काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट मुकुन्द रिजालले मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। महानगरकै ठूलो र जनघनत्व धेरै भएको वडामा भएको २०७४ सालको निर्वाचनमा पनि रिजाल नै वडा अध्यक्षमा विजय भएका थिए। आज मनोनयन पत्र दर्ता गरेपछि उनले आफू चक्लेटी उम्मदेवार नभएको बताए। ‘म…
काठमाडौं : काठमाडौंको मेयरमा नेपाली कांग्रेसबाट सृजना सिंहले उम्मेद्वारी दिएकी छिन्। आज दिउँसो प्रर्दशनी मार्गस्थित सभागृहमा पुगेर उनले उम्मेद्वारी दर्ता गराएकी हुन्। सभागृहमा उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो कार्यकालमा महिलालाई केन्द्रमा राखेर काम गर्ने बताएकी छिन्। उनले काठमाडौंमा गृहणी र विदुरका लागि भत्ता समेत उपलब्ध गराउने जनाएकी छिन्। त्यस्तै, काठमाडौंमा महानगरीय अस्पताल खोलेर वृद्ध र गरिवलाई नि:शुल्क उपचार गर्ने समेत सिंहले बताइन्।…
विराटनगर : विराटनगर महानगरपालिकामा गठबन्धनबाट नेपाली काङ्ग्रेसका नागेश कोइरालाले मेयर पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै, उपमेयरमा जसपाका अमरेन्द्र यादवले आफ्नो नामाङ्कन पत्र दर्ता गराए। उम्मेदवारी लगत्तै कोइराालाले विराटनगरलाई अत्याधुनिक र सुविधा सम्पन्न शहर बनाउने बताए। त्यस्तै, यादवले १२ वटा आँखा अस्पताल र ३ वटा ठूला अस्पताल भएको विराटनगरलाई मेडिकल हब बनाउने घोषणा गरे।
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका टिकट पाएका उम्मेदवारहरु मनोनयन दर्ता गराउन पुगिरहेका छन्। काठमाडौं महानगरमा सिर्जनालाई टिकट दिने निर्णय पहिलै भएको भए पनि ललितपुरमा चिरिबाबुलाई टिकट दिने निर्णय आजमात्रै भएको हो। दुवै उम्मेदवारहरु महानगरमा तोकिएको निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। बाजागाजासहित र्याली निकालेर उनीहरुले मनोनयन दर्ता गराइरहेका छन्।
पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा कृष्ण थापाले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको बताइएको छ। यस्तै, महानगर उपप्रमुखमा मञ्जुदेवी गुरुङले पनि मनोनयन दर्ता…
काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन ६० प्रतिशत सफल भएको बताएका छन्। उनले बैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने बताए। ‘गठबन्धनले गरेको निर्णय अनुसार सयुक्त रुपमा जाँदैछौं। घोराहीमा पनि संयुक्त रुपमा मनोनयन हुँदैछ। ६० प्रतिशत गठबन्धन सफल भएको छ,’ महराले भने, ‘कहिँ पार्टी भित्रै कहिँ पार्टी पार्टी नमिलेको होला। यो मिल्ने क्रम साँझसम्म जारी छ।…
काठमाडौं : २५ वर्ष अगाडि काठमाडौं महानगरपालिकाको मेयर बनेका केशव स्थापितले पुनः त्यही पदमा उम्मेदवारी दिएका छन्। नेकपा एमालेबाट टिकट पाएर आज उनले मनोनयन दर्ता गराएका हुन्। केशव स्थापित बेलाबेलामा विवादमा आइरहन्छन्। महत्वकांक्षी मुद्दा र पत्याउनै नसकिने योजना अगाडि सार्ने स्थापित धेरैका लागि हाँसोका पात्र पनि बन्ने गरेका छन्। सोमवार राष्ट्रिय सभा गृहमा उम्मेदवारी दिन पुगेका उनले संचारकर्मीले सोधेका केही प्रश्नको जवाफ कमेडियन शैलीमा फर्काए। सुरुमा नै संचारकर्मीले उनीसँग काठमाडौंको…
काठमाडौं : ललितपुर महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएका हरिकृष्ण ब्यञ्जनकारले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। आज मनोनयन पत्र दर्ता गराएपछि उनले आफू नेपाली कांग्रेसका उम्मेदवारभन्दा ५ हजार बढी मतले जित्ने बताएका हुन्। ‘हामी ५ हजार बढी मतले जित्छौ’ उनले भने। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत ल्याइ महानगर प्रमुखमा विजयी…
हेटौँडा : नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा मेयर/उपमेयर सहित १९ वटै वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारी दर्ता गरेको छ। एमालेको तर्फबाट हेटौँडा उपमहानगरको मेयरमा अनन्त प्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गरेका छन्। एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन्। उपमेयर काफ्लेको…
काठमाडौं : जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि गठबन्धनको निर्णयबाट असन्तुष्ट रहेका मनोजकुमार साहले मनोनयन दर्ता गराएका छन्। गठबन्धनले जनकपुरधाम जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेको थियो। त्यसप्रति असन्तुष्ट गरेका नेपाली कांग्रेसका नेता मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। मनोज साहले कांग्रेस नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। मनोजका प्रस्तावकमा नन्दलाल साह र समर्थक रामप्रसाद पजियार रहेका छन्। यस्तै, असहाय…
काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा सुनिता डंगोलले मनोनयन दर्ता गराएकी छिन्। मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिँदै उने आफ्नो जित सुनिश्चित भएको बताए। मत खसाल्नुअघि आफ्नो प्रतिबद्धता पत्र पढ्न आग्रह गर्दै उनले जित्नुभन्दा जितेपछि काम गरेर देखाउनु महत्वपूर्ण रहेको बताइन्। उनले भनिन्, ‘जित भनेको जित मात्र होइन, जित पछि काम गर्ने हो।’ उनले काठमाडौंलाई सांस्कृतिक र स्वच्छ शहर…
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस (बीपी)ले पनि उम्मेदवारी दर्ता गराएको छ। नेपाली कांग्रेस (बीपी)बाट काठमाडौं महानगरको मेयरमा भक्तराज भुसाल र उपमेयरमा ईन्दिरा अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गर्दै भुसालले आफूले जितेमा साच्चिकै अन्तराष्ट्रिय मोडलको सहर बनाउने बताए। उनले कुनै पारिश्रमिक नलिने घोषणा गर्दै काठमाडौं महानगरको गाडि पनि नलिने वाचा गरे।
काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगर प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन्। शान्तिबाटिकाबाट र्यालीसहित स्थापितले राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। यस्तै, महानगर उपप्रमुखमा सुनिता डंगोलले पनि मनोनयन दर्ता गराएकी छिन्। स्थापति काठमाडौंका पूर्व मेयर हुन् भने सुनिता पूर्व मिस नेवा: हुन्। मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिँदै स्थापितले गठबन्धनविरुद्ध आफूहरुको जित सुनिश्चित भएको दाबी गरे।…
काठमाडौं : नेकपा एमालेबाट ललितपुर महानगर प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन्। ललितपुरस्थित निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ब्यञ्जनकार उम्मेदवार बनेका थिए। उनी नेपाली कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका थिए। नेपाली कांग्रेसबाट यसपटक पनि चिरिबाबु नै प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका छन्। सम्बन्धित समाचार : ललितपुर महानगरमा फेरि चिरिबाबु र हरिकृष्ण…
काठमाडौं : नेपाली कांग्रेसले काठमाडौंका ८ वटा नगरपालिकामा उम्मेदवार फाइलन गरेको छ। कांग्रेस वाग्मती प्रदेश संसदीय समितिको वैशाख ११ गतेको निर्णय अनुसार टोखा नगरपालिका बाहेकमा उम्मेदवार तय गरेको हो। कांग्रेसले कागेश्वरी मनोहरामा उपेन्द्र कार्कीलाई मेयरको उम्मेदवार बनाउने भएको छ। उप प्रमुखमा भने कांग्रेसको उम्मेदवार छैन। त्यसैगरी गोकर्णेश्वर नगरपालिकामा दीपक रिसाल मेयर र शान्ति नेपाल उप प्रमुखमा उम्मेदवार चयन भएका छन्।…
बुटवल : पाल्पामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको रामपुर नगरपालिका ८ स्थित घिमिरेटोलका ३५ वर्षीय रमेश आचार्यको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। सोमबार बिहान आफ्नै घर नजिकको बारीमा घाँस काट्न गएका आचार्य काब्रोको रुखबाट लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि पाल्पाको रामपुर…
काठमाडौं : सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ। सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो। बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ-आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ‘पाँच…
काठमाडौं : ललितपुर महानगरपालिका प्रमुखका लागि फेरि चिरिबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबिच प्रतिस्पर्धा हुने भएको छ। आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट फेरि चिरिबाबु महर्जनले टिकट पाएपछि ललितपुरमा पुरानै 'ब्याटल' दोहोरिन लागेको हो। सोमवार शेरबहादुर देउवाले महर्जनलाई महानगर प्रमखुको टिकट दिएका हुन्। महानगर प्रमुखका लागि महर्जनसँगै उप्रप्रमुखमा गीता सत्याल छिन्। यस्तै, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्यों, प्रेमकृष्ण…
पोखरा : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सांसद पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको प्रमुख पदमा उनको नाम टुंगाएसँगै थापाले आज सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन्। अब केहीबेरमा उनी निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने बताएका छन्। थापा कास्की २ (क) बाट निर्वाचित सांसद थापा हुन्। थापा २०७४ सालको निर्वाचनमा १५ हजार…
हेटौँडा : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता सुदिप राजबाहकले हेटौँडा उपमहानगरपालिकामा वडाध्यक्षमा बागी उम्मेदवारी दिएका छन्। २०७४ को निर्वाचनमा कांग्रेसबाट वडा नम्बर २ मा उनीमात्र वडा सदस्यमा निर्वाचित भएका थिए। कांग्रेसले हेटौँडा वडा नम्बर २ को वडाध्यक्षको उम्मेदवार रबिन्द्रराज घिमिरेलाई बनाउने भएपछि असन्तुष्ट रहेका राजबाहकले बागी उम्मेदवारी दर्ता गराएका हुन्।