PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • कैलालीमा कडा पारिँदै लकडाउन : खाद्यान्न पसल ३ घण्टा मात्रै खुल्ने, ‘होम डेलिभरी’ गर्न व्यवसायीहरु सहमत

    कैलालीमा कडा पारिँदै लकडाउन : खाद्यान्न पसल ३ घण्टा मात्रै खुल्ने, ‘होम डेलिभरी’ गर्न व्यवसायीहरु सहमत

    कैलाली : लकडाउनको उल्लंघन बढेको भन्दै कैलालीमा लकडाउन थप कडा पार्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सवारी साधनका पासहरु पनि आजबाट पूर्ण रुपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आज एक सूचना जारी गर्दै सवारी पासहरु गृह मन्त्रालयबाटै बन्द भइसकेकाले पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जनाएको छ। ‘कैलालीमा लक डाउन उल्लंघन गर्नेहरुको संख्या बढेकाले प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु

    धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण शुरु

    कैलाली : धनगढीमा कोरोना परीक्षण कार्य सुरु भएको छ। धनगढीको सेती प्रादेशिक (कोरोना विशेष) अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाबाट आजैदेखि परीक्षण शुरु भएको हो। प्रयोगशालामा कोरोनाका शङ्कास्पद व्यक्तिहरूको थ्रोट स्वावको नमुना परीक्षण गर्न थालिएको प्रादेशिक अस्पतालले जनाएको छ। सङ्घीय सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना परीक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलिकोप्टर मार्फत मङ्गलवार धनगढी ल्याइएको थियो। बुधवार बिहानैदेखि स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा कोरोना संक्रमण पुष्टि भएका युवाका परिवारको लिइयो स्वाब नमुना

    धनगढीमा कोरोना संक्रमण पुष्टि भएका युवाका परिवारको लिइयो स्वाब नमुना

    कैलाली : धनगढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर उपचाररत युवाका परिवारका सदस्यको स्वाब संकलन गरिएको छ। सेती प्रादेशिक अस्पतालले बुधवार एक विज्ञप्ति जारी गर्दै परीक्षणका लागि संक्रमित युवाका परिवारका ८ सदस्य र उनको सम्पर्कमा रहेका अन्य २ जनासहित १३ जनाको नमुना संकलन गरिएको जनाएको छ। नमुना संकलनपछि उनीहरूलाई घरमै क्वारेन्टाइनमा बस्न भनेर पठाइएको छ। दुई जना स्वास्थ्यकर्मी र एक जना…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित धनगढीका युवाको स्वास्थ्यबारे चिकित्सकले लिए जानकारी, ‘उनको उपचारमा कुनै कमजोरी भएको छैन’

    कोरोना संक्रमित धनगढीका युवाको स्वास्थ्यबारे चिकित्सकले लिए जानकारी, ‘उनको उपचारमा कुनै कमजोरी भएको छैन’

    कैलाली : कोरोना भाइरस संक्रमण पुष्टि भएका धनगढीका युवाको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले जानकारी लिएका छन्। सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय, डाक्टर शेरबहादुर कमर, निराजनदत्त शर्मा पौडेल, जगदिश जोशी लगायतले उनको स्वास्थ्य अवस्था बारे बुझेको अस्पतालले जानकारी दिएको छ। ती युवाले शुक्रवार कोरोनाको पुष्टि भएयता आफूलाई अलग्गै राखिएको र कसैले पनि आफ्नो स्वास्थ्य अवस्था बारे चासो नदिएको गुनासो गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथामका लागि सुदूरपश्चिम प्रदेशको ४० करोड, आयस्रोत गुमेकालाई राहत प्याकेज ल्याइने

    कोरोना रोकथामका लागि सुदूरपश्चिम प्रदेशको ४० करोड, आयस्रोत गुमेकालाई राहत प्याकेज ल्याइने

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा ब्यवस्थापन कोष स्थापना गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उक्त कोषमा प्रदेश सरकारले ४० करोड जम्मा गर्ने निर्णय भएको बताए। उक्त कोषमा निजी क्षेत्रलाई पनि सहयोगका लागि आह्वान गर्ने शाहले…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा कोरोना संक्रमित युवाद्वारा उपचारमा चिकित्सकले बेवास्ता गरेको आरोप, ‘हिजोदेखि न त पानी दिए, न त कोही सोध्न नै आए’

    धनगढीमा कोरोना संक्रमित युवाद्वारा उपचारमा चिकित्सकले बेवास्ता गरेको आरोप, ‘हिजोदेखि न त पानी दिए, न त कोही सोध्न नै आए’

    धनगढी : कोरोना भाइरसको संक्रमित धनगढीका एक युवा हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत् छन्। तर, कोरोना संक्रमण भएको पुष्टि भएसँगै चिकित्सकहरुले आफ्नो स्वस्थ्य उपचारमा बेवास्ता गरेको उनले गुनासो गरेका छन्। दुबईबाट नयाँदिल्लीहुँदै काठमाडौआएका उनी धनगढी पुगेपछि कोरोना भाइरसको लक्षण देखिएको थियो। स्वास्थ्य मन्त्रालयले शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । उनको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकहरुले उपचारमा बेवास्ता गरेका उनले आरोप लगाएका छन्। पहिलोपोस्टसँग…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी धामी, भारतबाट फर्केकाले गरे आक्रमण

    क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी धामी, भारतबाट फर्केकाले गरे आक्रमण

    कैलाली : बैतडीमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटका स्थानीयले स्वास्थ्यकर्मीमाथि आक्रमण गरी घाइते बनाएका छन्।  बुधवार भारतको ब्याङ्लोरबाट आएका सात जनालाई पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटको भूमिराज मावि काटै गहताडको क्वारेन्टाइनमा राखिएको थियो। उक्त क्वारेन्टाइनमा राखिएका सात जनामध्ये भारतबाट फर्केका सुनील जागरीका बुवा नरेन्द्र जागरीलगायतले क्वारेन्टाइनमै पुगेर स्वास्थ्यकर्मी करनसिंह धामीलाई घाइते बनाएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन प्रभाव : कोरोनाको आशंका गरिएका बिरामीको नमुना धनगढीमै थन्कियो

    लकडाउन प्रभाव : कोरोनाको आशंका गरिएका बिरामीको नमुना धनगढीमै थन्कियो

    कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोनाको आशंकामा ८ जना बिरामीहरू उपचाररत छन्। उनीहरूमध्ये सात जना मंगलवार अस्पताल भर्ना भएका हुन भने एक जना बुधवार। मंगलवार भर्ना भएका ४ जनाको रगत र खकारको नमुना परीक्षणका लागि काठमाडौं पठाउने भनेर चिकित्सकहरूले मंगलवारनै संकलन गरिसकेका छन्। संकलन गरिएको उक्त नमुना काठमाडौं पठाउन भने अझै नसकिएको बताइएको छ। सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्किएका अधिकांश क्वारेन्टाइनमा, कतिपय भने अटेर गरी पुगे घर

    भारतबाट फर्किएका अधिकांश क्वारेन्टाइनमा, कतिपय भने अटेर गरी पुगे घर

    कैलाली : मंगलवार कैलालीको गौरीफन्टा नाकाबाट १ हजार हाराहारीमा नेपालीहरु स्वदेश फर्किए। भारतको अति कोरोना प्रभावित महाराष्ट्र क्षेत्रलगायतबाट ५ दिनसम्मको सकसपूर्ण यात्राबाट नेपाली नाकासम्म आइपुगेका नेपालीहरुलाई मंगलवार बेलुका सम्बन्धित जिल्ला–जिल्लामा पठाइएको थियो। एक रात नाकामै बिताएका र मंगलवार नाकामा पुगेका गरी २१ जिल्लाका ९ सय ९८ जनालाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मामा लगाइयो। उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा ‘लकडाउन’को कडाइका लागि ७ सय बढी सुरक्षाकर्मी परिचालन

    कैलालीमा ‘लकडाउन’को कडाइका लागि ७ सय बढी सुरक्षाकर्मी परिचालन

    कैलाली : कोरोना भाइरस (कोभिड १९)को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रको लागि सरकारले लागू गरेको ‘लकडाउन’लाई प्रभावकारी बनाउन कैलालीमा ७ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले ७ सय ४५ भन्दा बढी सुरक्षाकर्मी ठाउँ ठाउँमा खटाइएको बताए। उनले लकडाउन उल्लंघन गर्नेको संख्या हिजो भन्दा आज केही मात्रामा कम भएको बताए। बुधवार…

    विस्तृतमा पढ्नुस्

  • अवैध सेनिटाइजर बिक्रि गर्ने एक आयुर्वेदिक मेडिकललाई २० हजार जरिबाना

    अवैध सेनिटाइजर बिक्रि गर्ने एक आयुर्वेदिक मेडिकललाई २० हजार जरिबाना

    कैलाली : अवैध रुपमा सेनिटाइजर बिक्रि गर्ने धनगढीको शैलेश्वरी आयुर्वेदिक मेडिकल हलका सञ्चालकलाई २० हजार जरिबाना गरिएको छ। अनुगमनका क्रममा उत्पादन मिति, कम्पनी, खरिद बिलनै नभएको सेनिटाइजर बिक्रि गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार २० हजार जरिबाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले जनाएको छ। कार्यालय प्रमुख कमलबहादुर पुनमगरले उपभोक्ता संरक्षण ऐन अनुसार अनुचित कार्य गरेको पाइएपछि…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको जोखिम न्यूनीकरण गर्न सुदूरपश्चिम सरकारले छुट्यायो साढे ११ करोड

    कोरोनाको जोखिम न्यूनीकरण गर्न सुदूरपश्चिम सरकारले छुट्यायो साढे ११ करोड

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि ११ करोड ५० लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले उक्त रकम सामाजिक विकास मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरेको सामाजिक विकासमन्त्री कृष्ण राज सुवेदीले बताए। सो बजेट कोरोना भाइरसको जोखिम न्यूनीकरण, उपचार र दुई वटा प्रादेशिक अस्पताल सेती र महाकालीमा आइसोलेसन बेड…

    विस्तृतमा पढ्नुस्

  • गौरीफंटा नाकामा खुल्ला आकाशमा रातभर भोकै, प्रशासनले बाँड्यो चाउचाउ र पानी

    गौरीफंटा नाकामा खुल्ला आकाशमा रातभर भोकै, प्रशासनले बाँड्यो चाउचाउ र पानी

    धनगढी: देश लकडाउन हुँदा कैलालीको गौरीफंटा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई जिल्ला प्रशासन कार्यालयले खाजा खाद्यान्न वितरण गरेको छ। भारतबाट आएर सीमा पारी रोकिएका नेपालीलाई बजार ब्यवस्थापन समितिको आर्थिक सहयोग प्रशासनले चाउचाउ र पानी वितरण गरेको हो। गौरीफंटा नाकामा भारतबाट आएका नेपालीहरु रातभर भोकै खुल्ला आकाशमा सुतेका थिए। उनीहरुलाई चाउचाउ र पानी वितरण गरिएको हो। यसअघि सुरक्षाकर्मीले प्रवेश नदिएपछि गौरीफंटा…

    विस्तृतमा पढ्नुस्

  • रातभर गौरीफंटा नाकामा रोकिएका नेपालीहरु बिहानै प्रदर्शनमा उत्रिए

    रातभर गौरीफंटा नाकामा रोकिएका नेपालीहरु बिहानै प्रदर्शनमा उत्रिए

    धनगढी : सरकारले आज विहानदेखि देशभर लक डाउन गरेपछि सीमावर्ती क्षेत्रका सीमा पारी नेपालीहरु रोकिएका छन्। धनगढीस्थित गौरीफंटा नाकामा रोकिएका नेपालीहरुले सीमा क्षेत्रमा प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनगढीले सोमवार २ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। यद्यपि दुई बजेदेखि तीन बजेसम्म करिब तीन हजार नेपाली भित्रिएको सीमा नाकामा स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लालाई उदृत गर्दै हाम्रा सहकर्मी…

    विस्तृतमा पढ्नुस्

  • यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिमका सांसद रावल ५ लाख धरौटीमा रिहा

    यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिमका सांसद रावल ५ लाख धरौटीमा रिहा

    कैलाली : यौन दुराचारको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभाका सांसद अक्कल बहादुर रावल ५ लाख धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसमा उनलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको हो। जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुञ्जेडाका अनुसार उनलाई जिल्ला न्यायधीश जयानन्द पनेरुको इजलासले उक्त आदेश दिएको हो। रावल ५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशका सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    सुदूरपश्चिम प्रदेशका सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    कैलाली : कोरोना आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना भएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड विभाग प्रमुख डाक्टर जगदिशप्रसाद जोशीले सांसद थापाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। नमूना संकलन गरी काठमाडौँ पठाइएकोमा आज मात्र रिर्पोट आएको उनले बताए। रिर्पोट नेगेटिभ आएपछि अस्पतालले थापालाई डिस्चार्ज गरेको छ। रुघाखोकी र उच्च ज्वरो आएपछि सांसद…

    विस्तृतमा पढ्नुस्

  • बन्द भनिएको गौरीफंटा नाका खुल्लै, नाराबाजीपछि यसरी भित्रिँदैछन् नेपाली

    बन्द भनिएको गौरीफंटा नाका खुल्लै, नाराबाजीपछि यसरी भित्रिँदैछन् नेपाली

    कैलाली : गृह मन्त्रालयले आज बिहान १० बजेबाट भारतसँग जोडिएका सबै सीमा नाकाहरू बन्द गर्न निर्देशन गरेको थियो। सोही अनुरूप १० बजेसम्म अन्योलपूर्ण तवरले सञ्चालन भएको कैलालीको धनगढीस्थित गौरीफंटा नाका अहिले पनि आउजाउका लागि खुलै छ। भारतको जनता कर्फ्युको कहर र लामो रुटमा परेर ढिला पुगेकाहरू आज मात्रै गौरीफंटा नाका पुगेपछि उनीहरूका लागि नाकामा आउजाउ खुलै राखिएको छ। १ बजेसम्म…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी

    कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी

    कैलाली : कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले सोमवार २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका भने यसअघि नै बन्द भइसकेका छन्।

    विस्तृतमा पढ्नुस्

  • मंगलवारदेखि गड्डाचौकी नाका अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द

    मंगलवारदेखि गड्डाचौकी नाका अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द

    कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनबासासँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका ११ गतेबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको अध्यक्षतामा आज बसेको बैठकले गड्डाचौकी नाकामा चैत ११ गतेदेखि पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको हो। प्रशासनले आज राति १२ बजे पछि लागू हुने गरी भीमदत नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्दार बाहेक…

    विस्तृतमा पढ्नुस्

  • ज्वरो देखिएपछि सुदूरपश्चिमका एक सांसद आइसोलसनमा

    ज्वरो देखिएपछि सुदूरपश्चिमका एक सांसद आइसोलसनमा

    कैलाली : कोरोना भाइरसको संक्रमणको आशंकामा सुदूरपश्चिमकी एक महिला सांसद अस्पताल भर्ना भएकी छन्। रुघाखोकी र ज्वरो आएपछि सुदूरपश्चिम प्रदेश सभाकी सदस्य गत शुक्रवारबाट सेती प्रादेशिक अस्पताल भर्ना भएकी हुन्। अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश प्रसाद जोशीले प्रदेश सभा सदस्यलाई ज्वरो देखिएपछि आइसोलेसन वार्डमा राखिएको बताए। उनको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको उनको भनाइ छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell