जनकपुरधाम : धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन्। मिश्र ३७६५ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुघन यादव ३४९७ मत ल्याएका छन्। त्यस्तै, कांग्रेसकी फूलकुमारी यादवनी ३६२८ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी बिमला कुमारी यादवले ३४६० मत ल्याइन्।
विराटनगर : नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य हसन अन्सारीमाथि दुर्व्यवहार गरिएको छ। विराटनगर वडा नम्बर १७ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट प्रत्याशी भई भर्खरै पराजित भएका असलम आलम र उनको समूहले अन्सारीलाई दुर्व्यवहार गरेको अन्सारीको भनाइ छ। अन्सारी कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन्। उनले दिएको जानकारी अनुसार विराटनगर-१७ स्थित उनका घरमा असलमको नेतृत्वमा पूर्वाह्न ११:३० बजे ३० जना जति…
वीरगंज : बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको प्रमुख पदमा लगातार नेकपा (एमाले)ले अग्रता लिइरहेको छ। प्रमुखमा एमालेका विनोद प्रसाद साह २७ सय ४७ मतले नेपाली कांग्रेसका राजेश राय यादवभन्दा अघि छन्। साहले ७ हजार ३ सय मत ल्याएका छन् भने बारा कांग्रेसका सभापति समेत रहेका यादवले ४ हजार ५ सय ५३ मत ल्याएका छन्। त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धन अन्तर्गतको जनता समाजवादी…
काठमाडौः पूर्व डीआईजी रमेश खरेलको पार्टीले पनि स्थानीय तह निर्वाचनमा एक सिट जितेको छ। नेपाल सुशासन पार्टीले पर्साको पोखरीया नगरपालिकामा वडा अध्यक्षमा एक सिट जितेको हो। पोखरीया वडा नम्बर ९ मा ३७ वर्षीय नौसाद आलम विजयी भएका हुन्। आलमले ८ सय ७७ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका रामबाबु प्रसाद चौहानले ६ सय ७८ मत ल्याएका हुन्। पूर्व डीआईजी खरेल प्रहरी…
काठमाडौं : काठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ९ हजार ४ सय ९९ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ९६ मत ल्याएको निर्वाचन आयोगले जानकारी दिएको छ। नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ५ सय ४० मत ल्याएकी छिन्। वडा नम्बर १,२,३,४,५,६,७,३०,३१ र ३२ को मत गणनाको परिणाम अनुसार…
वीरगंज : मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा नेकपा (एमाले)ले खाता खोलेको छ। वीरगंजमा मंगलवार बिहान एमालेले वडा नम्बर ३१ बेल्वामा ‘क्लिन स्विप’ गर्दै खाता खोलेको हो। वडा नम्बर ३१ को वडाध्यक्षमा १३०७ मत ल्याएर एमालेका जितेन्द्र यादव निर्वाचित भएका छन्। वडाध्यक्षमा जसपाका सुलेमान अन्सारीले १२७३ मत पाए।
पोखरा : नेकपा एमाले कास्कीले सोमवार सार्वजनिक भएको अडियाेप्रति ध्यानाकर्षण भएको जनाएको छ। एमाले कास्की कार्यालयले विज्ञप्ति जारी गर्दै सो घटनाको बारे सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाउने जनाएको छ। अडियो साम्रागी बाहिर ल्याएका र निर्माणमा संलग्न रहेका व्यक्तिमाथि पार्टीले निगरानी राखेको पनि विज्ञप्तिमा उल्लेख छ। ‘पार्टी जीवनमा यस्ता गतिविधिहरू किमार्थ स्वीकार्य हुन सक्दैनन्। यी सबै घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन पार्टीले…
जनकपुरधाम : धनुषाको औरही गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन। साह ३३२६ मत ल्याएर निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २९२३ मत ल्याए। त्यस्तै, उपाध्यक्षमा एमालेकी पुनम कुमारी साह २९४९ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसको रिंकी कुमारी मण्डलले २७९० मत ल्याइन्।
बुटवल : पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा कांग्रेसका रमण बहादुर थापा नेकपा (एमाले)का शिव अर्याललाई पराजित गर्दै विजयी भएका छन्। थापाले १० हजार ४५६ मत प्राप्त गरी विजयी हुँदा अर्यालले १० हजार ८३ मत प्राप्त गरे। थापा २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रमुखमा निर्वाचित भएका थिए। यस्तै, उपप्रमुखमा…
काठमाडौं : स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन्। पौडेलले पाँच हजार १७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका पौडेलले चार हजार ३५१ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा एमालेको सीता थापा निर्वाचित भएकी छिन्। उनी पाँच हजार २७३ मतले विजयी हुँदा…
काठमाडौं : गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ। निर्वाचन आयोगका अनुसार आज मतदान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका १३ स्थित श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नगरपालिका ५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका १० को विजय…
काठमाडौं : तनहुँको भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो। नगरप्रमुखमा दधिराज सुवेदी आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन्। प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरेका छन्। यस्तै, उपप्रमुखमा एमालेकै शारदा खनाल सात हजार ६६७…
काठमाडौं : तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित भएका हुन्। अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरि विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे। यस्तै, उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी…
काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। क्यान्सर रोगबाट पीडित प्रेमबहादुरको वीर अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान निधन भएको प्रधानमन्त्री देउवाको प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। उनको आजै अन्त्येष्टिको तयारी भइरहेको उनले बताए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उनको निधनमा शोक व्यक्त गरेका छन्। 'सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति मेरा…
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजयी भएको हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गरेको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए। यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई…
वीरगंज : वीरगंज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ४ हजार बढी मतको अग्रता लिएका छन्। आज बिहानसम्मको मतपरिणाम अनुसार वडा नम्बर १, २, ३,४ र ३०, ३१, र ३२ को १४ हजार ४ सय ९६ मतगणना गर्दा सिंहले ७ हजार २ सय ४५ मत ल्याएर अग्रता लिइरहेका छन्। सिंह वीरगंजमा 'दबंग' उम्मेदवारले परिचित छन्। नेकपा एमालेबाट मेयरका उम्मेदवार विजयकुमार…
काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुखका लागि खसेको मत मध्ये हालसम्म २४ हजार १ सय ३६ मत गन्दा नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै चार गुणा बढी मतले अग्रता लिएकी छिन्। डंगोलले ९ हजार ४ सय २१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ७५ मत ल्याएका छन्। स्वतन्त्र तर्फबाट मेयरमा…
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा एकदिनलाई मात्रै इन्धन स्टक रहेको छ। श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल बिक्रमासिंघेले एक दिनलाई मात्रै पेट्रोल बांकी रहेको जनाएका हुन्। उनले इन्धनको संकट समाधान गर्न श्रीलंकालाई ७५ मिलियन अमेरिकी डलर आवश्यक रहने बताएका छन्। महिन्द्रा राजापाक्षेले राजीनामा दिएपछि यसअघि ४ पटक प्रधानमन्त्री भइसकेका रनिललाई केही दिन अघि मात्रै प्रधानमन्त्री नियुक्त गरिएको हो।रनिलले भारतबाट इन्धन ल्याउन आफूहरुले प्रयास गरिरहेको…
बुटवल: बुटवल उपमहानगरपालिकाको नगरप्रमुखमा झन्डै तीन हजार मतले कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन्। पाण्डेले आठ हजार ९२६ मत ल्याउँदा एमालेका बाबुराम भट्टराईले पाँच हजार ९८० मत पाएका छन्। त्यसैगरी उपनगरप्रमुखमा भने एमाले उम्मेदवार सावित्रादेवी अर्याल अगाडि छिन् । उनले छ हजार ६२८ मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चिनबहादुर गुरूङले पाँच हजार ४८ मत पाएका छन्।
बुटवल: गुल्मीको धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विजयी भएको छन्। पालिका अध्यक्षमा माओवादी केन्द्रका भुपाल पोखरेल विजयी भएका छन्। पोखरेलले छ हजार ८९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी चार दलीय गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारीले चार हजार २६१ मत प्राप्त गरेका छन्। पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका…