PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • झारफुकको बहानामा निर्घात कुटपिट: १४ वर्षीय बालिकाको मृत्यु, माता पक्राउ

    झारफुकको बहानामा निर्घात कुटपिट: १४ वर्षीय बालिकाको मृत्यु, माता पक्राउ

    बुटवलः रुपन्देहीमा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीय बालिकाको मृत्यु भएको छ। सैनामैना नगरपालिका १० की २२ वर्षीय माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सोही ठाउँकी १४ वर्षीय सीता ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। फेसबुकमा आइतबार महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुईँमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडिओ सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा मन्त्रालयका भवन निर्माण सुरु, ३ अर्ब लागतमा नदी सभ्यतामा आधारित व्यवस्थित संरचना बन्ने

    लुम्बिनीमा मन्त्रालयका भवन निर्माण सुरु, ३ अर्ब लागतमा नदी सभ्यतामा आधारित व्यवस्थित संरचना बन्ने

    बुटवल : लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा नदी सभ्यतामा आधारित व्यवस्थित संरचना निर्माणको गुरुयोजना अनुरुप नयाँ आधुनिक संरचनाको निर्माण कार्य सुरु भएको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको मुख्य प्रशासनिक भवनसहित नौ वटा मन्त्रालयका नयाँ भवन बनाउन सुरु गरेको हो। प्रदेशको स्थापना दिवसका अवसर पारेर बुधवार मुख्यमन्त्री लिला गिरीले उक्त संरचनाको शिलान्यास गरेका छन्। मण्डला आकारमा मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा…

    विस्तृतमा पढ्नुस्

  • १० दिनभित्र अहिलेको सत्ता गठबन्धन भत्काउँछौं : गगन थापा

    १० दिनभित्र अहिलेको सत्ता गठबन्धन भत्काउँछौं : गगन थापा

    बुटवल : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन्। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुस १० गते निर्माण भएको एमालेसहितको वर्तमान सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताएका हुन्। महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा माओवादीकी मन्त्री केसीले दिइन् राजीनामा, राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसलाई सघाएको आरोप

    लुम्बिनीमा माओवादीकी मन्त्री केसीले दिइन् राजीनामा, राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसलाई सघाएको आरोप

    बुटवल : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन्। नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले मन्त्री केसीले राजीनामा दिएको पुष्टि गरे। ‘उहाँले राजीनामा दिएको कुरा आएको छ,’ बरालले भने, ‘आन्तरिक कारणले राजीनामा दिएको भन्ने कुरा पार्टीमा आयो। बाँकी छलफलमा क्रममै छौं।’ केसीले शनिबार…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : एमालेका कुमार दसौँदी विजयी

    लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन : एमालेका कुमार दसौँदी विजयी

    बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यमा नेकपा (एमाले)का कुमार दसौँदी निर्वाचित भएका छन्। बुधवार भएको उपनिर्वाचनमा दसौँदी ४ हजार २६ मतभारका साथ विजयी भएका हुन्। उनले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी कुल ४ हजार २६ मतभार प्राप्त गरेका छन्। त्यस्तै, कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाएको प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठन भएको तीन साता बित्दा पनि लुम्बिनीमा हुन सकेन मन्त्रिपरिषद् विस्तार, किन भइरहेको छ ढिलाइ?

    सरकार गठन भएको तीन साता बित्दा पनि लुम्बिनीमा हुन सकेन मन्त्रिपरिषद् विस्तार, किन भइरहेको छ ढिलाइ?

    बुटवल : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ। मुख्यमन्त्री लिला गिरीसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता बित्दासमेत सरकार विस्तार हुन सकेको छैन। यता, मुख्यमन्त्रीसँगै सपथ लिएका विना विभागीय मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णी केसीले समेत जिम्मेवारी पाएका छैनन्। पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए। विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा सभामुख निर्विरोध, उपसभामुखमा तीन जनाको उम्मेदवारी

    लुम्बिनीमा सभामुख निर्विरोध, उपसभामुखमा तीन जनाको उम्मेदवारी

    बुटवल : लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवदीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्। सोमवार साँझ ५ बजेसम्म घर्तीकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन आयोगले भने यसको औपचारिक घोषणा गरेको छैन।  उपसभामुखमा भने ३ जनाको मनोनयन दर्ता भएको छ। उपसभामुखमा राप्रपा, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। राप्रपाबाट…

    विस्तृतमा पढ्नुस्

  • पोखराको आकाशमा अस्ताए रुपन्देहीका सिर्जना र गणेश

    पोखराको आकाशमा अस्ताए रुपन्देहीका सिर्जना र गणेश

    बुटवल : पोखरामा आइतवार भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परि रुपन्देहीका दुईजनाले ज्यान गुमाएका छन्। रुपन्देहीको सैनामैना नगरपालिका-५ सेरुवाकी जहाज परिचारिका (एयर होस्टेस) २९ वर्षीया सिर्जना होङचुन (थापा) र रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिंगरनगरका ३६ वर्षीय डा गणेश थापा सेतीको खोंचमा अस्ताएका छन्। विगत सात वर्षदेखि यती एयरलाइन्समा कार्यरत सिर्जना काठमाडौंमै बस्थिन्। उनी बेलाबेला छुट्टी हुँदा मात्रै आफ्नो घर सैनामैना आउँथिन्। सिर्जना अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त को हुन् लिला गिरी?

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त को हुन् लिला गिरी?

    बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लिला गिरी नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बनेका छन्। सत्तारूढ गठबन्धन दलहरूबीच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्रीमा नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • ‘सिरियल किलर’ दम्पती : ४ महिनामा ३ जनाको हत्या गरेपछि अन्ततः प्रहरीको फन्दामा

    ‘सिरियल किलर’ दम्पती : ४ महिनामा ३ जनाको हत्या गरेपछि अन्ततः प्रहरीको फन्दामा

    बुटवल : अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी ३ जना महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन्। श्रृंखलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुटपाट गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द प्रसाद रिजालका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा बस दुर्घटना : ६ जना मृतक र १३ जना घाइतेको पहिचान खुल्यो

    पाल्पा बस दुर्घटना : ६ जना मृतक र १३ जना घाइतेको पहिचान खुल्यो

    बुटवल : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा बिहीवार राति भएको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। मृत्यु भएका र घाइते सबैको पहिचान खुलेको छ। दुर्घटनामा परी ५४ वर्षीया खिमकुमारी राना, ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमाया घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४० वर्षीया गुना कुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प, निराश बने पर्यटन व्यवसायी

    गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प, निराश बने पर्यटन व्यवसायी

    बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै अन्तर्राष्ट्रिय उडान र अवतरण रोकीएका छन्।  चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्तै कम हुने भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो। यात्रु नभएपछि हप्तामा तीन दिन उडान गर्दै आएको जजिराले हुस्सुलाई कारण देखाउँदै उडान रोकेको छ। त्यस्तै, हिमालयन एयरलायन्सले गत कात्तिक १७ गते बाट सुरु गरेको चार्टर्र उडान पनि अहिले रोकिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • देउखुरीको नयाँ भवनमा प्रदेशसभा बैठक बस्ने : चिटिक्क पारिँदै सभाहल, शपथ पुस १६ गते

    देउखुरीको नयाँ भवनमा प्रदेशसभा बैठक बस्ने : चिटिक्क पारिँदै सभाहल, शपथ पुस १६ गते

    बुटवल : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) मा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सोही भवनमा सांसदहरूले शपथ लिने र प्रदेशसभाको पहिलो बैठक बस्ने गरि तयारी गरिएको छ । राप्ती गाउँपालिका–३ लालमटियामा निर्माण भएको प्रदेशसभा भवनमा विद्युत् कनेक्सन जोड्ने, रंगरोगन, एसी राख्ने, टेबुल, कुर्सी, कार्पेट बिछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्नेलगायतका 'डेकोरेसन'का काम धमाधम भइरहेका छन्। प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • अबिर जात्रा गरेर लुम्बिनीको स्थायी राजधानी दाङबाट सुरु भयो औपचारिक सेवा, प्रदेशसभा बैठक पनि देउखुरीमै हुने

    अबिर जात्रा गरेर लुम्बिनीको स्थायी राजधानी दाङबाट सुरु भयो औपचारिक सेवा, प्रदेशसभा बैठक पनि देउखुरीमै हुने

    बुटवल : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)बाट औपचारिक सेवा सुरू भएको छ। बुधबार देउखुरीको लालमटियास्थित साविक राप्ती प्राविधिक शिक्षालय रहेको स्थानमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन गरिएको हो। मुख्यमन्त्री कुलप्रसाद केसीले यहि मंसिर २० गते अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालय दाङ स्थानान्तरण गरेका थिए। बुधबार प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तलन गरि राजधानी कार्यान्वनको औपचारिक सुरूवात गरेका हुन् ।…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा एमाले पहिलो दल, कांग्रेस बलियो हुँदा माओवादी खस्कियो : कसको कति सिट ?

    लुम्बिनीमा एमाले पहिलो दल, कांग्रेस बलियो हुँदा माओवादी खस्कियो : कसको कति सिट ?

    बुटवल : लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको सहभागिता हुने भएको छ। प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’  कटाएर १–१ सिट पाएका छन्। यससँगै प्रदेशसभामा १० दलको उपस्थिति हुने भएको हो। लुम्बिनीमा ३२ दलले चुनावमा भाग लिएकोमा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो। जसमा १० वटा दलले २८ हजार ३०६…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश सभाः गठबन्धनको बलमा कांग्रेसको कमब्याक, पहिलो दल बनेर पनि खुम्चियो एमाले

    लुम्बिनी प्रदेश सभाः गठबन्धनको बलमा कांग्रेसको कमब्याक, पहिलो दल बनेर पनि खुम्चियो एमाले

    बुटवलः प्रदेश सभातर्फ प्रत्यक्षमा ५२ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा १९ जना सांसद दोहोरिएका छन्। २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएकामध्ये १९ जना मंसिर ४ मा सम्पन्न निर्वाचनमा पुनः विजयी हुँदै दोस्रो कार्यकालका लागि दोहोरिएका हुन्। लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) का ९ जना, नेपाली कांग्रेसका ५ जना, माओवादी केन्द्रका ४ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा एमाले ठूलो दल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कहाँ कसले जिते?

    लुम्बिनी प्रदेशमा एमाले ठूलो दल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कहाँ कसले जिते?

    बुटवल : प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा सबै क्षेत्रको मतगणना सकिएको छ। मंसिर ४  गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रतिनिधिसभामा नेकपा एमालेले ११ सिटमा जित निकालेको छ। नेपाली कांग्रेसले ५ सिटमा जित्दा नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३–३ सिट जितेका छन्। त्यस्तै, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारले…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री खाणको संसदीय यात्रामा ब्रेक! सत्ता र शक्तिको आडमा पनि किन जित्न सकेनन् चुनाव?

    गृहमन्त्री खाणको संसदीय यात्रामा ब्रेक! सत्ता र शक्तिको आडमा पनि किन जित्न सकेनन् चुनाव?

    बुटवल : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्, गृहमन्त्री बालकृष्ण खाण। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका उनी चुनाव जित्नेमा ढुक्क थिए। तर, निर्वाचनको अन्तिम परिणाम उनले सोचेभन्दा फरक आयो। कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराले पराजित गरेपछि उनको संसदीय यात्रामा ब्रेक लागेको छ। आफैँ…

    विस्तृतमा पढ्नुस्

  • टुंगिएको प्रदेश राजधानीलाई गृहमन्त्रीले बनाए चुनावी मुद्धा, ‘लुम्बिनीको स्थायी राजधानी बुटवलमै रहन्छ'

    टुंगिएको प्रदेश राजधानीलाई गृहमन्त्रीले बनाए चुनावी मुद्धा, ‘लुम्बिनीको स्थायी राजधानी बुटवलमै रहन्छ'

    बुटवलः गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने बताएका छन्। स्थायी राजधानी तोकिएको क्षेत्र दाङको देउखुरीमा कुनै पूर्वाधार नभएको भन्दै उनले स्थायी राजधानीका लागि उपयुक्त स्थान बुटवल नै भएको बताए। खाणले राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई परीक्षण गर्ने र सच्याउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे। ‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही-२ मा 'ह्याट्रिक' गरेका विष्णु पौडेललाई फेरि दोहोरिने इच्छा, केशव थापालाई गठबन्धनको भर

    रुपन्देही-२ मा 'ह्याट्रिक' गरेका विष्णु पौडेललाई फेरि दोहोरिने इच्छा, केशव थापालाई गठबन्धनको भर

    बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र ६ दिन बाँकी छ। हरेक निर्वाचनमा जस्तै मंसिर ४ को निर्वाचनमा रुपन्देही–२ क्षेत्र चर्चामा छ। यहाँ अहिले नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव थापा प्रतिस्पर्धामा छन्। उम्मेदवारहरुले अहिले चुनावी गतिविधिलाई जोड दिएका छन्। सत्ता गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै थापालाई सत्तागठबन्धनले समर्थन गर्दै साझा उम्मेदवार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell