काठमाडौ : स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो। आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित…
हेटौँडा: मकवानपुरमा डोजर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। मकवानपुरगढी १ घट्टेपाखास्थित काठमाण्डौँ-तराई द्रुतमार्ग निर्माणस्थलमा माटो फाल्ने क्रममा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शव हेटौँडा अस्पताल ल्याइएको मकवानपुरका प्रहरी प्रमुख (एसपी) सुरेन्द्रबहादुर गुरुङले बताए। मृतहक तीनै जना चिनियाँ नागरिक रहेको गुरुङले बताए। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।
काठमाडौं : काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले जानकारी दिए। टोखामा विभिन्न ५६ पदका लागि २४६ जनाले उम्मेदवारी दिएका छन्। नगरप्रमुखमा १५, उपप्रमुखमा ६, वडा अध्यक्षमा ५६, खुला वडा सदस्यमा ९४, महिला वडा…
काठमाडौँः नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी मनोनयन गरेका उम्मेदवारहरुलाई उम्मेदवारीमा पुनर्विचार गर्न समय दिएको छ। कांग्रेसले वैशाख २१ गतेसम्म उम्मेदवारी फिर्ता र आधिकारिक उम्मेदवारलाई समर्थनको घोषणा गरे कारबाहीमा पुनर्विचारको पनि आश्वासन दिएको छ। आफ्नो उम्मेदवार वैशाख २१ गतेसम्म निष्क्रिय गरेर आधिकारिक उम्मेदवारलाई समर्थन नगरे उम्मेदवार तथा समर्थक प्रस्तावकलाई समेत कारबाही गर्ने कांग्रेसले जनाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी…
काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको टी २० सिरिजको दोस्रो खेल वर्षातले प्रभावित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जिम्बावेले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएको थियो। केही बेरमा वर्षाद रोकिएपछि खेललाई १८ ओभरमा छोट्याउने र २: २० बाट सुरु गराउने तयारी नेपाल क्रिकेट संघ क्यानको थियो। तर, त्यसअघि नै फेरि वर्षाद सुरु भएपछि खेल रद्ध भएको हो। आजको खेलमा जिम्बावेले…
काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध अदालतमा पुगेको रिट दर्ता भएको छ। एआइजी विश्वराज पोखरेलले सिंह नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन लिएर पुगेका थिए। वारिस मार्फत पुगेको निवेदन अध्यायन गरेर दर्ता भएको हो।आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। एउटै ब्याचका चार जना…
काठमाडौं: इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रमा सरकारले सार्वजनिक विदा दिने भएको छ। मुस्लिम आयोगले सिफारिस गरे अनुसार सरकारले इदुलफित्रको विदा दिने निर्णय भएको हो। इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन्। यसदिन इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्ने गरिन्छ। गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने…
काठमाडौं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ। नेकपा (एमाले)का तर्फबाट मेयरको उम्मेदवार बनेका स्थापित बैशाख १५ गते काठमाडौंमा आयोजित कार्यक्रममा महिला प्रश्नकर्तामाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए। प्रश्नकर्ताले स्थापितमाथि लागेको 'मिटु' आरोपबारे प्रश्न गरेकी थिइन्। जवाफमा स्थापितले 'यु आर नाइस लेडी। तर थुतुनो ठिक भएन' भन्दै प्रश्नकर्तामाथि टिप्पणी गरेका थिए। उक्त टिप्पणी चरित्र हत्याको विषय भएको निर्वाचन आयोगका…
काठमाडौं : मुस्लिम आयोगले मंगलवारको लागि इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रको बिदा सिफारीस गरेको छ। मुस्लिम आयोगले सिफारिस गरेअनुसार सरकारले इदुलफित्रको बिदा दिने गरेको छ। इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन्। यसदिन इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्ने गरिन्छ। 'भोलिका लागि बिदा सिफारिस गरेका छौँ। केही घण्टामा गृहले जानकारी गराउँला,'…
काठमाडौं : हिमाल आरोहणका लागि आवदेन दिने पर्यटकको संख्या वृद्धि भएको छ। हिमाल आरोहण ‘एक्सपिडिसन’को सिजन मानिने मार्च-अप्रिलमा पर्यटकको आगमन वृद्धि भएको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागले तयार पारेको विवरण अनुसार वैशाख १६ गतेसम्म २५ वटा हिमाल आरोहणका लागि १११ वटा टोलीलाई अनुमति दिइएको छ। आरोहण स्वीकृतिमध्ये सगरमाथा आरोहण गर्ने पर्यटकको संख्या अत्यधिक रहेको विभागले जनाएको छ। सगरमाथा आरोहणका…
काठमाडौं : फिलिपिन्सको मनिलामा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना बालबालिका छन्। सोमबार बिहान क्यूजन शहरको एक घरबाट आगो लागेको बीबीसीले उल्लेख गरेको छ। हालसम्म ८० भन्दा घर जलेर नष्ट भएको बताइएको छ। आगलागी भएको क्षेत्र फिलिपिन्सकै धेरै जनघनत्व भएको बस्ती रहेको स्थानीय संचारमाध्यमले जनाएका छन्।
काठमाडौं : नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। यही प्रभाव रहँदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ। प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै,…
विराटनगर : इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन्। यसदिन इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्ने गरिन्छ। गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरु दिनमा निराहार बस्छन्। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्छन्। रमजान…
काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अदालत पुगेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सिंहले आज बिहान दर्ज्यान्ही चिन्ह समेत लगाइसकेका छन्। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल आफूभन्दा कनिष्ठलाई एआइजी बनाएको भन्दै अदालत पुगेका हुन्। उनीहरुले अदालतमा वरिस मार्फत निवेदन पठाएका छन्। '…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका छन्। जनकपुरधाम उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज कुमार साह धर्नामा बसेका छन्। साहले चुनाव चिन्ह घण्टाघर पाएका छन्। निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन बितिसक्दा पनि निर्वाचन कार्यालयको वेबसाइटमा रहेको नमुना मतपत्रमा १५ जना स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह नरहेको भन्दै उनी…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी एभर्टनसँग पराजित भएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले चेल्सीमाथि १-० गोलअन्तरको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको पहिलो मिनेटमै एभर्टनले अग्रता बनाएको थियो। एभर्टनका लागि ४६ औं मिनेटमा रिचार्लिसनले गोल गरेका थिए। त्यसपछि दुबै टिमले गोल थप्न नसक्दा घरेलु टोलीले खेल १-० गोलअन्तरले…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा चेन्नइ सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि जित निकालेको छ। पूणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा चेन्नइले १३ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०२ रन बनायो। चेन्नइका लागि ओपनर ऋतुराज गाइकवड ९९ रनमा आउट हुँदा १ रनले शतकबाट…
काठमाडौँ: गायिका तीर्थ कुमारी थापा र संगीतकार शुभ बहादुर सुनामलाई 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान -२०७८' प्रदान गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रमबीच भक्तराज आचार्य संगीत प्रतिष्ठानले सम्मान प्रदान गरेको हो। भजन शिरोमणि भक्तराज आचार्यको नाममा सुरु गरिएको सम्मानको नगद राशी ५० हजार १ रुपैयाँ रहेको छ। यस्तै भक्तराजको श्रीमतीको नामबाट सुरु गरिएको 'सुशीला आचार्य स्वास्थ्य कामना सम्मान' वाद्यवादक रुपेश…
काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखका प्रत्यासी केशव स्थापितले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई बहिस्कार गर्नुपर्ने धारणा राखेका छन्। राजधानीमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले सिर्जनासँग केही नारा नै नभएको आरोपसमेत लगाएका हुन्। ‘काठमाडौं कस्तो छ केही भुत्लोभाङ केही बुझेको छैन। तर भन्छन् के भन्दा मैले पहिले भान्सा सम्हालें। अब काठमाडौं सम्हाल्छु भन्छ। यस्तो नि नारा…
काठमाडौं : सरकारले हप्तामा दुईदिन सार्वजनिक विदा दिने गरेको निर्णय निजी शैक्षिक संस्थाहरुले नमान्ने भएको छ। यसरी बिदा दिँदा विद्यार्थीहरुमा मानसिक तनाव पर्ने र पाठ्यक्रम अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारको निर्णयविरुद्ध असन्तुष्टि व्यक्त गरेका हुन्। उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल नै सार्वजनिक…