काठमाडौं : प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्रीले आफ्नो कार्यकालमा चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न नसकेको बताएका छन्। अवकाश पाउन लागेका थापाले आज पत्रकार सम्मेलन गरि आफूले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रयास गरे पनि सफल हुन नसकेको बताएका हुन्। ‘ब्रेक थ्रु गर्न पाएको भए अझै जाति हुन्थ्यो जस्तो लाग्छ। मैले थुपै प्रयास पनि नगरेको होइन,’ उनले भने।…
काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लामा दुई वडा अध्यक्ष र चार सदस्यको एकल उम्मेदवारी परेको छ। जिल्लाको उत्तरी नाम्खा र सिमकोट गाउँपालिकामा उक्त पदका लागि एकल उम्मेदवारी परेको हो। नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीबाट वडा अध्यक्ष पदमा पाल्जोर तामाङ र सिमकोट गाउँपालिका-१ बाट गोर्ख लामाको एकल उम्मेदवारी परेको हो। लामा नेपाली कांग्रेसबाट वडा अध्यका…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले गठबन्धनको विरोध गरेर आफै सारथी खोज्दै हिँडेको बताएका छन्। काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा आयोजित स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले नेता कार्यकर्ताहरु गठबन्धन बैठकको निर्णण कुरेर बसिरहेको समेत बताए। ‘क्विन्टल भन्नेले पाउ छटक खोजिरहेका छन्। भ्याएसम्म परिवार दलसम्म विप्लवदेखि सिके राउतसम्म,’ थापाले भने, ‘गठबन्धनको…
काठमाडौं : सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अबबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको बताएका हुन्। यो व्यवस्था जेठ महिनादेखि लागू हुनेछ। यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ। जेठ १ गतेदेखि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म परीक्षणका रुपमा तोकेको छ। ‘हाललाई परीक्षणका रुपमा जेठ १…
काठमाडौं : सरकारले ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट आयातमा प्रतिबन्ध लगाएसँगै चर्चित कम्पनीका दुई दर्जनभन्दा बढी सेट नेपाल नभित्रिने भएको छ। सरकारले २०७९ असार मसान्तसम्म प्रिमियम स्मार्टफोनहरुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो। यसको सबैभन्दा ठूलो मार एप्पललाई पर्ने देखिएको छ। बुधबारको विनिमयदर अनुसार एक अमेरिकी डलरबराबर १२२.८४ रुपैयाँ छ। ६०० अमेरिकी डलरबराबर नेपाली मुद्रा ७३ हजार ७०४ रुपैयाँ…
विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयरमा १२ प्रतिशतले गिरावट आएको छ। योसँगै कम्पनीले करिब १२६ बिलियन डलर गुमाएको छ। इलोन मस्कले ४४ बिलियनमा ट्वीटरको ‘टेकओभर’ पूरा गर्न टेस्लाको सेयर बेच्न सक्ने लगानीकर्ताहरूको चिन्ताका बिच सेयरमा गिरावट आएको हो। अप्रिल ४ मा मस्कले ट्वीटरको सेयर स्वामित्व बढाएको खुलासा गरेदेखि हाल टेस्लाको क्यापिटल २७५ बिलियन डलरमा झरेको छ। अप्रिल ४ देखि हालसम्म…
हेटौंडा : नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पौडेलले पार्टी परित्याग गरेका छन्। स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरको प्रमुख पदका आकांक्षी रहेका उनले टिकट नपाएपछि असन्तुष्टि जनाउँदै पार्टी त्यागेका हुन्। सत्तारुढ गठबन्धनले हेटौंडाको प्रमुख पद एकीकृत समाजवादीलाई दिएको थियो। एकीकृत समाजवादीले प्रमुखमा निवर्तमान उपप्रमुख मिना लामालाई टिकट दिएको थियो। हेटौंडा उपमहानगरपालिका प्रमुखमा मिना लामासँगै श्रीधर पोखरेलको नाम सिफारिस भएको…
काठमाडौं : सत्ता गठबन्धनको बैठकले ७ बुँदे निर्देशन दिएको छ। स्थानीय तह निर्वाचनको तालमेलबारे बालुवाटारमा छलफल गर्न बसेको बैठकले गठबन्धन बाहिरका दलसँग तालमेल गरे ती निर्णय खारेज गर्ने चेतावनी दिएको हो। तालमेलको सहमतिलाई पालना गर्न गठबन्धनले आग्रह गरेको छ। काठमाडौं लगायत अन्य जिल्लामा गठबन्धनको सहमति भन्दा बाहिर गएर दलहरुले तालमेल गरेका छन्। जसकारण गठबन्धनभित्र असहमति भएको सन्देश बाहिर गएको भन्दै त्यस्ता…
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लाज छोप्न कांग्रेसको घोषणापत्रमाथि मनगढन्ते टिप्पणी गरेको आरोप लगाएका छन्। ओलीले जनता झुक्याउन ‘निन्जा टेक्निक’ अपनाएको आरोपसमेत पौडेलले लगाएका छन्। ‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो’, सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘राजनीतिक मर्यादा र निर्वाचनको…
हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेलमा रोबर्ट प्याटिन्सन पुनः ब्याटम्यानको भुमिकामा देखिने भएका छन्। निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिनेमांकन समारोहमा रोबर्ट प्याटिन्सनलाई लिएर फिल्मको सिक्वेल बनाउने घोषणा गरेका हुन्। सिक्वेलमा पनि निर्देशक म्याट रिब्सको लेखन र निर्देशन हुनेछ। सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ ४ मार्च २०२२ मा रिलिज भएको थियो। यस फिल्मले विश्वभरि नै राम्रो व्यापार गरेको थियो। नेपालमा…
काठमाडौं : रञ्जना सिनेप्लेक्सले हप्ताको दुई दिन टिकटमा छुट दिने भएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले बुधवार र बिहीवार १७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको हो। सिनेमामा सम्पूर्ण दर्शकको पहुँच होस् भनेर यो सुविधा लागू गरिएको रञ्जना सिनेप्लेक्सका म्यानेजर कुमार विनोद पौड्यालले जानकारी दिए। प्रत्येक बुधवार र बिहीवार १७५ रूपैयाँमा प्रदर्शन भएका जुनसुकै फिल्म हेर्न पाइनेछ। गत चैत ११ देखि नरेन्द्र…
काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ले पार्टीका दुई सचिवालय सदस्यलाई पदमुक्त गरेका छन्। पार्टीको नीति विपरीत कार्य गरेको भन्दै सचिवालय सदस्यहरु धर्मेन्द्र वास्तोला ‘कञ्चन’ र हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई कारबाही गरेका हुन्। नेकपाका पाँच सचिवालय सदस्यमध्ये दुई नेता निर्वाचन उपयोग गर्ने विप्लवको नीतिविरुद्ध बहिस्कार गर्नुपर्ने बताउँदै आएका थिए। पार्टीको १२औँ केन्द्रीय कमिटीको बैठकबाट पार्टी निर्वाचनमा सहभागी नहुने तर, एमसीसी विरोधी उम्मेदवारलाई…
काठमाडौं : चलनचल्तीमा रहेको नोट बैंकिङ प्रणालीमा फर्किन थालेको छ। दुई महिनायता प्रणालीमा पैसा फर्किन थालेको हो। माघमा ६ खर्ब ३१ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ बराबरको नगद नोट चलनचल्तीमा थिए। ती पैसामध्ये फागुनमा एक अर्ब १४ करोड ३ लाख रुपैयाँ फर्किएको थियो। चैतमा एकै महिनामा ११ अर्ब २४ करोड ९२ लाख रुपैयाँ फर्किएको छ। अहिले चलनचल्तीमा ६ खर्ब…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले मड्रिडमाथि ४-३ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो। खेलको दोस्रो मिनेटमै रियाद महरेजको पासमा केभिन डी ब्रुइनले हेडिङमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ११ औं मिनेटमा फेरि डी ब्रुइनको पासमा गाब्रियल जिससले सिटीका…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा राजस्थानले २९ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले सर्वाधिक अविजित ५६ रन बनाउँदा कप्तान सञ्जु सामसनले २७ रन बनाए। त्यस्तै…
काठमाडौँः नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता प्रकाश खतिवडाको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ। सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सर्वोच्च अदालतबाट समेत कसुर ठहर भएपछि परिषदले प्रमाणपत्र रद्ध गरेको हो। सर्वोच्चको २०७६ माघ ८ को फैसला अन्तिम भएको पाएपछि परिषद्ले प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो। खतिवडाले २०७० असोज १८ मा अधिवक्ताको प्रमाणपत्र लिएका थिए। परिषद्का सचिव मोना सिंहका अनुसार…
बैतडीः स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका लागि बैतडीमा एक हजार ४०० बढी उम्मेदवारी दर्ता भएको छ। जिल्लाका १० वटै स्थानीय तहमा आवश्यक ४४० पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर एक हजार ४४२ को उम्मेदवारी दर्ता भएको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा २२७, मेलौली नगरपालिकामा १९३, पुर्चौंडी नगरपालिकामा १७६ र पाटन नगरपालिकामा १६१ को उम्मेदवारी दर्ता…
बुटवलः पाल्पाको पूर्वखोला गाउँपालिकामा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्। नेकपा (एमाले) बाट वडा नम्बर २ मा भिमीसरा आले र वडा नम्बर ५ मा दलित महिला सदस्यमा पार्वती हिताङ्गले मात्र मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिइन्। एकल उम्मेदवारी परेकाले दुबै जना निर्विरोध निर्वाचित भएको अधिकृत खनालले बताइन्। पूर्वखोलामा…
काठमाडौँः विधान विपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पौडेललाई हटाएको जानकारी दिएका हुन्। मल्ल प्रदेशसभा सदस्य पनि हुन्। पार्टी विधान विपरीत काम गरेको भन्दै मल्ललाई हटाइएको विज्ञप्तिमा जनाइएको छ। उनी महाधिवेशनदेखि पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट थिए। १४औँ महाधिवेशनमा देउवा…
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन्।दलहरु स्थानीय तह निर्वाचनको माहोलमा प्रवेश गरिसक्दा पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको बताएका हुन्। ‘नेकपा एमालेसँग सत्तारुढ दलहरुले एक्लै चुनाव लडने आँट गरेनन्। नेपालको सबभन्दा पुरानो पार्टी भन्ने नेपाली कांग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने…