काठमाडौं: नेपाली क्रिकेट टोली जिम्बावे 'ए' सँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा जिम्बावेले नेपालमाथि ६ विकेटको जित निकालेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले ७ बलबाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ४६ रन…
काठमाडौं : स्थानीय तह निर्वाचन संघारमा छ। आफ्नो पार्टीलाई जिताउन नेता र कार्यकर्ता प्रचारप्रचारमा तीव्र रूपमा लागेका छन्। यस्तै, निर्वाचनबारे जनचेतना फैलाउन पनि गीत संगीतहरु सार्वजनिक भएका छन्। स्थानीय तह निर्वाचनको प्रचारका लागि निर्वाचन आयोगले पनि विभिन्न सन्देश मुलक श्रव्यदृश्य सामाग्री सार्वजनिक गरेको छ। यसैबिच, आयोगले निर्वाचनको सन्देशमुलक भिडियोमा टिकटक बनाएर धेरै भ्युज पुर्याउनेलाई पुरस्कार दिने घोषणा गरेको छ। आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई…
काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले बालेनलाई 'दर्तावाल ठग' को आरोप लगाएका हुन्। ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त म काठमाौडंमा जन्मेको। यो त यहाँको शाह हैन रहेछ। मधेशतिरको…
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा छिमेकी देशका प्रसारण माध्यमबाट प्रचारप्रसार हुनसक्ने भन्दै त्यसलाई रोक्न परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले परराष्ट्र मन्त्रालयलाई प्रचारप्रसार रोक्नका लागि सम्बन्धित देशलाई भन्न आग्रह गरिएको जानकरी दिए। ‘निर्वाचनलाई नकारात्मक प्रभाव पार्न नदिन, राजनीतिक प्रचार हुन नदिनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ,’ उनले भने। यस्तै, सामाजिक…
काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार केशव स्थापितले निर्वाचित भएपछि सगुन लिँदै नहिँड्ने बताएका छन्। आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यसअघिका प्रमुखले जितेपछि सगुन लिँदै गरेको देखेको भन्दै आफूले त्यस्तो नगर्ने बताएका हुन्। ‘मैले एक दिन केही मान्छेहरुलाई देख्या छु, ६ महिनासम्म काम भनेको सगुन खाने भन्छ। साँझ परेपछि चुस्स लाछ। फोन…
काठमाडौं : बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले नगरको खानेपानी समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुबानमुक्त शहर बनाउने विषयलाई प्राथमिकतामा राखेको बताएका छ। वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका पाँच दलीय सत्तागठबन्धनका तर्फबाट शान्ति रत्न शाक्य र नेकपा एमालेका तर्फबाट रत्नकुश रञ्जितकारले खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुबानमुक्त शहर बनाउने…
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान मतपत्र ढुवानी हुनेछ भने अन्य जिल्लामा यसैसातामा पठाइने आयोगले जनाएको छ। वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ।…
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आइतबार १३३ औँ मे दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन…
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। आज बसेको मन्त्रिपरिषद बैठकले एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयको आलोचना गर्दै कोइरालाले वरियता र प्रक्रिया मिचेर महानिरिक्षक नियुक्ति भएको भन्दै त्यसले विधिको शासनको खिल्ली उडाएको बताएका छन्। 'वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको निर्णयले…
काठमाडौं : अभिनेता अनमोल केसीले फिल्म 'हनी बनी' मा काम नगर्ने भएका छन्। निर्देशक दिवाकर भट्टराईले अनमोलले 'हनी बनी' छोडेको जानकारी दिए। अनमोलसँगै मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी सारा सिर्पाइलीले पनि काम नगर्ने पक्का भएको छ। आपसी सहमतिमै दुबैले फिल्मबाट अलग हुने निर्णय गरेको निर्देशक भट्टराईले जानकारी दिए। 'बाहिर सुन्दा अलि नराम्रो सुनिए पनि यो निर्णय राम्रो कुराको लागि नै हो।…
फुटबलका 'सुपर एजेन्ट' मिनो रायोलाको निधन भएको छ। ५४ वर्षको उमेरमा उनको निधन भएको परिवारले शनिवार घोषणा गरेको हो। इटालीको मिलानस्थित सन राफेल्ला अस्पतालमा उपचाररत उनको के कारणले मृत्यु भयो भन्नेबारेमा भने सार्वजनिक गरिएको छैन। यद्यपि, उनी केही समयदेखि अस्वस्थ्य रहेको बताइएको छ। फुटबलकै सबैभन्दा शक्तिशाली ‘एजेन्ट’मध्ये एक उनको हाइप्रोफाइल क्लाइन्टमा जलतान इब्राहिमोभिक, पउल पोगबा, इरिङ हल्लान्ड लगायत थिए। उनले धेरै…
काठमाडौं: नेपाली क्रिकेट टोलीले जिम्बावे 'ए' लाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको हो। सुरुवाती ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ४६ रन बनाउँदै राम्रो सुरुवात दिलाए पनि अर्का ओपनर आशिफ शेख भने ९ रनमा आउट…
काठमाडौं : कलाकार सुरजवीर बज्राचार्यको ‘जन्मदिनको शुभकामना गीत’ लोकार्पण गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भृकुटीमण्डपस्थित बुद्ध विहारमा आज उक्त गीतको लोकार्पण गरेका हुन्। संचारकर्मी समेत रहेका बज्राचार्यको स्वर र शब्द रहेको उक्त गीत मंगल धुनमा गाइएको छ। यसको संगीत संयोजन जुगल डंगोलले गरेका हुन्। जन्म दिनमा शुभेच्छा तथा शुभकामना आदानप्रदानमा हाबी हुँदै गएको बाह्य संस्कृति र त्यसको दुष्प्रभाव रोक्न…
काठमाडौं : नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) नेपाल राजपत्रमा प्रकाशित भएको छ। कुल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो। लामो राजनीतिक विवाद र…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन्। अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भए पनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन्। ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्न। किनभने…
काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दुई एआइजीहरु अदालत जाने तयारीमा छन्। आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई एआइजी बनाएको भन्दै अदालत जाने तयारीमा लागेका हुन्। 'निर्णयको विरुद्ध अदालत जाने विषयमा छलफल भइरहेको छ,' एआइजी पोखरेल…
मे १, संसारभर मजदुर दिवसको रुपमा मनाइँदै छ। अमेरिकी मजदुरहरुले कामको अवधि घटाउन गरेको लडाइँको सम्झनामा मनाइँदै आएको अन्तर्राष्ट्रिय मजदुर दिवसलाई भने अमेरिकाले नै मान्यता दिएको छैन। अमेरिकामा मे १ लाई ‘लोयल्टी डे’को रुपमा मनाइँदै आएको छ। विदेशी युद्धका भेट्रानहरुले कम्युनिस्ट प्रभावविरुद्ध हरेक वर्ष मे १ मा र्यालीको आयोजना गर्छन्। अमेरिकामा मजदुर दिवस सेप्टेम्बरको पहिलो सोमवार मनाइँदै आइएको छ। सन्…
काठमाडौं : सत्ता गठबन्धनले गठबन्धन बाहिरका दलसँग चुनावी तालमलेल गर्नेलाई कारबाही गर्ने भएको छ। पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै सम्बन्धित दलले कारवाही गर्ने निर्णय बालुवाटारको बैठकमा भएको हो। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धन बाहिर गएर एमाले लगायतका दलसँग चुनावी तालमेल गर्ने दललाई सम्बन्धित दलले कारवाही गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र नेता देव गुरुङले जानकारी दिए। 'सम्बन्धित…
हेटौंडा : आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ। पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानीय तहमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर फिर्ता नलिएकाहरुलाई कारवाही गरिएको हो। पार्टी निर्णय उल्लंघन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का विशालराज महत, वडा नं. ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा १९ का…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पार्टीले कसरी विजयी हुने भन्नेबारेमा मात्रै नसोचेको बताएका छन्। आईतवार काठमाडौंमा भएको एक कार्यक्रममा शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी राष्ट्रिय रुपमा विजयी बन्दैछ। कांग्रेस पार्टी अहिले पहिलो पार्टी बनेर जाँदै गर्दा केवल विजयी हासिल गर्ने कुरो भन्ने मात्रै सोचिरहेको छैन। यो समाजलाई कसरी सोचेर जाने ? यो समाजलाई एकै ठाउँ…