पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनले भागबन्डा मिलाउँदा पोखरा महानगरको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिएको थियो। केन्द्रको निर्णयको विरोध कास्की कांग्रेसका नेताहरु गर्दै आएका छन्। केन्द्रको निर्णयमा असन्तुष्टि जनाउँदै आज कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति समेत रहेका विमलबहादुरले निर्वाचन कार्यालय पुगेर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्। लोकप्रिय मत ल्याएर…
काठमाडौं : नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले आइतवार दिउँसो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। यसअघि नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक गरिरहेका छन्। कांग्रेसले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवारको टुंगोसमेत लगाउन सकेको छैन। उम्मेदवार टुंगो लगाउन…
काठमाडौं : सत्तारुढ गठबन्धनका तीन दलले धादिङमा भागबण्डा टुंग्याएका छन्। धादिङका १३ स्थानीय तहमध्ये कांग्रेसले सात स्थानीय तहको प्रमुख पाएको छ। त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ३ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहको प्रमुख पाएका छन्। एक स्थानीय तहमा भने टुंगो लाग्न सकेको छैन। प्रदेशस्तरीय गठबन्धनको बैठकले भागबण्डालाई टुंगो लगाएको हो। जसअन्तर्गत माओवादी केन्द्रले चार स्थानीय तहमा उपप्रमुख पाएको छ। त्यस्तै,…
काठमाडौं : र्यापर तथा गायक बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। आज प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर उनले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएका हुन्। मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका हुन्। उनले आजै आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका थिए। पार्टीबाट उम्मेदवारी दिँदा हस्तक्षेप हुने हुँदा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता…
जनकपुरधाम : जनकपुर उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरुको उम्मेदवारी दर्ता सुरु भएको छ। मधेश प्रदेशको राजधानी एवं धनुषाको एक मात्र उपमहानगर जनकपुरधाममा वडाध्यक्ष तथा वडा सदस्यका लागि आकांक्षीहरुको उम्मेदवारी दर्ता गराउन थालेका हुन्। जनकपुरधाममा २५ वटा वडा रहेको छ। यहाँ राजनीतिक दलहरुले भने उम्मेदवारको टुंगो अझै पनि लगाउन सकेका छैनन्। अहिलेसम्म लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र…
बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। १० स्थानीय तह रहेको पाल्पामा एमालेले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिका प्रमुखको उम्मेदवार बनाएको छ। उपप्रमुखमा यसअघिकी कार्यपालिका सदस्य शशी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ। रामपुर नगरपालिकामा अधिवक्ता शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाएको छ। उपप्रमुखमा दुर्गा रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ। निस्दी गाउँपालिकामा…
कैलाली : २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग मेयर पदमा झन्डै ३ हजार मतले पराजित भएका गोपाल हमालले फेरि धनगढी उपमहानगरपालिकाको मेयरमा मनोनयन दर्ता गराएका छन्। गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भइ प्रतिस्पर्धामा उत्रिएपछि पराजित भएका उनी त्यसपछि विवेकशील साझा प्रवेश गरेका थिए। तर दुई महिना अघि विवेकशील साझाबाट समेत राजीनामा दिएर फेरि उनले स्वतन्त्र रुपमा मेयरमा मनोनयन दर्ता गराएका हुन।…
काठमाडौं : मुगुमा सत्तारुढ दलहरुबिच मित्रवत् प्रतिस्पर्धा गरेर निर्वाचनमा जाने सहमति भएको छ। जिल्लामा रहेका चार स्थानीय तहमा ती दलबिच बाँडफाँटबारे शनिबार साँझ सहमति हुन नसकेपछि मित्रवत प्रतिस्पर्धामा जाने निर्णय भएको हो। आइतबार र सोमबार दुई दिन उम्मेदवारको मनोनयन दर्ताको समय भएकाले शनिबारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए। सहमतिअनुसार छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडामध्ये नौ वडासहित नगरप्रमुख,…
काठमाडौंः पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। महानगरपालिका-३२ स्थित सडकमा बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा भएको थियो। मृत्यु हुनेहरूमा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-६ घर भएका ३२ वर्षीय कमल आले मगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आले मगर रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको…
काठमाडौं : दिलिप बान्तावाको कथामा आधारित नाटक 'स्कुल' मञ्चन हुने भएको छ। सुरज तमूको निर्देशन र परिकल्पना रहेको यो नाटक थापागाउँस्थित गुरूकुल थिएटरमा मञ्चन हुन लागेको हो। नाटकमा निता राई, सुभाष तिमिल्सिना, चन्द्र नेपाली, मोहन राई, सन्दिप योगी, विकास लामा, प्रतिमा राई लगायतका कलाकारहरूको अभिनय रहनेछ। विद्यालयको शिक्षा प्रणालीमाथि चित्त नबुझेर दिलिप बान्तावाको कथामाथि आधारित रहेर नाटक बनाएको रंगकर्मी सुरज…
अघिल्लो खेलको अन्तिम ओभरमा चेन्नइका महेन्द्रसिंह धोनीले जयदेव उनदकटको बलमा ब्याक टू ब्याक बाउन्ड्री प्रहार गर्दै खेलमा चेन्नइलाई जित दिलाए। र, आईपीएलको सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले लगातार सात खेलमा पराजय ब्यहोरेको खराब कीर्तिमान बनायो। अंक तालिकामा मुम्बइलाई यो भन्दा तल रहन स्थान छैन, बाँकी छ त साख जोगाउँदै जित निकाल्ने। आईपीएलको आधा सिजन चलिरहँदा मुम्बईका ओपनरद्वय कप्तान रोहित शर्मा…
काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुखका लागि आनन्द राज जोशीले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट जोशीले मनोनयन दर्ता गराएका हुन्। सभागृह पुगेर मनोनयन दर्ता गराउने जोशी पहिलो उम्मेदवार हुन्। मनोनयन दर्ता गराएपछि जोशीले आफू जित्न नआएको प्रतिक्रिया दिए। भने, ‘जित्न आएको होइन। राम्रो मान्छेलाई जिताउन आएको। अरुलाई हराउन आएको।’ जोशी काठमाडौंको वसन्तपुर क्षेत्र…
काठमाडौं : सत्तारुढ दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का नेता जोगबहादुर राना उम्मेदवार बन्ने भएका छन्। त्यस्तै नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए। घोराही उपमहानगरपालिकामा सत्तासाझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर …
धनगढीः धनगढी उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेको गोपाल हमालको ¥यालीबाट अवैध लागु औषध चरेससहित एक जना पक्राउ परेका छन्। मेयर पदमा मनोनयनका लागि धनगढीको ट्राफिक चौराहबाट सुरु भएको गोपाल हमालसहितको ¥यालीमा हमाल समर्थक नरेश बाजी अवैध लागु औषध चरेससहित पक्राउ परेका हुन्। ¥यालीमा गोपाल हमालको समर्थनमा नाराबाजी गरिरहेको समयमा उनको साथबाट २० ग्राम लागु औषध चरेससहित पक्राउ परेको…
काठमाडौं : नेकपा एमालेका नेता केशव स्थापितले वाग्मती प्रदेशसभा सांसद पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले आज राजीनामा दिएका हुन्। एमालेले स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार हुन जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि स्थापितले राजीनामा दिएका हुन्। हेटौंडाबाट काठमाडौं फर्किएपछि उनले राष्ट्रिय सभागृहमा गएर मनोनयन दर्ता गराउने बुझिएको छ। एमालेको शनिवार बसेको…
काठमाडौं : निर्वाचन कार्यक्रमअनुसार आज र भोलि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। ७७ वटै जिल्लामा दुई दिन उम्मेदवार दर्ता हुँदैछ। काठमाडौं महानगरपालिकाको लागि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ। बिहान १० बजे अगाडि नै निर्वाचन अधिकृत सहित कर्मचारीहरु पुगेर मनोनयन दर्ताको सम्पूर्ण तयारी गरिसकेका छन्। बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता छुट्याइए पनि सभागृहमा अहिले निर्वाचनको माहोल देखिएको छैन। कर्मचारीहरु दर्ताको…
काठमाडौं : आज स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ। सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा गरे पनि अन्य पालिकाहरुमा तालमेलका लागि सहमति जुट्न सकेको छैन। नेकपा एमालेले पनि सबै पालिकाहरुमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन। भक्तपुर नगरपालिकाको प्रमुखमा कसलाई उठाउने भन्ने विषयमा राजनीतिक दलहरुबिच अहिले कुनै सहमति जुट्न सकेको छ। नेकपा एमालेले भने वडाका उम्मेदवारहरु भने चयन गरिसकेको छ।…
काठमाडौं : आज र भोलि ७७ वटै जिल्लामा स्थानियत तह निर्वाचनको लागि उम्मेदवारी दर्ता हुँदैछ। पार्टीहरुले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी घोषणा समेत गरेका छन्। केही दल र ठाउँमा भने अझै उम्मेदवार छनोट गर्न सकिएको छैन। नेपाल सुशासन पार्टीले पनि काठमाडौं महानगर प्रमुखको लागि उम्मेदवार टुंगो लगाउन सकेको छैन। उक्त पार्टीबाट पूर्व डीआईजी रमेश खरेल स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिने भएपछि चर्चामा छन्। खरेल अहिले नेपाल सुशासन पार्टीका…
काठमाडौं : २०७४ सालको स्थानीय तहको निर्वाचनमा कान्छी गाउँपालिका उपाध्यक्ष बनेकी सृजना लामाले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी छिन्। २१ वर्षको उमेरमा उपाध्यक्ष बनेकी लामाले सोमबार निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दिँदै छिन्। रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षका लागि उनले नेकपा एमालेबाट अध्यक्ष पदको लागि टिकट पाएकी छिन्। 'भोली मात्र दर्ता गर्ने तयारी भएको छ। टिकट पक्का भइसकेको छ। जनताको साथ र मायाले गर्दा नै टिकट पाउन सफल भएको…
काठमाडौं : उम्मेद्वार मनोनयनको दिनसम्म पनि कांग्रेसले अधिकांश स्थानको उम्मेद्वार टुंगो लगाउन सकेको छैन। महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंगो लगाउने जिम्मा कांग्रेस केन्द्रले लिएको थियो। अधिकांश जिल्लाका स्थानीय तहमा प्रमुख र उपप्रमुख स्थानीय तहमा टुंगो नलाग्दा यसको जिम्मा पनि केन्द्रकै थाप्लोमा आउने देखिन्छ। यद्यपि आफ्नो जिम्मामा आएको जिम्मेवारीसमेत कांग्रेस केन्द्रले पुरा गर्न सकेको छैन। सत्ता गठबन्धन तालमेल…