PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • ठगी गिरोहका 'नटवरलाल' सञ्जय राणा जेल चलान

    ठगी गिरोहका 'नटवरलाल' सञ्जय राणा जेल चलान

    कैलाली : २४ करोड ठगीको अभियोगमा गत भदौ १८ गते धनगढीबाट पक्राउ परेका सञ्जय राणालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ। अदालतले राणासँगै पक्राउ परेका उनका सहयोगी साबिक मकवानपुर आम भन्ज्याङ गाविस घर भई हाल धनगढी उपमहानगरपालिका ३ बस्ने रुद्रप्रसाद अधिकारीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरेको छ। त्यस्तै राणाको घरमा सहयोगी रहेर काम गर्ने कमल बहादुर विकलाई ३ लाख…

    विस्तृतमा पढ्नुस्

  • संविधान अनुरूप प्रदेशको हितमा काम गर्नेछु : सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्त

    संविधान अनुरूप प्रदेशको हितमा काम गर्नेछु : सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्त

    कैलाली : नवनियुक्त सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला पन्त (त्रिपाठी)ले पदभार ग्रहण गरेकी छन् । आज धनगढीस्थित प्रदेश कार्यालयमा नवनियुक्त प्रदेश प्रमुख पन्तले पदभार ग्रहण गरेकी हुन्। हिजो सुदूरपश्चिम आइपुगेकी पन्तले प्रदेश प्रमुखका रूपमा सुदूरपश्चिम आउन पाउँदा निकै खुशी लागेको बताइन्। ‘सुदूरपश्चिममा प्रदेश प्रमुखका रूपमा आउन पाउँदा निकै खुशी लागेको छ,’पन्तले भनिन्, ‘प्रदेशका जनताको सहयोगको पूर्ण अपेक्षा राखेकी छु। प्रदेशवासीको…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरा पुगेर पुन अनसन थाले डा. गोविन्द केसीले

    डडेल्धुरा पुगेर पुन अनसन थाले डा. गोविन्द केसीले

    काठमाडौं: मेडिकल क्षेत्रमा सुधारको माग गर्दै आएका डा गोविन्द केसीले डडेल्धुरा पुगेर अनसन थालेका छन्। यसअघि १६ पटक अनसन बसिसकेका डा केसीले हालसालै शिक्षण अस्पतालबाट अवकाश लिएका थिए। 'मैले दिएको समयमा सरकारले माग पुरा नगरेकोले अनशन बस्न म डडेल्धुला आएको हुँ,' डा केसीले भने। सरकारले आफ्ना माग पुरा नगरे पुन अनसन बस्ने चेतावनी यसअघि नै दिइसकेका थिए। केसीले अवकाशका बेला आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • बझाङको कालङगा हाइड्रोपावरमा सम्पर्कविहीन तीन जना सुरुङभित्र मृत फेला, एक जना अझै बेपत्ता

    बझाङको कालङगा हाइड्रोपावरमा सम्पर्कविहीन तीन जना सुरुङभित्र मृत फेला, एक जना अझै बेपत्ता

    कैलाली: बझाङको कालङगा हाइड्रोपावरमा छिरेर सम्पर्क विहीन भएका तीन जना मजदुरको शव फेला परेको छ। आइतवार दिउँसो साढे तीन बजे सुरुङ खन्न भित्र पसेका ४ जना मध्य तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए। सुरुङमा छिरेका ४ मध्ये तीन जनाको शव झन्डै २५ घण्टापछि फेला परेको र एक जनाको खोजी भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध

    कैलालीमा मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध

    कैलाली: कैलालीमा बसले ठक्कर दिएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। आइतवार कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनिक गएर नेपालगन्जतर्फ फर्कँदै गरेको बागेश्वरी यातायातको भे १ ख १७३२ नम्बरको बसले घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो।   दुर्घटनामा स्थानीय रामबहादुर चौधरीको घटनास्थलमै र मानबहादुर चौधरीको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार एक जनाको मृत्यु

    कैलालीमा भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार एक जनाको मृत्यु

    कैलाली : कैलालीमा विंगर भ्यानले विद्युतीय अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अटो चालक घाइते भएका छन्। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ बडैपुरमा विंगर भ्यानले अटोलाई ठक्कर दिँदा अटोमा सवार गौरीगंगा ८ कै स्थानीय २५ वर्षीया निर्मला बुढामगरको मृत्यु भएको हो। प्रहरीका अनुसार अटोचालक ४० वर्षीय मानसिंह धामी सामान्य घाइते भएका छन्। बिहीवार बिहान ८:५० बजे पूर्वपश्चिम राजमार्ग…

    विस्तृतमा पढ्नुस्

  • २९ लाख ८० हजार रकम सहित पक्राउ परेका दुई भारतीय कारागार चलान

    २९  लाख ८० हजार रकम सहित पक्राउ परेका दुई भारतीय कारागार चलान

    कैलाली : सुनचाँदीको चोरी पैठारी गरी राजस्व चुहावट गरेको तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ। कैलालीमा गत भदौ २० गते श्रोत नखुलेको २९  लाख ८० हजार रकम सहित पक्राउ परेका भारत पलियाखिरी घर भई हाल धनगढी उपमहानगरपालिका बस्ने अतुल बर्मालाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। जिल्ला अदालत…

    विस्तृतमा पढ्नुस्

  • तिहारका लागि भारतबाट गुणस्तरहीन मिठाई ल्याएर बेच्ने २ जना पक्राउ

    तिहारका लागि भारतबाट गुणस्तरहीन मिठाई ल्याएर बेच्ने २ जना पक्राउ

    कैलाली : अवैध तथा गुणस्तरहीन मिठाईसहित कैलालीबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेमन्त नेपाली र रमेश बहादुर धामी रहेको प्रहरीले जनाएको छ। सोमवार कैलाली प्रहरीले भारतबाट भन्सार छली गरेर साइकलमा मिठाई ल्याउँदै गरेको अवस्थामा हेमन्त नेपालीलाई पक्राउ रहेको हो। प्रहरीले उनलाई सोधपुछ गर्दा उनी अवैध मिठाई नेपाल भित्राउने काममा सक्रिय रहेको खुल्न आएपछि प्रहरीले उनकै सहयोगमा धनगढी उप…

    विस्तृतमा पढ्नुस्

  • गोठमा बाँधिएको गाई चोरेर हत्या गर्ने तीन जना पक्राउ

    गोठमा बाँधिएको गाई चोरेर हत्या गर्ने तीन जना पक्राउ

    कैलाली : कैलाली प्रहरीले गौहत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फुलबारी एच गाउँ बस्ने ४५ वर्षीय अशोक तामाङसहित २ जना किशोर रहेका छन्। उनीहरुले मिलेर गाईको हत्या गरी मासु घरमा लगेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शनिवार राती कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १५ फुलबारीका राम कृष्ण चौलागाईको गोठमा बाधिएको गाई चोरी भएपछि खोजी गर्दा…

    विस्तृतमा पढ्नुस्

  • अबैध माछासहित दुई भारतीय पक्राउ, उनीहरुलाई छुटाउन आफन्तसँग रकम असुल्ने धनगढीका ४ जना नियन्त्रणमा

    अबैध माछासहित दुई भारतीय पक्राउ, उनीहरुलाई छुटाउन आफन्तसँग रकम असुल्ने धनगढीका ४ जना नियन्त्रणमा

    कैलाली : कैलाली प्रहरीले हिरासत मुक्त गराइदिने भनेर रकम असुलेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। प्रहरीको हिरासतमा रहेका २ भारतीय नागरिकलाई छुटाइदिने भनेर १ लाख रकम लिएको आरोपमा प्रहरीले कैलालीको धनगढी निवासी ४ जनालाई पक्राउ गरेको हो। गत सोमबार कैलालीको त्रिनगर नाका भएर भारतको लखिमपुर खिरी बस्ने अकवर अलि र मोहमद अलि २ क्विन्टल अवैध माछासहित भन्सार पार गरेर…

    विस्तृतमा पढ्नुस्

  • भीम रावलको प्रश्न : 'नेपालमा भारतबाट रेल ल्याउन हुने, चीनबाट नहुने?'

    भीम रावलको प्रश्न : 'नेपालमा भारतबाट रेल ल्याउन हुने, चीनबाट नहुने?'

    धनगढी : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सुदूरपश्चिम इन्चार्ज भीम रावलले भारत जसरी नै चीनसँगका सीमानाका विस्तार गर्नतर्फ पनि जोड दिनुपर्ने बताएका छन्। धनगढीमा सुरु भएको ने क पा सुदूरपश्चिम प्रदेशको दोस्रो बैठकलाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्। चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणअघि बालुवाटारमा प्रधानमन्त्रीले डाकेको बैठकमा आफूले उक्त कुरा उठाएको रावलले बताए। ‘बालुवाटारमा भएको छलफलमा समेत मैले यो…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै आमालाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

    आफ्नै आमालाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

    कैलाली : कैलाली प्रहरीले आफ्नै आमालाई करणीको प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर १ बादी टोलमा आफ्नै आमालाई जबरजस्ती गर्न खोज्ने २० वर्षीय कमल बादीलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक हरि शरण भट्टका अनुसार उनलाई शुक्रवार बेलुका प्रहरी नियन्त्रणमा लिइएको हो। शुक्रवार बेलुका साढे ८ बजे तिर…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा युवाहरुबीच ग्याङ फाइट, झडपमा घाइते एक युवकको उपचारका क्रममा मृत्यु

    कैलालीमा युवाहरुबीच ग्याङ फाइट, झडपमा घाइते एक युवकको उपचारका क्रममा मृत्यु

    कैलाली : कैलालीमा चार दिनअघि युवाहरुबीच भएको ग्याङ फाइटमा परि घाइते भएका एक युवकको मृत्यु भएको छ। असोज २० गते राति कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ मा युवाहरुको दुई समूहबीच सामान्य विवाद भएपछि झडप भएको थियो। झडपमा परि घाइते भएका लम्की चुहा नगरपालिका वडा नम्बर १ थकालीपुरका १३ वर्षीय बखत भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार…

    विस्तृतमा पढ्नुस्

  • किन एक वर्षसम्म पनि कार्यान्वयन भएन सुदूरपश्चिम प्रदेशको राजधानी तोक्ने निर्णय?

    किन एक वर्षसम्म पनि कार्यान्वयन भएन सुदूरपश्चिम प्रदेशको राजधानी तोक्ने निर्णय?

    कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको दुई तिहाइबाट राजधानी टुंगो लगाएको एक वर्ष बितेको छ। गत वर्ष असोज १२ गते प्रदेश राजधानी गोदावरी राख्नेगरी बहुमतबाट निर्णय भएको थियो। सत्ता र प्रतिपक्षबीच सहमति नजुटेपछि मतदानमार्फत राजधानी तोकिएको थियो। प्रदेशको नामकरण र केन्द्रबारे जनस्तरबाट पनि विरोध भएको थियो। प्रदेशसभामा प्रतिपक्ष दलको अवरोधबीच गोदावरीलाई राजधानी बनाउने प्रस्तावको पक्षमा दुई तिहाइ मत पुगेको थियो। मतदानअघि…

    विस्तृतमा पढ्नुस्

  • सरितासँग जोडिएको सिरियल किलिङ : दुरुत्साहनको मुद्दामा सफाइ पाएका रामले छोरीलाई मारेसँगै गरे आत्महत्या

    सरितासँग जोडिएको सिरियल किलिङ : दुरुत्साहनको मुद्दामा सफाइ पाएका रामले छोरीलाई मारेसँगै गरे आत्महत्या

    कैलाली : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का राम कलेलले २०७२ सालमा सरिता कलेलसँग विवाह गरे। विवाहको ४ वर्ष नबित्दै २३ वर्षीया सरिताले गत वैसाख १६ गते आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरिन्। सरिताले आत्महत्या गरेपछि माइतीले उनका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीलाई जाहेरी दिए। जेठ २६ गते अदालतको थुनछेक आदेशमा पुर्पक्षका लागि कैलाली कारागार चलान भएका कलेल साउन २२ गते…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा ५० जनामा देखियो डेंगु, १०४ जनालाई स्क्रब टाइफस 

    सुदूरपश्चिममा ५० जनामा देखियो डेंगु, १०४ जनालाई स्क्रब टाइफस 

    कैलाली: सुदूरपश्चिमा स्क्रब टाईफस र डेंगुको सङ्क्रमण भयावह बन्दै गएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा एक सय ४ जनामा स्क्रब टाईफस र ५० जनामा डेंगु देखिएको छ। पहाडी जिल्ला बाजुरा बाहेक सबै जिल्लामा डेंगु र अछाम र बाजुरा बाहेकका जिल्लामा स्क्रब टाईफस देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।  उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारबाट पत्रकार महासंघका सचिव र प्रेस युनियनका महासचिव पक्राउ

    सिंहदरबारबाट पत्रकार महासंघका सचिव र प्रेस युनियनका महासचिव पक्राउ

    कैलाली: प्रहरीले सिहंदरबारस्थित रेडियो नेपालको प्रांगणबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाललगायतलाई पक्राउ गरेको छ। रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका महासंघका सचिव दाहालसहित, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर, दिलिप…

    विस्तृतमा पढ्नुस्

  • ठगी गिरोहका नटवरलालको करिष्मा : आफैं स्थानीय सरकार, आफैं गभर्नर अनि आफ्नै घरमा मन्त्रालय

    ठगी गिरोहका नटवरलालको करिष्मा : आफैं स्थानीय सरकार, आफैं गभर्नर अनि आफ्नै घरमा मन्त्रालय

    कैलाली : स्थानीयलाई उनको आयआर्जन र सम्पत्तिको विषयमा शंका सुरु भएको धेरै भइसक्यो। तर, प्रहरीमा सञ्जय राणाले ठगी कारोबार गर्छन् भन्ने प्रमाणसहित सूचना आएको एक महिना पूरा भएको छैन। केही दिनअघि मात्रै प्रहरीमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी बस्ने सञ्जय शमशेर जंगबहादुर राणा भन्ने सञ्जय राणाले ठगीको धन्दा चलाएका छन् भन्ने विशेष सूचना प्राप्त भएको थियो। सूचना प्राप्त भएपछि जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा चार थान पेस्तोल र सुनका गहनासहित तीन जना पक्राउ

    धनगढीमा चार थान पेस्तोल र सुनका गहनासहित तीन जना पक्राउ

    कैलाली : कैलाली प्रहरीले चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ। कैलाली प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीन जनालाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले जानकारी दिए। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना,  कमल बिक र…

    विस्तृतमा पढ्नुस्

  • गाडीको नामसारी गर्न घुस माग्ने यातायात कार्यालय सेतीका तीन कर्मचारी पक्राउ

    गाडीको नामसारी गर्न घुस माग्ने यातायात कार्यालय सेतीका तीन कर्मचारी पक्राउ

    कैलालीः यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ। अख्तियार महेन्द्रनगर शाखा कार्यालयका सूचना अधिकारी टोप बहादुर विष्टका अनुसार उनीहरूले गाडी बिक्री गरेबापत नामसारी गर्दा रकम माग गरेको उजुरी परेको थियो। सोही उजुरी र बिहीबार मग गरिएको रकम समेत बुझ्दैछन् भन्ने सूचनाका आधारमा उनीहरूलाई  एक लाख ६६ हजार रकमसहित रंगेहात पक्राउ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell