काठमाडौं : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका पदमा २६५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। आइतबार र सोमबार सम्पन्न मनोनयनमा प्रमुख राजनीतिक सहित साना राजनीतिक दललगायत स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय पनौतीले जनाएको छ। उम्मेदवारमध्येमा नगर प्रमुख पदको लागि मात्रै ११ को उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत गोविन्दप्रसाद घिमिरेले बताए। उनका अनुसार गठबन्धन दलबाट प्रमुख पदमा नेपाली कांग्रेसका रामशरण…
काठमाडौं : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण निर्वाचन आयोगको सूचना प्रणालीमा समावेश भइरहेको छ। आज दिउँसो ३:१५ सम्मको अपडेट अनुसार १ लाख ४७ हजारभन्दा बढीले आइतवार र सोमबार उम्मेदवारी दर्ता गराएको विवरण आयोगले सार्वजनिक गरेको हो। केही स्थानबाट विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ…
काठमाडौं : आज ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस। फोटो पत्रकारिता दिवसको अवसरमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ। फोटो : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर काठमाडौंको बसन्तपुरमा फोटो प्रदर्शनीको आयोजना गरिएको हो। प्रदर्शनीको विषय थियो ‘लेन्सबाट फोटो पत्रकारिता’। जसमा फोटो पत्रकारहरुले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भोग्नु गरेका जोमिम र चुनौतीहरुलाई देखाउन खोजिएको छ। फोटो : विजय गजमेर फोटो पत्रकारहरुले…
काठमाडौं : कोइलाका कारण भारतमै लोडसेडिङ हुन थालेपछि नेपालले पिक आवरमा बिजुली पाउन सकेको छैन। बिजुली नपाएपछि नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म लोडसेडिङ गर्न थालेको छ। प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतबाट बिजुली नपाएका कारण उद्योगहरुमा राति बत्ती काटिएको बताए। 'अहिले उद्योगहरुमा राति ३/४ दिनदेखि बत्ती दिइएको छैन। कहिले ६ बजेदेखि बिहान ६ बजेसम्म, कहिले…
काठमाडौं : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। ना.२ख ८६२४ नम्बरको ट्रकमा लु८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै विदेह नगरपालिका–६ का २२ वर्षीय अविनाश मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका…
इण्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टिम मुम्बई इण्डियन्सको यो सिजन खराब चलिरहेको छ। पाँच पटक आईपीएलको च्याम्पियन बनेको मुम्बईले लगातार ८ खेलमा पराजय ब्यहोर्दा उसको शाखमाथि नै संकट आईपरेको छ। टिम खराब लयमा हुँदा कप्तान रोहित शर्माले आलोचना त्यही हिसाबले ब्यहोरिरहेका छन्। शर्मामाथि खराब कप्तानी गरेको, ब्याटिङको लय समात्न नसकेको लगायतको आरोप लागेका छन्। तर, अर्कोतर्फ मुम्बईसँग 'सपोर्ट…
काठमाडौं : निर्वाचन आयोगले १ लाख ४७ हजार २७४ जनाले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएको जनाएको छ। आज दिउँसो ३:१५ सम्मको अपडेट अनुसार १ लाख ४७ हजारभन्दा बढीले आइतवार र सोमबार उम्मेदवारी दर्ता गराएको विवरण आयोगले सार्वजनिक गरेको हो। पालिका प्रमुखमा ३ हजार ४३० जना, पालिका अध्यक्षमा ३ हजार ३६३ जना, पालिका उपप्रमुखमा २ हजार ९६ जना र पालिका…
इजिप्टको काइरो शहरको ट्राफिकले सवारीधनीहरुलाई निकै हैरान गर्छ। गन्तव्यमा पुग्न घण्टौं लाग्छ कहिलेकाहीँ। त्यही ट्राफिकबिच देखिन्छन् क्लासिक कारहरु। कार कलेक्टर मोहमम्द वाहदनले २५० भन्दा बढी भिन्टेज कारहरु संकलन गरेका छन्। भिन्टेजसँगै एन्टिक र क्लासिक कारहरु पनि उनको कलेक्सनमा छन्। विज्ञहरुले कार निर्माण भएको मितिको अनुसार कारलाई भिन्टेज, एन्टिक र क्लासिक भनेर वर्गीकरण गरिएका छन्। वाहदनसँग यी सबै कारहरु छन्। पुराना…
काठमाडौं : सोलखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा भने दुई जनाको उम्मेमदवारी दर्ता भएको निर्वाचन अधिकृत मीना गुरुङले जानकारी दिइन्। अध्यक्ष पदमा एमालेका तर्फबाट बुद्धिकिरण राई र उपाध्यक्ष पदमा जुनिता माया मगरले उम्मेद्वारी दर्ता गराएका छन्। यी दुबै गाउँपालिकाका हालका अध्यक्ष र उपाध्यक्ष हुन्। उनीहरुले राजिनामा दिएर पुन: उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै सत्तारुढ गठबन्धनका…
काठमाडौं : ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनी आयोजना गरेको छ। काठमाडौंको बसन्तपुरमा ‘लेन्सबाट फोटो पत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरिएको हो। फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटोहरु प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए।…
काठमाडौं : सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख-उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ। जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख-उपाध्यक्षको उम्मेदवार बनाएको हो। दलबाट उम्मेदवारी दर्ता गराउनुपर्दा प्रमुख र उपप्रमुखमा एक महिला अनिवार्य हुनुपर्छ। तर, गठबन्धनबाट उम्मेदवारी दर्ता गराउँदा सो प्रावधान लागू नहुने भएपछि पुरुषले नै अवसर पाएको हो। गठबन्धनका कारण महिला प्रतिनिधित्व घट्ने अनुमान यसअघि नै…
बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि १७ जनाको उम्मेदवारी परेको छ। मेयरमा नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत ८ राजनीतिक दल र ७ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको हो। को-को छन् मेयरका उम्मेदवार? १. बाबुराम भट्टराई (नेकपा एमाले) २. खेलराज पाण्डेय (नेपाली…
कोरोना भाइरसको संक्रमण बढेसँगै चीनको राजधानी बेइजिङमा करिब २ करोडभन्दा बढी व्यक्तिको परीक्षण गरिएको छ। छायोङ शहरका सबै नागरिकहरुको अनिवार्य परीक्षण गर्ने भनिएको छ। पाँचदिनमा तीन चरण गरेर परीक्षण गरिने बताइएको छ। हालसम्म करिब ३७ लाख भन्दा बढीको परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा कोरोनाका २९ केस भेटिएपछि सरकारले मास टेस्टिङको रणनीति लिएको हो। शुक्रवारयता बेइजिङमा मात्रै ८० केसहरु भेटिएका…
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इन्द्रसरोवर गाँउपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। मकवानपुर जिल्लास्थित उक्त गाँउपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो। एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाँउपालिका-१ की लक्ष्मी दमाइँ र सोही गाँउपालिका वडा नं ४ की सावित्रा सुनार…
काठमाडौं: अभिनेता महेश त्रिपाठी अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता घोषित भएका छन्। वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा त्रिपाठी फिल्म ‘हल्कारा’ बाट विजेता बनेका हुन्। त्रिपाठीले अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीलाई पछि पार्दै उत्कृष्ट अभिनेता बनेका हुन्। ‘हल्काराले’ उत्कृष्ट विदेशी चलचित्रको अवार्ड पनि हात पारेको छ। यही चलचित्रबाट उत्कृष्ट छायाङ्कारको अवार्ड चिन्तनराज भण्डारीले जितेका छन्। महेशको मुख्य भूमिका…
काठमाडौं : अर्को महिनाबाट 'म यस्तो गीत गाउँछु २’ को अन्तर्राष्ट्रिय प्रदर्शन सुरू हुने भएको छ। यस फिल्मलाई विश्वभर प्रदर्शनका लागि नेपसिनेले जिम्मा लिएको छ। चलचित्रका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले नेपसिनेका नेपाल प्रमुख विधान कार्कीसँग सम्झौता गरेका हुन्। नेपसिनेले यो चलचित्रलाई विश्वभर वितरण गर्नेछ। यस फिल्मको प्रदर्शनका लागि अन्य विभिन्न देशबाट पनि कुरा आइरहेको नेपसिनेका नेपाल प्रमुख विधानले जानकारी दिए।…
हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व श्रीमती एम्बर हर्डबिच अहिले अदालतमा मुद्दा मामिला चलिरहेको छ। डेपले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए। अहिले विश्वका मिडियाहरु नै यस मुद्दामा केन्द्रीत भएका छन्। सो मुद्दामा डेपले सोमवार भर्जिनियाको फेयरफ्याक्स अदालतमा आफ्नो बयान दिएका छन्। बहसको चौथो दिनमा डेपलाई हर्डका वकिल बेन रोटेनबोर्नले ‘क्रस-चेक’ गरेका थिए। डेपलाई हर्डसँग विवाद हुँदाको अडियो रेकर्डिङबारे…
इलोन मस्कले ट्वीटर खरिद गरेसँगै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पराग अग्रवालको पद धरापमा परेको छ। विभिन्न संचारमाध्यमहरुमा मस्कको स्वामित्वसँगै ट्वीटरमा अग्रवालको पद के हुने भन्ने बहस चलेको छ। विशेषगरी भारतीय सञ्चारमाध्यमले यसमा चासो लिएका छन्। पराग भारतीय मूलका अमेरिकी नागरिक हुन्। अग्रवालले ट्वीट गर्दै मस्कको नेतृत्वमा ट्वीटरको भविष्य नै अन्धकार भएको टिप्पणी गरेका छन्। अब ट्वीटर कुन दिशातर्फ अघि बढ्छ…
काठमाडौं : काठमाडौंको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राति सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको हो। टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले नगरप्रमुख, उपप्रमुखसहित २५१ जनाको उम्मेदवारी परेको जानकारी दिइन्। उनका अनुसार नगर उपप्रमुखमा ६, वडा अध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको…
काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कतिपय स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। यसरी पार्टीका कार्यकर्ताहरुले नै उम्मेदवारी दर्ता गरेसँगै पार्टीभित्र विवाद झन् चुलिन थालेको छ। महासचिव विप्लव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले कार्यकर्ताहरुलाई उम्मेदवारी दर्ता गराउन भित्री रुपमा अनुमति दिए पनि पार्टीका अर्का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले तत्काल उम्मेदवारी फिर्ता लिन निर्देशन…