PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

  • कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी बने स्वतन्त्र उम्मेदवार

    कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी बने स्वतन्त्र उम्मेदवार

    जनकपुरधाम : नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ताको दास्रो दिन शुभेच्छुकहरुको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले बताए। साथै, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु…

    विस्तृतमा पढ्नुस्

  • एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता

    एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता

    कैलाली : नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारुले मनोनयन दर्ता गराएका छन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन्। चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्व उपाध्यक्षसमेत हुन्। यस्तै रानाथारु एमाले कैलालीकी नेतृ हुन्।

    विस्तृतमा पढ्नुस्

  • धनगढी उपमहानगरमा गठबन्धनबाट प्रमुखमा वड र उपप्रमुखमा अधिकारीले गरे मनोनयन दर्ता

    धनगढी उपमहानगरमा गठबन्धनबाट प्रमुखमा वड र उपप्रमुखमा अधिकारीले गरे मनोनयन दर्ता

    कैलाली : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा सत्ता गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा नृपबहादुर वड र उपप्रमुखमा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएका हुन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन्। वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर हुन्। अधिकारी २०७४ सालको निर्वाचनमा माओवादीबाट उपप्रमुख पदमा पराजित…

    विस्तृतमा पढ्नुस्

  • धनगढी उपमहानगरमा गठबन्धनबाट प्रमुखमा वड र उपप्रमुखमा अधिकारीले गरे मनोनयन दर्ता

    धनगढी उपमहानगरमा गठबन्धनबाट प्रमुखमा वड र उपप्रमुखमा अधिकारीले गरे मनोनयन दर्ता

    कैलाली : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा सत्ता गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा नृपबहादुर वड र उपप्रमुखमा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएका हुन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन्। वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर हुन्। अधिकारी २०७४ सालको निर्वाचनमा माओवादीबाट उपप्रमुख पदमा पराजित…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका ८ जिल्लामा सत्तारुढ गठबन्धनको भागबण्डा : कुन दललाई कति पालिका?

    कर्णालीका ८ जिल्लामा सत्तारुढ गठबन्धनको भागबण्डा : कुन दललाई कति पालिका?

    काठमाडौं : सत्तारुढ गठबन्धनले कर्णाली प्रदेशका १० जिल्ला मध्ये ८ जिल्लाका ६४ तहमा भागबन्डा टुंग्याएको छ। प्रदेशमा सुर्खेत र रुकुम पश्चिममा भागबन्डा टुंग्याउन सकिएको छैन। ८ जिल्लामा नेकपा माओवादी केन्द्रले २५, नेपाली कांग्रेसले २४, नेकपा एकीकृत समाजवादीले १४ तहमा प्रमुख पाएका छन्। त्यस्तै कांग्रेसले २४ तहमा उपप्रमुख, २५ तहमा माओवादी १४ तहमा एकीकृत समाजवादीले भाग पाएको छ।    हुम्ला जिल्लाका पाँच स्थानीय तहमा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन : ५ बजेसम्म देशभर कुल ४७ हजार ६१७ उम्मेदवारी दर्ता

    स्थानीय तह निर्वाचन : ५ बजेसम्म देशभर कुल ४७ हजार ६१७ उम्मेदवारी दर्ता

    काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज जारी छ। आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको लागि मनोनयन दर्ताको समय तोकिएको भएपनि लाइनमा भएका उम्मेदवारहरुको रातिसम्म पनि उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले बताएको छ। ७५३ स्थानीय तहमध्ये केहीमा मनोनयन दर्ताको काम सकिएको तर केहीमा भने जारी रहेको बताइएको छ। आयोगको सूचना प्रणालीमा आज अपराह्न ५ बजेसम्म कुल ४७…

    विस्तृतमा पढ्नुस्

  • माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नै राजीनामा दिएर पुन: उम्मेदवारी दर्ता

    माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नै राजीनामा दिएर पुन: उम्मेदवारी दर्ता

    काठमाडौं : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नै पदबाट राजीनामा दिएर पुन: उम्मेदवारी दर्ता गरेका छन्।  नेकपा (एमाले)ले उनीहरुलाई पुन: गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोर्‍याउन टिकट दिएको हो। एमालेका तर्फबाट बुद्धिकिरण राई अध्यक्ष र जुनिता माया मगरले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत मीना गुरुङले जानकारी दिइन्। उनीहरु दुवैले अध्यक्ष र उपाध्यक्ष पदबाट राजीनामा दिएर पुन: सोही पदमा…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले दिए काठमाडौं महानगर उपप्रमुखमा उम्मेदवारी

    एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले दिए काठमाडौं महानगर उपप्रमुखमा उम्मेदवारी

    काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुखका नेकपा एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनमा भएको भागबन्डामा काठमाडौं महानगर प्रमुख नेपाली कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीले पाएको हो। कांग्रेसले महानगर प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ। एकीकृत समाजवादीले भने नगर कमिटी अध्यक्ष श्रेष्ठलाई उम्मेदवार बनाएको हो। मनोनयन दर्ता पछि उनले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने बताए। यसअघिका जनप्रतिनिधिले सल्ट्याउन नसकेको उपत्यकाको फोहर…

    विस्तृतमा पढ्नुस्

  • मेयरको टिकट नपाएपछि एमाले छाडेर जानकीराम साहले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

    मेयरको टिकट नपाएपछि एमाले छाडेर जानकीराम साहले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

    जनकपुरधाम : ५ दिनअघि मात्रै नेकपा (एमाले)मा प्रवेश गरेका जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। मनोनयन दर्ताको पूर्वसन्ध्यामा एमालेले जनकपुरधाम उपमहानगरको प्रमुखमा शिवशंकर साह (हीरा) लाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन्। जानकीरामसँगै उनको प्यानलबाट उपमेयरमा सरोज कुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालको त्यो भिडियो जसले पौडेललाई 'किक आउट' गर्दै फेरि २५ वर्षपछि थापाको पोल्टामा पुर्‍यायो उम्मेदवारी

    सामाजिक सञ्जालको त्यो भिडियो जसले पौडेललाई 'किक आउट' गर्दै फेरि २५ वर्षपछि थापाको पोल्टामा पुर्‍यायो उम्मेदवारी

    काठमाडौं : बिलजस्तो कागज हेरिरहेका हुन्छन्। सुन पसलमा पुगेका उनले नजिकैबाट सुन हेर्न भन्दै तान्छन्। सुन पसलमा अरू मान्छेहरू पनि हुन्छन्। त्यतिकैमा त्यो हातमा लिएको सुन यताउता हेर्दै आफ्नो गोजीमा हाल्छन्। ४० सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पोखराको सुन पसलमा सुटुक्क सुन गोजीमा हाल्ने व्यक्ति दीपक पौडेल भएको भन्दै सामाजिक सञ्जाल तात्यो। दीपक पौडेल एमालेबाट वैशाख ३०…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडाको मेयरमा गठबन्धनबाट लामा र उपमेयरमा बानियाँको उम्मेदवारी दर्ता

    हेटौँडाको मेयरमा गठबन्धनबाट लामा र उपमेयरमा बानियाँको उम्मेदवारी दर्ता

    हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा मीना कुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। सोमवार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामा र बानियाँले उम्मेदवारी दर्ता गराएका हुन्। मेयरका उम्मेदवार लामा नेकपा (एकीकृत समाजवादी) र बानियाँ नेपाली कांग्रेसबाट उपमेयर पदमा उम्मेदवार बनेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लोसपाबाट झाले दिए उम्मेदवारी

    वीरगंजको मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लोसपाबाट झाले दिए उम्मेदवारी

    वीरगंज : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट वीरगंज महानगरपालिकाको मेयरमा विजय कुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन्। सरावगीले सोमवार नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गरेपछि सरावगीले बाँकी रहेका कामहरु पूरा गर्न आफूले उम्मेदवारी दर्ता गरेको बताए। वीरगंज महानगरको उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट पुरुषोत्तम झाले उम्मेदवारी दर्ता गरेका छन्। वीरगंजमा एमाले र लोसपाले…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका उम्मेदवारले विराटनगर महानगर प्रमुख र उपप्रमुखका लागि दिए मनोनयन

    राप्रपाका उम्मेदवारले विराटनगर महानगर प्रमुख र उपप्रमुखका लागि दिए मनोनयन

    विराटनगर : विराटनगर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख पदमा मनोनय पत्र दर्ता गराएका छन्। राप्रपाका महामन्त्री समेत रहेका शाह यसअघि २०६१ सालमा शाही कालमा भएको निर्वाचनमा विराटनगरका प्रमुख चुनिएका थिए। उम्मेदवारी दर्ता गरेपछि शाहले आफूले पहिले पनि नगर चलाइसकेको उल्लेख गर्दै जनप्रतिनिधि भ्रष्टाचारबाट मुक्त हुन सके विकासको मूल फुट्ने बताए। त्यस्तै, राप्रपाबाट उपप्रमुखमा विन्दा लुइँटेल आचार्यले मनोनयन दाखिला गरेकी…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले गराए मनोनयन दर्ता

    पोखरा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले गराए मनोनयन दर्ता

    काठमाडौं : पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। यस्तै, पोखरा महानगरको उपप्रमुखमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले पनि मनोनयन दर्ता गराएकी छिन्। गठबन्धनको सहमति अनुसार पोखरा महानगर प्रमुख एकीकृत समाजवादी र उपप्रमखु कांग्रेसले पाएको थियो। तर, कांग्रेसकै असन्तुष्ट पक्षले भने प्रमुखमा बागी उम्मेदवारी दिएका छन्।  …

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगर प्रमुखमा एमालेबाट भट्टराई र उपप्रमुखमा अर्यालको उम्मेदवारी दर्ता

    बुटवल उपमहानगर प्रमुखमा एमालेबाट भट्टराई र उपप्रमुखमा अर्यालको उम्मेदवारी दर्ता

    बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। भट्टराईले सोमवार नेता कार्यकर्तासहित बुटवल उपमहानगरको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। बुटवल उपमहानगरको उपमेयरमा एमालेबाट सावित्रा अर्यालले उम्मेदवारी दर्ता गरेकी छन्। उम्मेदवारी दर्ताका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलसहितका एमाले नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उपाध्यक्ष पौडेलसँगै लुम्बिनीका…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा सत्तारुढ गठबन्धनबाट मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीको उम्मेदवारी

    भरतपुरमा सत्तारुढ गठबन्धनबाट मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीको उम्मेदवारी

    काठमाडौं : भरतपुर महानगरमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले मेयरमा मनोनयन दर्ता गराएकी छन्। सोमवार माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताहरुसँगै निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्। गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।  मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र समर्थक कृष्णराज न्यौपाने `लब्ली´ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने `लब्ली´ रहेका रहेका…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरपालिकामा मेयर पदमा सुवेदीको मनोनयन दर्ता

    भरतपुर महानगरपालिकामा मेयर पदमा सुवेदीको मनोनयन दर्ता

    चितवनः भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उनले मनोयन दर्ता गराएका हुन्।  पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्‍यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। सुवेदीको प्रस्तावकमा नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली र समर्थकमा एमाले नेता कृष्णभक्त पोखरेल रहेका छन्।  मनोनयनपछि सुवेदीले चितवनले राजनीतिक आन्दोलनको…

    विस्तृतमा पढ्नुस्

  • हरिकृष्णलाई चिरिबाबुले हाँस्दै भने : उहाँ चाहिँ मसँग जित्नुहुन्‍न

    हरिकृष्णलाई चिरिबाबुले हाँस्दै भने : उहाँ चाहिँ मसँग जित्नुहुन्‍न

    ललितपुर : ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसबाट चिरिबाबु महर्जनले मनोनयनपत्र दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन्। २०७४ सालको निर्वाचनमा चिरिबाबु नै महानगर प्रमुख पदमा निर्वाचित भएका थिए। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत ल्याइ महानगर प्रमुखमा विजयी भएका थिए। ब्यञ्जनकारले २४ हजार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसबाट ऋषि सापकोटाले दिए पोखरा महानगर प्रमुखमा बागी उम्मेदवारी

    कांग्रेसबाट ऋषि सापकोटाले दिए पोखरा महानगर प्रमुखमा बागी उम्मेदवारी

    पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट ऋषि सापकोटाले बागी उम्मेदवारी दर्ता गरेका छन्। गठबन्धनले पोखरा महानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिएपछि स्थानीय कांग्रेस नेताहरु असन्तुष्ट थिए। कांग्रेस पोखरा महानगर समितिको पूर्व कोषध्यक्ष समेत रहेका सापकोटाले कांग्रेस भएर अन्य दलको चुनाव चिह्न मत हाल्न नसक्ने बताउँदै बागी उम्मेदवारी दिएको बताए। उनी कांग्रेसबाट महानगर प्रमुख पदका लागि आकांक्षी थिए।…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसबाट पाण्डेले गराए उम्मेदवारी दर्ता

    बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसबाट पाण्डेले गराए उम्मेदवारी दर्ता

    बुटवल : आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानगरपालिकको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। सोमवार दिउँसो नेता कार्यकर्ताका साथमा बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्। गठबन्धनका तर्फबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का चीनबहादुर गुरुङले उम्मेदवारी दिँदैछन्। मनोनयन दर्ता गर्ने अन्तिम दिन भएकाले नेकपा (एमाले) सहित अन्य दलहरु र स्वतन्त्र उम्मेदवारहरुले पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell