PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • सीको स्वागतका लागि सिँगारिँदै काठमाडौं, सडक छेउछाउ यस्तो सजिसजाउ

    सीको स्वागतका लागि सिँगारिँदै काठमाडौं, सडक छेउछाउ यस्तो सजिसजाउ

    काठमाडौं: चीनका राष्ट्रपति सी जिनपिङ भोलि काठमाडौं आइपुग्दै छन्। उनको स्वागतका लागि अहिले सरकारलाई चटारो परेको छ। २३ वर्षपछि नेपालमा हुन लागेको राष्ट्रपति स्तरीय भ्रमणलाई ध्यानमा राखी अहिले सडक चिटिक्क पारिएको छ भने सडक छेउछाउ सजिसजाउ गरिएको छ।    

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिँदै सकियो ‘खाँ पिहाँवइगु’

    मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिँदै सकियो ‘खाँ पिहाँवइगु’

    भक्तपुरको मध्यपुर थिमिमा मल्लकालीन युद्धको झझल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा सम्पन्न भएको छ।  विजया दशमीको भोलिपल्ट एकादशीको दिन थिमिमा मनाइने यो जात्रामा हातमा खड्ग बोकेका व्यक्तिहरुलाई नगर परिक्रमा गराउने गरिन्छ । खाँ पिहाँवइगु जात्रामा खड्ग, तरबार ढाल सहित युद्ध कला प्रदर्शन गरिन्छ। खड्ग बोकेकाहरुले बालकुमारीमा गएर दैत्य आकृतिको कुभिन्डो माथि प्रहार गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा भक्तपुरको ब्रम्हायणी जात्रा, जहाँ शरीरमाथि दियो बालेर गरिन्छ पूजा

    तस्विरमा भक्तपुरको ब्रम्हायणी जात्रा, जहाँ शरीरमाथि दियो बालेर गरिन्छ पूजा

    भक्तपुर: विजयादशमीको दिन भक्तपुरको च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा ब्रम्हायणी जात्रामा सहभागी हुन भक्तजनहरु बिहानैदेखि मन्दिर परिसरमा पुग्ने गर्छन्। नवदुर्गाको शक्तिपीठका रूपमा लिइने ब्रम्हायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ। ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन्। मन्दिरमा जमरा,…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको खम्ये जात्रा: जहाँ महिषासुररुपी राँगोलाई नगरमा दौडाउँदै गरिन्छ वध

    भक्तपुरको खम्ये जात्रा: जहाँ महिषासुररुपी राँगोलाई नगरमा दौडाउँदै गरिन्छ वध

    भक्तपुर :  हरेक वर्ष महानवमीका दिन भक्तपुरमा खम्ये जात्रा (राँगो दौडाउने जात्रा) को रौनक हुन्छ। नवदुर्गा मन्दिरबाट दानव महिषासुरको रुपमा रहेको 'खम्ये' लाई दौडाएर ब्रम्हायणी लगेर वध गर्ने गरिन्छ। नवदुर्गा मन्दिरको ढोकाबाट अबिरले पोतिएको खम्येलाई ब्रह्मपास (विशेष डोरी) बाट बाँधेर बाहिर निकालेर दत्तात्रय, सूर्यमढी, च्यामासिंह हुँदै खम्येलाई ब्रम्हायणी पुर्‍याइएको थियो। खम्ये जात्रा हेर्न बाटोभरी मान्छेहरुको बाक्लो भिड रहने गर्छ। ब्रम्हायणी नदीमा पुगेपछि खम्येलाई स्नान गराएर…

    विस्तृतमा पढ्नुस्

  • गरे के नै हुन्न र! सी जिनपिङको स्वागतका लागि सिँगारिएको काठमाडौं

    गरे के नै हुन्न र!  सी जिनपिङको स्वागतका लागि सिँगारिएको काठमाडौं

    दशैंको चटारोमा काठमाडौंका सडकहरु चिटिक्क देखिन थालेका छन्। चापरहित सडक, कम धुँवा धुलो र मानिसको भिडभाड नै कम हुन थालेको सहरमा मरीमरी काम गरिरहेका कामदार देख्नेलाई लाग्न सक्छ- 'अहो! दशैंको बेलामा पनि काम?' अहिले काठमाडौंका मुख्य सडकमा कोही रेलिङ रङ्गाइ रहेका त कोही सडक बडार्दै गरेको भेटिन्छन्। खुइलिएका जेब्रा क्रसिङ पुन: रङ्ग्याउने र ठूल्ठूला खाल्डाखुल्डी परेका सडक मर्मत सम्भार गर्दै छन्। अझ तीनकुने…

    विस्तृतमा पढ्नुस्

  • लिंगे पिङमा चचहुई सरररर……

    लिंगे पिङमा चचहुई सरररर……

    काठमाडौं : दशैंका समय एकै पटक भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यता रहेको छ। यसको अर्थ धर्ती छोडेर पिङमा मच्चिँदै आनन्दानुभूति लिनु हो। यही विश्वासले पनि दशैंसँग जोडिएर आउने पिङको महत्व बढी छ। दशैं मनाउन लाखौैंको संख्यामा मानिसहरु गाउँ फर्किएसँगै राजधानी भने बेहुली अन्माएको घर जस्तै देखिएको छ। गाउँ घरका दोबाटो, चौरमा रोटेपिङ, लिंगे पिङको 'चचहुइ'ले गाउँ नै गुञ्जायमान छ। तर, शहर भने सुनसान…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् दशैंले काठमाडौंमा भित्र्याएको खसी, च्याङग्रा र भेडा

    हेर्नुस् दशैंले काठमाडौंमा भित्र्याएको खसी, च्याङग्रा र भेडा

    दशैंमा सबैभन्दा धेरै मासुको खपत हुने गर्छ। अष्टमीका दिन बलि दिने प्रचलन पनि छ। शक्ति पिठहरुमा बलि दिनुका साथै जमरा पूजामा बलि दिने परम्परा रहेकाले खसी, बोका, च्याङ्ग्रा र भेडा काटिन्छन्। च्याङ्ग्रा दशैंकै सिजनमा मात्र काठमाडौंसम्म आइपुग्छ। उच्च हिमाली क्षेत्रमा हुर्किने च्याङ्ग्रा अरु समयमा ल्याइन्न। बलि दिनकै लागि र मासुका लागि खाद्य संस्थानले समेत खसीबोका काठमाडौं भित्र्याउने गर्छ। कलंकीमा त…

    विस्तृतमा पढ्नुस्

  • असनको दशैं माहोल यस्तो: पसलदेखि फुटपाथमा किनमेल गर्नेको भिड, बाटो छिचोल्नै मुश्किल   

    असनको दशैं माहोल यस्तो: पसलदेखि फुटपाथमा किनमेल गर्नेको भिड, बाटो छिचोल्नै मुश्किल   

    देश दशैंमय भएको छ। दशैं मनाउन किनमेल गर्नेको घुँइचो लागेको छ मुख्य बजारमा। राजधानीका मुख्य असन क्षेत्र पनि यतिबेला ग्राहकले भरिभराउ देखिन्छ। इन्द्रचोकदेखि जमलसम्मै फैलेको असन बजारका मुख्य पसलमात्र हैन, फुटपाथ पनि व्यापार गर्ने र किनमेल गर्नेको भीड अहिले देख्न सकिन्छ। जसले गर्दा बाटो छिचोल्न उत्तिकै मुश्किल हुन्छ। कपडा, जुत्ता पसलमा ग्राहक झुम्मिरहेका देखिन्छन्। असनसँगै दशैंको कपडा किन्न महाबौद्ध, न्युरोड,…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक नियम सिकाउन कलाकारहरु उत्रे सडकमा

    ट्राफिक नियम सिकाउन कलाकारहरु उत्रे सडकमा

    काठमाडौं: अहिले सुन्तला रंगको ज्याकेट लगाएका केही व्यक्ति सडकमा पैदलयात्रुलाई जेब्राक्रसिङबाट बाटो काट्न सहयोग गरिरहेको देख्न सकिन्छ। बानेश्वर, जमल, चावहिल लगायत व्यस्त शहरमा ट्राफिक प्रहरीसँगको सहकार्यमा करिब पाँच सय ट्राफिक स्वयंसेवकको रुपमा परिचालन गरेको छ। यसैबीच नेपाल कलाकारहरुले आज ट्राफिक स्वयंसेवकको रुपमा खटेर काम गरे। नेपाल चलचित्र कलाकार संघका सदस्य सम्मिलित समूहमा कोटेश्वर र बानेश्वरमामा स्वयंसेवकको भूमिकामा देखिए। स्वयम सेवकको…

    विस्तृतमा पढ्नुस्

  • बल्लबल्ल खिच्न मिलेको चङ्गा उडाउँदै गरेका यी दृश्य

    बल्लबल्ल खिच्न मिलेको चङ्गा उडाउँदै गरेका यी दृश्य

    काठमाडौं : दशैंको प्रतीककै रुपमा मानिन्छ चङ्गा। दशैं जनाउने स्केच होस् या पसलहरु चङ्गा टाँगेरै भए पनि यसको महत्व दर्शाउनेहरु भेटिन्छन्। तर, चङ्गा उडाइरहेको देख्न भने आजकल मुस्किल हुन थालेको छ। दशैंमा मात्र उडाइने भएकाले चङ्गाको बेग्लै महत्व छ। अरु पर्वमा चङ्गा उडाइन्न। चङ्गा उडाउने र चेट गराउने चलन नै लोप हुँदै गएको छ। यसपाला मलाई चङ्गा उडाउनेको फोटो खिच्न मन…

    विस्तृतमा पढ्नुस्

  • दशैंको मुखमा उपत्यकामा सवारी चाप: सडकमा जाम, बिसौनीमा भीड

    दशैंको मुखमा उपत्यकामा सवारी चाप: सडकमा जाम, बिसौनीमा भीड

    दशैं शुरु हुनै लागेको बेला काठमाडौंमा सवारी चाप ह्वात्तै बढेको छ। बिहानदेखि बेलकासम्मै सहरका सडक सवारी चापले व्यस्त देखिन्छ।   दशैंका लागि किनमेल गर्न काठमाडौं आउनेदेखि गाउँ फर्कनेहरुको ओहोरदोहोरले सडकमा सवारी साधन भरिएको देख्न सकिन्छ भने गन्तव्य पुग्ने यात्रुहरुको भींड बस बिसौनीमा देखिन्छ।   

    विस्तृतमा पढ्नुस्

  • प्रज्ञामा मनाइँदै गरेको जितिया पर्वका दर्जन फोटो

    प्रज्ञामा मनाइँदै गरेको जितिया पर्वका दर्जन फोटो

    काठमाडौं : सन्तानको दीर्घायुका कामना गरी मनाइँदै आज जितिया पर्व मनाइँदै छ। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा थारु महिला समाजले जितियाको आयोजना गर्‍यो। थारु महिलाहरुको महान सांस्कृतिक पर्वका रुपमा लिइने यो पर्व मधेशका महिलाहरुले पनि धूमधामसँग मनाउँछन्।  जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ। पूर्वी तराईमा विवाहित महिलाहरुमात्र व्रर बस्छन् भने चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबै समान रुपमा…

    विस्तृतमा पढ्नुस्

  • वर्षामा भारी : ए मेरो जिन्दगी यस्तै छ, ल है मेरो जिन्दगी यस्तै छ...

    वर्षामा भारी : ए मेरो जिन्दगी यस्तै छ, ल है मेरो जिन्दगी यस्तै छ...

    काठमाडौं: मंगलबार देशभरका विभिन्न ठाउँमा वर्षा भइरह्यो। काठमाडौंमा उपत्यका वर्षाले प्रभावित भयो। वर्षाका कारण कतिको काम अवरुद्ध भयो।  तर, काठमाडौंका न्युरोड, महाबौद्धदेखि वसन्तपुर क्षेत्रमा भारी बोक्नेहरु पनि वर्षाको पर्वाह नगरी काम गर्न व्यस्त थिए।  यही दृश्यलाई रोजन श्रेष्ठले आफ्नो लेन्सबाट यसरी उतारेका छन्।

    विस्तृतमा पढ्नुस्

  • दशैंमा बस यात्राका लागि टिकट काउन्टर तयारी अवस्थामा, फोटोमा हेर्नुस्

    दशैंमा बस यात्राका लागि टिकट काउन्टर तयारी अवस्थामा, फोटोमा हेर्नुस्

    काठमाडौं: दशैं लक्षित गरी यातायात व्यवसायीले टिकट काउन्टरमा तयारी शुरु गरेको छ। काठमाडौंबाट देशभरका विभिन्न ठाउँमा पुग्नका लागि तोकिएका बसपार्कमा काउन्टर तयारी अवस्थामा रहेको व्यवसायी बताउँछन्। टिकट काउन्टरको आग्रीम बुकिङ भने असोज ५ बाट मात्र खुल्ने यातायात व्यवसाय महासंघले जनाएको छ। मंगलबार राजधानीको नयाँ बसपार्कमा रहेको टिकट काउन्टर यस्तो देखियो:

    विस्तृतमा पढ्नुस्

  • नगदेशमा महाकाली नाचको अन्तिम दिनका दर्जन दृष्यहरु

    नगदेशमा महाकाली नाचको अन्तिम दिनका दर्जन दृष्यहरु

    भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको नगदेशमा ऐतिहासिक महाकाली नाच सम्पन्न भएको छ। विभिन्न टोलहरुमा प्रस्तुत गरि शुक्रवार मध्यरातमा सम्पन्न भएको थियो। भूतप्रेत, पिशाच लगायत दानवरूपी आत्माले साह्रै दुःख कष्ट दिन थाले पछि सो नाच निकालियको स्थानीय बताउँछन्। यस नाचमा एकजना महाकाली, एकजना महालक्ष्मी, एकजना देवि , एकजना सिंह , दुईजना भुतभैरव, चाजना बेटा, दुईजना कवाँ, दुईजना ख्या:, दुईजना माक, एकजना दैटे,…

    विस्तृतमा पढ्नुस्

  • शैक्षिक क्षेत्रमा राजनीतिक भागवण्डा अन्त्य गर्न नेविसंघको माग, 'खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर'

    शैक्षिक क्षेत्रमा राजनीतिक भागवण्डा अन्त्य गर्न नेविसंघको माग, 'खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर'

    काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयलगायत शैक्षिक क्षेत्रमा राजनीतिक भागवण्डा भएको भन्दै त्यसको अन्त्य गर्न दवाब दिने उद्देश्यले आज खवरदारि र्‍यालि निकालेको छ। नेविसंघले शैक्षिक क्षेत्रमा राजनीतिक भागवण्डाको अन्त्य गरि खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी चयन गर्न माग गरेको छ। र्‍यालिमा सहभागीहरुले 'हाम्रो शिक्षा हाम्रो देश, भागवण्डा मुक्त शैक्षिक परिवेश', 'खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर', 'शैक्षिक…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरका मेयर महर्जन र्‍याफ्टिङ गर्दै कुपन्डोलबाट पुगे सुन्दरीघाट, भन्छन् , 'काठमाडौं साइडमा बढी फोहोर देखें'

    ललितपुरका मेयर महर्जन र्‍याफ्टिङ गर्दै कुपन्डोलबाट पुगे सुन्दरीघाट, भन्छन् , 'काठमाडौं साइडमा बढी फोहोर देखें'

    ललितपुर: शनिबार बिहान ८ बजे कुपन्डोलबाट बाग्मतीमा र्‍याफ्टिङ यात्रा शुरु भयो। शुक्रबार रातिदेखि वर्षा भएपछि बाग्मतीको सतह बढेको थियो। सोही पानीमा ६ वटा र्‍याफ्टिङ तैरिँदै कीर्तिपुरको सुन्दरीघाटतिर बढ्यो। नेपाल नदी संरक्षण कोषको आयोजनामा भएको महा जलयात्रामा सहभागी थिए ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि। ललितपुरमै जन्मिएका मेयर महर्जनको बाग्मतीमा यो पहिलो र्‍याफ्टिङ यात्रा थियो। 'देशविदेशका नदीमा र्‍याफ्टिङ गरियो। तर बाग्मतीमा…

    विस्तृतमा पढ्नुस्

  • रंगशाला निर्माण विरुद्ध भक्तपुरका किसानको प्रदर्शन, महेश बस्नेतविरुद्ध नाराबाजी

    रंगशाला निर्माण विरुद्ध भक्तपुरका किसानको प्रदर्शन, महेश बस्नेतविरुद्ध नाराबाजी

    भक्तपुरमा रंगशाला निर्माण गर्न लागेकोमा स्थानीयले विरोध गरेका छन्। प्रस्तावित रंगशाला पीडित संयुक्त संघर्ष समितिको आयोजनामा भक्तपुरको बाँसघारीमा प्रदर्शन भएको हो। उनीहरुले रंगशाला किसान विरोधी भएको आरोप लगाउँदै सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेतविरुद्ध नाराबाजीसमेत गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति विद्या भण्डारीले गरिन् पाटनको कृष्ण मन्दिरमा दर्शनः हेर्नुहोस् तस्बिर

    राष्ट्रपति विद्या भण्डारीले गरिन् पाटनको कृष्ण मन्दिरमा दर्शनः हेर्नुहोस् तस्बिर

    काठमाडौं: आज कृष्ण जन्माष्टमी। राष्ट्रपति विद्या भण्डारीले पनि पाटनस्थित कृष्ण मन्दिरमा भगवान कृष्णको दर्शन गरेकी छिन्। हेर्नुहोस् तस्बिरः

    विस्तृतमा पढ्नुस्

  • पाटनको कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना गर्नेको भीड

    पाटनको कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना गर्नेको भीड

    आज कृष्ण जन्माष्टमी। आजैका दिन भगवान श्रीकृष्णको जन्म भएको मानिन्छ। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाउन देशैभरिका आज कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ। भगवान विष्णुको आठौं अवतार मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीका दिन मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् कृष्णको दर्शन र पूजाआराधना गर्न पाटनको कृष्ण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell