PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • घोषणापत्रमा वातावरणको मुद्दाहरू कुन - कुन दलले के - के राखे : लागू गर्छन् कि देखावटी मात्र?

    घोषणापत्रमा वातावरणको मुद्दाहरू कुन - कुन दलले के - के राखे : लागू गर्छन् कि देखावटी मात्र?

    राजु आचार्य- गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने मादी गाउँपालिकाको मादी नदीसँग जोडिने खोलाहरूमा निर्माणाधीन र निर्माण भैसकेका गरी ७ वटा हाइड्रोपावर रहेका छन्। ती सबैको ‘वातावरणीय प्रभाव मूल्याङ्कन’ प्रतिवेदन छ तर पूर्ण रुपमा लागू भएका छैनन्। फलस्वरूप खोला सुकेको छ। माछाहरू सबै लोपोन्मुख अवस्थामा छन्। मासिएका बिरुवाहरुको सट्टामा अरु बिरुवाहरु रोपिएका छैनन्। अन्नपूर्ण संरक्षण क्षेत्र भरिका करिब १०७ वटा…

    विस्तृतमा पढ्नुस्

  • लखनउसँग पञ्जाब पराजित

    लखनउसँग पञ्जाब पराजित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले पञ्जाब किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा लखनउले पञ्जाबमाथि २० रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो। लखनउका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ४६ रन बनाउँदा दीपक होडाले ३४ रन बनाए। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोक गठबन्धन भताभुङ्ग: सुनकोशीमा एमाले र माओवादी तालमेल, मेलम्चीमा कांग्रेस र राप्रपा

    सिन्धुपाल्चोक गठबन्धन भताभुङ्ग: सुनकोशीमा एमाले र माओवादी तालमेल, मेलम्चीमा कांग्रेस र राप्रपा

    फूलमान तामाङ- नवलपुर: आसन्न स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा सत्ता गठबन्धनभित्र आवद्ध नभएका दलसँग पनि चुनावी तालमेल भएको छ। पाँच दलीय गठबन्धनले शुक्रबार बिहान गठबन्धनबाहिरको तालमेल खारेज गर्ने भने पनि सिन्धुपाल्चोकमा उक्त निर्णय कार्यान्वयन भएन। सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ। मेलम्चीमा कांग्रेस र राप्रपाले तालमेल गरेका छन्। सुनकोशीमा यसअघि कांग्रेसका श्रवण जिसी अध्यक्षमा निर्वाचित भएका थिए। उम्मेदवारको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगपालिकाः मेयरसहित १५ जनाले फिर्ता लिए उम्मेदवारी

    जनकपुरधाम उपमहानगपालिकाः मेयरसहित १५ जनाले फिर्ता लिए उम्मेदवारी

    जनकपुरधामः आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन जनकपुरधाम उपमहानगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता गरेकामध्ये मेयरमा दुई, उपमेयरमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ जना गरी कूल १५ प्रत्यासीले नाम फिर्ता लिएका हुन्। मेयरको उम्मेदवारी फिर्ता लिनेहरुमा वैद्यनाथप्रसाद साह र नन्दनकुमार भगत छन्। यसअघि उपमेयरका स्वतन्त्र उम्मेदवार सरोज मिश्र,…

    विस्तृतमा पढ्नुस्

  • शनिवारबाट आउँदै 'ई –कविता' : नेपालयको शुल्क तिरेर कविता पढाउने प्रयास, कति होला सफल?

    शनिवारबाट आउँदै 'ई –कविता' : नेपालयको शुल्क तिरेर कविता पढाउने प्रयास, कति होला सफल?

    काठमाडौं : नेपालयले कविताहरूको अनलाइन सञ्चालन गर्ने भएको छ। चर्चित कवि श्रवण मुकारूङसँगको सहकार्यमा यसको सुरुवात हुन लागेको हो। नेपालयले शुरु गर्न लागेको यस कदमलाई 'नेपालय ई-कविता' नामाकरण गरिएको छ। यसका संयोजक र क्युरेटर कवि मुकारूङ रहने नेपालयले जनाएको छ। यस प्लेटफर्ममा कवि मुकारूङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्नेछन्। साप्ताहिक रुपमा कविता सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई जगन्नाथको जवाफ : म बागी उम्मेदवार हैन, रुखमा पानी हाल्न आफू बली चढ्न तयार छु

    देउवालाई जगन्नाथको जवाफ : म बागी उम्मेदवार हैन, रुखमा पानी हाल्न आफू बली चढ्न तयार छु

    काठमाडौं : भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका जगन्नाथ पौडेलले आफू पछि नहट्ने बताएका छन्। भरतपुरका जनताको आदेशका कारण आफूले उम्मेदवारी फिर्ता नलिएको पौडेलको दाबी छ। 'मैले नाम फिर्ता जनताको आदेशका कारण नगर्‍या हो,' भरतपुरमा शुक्रवार साँझ आयोजित भेलामा पौडेलले भने, 'म कुनै पनि हिसाबले मेयरमा निर्वाचित नभए पनि मुल्यको राजनीति छाड्दिनँ।' कांग्रेस केन्द्रले भरतपुर महानगर नेकपा माओवादी केन्द्रलाई छाड्ने…

    विस्तृतमा पढ्नुस्

  • गभर्नरकै रुपमा काम गर्न अधिकारीलाई खुल्यो बाटो, अर्थमन्त्रीबारे के भन्छन् उनी?

    गभर्नरकै रुपमा काम गर्न अधिकारीलाई खुल्यो बाटो, अर्थमन्त्रीबारे के भन्छन् उनी?

    काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सर्वोच्च अदालते अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिनै फैसला गरेको छ। मंगलवार, बिहीवार र शुक्रवार दिनभरी भएको सुनुवाइपछि सर्वोच्चको संयुक्त इजलासले सरकारको कदमलाई गलत ठहर्‍याउँदै अन्तरिम आदेश दिएको हो। यद्यपि, मुद्दाको अन्तिम टुङ्गो लागिसकेको छैन। तर, पूर्ण इजलासले निर्णय गर्नुअघिसम्मलाई गभर्नर अधिकारीले राहत पाएका छन्। मंगलवार र बिहीवार निरन्तर सुनुवाइपछि शुक्रवार पनि सुनुवाइ भएको…

    विस्तृतमा पढ्नुस्

  • सिनियर खेलाडीको विद्रोह पछि अलमुताइरीले यी खेलाडीलाई बोलाए ‘क्लोज क्याम्प’मा

    सिनियर खेलाडीको विद्रोह पछि अलमुताइरीले यी खेलाडीलाई बोलाए ‘क्लोज क्याम्प’मा

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द शिविर (क्लोज क्याम्प) मा बिहीबारदेखि १७ नयाँ खेलाडीलाई बोलाइएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ छनोटको तयारीका लागि १७ खेलाडीलाई टोलीमा बोलाएका हुन्। १० सिनियर खेलाडीले अलमुताइरीको व्यवहारबाट आजित भइ बन्द शिविर छाडेर हिँडेका थिए। अलमुताइरीसँग आधारभूत सुविधा र गाँसबासको माग गर्दा उनले खेलाडीलाई क्याम्प छाडेर जान भनेका थिए। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • लाहा छाप लगाएर पठाइयो फोटोसहितको मतदाता नामावली

    लाहा छाप लगाएर पठाइयो फोटोसहितको मतदाता नामावली

    काठमाडौं : वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर पठाइएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई लाहा छाप लगाएर नामावली पठाइएको बताएका हुन्। आयोगले रङ्गिन र श्यामश्वेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको उनले बताए। मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची…

    विस्तृतमा पढ्नुस्

  • मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

    मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्ने भएको छ। मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो। सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि…

    विस्तृतमा पढ्नुस्

  • २०८१ सम्मका लागि आवेदन दिएका सबैले लाइसेन्सको ट्रायल दिन पाउने, जेठ १ गतेबाट अनलाइन आवेदन खुल्ने

    २०८१ सम्मका लागि आवेदन दिएका सबैले लाइसेन्सको ट्रायल दिन पाउने, जेठ १ गतेबाट अनलाइन आवेदन खुल्ने

    काठमाडौं : सवारी चालक अनुमति पत्रका लागि बैशाख मसान्तसम्म अनलाइन आवेदन दिएर ट्रायल पर्खिरहेका सबै सेवाग्राहीको लिखित र ट्रायल परीक्षा सक्ने योजना वाग्मती प्रदेश सरकारले बताएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका सबै कार्यालयलाई २०८१ सम्मको सबै ब्याक लग सक्ने गरी ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिने तयारी गरेको छ। मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले सबै ट्रायल परीक्षा सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको नाममा सत्तारुढ दलहरुले मजाक गरिरहेका छन् : राजेन्द्र महतो

    गठबन्धनको नाममा सत्तारुढ दलहरुले मजाक गरिरहेका छन् : राजेन्द्र महतो

    काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनमा गठबन्धन गरेर सत्तारुढ दलहरुले ‘मजाक’ गरिरहेको बताएका छन्। आज पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक कार्यक्रममा महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भए पनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको बताएका हुन्। ‘जनतासँग मजाक भइरहेको छ। यहाँका ठूलाबडा पार्टीहरुले जनतासँग गठबन्धन भनेर मजाक गरेको हो। यो चुनाव…

    विस्तृतमा पढ्नुस्

  • लोसपाको घोषणा पत्र : विपन्न महिलालाई विवाहको बेलामा ५१ हजार प्रदान गर्ने वाचा

    लोसपाको घोषणा पत्र : विपन्न महिलालाई विवाहको बेलामा ५१ हजार प्रदान गर्ने वाचा

    काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष महन्थ ठाकुरले घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्रमा लोसपाले २० वटा प्रतिबद्धता उल्लेख गरेको छ। सबै महिलाहरुलाई निःशुल्क शिक्षा, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने लगायतका योजना अघि सारिएको छ। महानगर र उपमहानगरमा धान्नै…

    विस्तृतमा पढ्नुस्

  • दुवईबाट ल्याएको २ किलो सुनसहित विमानस्थलमा समातिए ५ जना, ट्वाइलेटको फोहोरमा मिसाएर थिए निकाल्दै

    दुवईबाट ल्याएको २ किलो सुनसहित विमानस्थलमा समातिए ५ जना, ट्वाइलेटको फोहोरमा मिसाएर थिए निकाल्दै

    काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध तरिकाबाट सुनको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। विमानस्थल प्रहरीले उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालिबाट विमानमा सरसफाई गर्ने सुपरभाइजरसप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी र पाँचथर याङवरक गाउँपालिका घर भएका  २८ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • धनगढी उपमहानगर, लम्कीचुहा र गोदावरी नगरमा क-कसको मनोनयन भयो रद्द ?

    धनगढी उपमहानगर, लम्कीचुहा र गोदावरी नगरमा क-कसको मनोनयन भयो रद्द ?

    काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ।  नेपाल परिवार दलका तर्फबाट उनले मनोनयन दर्ता गराएकी थिइन्। समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। यस्तै, वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा,…

    विस्तृतमा पढ्नुस्

  • अवैध लागुऔषधसहित चितवनबाट एक जना प्रहरीको नियन्त्रणमा

    अवैध लागुऔषधसहित चितवनबाट एक जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं : चितवनको राप्ती नगरपालिका-१ परेवाकोटबाट करिब ७० केजी अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्बर ३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशको मस्जिदमा आपत्तिजनक तस्विर टाँस्ने सातजना पक्राउ

    उत्तर प्रदेशको मस्जिदमा आपत्तिजनक तस्विर टाँस्ने सातजना पक्राउ

    भारतको उत्तर प्रदेशमा तीनवटा मस्जिद र एक मजारमा आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। उनीहरुले पोस्टर टाँस्नुका साथै धार्मिक ग्रन्थको पन्ना च्यातिदिएका थिए। पक्राउ पर्नेमा महेश मिश्रा, प्रत्युश श्रीवास्तव, नितिक कुमार, दीपक कुमार, बृजेश पांडे, शत्रुघ्न प्रजापति र विमल पांडे छन्। प्रहरीले नियन्त्रणमा लिएका यी सबैजना अयोध्याका बासिन्दा हुन्। उनीहरुविरुद्ध धर्मको अपमान गरेको अभियोगमा मद्दा चलाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सहमति विपरीत पाँच दल बाहिर तालमेल गर्नेलाई गठबन्धनले कारवाही गर्ने, स्वतन्त्र उम्मेदवारी पनि फिर्ता गराइने

    सहमति विपरीत पाँच दल बाहिर तालमेल गर्नेलाई गठबन्धनले कारवाही गर्ने, स्वतन्त्र उम्मेदवारी पनि फिर्ता गराइने

    काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले सहमति विपरीत स्थानीय तहमा उम्मेदवार बनेका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ। स्वतन्त्र रुपमा उम्मेदवार बनेकालाई पनि उम्मेदवारी फिर्ता गराउने गठबन्धनले निर्णय गरेको छ। पाँच दल बाहिर चुनावी तालमेललाई खारेज गर्न गठबन्धनले निर्देशन दिएको हो। खारेज नगरे सम्बन्धित दलले कारवाही गर्ने सहमतिपत्रमा उल्लेख छ। स्वतन्त्र तर्फबाट उम्मेदवार बनेकालाई पनि उम्मेदवारी फिर्ता लिन गठबन्धनले आग्रह…

    विस्तृतमा पढ्नुस्

  • अवकाश अगाडि बिदामा बस्ने खोजेका आईजीले पाएनन् बिदा, उनीपछि बन्ने प्रहरी प्रमुख को?

    अवकाश अगाडि बिदामा बस्ने खोजेका आईजीले पाएनन् बिदा, उनीपछि बन्ने प्रहरी प्रमुख को?

    काठमाडौं : अघिल्ला केसलाई नजिर मान्ने हो भने प्रहरी महानिरीक्षक (आईजी)को नियुक्तिमा राजनीतिक दलका नेताको स्वार्थले धेरै अर्थ राख्छ। नेपाल प्रहरीको आईजी नियुक्त गर्ने विषयमा राजनीतिक दलका शीर्ष नेता हावी हुँदा केन्द्रीय राजनीति नै त्यसमा मुछिएन मात्र, चुनावी एजेन्डाको विषय समेत बनेको थियो। आईजी नियुक्तिमा असन्तुष्टहरु अदालतसम्म पुग्नेदेखि र राजीनामा दिएर संगठन छाड्नेहरु उत्तिकै छन्। त्यसैले पनि महानिरीक्षक को बन्छ…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघ महासचिव किभ पुग्दा रकेट आक्रमण, सुरक्षा परिषदको आलोचना

    राष्ट्रसंघ महासचिव किभ पुग्दा रकेट आक्रमण, सुरक्षा परिषदको आलोचना

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस युक्रेनको राजधानी किभ पुगेका छन्। युक्रेन र रसियाबिच युद्ध भइरहँदा उनी किभ पुगेका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीसँगको भेटपछि उनले आफ्नै संस्थाको सुरक्षा परिषदको विरोध गरे। उनले सुरक्षा परिषदले युक्रेन युद्ध रोक्न वा अन्त्य गर्न नसकेको भन्दै आलोचना गरेका हुन्। सुरक्षा परिषद् ‘प्यराल्याइज्ड’ भए पनि संयुक्त राष्ट्रसंघले युक्रेन युद्ध रोक्न काम गरिरहेको उनको दाबी थियो। त्यसक्रममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell