PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • अनुभव सिन्हाको 'एन्थोलोजी' फिल्ममा तापसी पन्नु भइन् अनुबन्धित

    अनुभव सिन्हाको 'एन्थोलोजी'  फिल्ममा तापसी पन्नु  भइन् अनुबन्धित

    बलिउड अभिनेत्री तापसी पन्नुले अनुभव सिन्हासँग सहकार्य गर्ने भएकी छिन्। तापसी निर्देशक सिन्हाको एन्थोलोजी फिल्ममा अनुबन्धित भएकी हुन्।   तापसीले आफू सिन्हाको फिल्ममा अनुबन्धित भएको ट्विटरमार्फत जानकारी दिएकी छिन्। उनले फेरि एकपटक अनुभव सिन्हासँग काम गर्न पाउँदा खुसी लागेको उल्लेख गरेकी छिन्। I'm thrilled to be re-uniting with @AnubhavSinha and #BhushanKumar in an anthology film helmed by the brilliant director @IAmSudhirMishra.…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको शीर्ष नेताहरुको बैठक : एमसीसीको विपक्षमा मतदान गरेर सरकारबाट बाहिरिने

    माओवादी केन्द्रको शीर्ष नेताहरुको बैठक : एमसीसीको विपक्षमा मतदान गरेर सरकारबाट बाहिरिने

    काठमाडौं : नेकपा माओवादी केन्द्रको शीर्ष नेताहरुको बैठकले प्रतिनिधि सभामा टेवल भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको शीर्ष नेताहरुको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले जानकारी दिए। उनले यसअघि अनौपचारिक रुपमा माओवादी केन्द्रले एमसीसीको विपक्षमा उभिने बताएको भए पनि आजको निर्णय औपचारिक निर्णय भएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • सरकारको आग्रहमा आज पनि स्थगित भयो प्रतिनिधिसभा बैठक, अर्को बैठक आइतवार

    सरकारको आग्रहमा आज पनि स्थगित भयो प्रतिनिधिसभा बैठक, अर्को बैठक आइतवार

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर किचलो बढिरहेको बेलामा आज बस्ने भनिएको बैठक पनि स्थगित गरिएको हो। बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए। सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ मा‍ओवादी र एकीकृत समाजवादीमा छलफल तीब्र : सरकार अहिले छाडिहाल्ने कि एमसीसीमाथिको छलफलपछि?

    सत्तारुढ मा‍ओवादी र एकीकृत समाजवादीमा छलफल तीब्र : सरकार अहिले छाडिहाल्ने कि एमसीसीमाथिको छलफलपछि?

    काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)भित्र सरकारबाट बाहिरिने विषयमा छलफल तीव्र भए पनि तत्काल सरकारबाट बाहिरिने सम्भावना कम देखिएको छ। माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पनि सरकारमा बस्‍ने नबस्‍नेबारे छलफल भएको छ। तर, तत्काल सरकारबाट बाहिरिन नहुने विषयमा नेताहरुले मत राखेको नेताहरुले बताएका छन्।  यस्तै, एकीकृत समाजवादी पार्टीमा…

    विस्तृतमा पढ्नुस्

  • खुमलटारमा प्रचण्डले आफ्ना पार्टीका नेतालाई बोलाएर सोधे : सरकारमा बस्ने कि नबस्ने ?

    खुमलटारमा प्रचण्डले आफ्ना पार्टीका नेतालाई बोलाएर सोधे : सरकारमा बस्ने कि नबस्ने ?

    कामाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सत्तारुढ गठबन्धनमा विवाद बढ्दै जाँदा सरकारमा बस्ने नबस्नेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन्। प्रचण्डले खुमलटारस्थित निवासमा पूर्व स्थायी कमिटी सदस्यलाई बोलाएर प्रचण्डले सरकारमा बस्ने नबस्नेबारे छलफल गरेका हुन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफल भएको जानकारी दिए। एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरिसकेको छ। एमसीसीकै बारेमा प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीका कारण कांग्रेससँग गठबन्धन नटुटाउने सहमति भएको माधव नेपालको दाबी

    एमसीसीका कारण कांग्रेससँग गठबन्धन नटुटाउने सहमति भएको माधव नेपालको दाबी

    कैलाली : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कै कारण गठबन्धन नटुटाउने सहमति भएको बताएका छन्। शुक्रबार बिहानै धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो बिचमा एमसीसी पास भए पनि फेल भए पनि गठबन्धनलाई कायमै राखौँ भन्ने कुरा भएको हो। राष्ट्रिय राजनीतिका विषयमा जुन यो गठबन्धनले काम गरिरहेको छ यसमा हामी…

    विस्तृतमा पढ्नुस्

  • 'बुस्टर डोज' लगाउनेको संख्या १० लाख नाघ्यो, काठमाडौंसहित तीन जिल्लामा सक्रिय संक्रमित ५ सयभन्दा धेरै

    'बुस्टर डोज' लगाउनेको संख्या १० लाख नाघ्यो, काठमाडौंसहित तीन जिल्लामा सक्रिय संक्रमित ५ सयभन्दा धेरै

    काठमाडौं : कोभिड-१९ विरुद्धको अतिरिक्त खोप लगाउनेको संख्या १० लाख नाघेको छ। बिहीबारसम्म १० लाख २० हजार ५४१ जनाले अतिरिक्त खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो डझ र एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्ण खोप लगाएका छन्। मन्त्रालयका अनुसार हालसम्म चार करोड ७८ लाख ८२ हजार ८…

    विस्तृतमा पढ्नुस्

  • तीन विदेशी फिल्मसँग भिड्दै पल र पूजाको 'म यस्तो गीत गाउँछु २'

    तीन विदेशी फिल्मसँग भिड्दै पल र पूजाको 'म यस्तो गीत गाउँछु २'

    काठमाडौं: सुदर्शन थापा निर्देशित फिल्म 'म यस्तो गीत गाउँछु २' आजबाट प्रदर्शनमा आएको छ। पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यो फिल्म देशैभरमा सिनेमाहलमा रिलिज भएको छ। यो फिल्म तीन विदेशी फिल्मसँग भिड्दै छ। आजबाटै आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ प्रदर्शनमा आएको छ। बहुप्रतीक्षित भनिएको उक्त फिल्म माफिया डन गगुंबाईको जीवनमा केन्द्रित छ। सञ्जय लीला भंसाली निर्देशित फिल्ममा आलियाका…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सका राष्ट्रपतिको पुटिनलाई 'कल' : सैन्य गतिविधि बन्द गर

    फ्रान्सका राष्ट्रपतिको पुटिनलाई 'कल' : सैन्य गतिविधि बन्द गर

    फ्रान्सका राष्ट्रपति इमेनुल म्याक्रोनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेका छन्। युक्रेनका नेताको अनुरोधअनुसार पुटिनसँग सोझै कुराकानी भएको म्याक्रोनले बताएका हुन्। दोस्रो दिन पनि रसियाले युक्रेनको किभ क्षेत्रमा आक्रमण जारी राखेको छ। दशकौं पछि युरोपमा यसखालको युद्ध भएको बीबीसीले जनाएको छ।  युक्रेनका राष्ट्रपतिले पुटिनसँग कुरा गर्न चाहेको तर फोन सम्पर्क हुन नसकेपछि फ्रान्सका राष्ट्रपतिलाई आग्रह गरेका थिए। त्यसपछि पुटिनलाई फोन…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीमा एमालेको साथ खोजेको कांग्रेसले आज पनि छलफल गर्दै

    एमसीसीमा एमालेको साथ खोजेको कांग्रेसले आज पनि छलफल गर्दै

    काठमाडौं : संसद् अवरोध हटाई एमसीसी सम्झौता प्रस्ताव अघि बढाउने विषयमा आज पनि सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच छलफल हुने भएको छ। एमसीसी सम्झौता प्रस्तावको सैद्धान्तिक छलफलका लागि हिजो बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो। दिउँसो १ बजे बस्ने बैठकअगावै दुई दलबीच छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए। हिजो भएका छलफल सकारात्मक रुपमा अघि बढेको…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीबारे छलफल गर्न दिउँसो संसद् बैठक बस्दै

    एमसीसीबारे छलफल गर्न दिउँसो संसद् बैठक बस्दै

    काठमाडौं : पेचिलो बन्दै गएको एमसीसीसँगको सम्झौता प्रस्तावमाथि छलफल गर्न आज पनि प्रतिनिधसभा बैठक बस्दै छ। सैद्धान्तिक छलफलका लागि हिजो बोलाइएको बैठक स्थगित गरी आज सारिएको हो। बैठक दिउँसो १ बजे बस्ने भएको छ। संसद्‍बाट एमसीसी सम्झौता अनुमोदन गर्न पाँचदलीय गठबन्धनमा सहमति नजुटेपछि बहुमत नपुग्ने भयले प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोको बैठक सार्न आग्रह गरेका थिए। हिजो दिनभरजसो उनी प्रतिपक्षी एमालेको…

    विस्तृतमा पढ्नुस्

  • फुटबलमा युद्धको असर: युरोपका क्लब, खेलाडी र समर्थकले गरे युद्ध रोक्न आग्रह

    फुटबलमा युद्धको असर: युरोपका क्लब, खेलाडी र समर्थकले गरे युद्ध रोक्न आग्रह

    विहीवार युक्रेनमाथि रसियाले आक्रमण गरेसँगै विश्वराजनीतिको ध्यान त्यता मोडिएको छ। गएराति सम्पन्न फुटबल खेलहरुमा पनि त्यसको झल्को देखियो।   🙏❤️ pic.twitter.com/gs0qa7vldU — Atalanta B.C. (@Atalanta_BC) February 24, 2022 युक्रेनी खेलाडी रुस्लान मालिनोभ्स्कीले गएराति एट्लान्टाले ३-० ले ओलम्पियाकोसविरुद्धको खेलमा दोहोरो गोल गरे। र टिसर्टमा सन्देश लेखिएको देखाए। जसमा लेखिएको थियो: 'नो वार इन युक्रेन'। युरोपा लिग अन्तर्गत गएराति स्पेनिस क्लब रियल…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार बैठकमा कांग्रेस एमालेका आफ्नै अडानः एमालेको शर्त सभामुखको बहिर्गमन, कांग्रेस भन्छ, ‘अवरोध हटाउने प्रतिवद्धता भएन’

    बालुवाटार बैठकमा कांग्रेस एमालेका आफ्नै अडानः एमालेको शर्त सभामुखको बहिर्गमन, कांग्रेस भन्छ, ‘अवरोध हटाउने प्रतिवद्धता भएन’

    काठमाडौँः सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। बिहीबार साँझ बालुवाटारमा भएको छलफलमा दुबै दलले आ–आफ्ना धारणा राखेका हुन्। पुरानै एजेण्डा यथावत रहँदा बैठक निष्कर्षमा पुग्न नसकेको हो।  बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सदनको अवरोध हटाउने विषयमा एमालेले प्रतिवद्धता नजनाएको बताए।  कार्कीले भने, ‘संसद् भवनमा…

    विस्तृतमा पढ्नुस्

  • रसिया-युक्रेन तनाबमा खेल कूटनीति: स्थिति नियाल्दै फिफा र यूईएफए, च्याम्पियन्स लिगको फाइनल सार्न दबाब

    रसिया-युक्रेन तनाबमा खेल कूटनीति: स्थिति नियाल्दै फिफा र यूईएफए, च्याम्पियन्स लिगको फाइनल सार्न दबाब

    विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपको सर्वोच्च निकाय यूईएफएले रसिया-युक्रेन संकटलाई नजिकबाट नियालिरहेको जनाएका छन्। यो तनावले युरोपेली फुटबल र विश्व फुटबलमै पनि प्रभाव पर्ने देखिन्छ। रुसीले युक्रेनमा आक्रमण गरेपछि स्थिति तनावग्रस्त छ। अर्कोतर्फ युरोपको पुरुष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग मे ८ मा सेन्टपिटरबर्गस्थित क्रिस्टोभ्स्की रंगशालामा हुने तालिका छ। सरकारी स्वामित्वको कम्पनी गाजप्रोमको प्रायोजनमा रहेको उक्त…

    विस्तृतमा पढ्नुस्

  • युवा परिषद वाग्मतीका उपाध्यक्ष चौलागाईंलाई नहटाउन उच्च अदालतको आदेश

    युवा परिषद वाग्मतीका उपाध्यक्ष चौलागाईंलाई नहटाउन उच्च अदालतको आदेश

    हेटौँडा: वाग्मती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंलाई काम गर्न अवरोध नगर्न उच्च अदालत हेटौँडाले वाग्मती प्रदेश सरकारलाई आदेश दिएको छ। उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले परिषदको उपाध्यक्षकै हैसियतमा काम गर्न दिन आदेश जारी गरेको हो। वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषदले फागुन ५ गते चौलागाईंलाई पदमुक्त गरिएको थियो। मन्त्रिपरिषदको निर्णयविरुद्ध चौलागाईंले उच्च अदालत पाटनको हेटौँडा इजलासमा फागुन…

    विस्तृतमा पढ्नुस्

  • ओली र प्रचण्डबीचको भेटमा के भयो कुराकानी?

    ओली र प्रचण्डबीचको भेटमा के भयो कुराकानी?

    काठमाडौँः राजनीतिक गतिरोध बढ्दै जाँदा बिहीबार प्रमुख दलका शीर्ष नेताबीचको भेट बाक्लियो। एमसीसी प्रकरणका कारण सत्तापक्ष र प्रतिपक्ष दिनभरजसो छलफलमा व्यस्त भए। बिहान सत्ता साझेदार तीन दलले सिंहदरबारमा परामर्श गरे। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच छलफल भयो। यस्तै लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भयो। अपराह्न प्रतिनिधि सभाको बैठक स्थगित भएपछि…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनमा रहेका नेपालीलाई यथास्थानमै सुरक्षित बस्न दूतावासको अपिल

    युक्रेनमा रहेका नेपालीलाई यथास्थानमै सुरक्षित बस्न दूतावासको अपिल

    काठमाडौँः नेपाली दूतावास बर्लिनले युक्रेनमा रहेका नेपाली नागरिकलाई यथास्थितिमा सुरक्षित रहन अपिल गरेको छ। दूतावासले वक्तव्य जारी गर्दै तत्काल हवाइ यात्राबाट स्थानान्तरणको सम्भावना नरहेकाले सडक मार्गबाट सुरक्षितमा जान भने सुझाएको छ।  रसियाले युक्रेनमा आक्रमण गरेपछि दूतावासले वक्तव्य जारी गरेको हो। परराष्ट्र मन्त्रालयले फागुन ११ गते युक्रेन यात्रा प्रतिबन्ध गरिसकेको छ।  वक्तव्यमा युक्रेन सरकार, सम्बन्धित विश्वविद्यालय लगायतले जारी गरेका निर्देशन पूर्ण पालना…

    विस्तृतमा पढ्नुस्

  • तेह्र दिनभित्र ओमन नेपालसँग तीन पटक पराजित: नेपाललाई तेस्रो बनाउन लामिछानेको ३ विकेट, कुशलको अर्धशतक

    तेह्र दिनभित्र ओमन नेपालसँग तीन पटक पराजित: नेपाललाई तेस्रो बनाउन लामिछानेको ३ विकेट, कुशलको अर्धशतक

    काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत नेपालले तेस्रो स्थान लिन सफल भएको छ। ओमनस्थित अल अमेरत स्टेडियममा सम्पन्न खेलमा नेपालले ओमनमाथि ९ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.३ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङ गरेको ओमनका लागि कप्तान…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ कम्युनिस्ट पार्टीका नेता र नेकपा (एकीकृत समाजवादी) बिच वार्ता, के थियो विषय?

    चिनियाँ कम्युनिस्ट पार्टीका नेता र नेकपा (एकीकृत समाजवादी) बिच वार्ता, के थियो विषय?

    काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बुधवार वार्ता भएको छ। भिडियो कन्फ्रेन्स मार्फत् भएको छलफलका क्रममा दुई देशबिचको आपसी सम्बन्धको विषयमा कुराकानी भएको उल्लेख छ। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री चन चोउबीच वार्ता भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ। वार्ताका क्रममा दुई देश र दुई कम्युनिस्ट पार्टीबिचको सम्बन्धका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • देउवासँगको छलफलपछि प्रचण्ड-ओलीको एक्लाएक्लै भेट, एमाले-माओवादीका शीर्ष नेता छलफलमा

    देउवासँगको छलफलपछि प्रचण्ड-ओलीको एक्लाएक्लै भेट, एमाले-माओवादीका शीर्ष नेता छलफलमा

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ। संसद्मा देखिएको अवरोध र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा उनीहरु बिच छलफल भएको बताइएको छ। प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका हुन्। दुई नेताको भेटपछि अहिले एमाले र माओवादी केन्द्रका शीर्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell