काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकालाई ‘महान घर’ बनाउन सिर्जना सिंहले सक्ने बताएका छन्। काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै महतले यस्तो बताएका हुन्। उनले भने, ‘पाँच वर्षमा विद्या सुन्दर हुँदा हामीले धेरै काम गर्न सकेनौँ। हामीलाई ठूला गफ दिने होइन, स-साना कुरा गरेर काठमाडौं बदल्न सक्ने मेयर चाहिन्छ।’ स्वास्थ्य, यातायात, महिलाको बारेमा…
काठमाडौं : गायक प्रमोद खरेल कार दुर्घटनामा परेका छन्। आफू सवार कार गम्भिर दुर्घटनामा परेर घाइते भएको खरेलले फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले यस दुर्घटनालाई जिन्दगीसँगको एउटा युद्धको रूपमा लिएको बताएका छन्। काठमाडौंबाट बुधवार साँझ उनी विमानमार्फत नेपालगञ्ज पुगेका थिए। त्यहाँबाट उनी दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि होटलतर्फ जाँदै गर्दा राति १ बजे दुर्घटनामा भएको थियो। उनी सवार कार सडक…
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले केशव स्थापितले काठमाडौंमा फर्केर आउने सपना नसोचे हुने बताएका छन्। काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै महतले यस्तो बताएका हुन्। मनोनयनपछि एमाले उम्मेदवार स्थापितले ‘गेम इज ओभर’ भन्दै जित आफ्नो पक्षमा रहेको दाबी गरेका थिए। उक्त भनाईलाई कटाक्ष गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘गेम इज ओभर रे। म…
काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले स्थानीय निर्वाचनमा कांग्रेसलाई जित्नैपर्ने दबाब रहेको बताएका छन्। यसपटक एक्लो एमालेसँग पाँच पाँच वटा दलको गठबन्धन बनाएर लड्दै गरेको अवस्था रहेकोले कांग्रेसलाई हार्ने सुविधा नभएको प्रधानले बताए। ‘एमालेसँग कांग्रेस एक्लै लड्न लागेको हैन, गठबन्धन भर्सेस् एमाले हो’, काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रममा प्रधानले भने, ‘गठबन्धन हार्यो भने नाक खुम्चिने कांग्रेसको हो।’…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय तालमेलको भावना विपरित उम्मेदवारी दिएकालाई आजै उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएका छन्। बिहीवार एक विज्ञप्ति जारी गर्दै देउवाले उक्त निर्देशन दिएका हुन्। 'पाँच दलीय गठबन्धनको निर्णय र सहमति अनुसार, पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनु पर्नेमा, त्यसको विपरित पार्टीकै साथीहरूबाट स्वतन्त्र…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले भिल्लारियलमाथि जित निकालेको छ। दोस्रो सेमिफाइनल खेलको पहिलो लेगमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियलमाथि २-० गोलअन्तरले जित निकालेको हो। घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५३ औं मिनेटमा भिल्लारियलका पेर्भिस एस्टुपिननले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता लिए। त्यस्तै दुई मिनेट…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबाद गुजरात टाइटन्ससँग पराजित भएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा गुजरातले हैदराबादमाथि ५ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो। हैदराबादका लागि ओपनर अभिशेक शर्माले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६५ रन बनाउँदा एइडेन मार्क्रमले ५६ रन बनाए। त्यस्तै आक्रामक…
वीरगंजः डेढ क्विन्टल गाँजासहित बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका १० निलकण्ठ टोलस्थित नेपाल-भारत सिमाना नजिकबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायतका अजित पासवान र सोही स्थानका रामदर्शन महतो रहेका छन्। चेकजाँचका क्रममा गाँजा फालेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।…
काठमाडौं: फिल्म ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार काठमाडौैमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। टेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको जीवनशैली समावेश गरिएको छ। अमेरिका र नेपालमा छायांकन गरिएको यस फिल्ममा सूर्य एन श्रेष्ठको निर्देशन रहेको छ। यो फिल्म आगामी जेष्ठ ६ गतेबाट सिनेमा हलमा प्रदर्शन हुनेछ।
वीरगंजः सत्तारुढ गठबन्धनले वीरगंज महानगरको निर्वाचनलाई प्रभावकारी बनाउन उपसमिति गठबन गरेको छ। वीरगंजमा सम्पन्न बैठकले कांग्रेसका नेता श्यामकुमार पोखरेलको संयोजकत्वमा वीरगंज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन गरेको छ। समिति सदस्यहरुमा कांग्रेसका प्रकाशकुमार उपाध्याय, नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र गुप्ता, जनता समाजवादी पार्टी (जसपा) का जन्नत अन्सारी, मुकेश द्विवेदी र नेकपा (एकीकृत समाजवादी) का मनोज चौधरी छन्। बैठकले पर्साका…
काठमाडौँ: रुपन्देहीको कञ्चन गाउँपालिकामा गठबन्धनका उम्मेदवार साझा चुनाव चिन्हमा चुनाव लड्ने भएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवार कांग्रेसको चुनाव चिन्ह रुख लिएर मनोनयन दर्ता गराएका हुन्। यहाँ सत्तारुढ दल नेपाली कांग्रेसले अध्यक्षसहित चार वडाध्यक्ष र नेकपा (माओवादी केन्द्र) ले गाउँपालिका उपाध्यक्षसहित एक वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका नवराज ढकालको मनोनयन परेको छ। त्यस्तै माओवादी केन्द्रले मौसमी…
हेटौँडाः दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटालाई जिम्मेवारी अनुसारको काम गर्न दिन उच्च अदालत पाटनको हेटौँडा इजलासले वाग्मती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै उच्च अदालतले सापकोटालाई काम गर्न दिन आदेश गरेको हो। न्यायाधीशद्वय मुहम्मद साबीर हुसेन र राजेश्वर तिवारीको संयुक्त इजलासले आधार कारण नै उल्लेख नगरी सरकारले सापकोटालाई पदबाट हटाएको भन्दै अन्तरिम…
काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ। आयोगका अनुसार हालसम्म २२ वटा जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ। वैशाख १३ गते कर्णाली प्रदेशका र सुदूरपश्चिमका जिल्लामा मतपत्र पठाइएको थियो। आज भने सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई मनाउन चितवन पुगेका छन्। उनले सत्तारुढ गठबन्धनले गरेको निर्णयविरुद्ध स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका उम्मेदवारले मनोनयन फिर्ता लिनेमा विश्वस्त रहेको समेत बताएका छन्। ‘मेरा अग्रज नेताहरू हुनुहुन्छ। समकालिन हुनुहुन्छ। उहाँहरूसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अघि बढाउने चितवनको प्रतिष्ठा कसरी जोगाउने, मतदातालाई कसरी अपिल गर्ने…
काठमाडौं : फिल्म ‘कबड्डी’को चौँथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा पुराना संस्करणसँग फिल्मलाई जोडिएको देख्न सकिन्छ। ४ मिनेट २८ सेकेन्डको ट्रेलर निकै रोचक छ। ट्रेलरमा दयाहाङ राई र मिरूना मगरको प्रेममा सौगात मल्लको इन्ट्रीदेखि उनीहरूबिचको द्वन्द्वलाई देखाइएको छ। यसअघिका सिक्वेलमा काजीको भुमिकामा देखिएका दयाहाङको प्रेम र उनको असफल बिहे वरिपरि फिल्मको कथा घुमेको छ। यस सिक्वेलमा पनि काजीको प्रेममा…
काठमाडौं : अवैध तरिकाबाट भित्रिएको सुन बरामदपछि सङ्कलन हुने राजस्व ह्वातै बढेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा बरामद सुनबाट सङ्कलन हुने राजस्व ह्वातै बढेको हो। चालु आर्थिक वर्षको ९ महिनामा ९५ करोड ७९ लाख १३ हजार ५ सय ३८ रुपैयाँ सङ्कलन गरेको छ। जबकि गएको आर्थिक वर्ष २०७७/७८ मा २७…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी बुधवार एउटै कार्यक्रममा देखिए। सरकारले अधिकारीलाई निलम्बन गरेपछि दुवै जना एकै कार्यक्रममा पहिलोपटक देखिएका हुन्। अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्माको अध्यक्षतामा भएको सम्पत्ति शुद्धिकरण निवारण अन्तर्गत राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकमा गभर्नर अधिकारी डेढ घण्टा बिताए। तर, कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबिच न बोलचाल भयो न त दुवैले एक अर्कालाई हेरे।…
रसियाको ठूलो उर्जा कम्पनी ‘गाजप्रोम’ले पोल्याण्ड र बुल्गेरियामा ग्यास निर्यात रोकेको बताएको छ। यी देशहरूले रसियाली मुद्रा रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि निर्यात रोकेको गाजप्रोमले बताएको बीबीसीले उल्लेख गरेको छ। रसियाली मुद्रामा भुक्तानी नगरेसम्म आपूर्ति पुनर्स्थापना नहुने कम्पनीले बताएको छ। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अनफ्रेन्ड्ली’ देशहरूलाई रुबलमा ग्यासको भुक्तानी गर्न आदेश दिएपछि कम्पनीको यो निर्णय आएको हो। पोल्याण्डले आपूर्ति रोकिएको…
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा हुनुपर्ने बताएकी छिन्। बुधबार ललितपुरमा आयोजित ‘घरेलु हिंसा कानुन कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा उनले महिला विकास कार्यालय जिल्लाजिल्लामा नहुँदा महिलाहरुमाथि हुने सबै प्रकारका हिंसा नियन्त्रण गर्ने काममा समेत एकदमै अप्ठ्यारो परिरहेको बताएकी हुन्। ‘जिल्ला जिल्लामा महिलाहरुको इस्यूजहरु हेर्ने छैन। पहिला महिला विकास थियो।…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रशंसा सुन्ने बानी परेकाले आलोचना नपचेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा थापाले ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीबारे प्रतिक्रिया दिएका हुन्। ‘एकालप प्रशंसा सुन्ने बानी परेको उहाँ झुट पढेर सनक्क सन्किनुभएछ। कांग्रेसको घोषणापत्रमा ओलीको भक्तिगान गाउने त हैन होला,’ थापाले भने। ओली झुटो बोल्ने गरेको थापाको आरोप छ।…