काठमाडौं : नेपाली कांग्रेसले ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगर प्रमुखको उम्मेदवारमा महर्जनको नाम पक्का गरेको बालुवाटार स्रोतले जनायो। प्रमुखको उम्मेदवारका लागि महर्जनसँगै उपप्रमुख गीता सत्याल, प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम सिफारिस गरिएको थियो। आइतवारको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले उम्मेद्वार टुंगो लगाउने जिम्मा देउवालाई प्रदान गरेको…
काठमाडौं : नेपाली कांग्रेसले ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगर प्रमुखको उम्मेदवारमा बहालवाला प्रमुख महर्जनको नाम पक्का गरेको बालुवाटार स्रोतले जनायो। प्रमुखको उम्मेदवारका लागि महर्जनसँगै उपप्रमुख गीता सत्याल, प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम सिफारिस गरिएको थियो। आइतवारको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले उम्मेद्वार टुंगो लगाउने जिम्मा देउवालाई प्रदान…
काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि हालसम्म १३ हजार ३८६ जनाको उम्मेदवारी दर्ता भएको छ। ७ प्रदेशका ७५३ स्थानीय तहमा ६१३ जनाले प्रुमख पदमा उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। अध्यक्षमा ४७६ जना, उपप्रुमखमा २६८ जना, उपाध्यक्षमा ३०३ जना, वडा अध्यक्षमा ३ हजार ५४६ जना, महिला सदस्यमा २ हजार ६९ जना र दलित महिला सदस्यमा १ हजार ६६४ले उम्मेदवारी…
हेटौंडा : सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख पदको टिकट नेपाली कांग्रेसका राजेश बानियँले पाएका छन्। आइतबार बसेको नेपाली कांग्रेस मकवानपुर संसदीय समितिको बैठकले हेटौंडाको उपमेयरको टिकट बानियाँलाई दिने निर्णय गरेको हो। बानियाँ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का बहालवाला अध्यक्ष हुन्। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उनी वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए। उनी कांग्रेस क्षेत्रीय सभापति समेत हुन्।…
इम्यान्यूल म्याक्रोन फ्रान्सको राष्ट्रपति पदमा निर्वाचित भएका छन्। मारिन ले पेनलाई पराजित गर्दै म्याक्रोन फेरि राष्ट्रपति बनेका हुन्। उनले ५८.५५ प्रतिशत मत ल्याउँदै विजयी भएको बिबिसिले जनाएको छ। ले पेनले ४१.४५ प्रतिशत मतमात्र प्राप्त गरिन्। म्याक्रोनले अनुमान गरिएको भन्दा बढी मत ल्याएको बताइएको छ। पहिलो चरणमा भएको निर्वाचनमा मध्यपन्थी म्याक्रोनले २७.८ प्रतिशत मत ल्याउँदा पेनले २३.२ प्रतिशत मत ल्याएकी थिइन्।…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले मुम्बइ इण्डियन्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा लखनउले ३६ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। लखनउका लागि कप्तान केएल राहुलले शतकीय पारि खेल्दै अविजित १०३ रन बनाउँदा मनिष पाण्डेले २२, आयुस बडोनीले १४…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न चेल्सीले वेस्टहमलाई हराएको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले वेस्टहममाथि १-० गोलअन्तरको सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा मार्को अलोन्सोको पासमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरेका थिए। त्यसअघि ८५ औं मिनेटमा वेस्टहमका क्राइग डावसनले रोमेलु लुकाकुलाई फउल गरेपछि रेड कार्ड ब्यहोर्दै बाहिरिएका थिए। लगत्तै…
काठमाडौँः सत्ता गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलबाहिर तालमेल नगर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट मिलाउन सोमबारसम्म अधिकतम प्रयत्न गर्ने निर्णय पनि गरेको छ। गठबन्धनको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ले बताए। विगतमा भएका समझदारीका आधारमा सिट बाँडफाँट गर्ने निर्णय पनि बैठकले गरेको…
सुर्खेतः स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) कर्णाली प्रदेशले दश वटै जिल्लामा अधिकांश उम्मेदवारको टुंगो लगाएको छ। एमाले कर्णाली प्रदेश कमिटीका अनुसार दैलेख र डोल्पाका दुई दुई पालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ। दैलेखको आठबीस नगरपालिकाको प्रमुख तथा उपप्रमुख र भैरवी गाउँपालिकाको अध्यक्ष एवं उपाध्यक्ष पदको उम्मेदवार सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयमा पठाएको छ। डोल्पाको ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी…
पोखराः कास्कीमा पाँच दलीय गठबन्धन टुटेको छ। कांग्रेस कास्कीको आइतबार बसेको पदाधिकारी बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको हो। गठबन्धन तोड्ने माग गर्दै कास्की कांग्रेसका पदाधिकारीलाई कार्यकर्ताले आइतबार थुनेका थिए। लगत्तै कास्की सभापति किशोरदत्त बरालले पोखरामा बाहेक अन्य पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने बताएका छन्। 'कार्यकर्ताबाट आएको रायसुझावले कास्कीमा मित्रवत प्रतिस्पर्धामा जाने निर्णय गरियो,' बरालले भने। कास्की कांग्रेसले सबै पालिकामा मित्रवत्…
सुर्खेतः आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धन अझै भागबन्डाकै किचलोमा छ। बिहीबारदेखिको निरन्तरको बैठकले सिट बाँडफाँट टुंगो लगाउन नसकेपछि केन्द्रीय नेतृत्वलाई जिम्मा दिइएको छ। बाँडफाँटमा सहमति हुन नसकेको सुर्खेत र रुकुम पश्चिम जिल्लाको पालिकाको उम्मेदवार केन्द्रको निम्मा लगाइएको हो। भागबण्डामा सहमति हुन नसक्दा केन्द्रीय नेतृत्व कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका जनार्दन शर्माबीच छलफल भइरहेको छ। प्रदेश संयन्त्रको बैठकले आठ…
हेटौँडाः मकवानपुरको मनहरि गाउँपालिकामा नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गरेको छ। अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै वडा नम्बर १ मा भीमसेन अधिकारी, २ मा निमा लामा, ३ मा मानबहादुर बल, ४ मा रविन ढकाल, ५ मा किशोर बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै वडा नम्बर ६ मा गोपी लामा, ७ मा नारायण सिं…
हेटौँडाः नेकपा (एमाले) आसन्न स्थानीय तह निर्वाचनका लागि भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेको छ। एमालेबाट अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाले उम्मेदवारी दर्ता गराएका हुन्। लामाको प्रस्तावकमा महेशकुमार बर्तौला र समर्थकमा संग्राम खड्का रहेका छन् भने रानाको प्रस्तावकमा सानु थापा मगर र समर्थकमा रेशम लामा रहेका छन्। यस्तै एमालेबाट वडा अध्यक्षमा वडा नम्बर १…
बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन त्यागेर मेयर र उपमेयर दुबैमा एकल उमेदवारी दर्ता गराएको छ। मेयर पदमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले उमेदवारी दर्ता गराएका हुन्। सम्मानजनक रूपमा टिकट वितरण नभएको भन्दै जसपा सत्ता गठबन्धनबाट बाहीरिएको हो। योसँगै बुटवलमा सत्तारुढ गठबन्धन भत्किएको छ। पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले आफूहरूको…
बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ स्थित शिवनगर सामुदायिक वनमा दम्पती शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता नवरत्न पौडेलका अनुसार उपमहानगरपालिका वडा नम्बर ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठको शव फेला परेको हो। शव भेटिएको ठाउँमा विषको बट्टा भेटिएको डिएसपी पौडेलले बताए। उनीहरु गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट…
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन त्यागेर प्रमुख र उपप्रमुख पदमा एकल उम्मेदवारी दर्ता गरेको छ। प्रमुख पदका लागि सुरज हितान मगर र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरुले आइतबार बुटवल उपमहानगर स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। सम्मानजनक रूपमा टिकट वितरण नभएको भन्दै जसपा सत्ता गठबन्धनबाट…
काठमाडौं : बैशाख ३१ गते काठमाडौंमा ‘कालीप्रसाद बास्कोटा लाइभ’ कार्यक्रम आयोजना हुने भएको छ। काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा हुने कन्सर्टमा गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले प्रस्तुति दिनेछन्। ‘कालीप्रसाद बासकोटा लाइभ’ कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्क हो। पीभीई नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलईडी स्क्रिनमा बास्कोटा गुञ्जिनेछन्। कोरोना महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुति हुनेछ। धेरैपछि प्रस्तुति…
हेटौँडा : प्रदेशस्तरीय गठबन्धन बैठकले मकवानपुरका पालिकाहरुमा भागबन्डाको टुंगो लगाएको छ। आइतवार बसेको वाग्मती प्रदेशस्तरीय गठबन्धन बैठकले भागबन्डाको टुंगो लगाएको हो। हेटौँडा उपमहानगरको प्रमुख नेकपा (एकीकृत समाजवादी)ले पाएको छ। हेटौँडाको उपप्रमुख नेपाली कांग्रेसले पाएको छ। त्यस्तै, थाहा नगरपालिकाको प्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ भने कांग्रेसले उपप्रमुख पाएको छ। मकवानपुरका ८ गाउँपालिकामध्ये कांग्रेसले ४, माओवादी केन्द्रले २ र एकीकृत समाजवादीले…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको टिकट वितरणको जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। टिकट वितरणको लागि बिहानैबाट बसेको केन्द्रीय सम्पादन समितिको बैठकले देउवालाई उक्त जिम्मा दिएको हो। ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिका प्रमुख र उपप्रमुख कसलाई दिने भन्नेबारे टुंगो लगाउन नसकेपछि समिति र संसदीय बोर्डले सभापतिलाई टिकटको टुंगो लगाउने…
काठमाडौं : बुद्ध एयरको विमानभित्र वेवारिसे अवस्थामा डलर फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर प्रहरीले बरामद गरेको हो। बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा डलर फेला परेको हो। बरामद डलर आवश्यक…