काठमाडौं : सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार सिर्जना सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताएकी छिन्। आइतवार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले महानगरका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताइन्। ‘श्रमिक महिला दिदीबहिनीहरुको, श्रमिकहरुको मुद्दा यहाँ जति सुनुवाई हुनुपर्ने हो राज्यले गर्नुपर्ने हो त्यो हुन सकेको छैन। त्यसमा मेरो ध्यान सधैँ गइरहेको छ…
काठमाडौं : ‘खुशीको खुराक’ गीतिसंग्रह सार्वजनिक भएको छ। गीतकार वीरेन्द्र पाठकको रचना र संगीतकार प्राज्ञ सुनिल मास्केको संगीत रहेको गीतिसंग्रहमा ६ गीत समावेश छन्। राजधानीमा आयोजित कार्यक्रमबिच गीतकार पाठक, संगीतकार मास्के, सञ्चारकर्मीहरु नरेश भट्टराई, कृष्ण आचार्य र सुमन बैरागीले गीतिसंग्रह सार्वजनिक गरेका हुन्। गीतिसंग्रहलाई शुभकामना मिडिया शोलुसन प्रालिले बजारमा ल्याएको हो। मिलन नेवारको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘मनपर्ने मायालाई’,…
काठमाडौं : नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका जगन्नाथ पौडेल र उनका समर्थकलाई कांग्रेसको झण्डा दुरुपयोग नगर्न चेतावनी दिएका छन्। सत्तारुढ गठबन्धनले भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई दिएपछि भरतपुरका कांग्रेसी नेता र कार्यकर्ताविरोधमा उत्रिएका थिए। कांग्रेसका जगन्नाथ पौडेलले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएपछि उनलाई माउन गृहमन्त्री बालकृष्ण खाण लगायतका नेताहरु भरतपुर पुगेका थिए। तर पौडेलले…
काठमाडौं : आजबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरिक्षकले अवकास पाउँदैछन्। तर सरकारले अहिलेसम्म कसलाई महानिरीक्षक बनाउने भन्ने निर्णय गर्न सकेको छैन। बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। बैठकले दुबै संगठनमा महानिरीक्षक नियुक्ति गर्ने सम्भावना रहेको छ। ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्रीले अवकास पाउँदै छन्। आज राति १२ बजेदेखि उनीले अवकास पाउँदैछन्। अहिले एउटै ब्याचका…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा स्पानोयललाई हराएसँगै रियल मड्रिड लिग च्याम्पियन बनेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले स्पानोयललाई ४-० गोलअन्तरले हराएसँगै चार खेल अघि नै उपाधि सुरक्षित गरेको हो। खेलको ३३ औं मिनेटमा मार्सेलोको पासमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ४३ औं मिनेटमा उनले नै फेरि दोस्रो गोल गर्दा पहिलो हाफमा मड्रिड…
वीरगंजः गएरातिको हावाहुरीका कारण तार चुडिएपछि वीरगंजका करिब एक हजार घरमा बत्ती बलेको छैन। पर्सा र बाराका अधिकांश गाउँमा बिजुलीको तार चुडिएकाले विद्युत आपुर्ति असहज बनेको हो। स्थानीयका अनुसार बिहीबार बिहान ११ बजेदेखि नै अधिकांश गाउँमा बत्ती गएको छ। साँझ ५ बजे आएको बत्ती राति ७ बजेपछि आएको हावाहुरी र पानीको कारण पुनः अवरुद्ध भएको छ। लामो समय बत्ती जाँदा…
काठमाडौँः निर्वाचन आयोगले उम्मेदवार मनोनयनपछिको बास्तविक मतपत्रको जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको छ। ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकको नमूना मतपत्र आयोगले शनिबार सार्वजनिक गरेको हो। महानगरपालिकाको मतपत्र भने आयोगले उम्मेदवारको अन्तिम टुंगो लागेपछि मात्र छपाइ गर्ने यसअघि नै जनाइसकेको छ। जिल्लागत रुपमा मनोनयन दर्ताका आधारमा मतपत्र आयोगले तयार पारेको हो। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतपत्र छपाइ र ढुवानी…
वीरगंजः वीरगंजस्थित वीरगंज हेल्थकेयर हस्पिटलमा गएराति भएको आगलागीको क्षतिबारे मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अवलोकन गरी जानकारी लिएका छन्। शुक्रबार राति साढे ८ बजेदेख राति १० बजेसम्म भएको आगलागीबारे राउतले अवलोकन गरी जानकारी लिएका हुन्। आगलागीबाट अस्पतालको डायलासिस कक्ष पूर्णरुपले जलेको छ। गएरातिको हावाहुरीसँगै परेको चट्याङको कारण अस्पतालमा आगलागी भएको थियो। जसमा १७ लाख मूल्य पर्ने ८ वटा डायलासिस मेशिन,…
काठमाडौं : निर्वाचन आयोगले करिब आठ हजार जना उम्मेदवारहरुले आफ्नो मनोनयन फिर्ता लिएको जनाएको छ। वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए। वैशाख १६ गते उम्मेदवारलाई नाम फिर्ता लिनका लागि समय छुट्याइएको थियो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ र १२ गते गरि करिब एक लाख ५३ हजार उम्मेदवारी बताए। मनोनयन दर्ता गराएकामध्ये करिश…
काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन्। शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सिंहले आफू महानगर प्रमुख पदमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताएकी हुन्। उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लाग्ने बताइन्। ‘मेरो पहिलो प्रतिवद्धता भनेको…
काठमाडौंः बाबुको हत्या अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। ८३ वर्षीय बुबा जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ…
पोखरा : नेपाल कम्युनिस्ट पार्टी एमालेले आज पोखरा महानगरपालिकाको घोषणा पत्र सार्वजनिक गरेको छ। पोखरा सभागृह हलमा उम्मेदवार परिचय तथा वृहत कार्यकर्ता भेला कार्यक्रम आयोजना गर्दै एमालेले घोषणा पत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा एमालेले महानगरवासीको औसत आयु र प्रतिव्यक्ति वार्षिक आयर वृद्धि गर्ने, फोहोर व्यवस्थापन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन लगायतका वाचा गरेको छ। खानेपानी आयोजना पुरा गर्ने, जलविद्युत आयोजना संचालन…
काठमाडौं : बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि उडान अवरुद्ध भएको छ। टेकअफका क्रममा भैरहवा विमानस्थलमा टायर फ्ल्याट भएर प्राविधिक समस्या आउँदा बुद्धको जहाज रनवे मै फसेको हो। जसकारण विमानस्थलमा अन्य उडान समेत ठप्प भएको छ। बुद्धको फ्लाइट नम्बर यु ४८५५ को भैरहवा-काठमाडौं उडान गर्ने क्रममा प्राविधिक समस्या आएको हो। बुद्ध एयरको ९एन-एजेएस कलसाइनको एटिआर-७२ जहाज काठमाडौंका लागि टेक अफ गर्ने क्रममा प्राविधिक समस्या…
काठमाडौं : नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ। मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन्। भेटमा श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट (८४ हजारभन्दा बढी)…
बुटवल : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएको छ। बुद्धभूमि–८ मा नेकपा एमालेबाट उम्मेदवार बनेका ओमप्रकाश तिवारीको शुक्रबार राति मृत्यु भएको निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिए। एमालेबाट उम्मेदवार बनेका ४१ वर्षीय तिवारीको मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै शनिबारको निर्वाचन कार्यक्रम स्थगित गरेको छ। तिवारीको हृदयघातबाट मृत्यु भएको बताइएको छ। तिवारीको मृत्यु…
काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बिच गठबन्धन भएको छ। कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो। कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, ‘हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्यौं।’ कांग्रेसबाट थबाङमा रमेश…
काठमाडौः स्रोत नखुलेको रकम सहित प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ। तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर जादवलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए। उनीहरूलाई आज बिहान करिब ३ बजे काठमाडौंको माछापोखरी कुमारी स्थानबाट नियन्त्रणमा लिएको हो। हिँडिरहेका अवस्थामा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने…
काठमाडौं : स्थानीय तह निर्वाचन लक्षित स्थानीय तह निर्वाचन सम्बन्ध सुरक्षा गोष्ठी सम्पन्न भएको छ। गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखा परेका चुनौती र ती चुनौतिको समाधान कसरी गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए। गृहमन्त्री खाणले निर्वाचन स्वच्छ निष्पक्ष…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धनको संज्ञा दिएका छन्। तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन भएको बताएका हुन्। लोकतन्त्र र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन…
श्रीराम फुटुङ्गे - मठ मन्दिरमा समय समयमा भजन गाउने चलन निकै पुरानो हो। यहाँको नेवार बस्ती प्राचीन भएकाले अग्रजहरूले निरन्तरता दिँदै आएका भजन संस्कृति कति पुरानो हो यकिन नभए पनि भजन लेखिएको हस्तलिखित पुस्तिकालाई आधार मान्ने हो भने यो सय वर्षभन्दा अगाडिदेखि नै भजन गाउँदै आएको अनुमान गर्न सकिन्छ। ज्यापू समुदायले स्वतस्फुर्त रुपमा गाउँदै आएको दापा भजन नेवारी र नेपाली…