परेका छन्। वडा अध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। मंगलवार बिहान सोही वडाको गैरीगाउँ भन्ने ठाउँमा मृत अबस्थामा भेटिएको खबर आएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दीपक भारतीले जानकारी दिए। ‘हामीले मृत अवस्थामा फेला पारेका हौं। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी भारतीले भने। मृत्युको कारण…

    विस्तृतमा पढ्नुस्

  • युवक मृत्यु प्रकरण : कैलालीको लम्की फेरी तनावग्रस्त

    युवक मृत्यु प्रकरण : कैलालीको लम्की फेरी तनावग्रस्त

    कैलाली : कैलालीको लम्की क्षेत्र फेरी तनावग्रस्त बनेको छ। गत शुक्रवार राति कैलालीको लम्किचुहा नगरपालिका ६ मा मोटरसाइकल दुर्घटनामा परी लम्कीकै एक युवक मायाराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको भने पनि मृतक युवकका आफन्त र स्थानीयहरूले राजमार्ग अवरुद्ध पारेको र प्रहरीले बल प्रयोग गरी राजमार्ग पुनः सञ्चालन गर्न खोज्दा लम्की तनावग्रस्त बनेको हो। जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • ‘खप्तड गोल्ड कप’को चौथो संस्करण आगामी फागुन ९ गतेदेखि धनगढीमा

    ‘खप्तड गोल्ड कप’को चौथो संस्करण आगामी फागुन ९ गतेदेखि धनगढीमा

    कैलाली : ‘खप्तड गोल्ड कप’को चौथो संस्करण आगामी फागुन ९ गतेदेखि धनगढीमा सञ्चालन हुने भएको छ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका महासचिव प्रकाश शाहीले फागुन ९ गतेदेखि धनगढीमा प्रतियोगिता आयोजना गरिने बताए। यो संस्करणको विजेताले २१ लाख तथा उपविजेताले १० लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने…

    विस्तृतमा पढ्नुस्

  • थारु नेताको आरोप : खड्गप्रसाद ओली राष्ट्रघाती प्रधानमन्त्री

    थारु नेताको आरोप : खड्गप्रसाद ओली राष्ट्रघाती प्रधानमन्त्री

    कैलाली : विभिन्न १४ बुँदे मागसहित थरुहट/थारुवान् राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत शनिवार धनगढीमा पूर्वघोषित मिति अनुसार पहिचान पक्षधरहरूलाई डाकेर मोर्चाले अन्तर्क्रिया गरेको छ। उक्त अन्तर्क्रियाका लागि धनगढी आइपुगेका थारु नेता तथा थरुहट/थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रघाती प्रधानमन्त्रीको संज्ञा दिए। ‘खड्गप्रसाद ओली निरंकुशतावादी, असाध्यै जातिवादी, राष्ट्रघाती प्रधानमन्त्री भएकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell