चितवन: कर्पोरेट बीच क्रिकेट अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलबाट सनराइज बैङ्क र माछापुछ्रे बैङ्क फाइनलमा पुगेका छन्। रिभरसाइड स्प्रीङ रिसोर्ट कुरिनटारमा जारी प्रतियोगितामा ८ वटा कर्पोरेट टिमको सहभागिता छ। सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइएको छ। जसको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए। पहिलो सेमिफाइनलमा सनराइज बैङकले जावलाखेल ग्रुपलाई ५ विकेटले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो।…
नयाँदिल्ली : भारतको दिल्ली सरकारले कोभिड-१९ सँग सम्बन्धित सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ। सङ्क्रमण दरमा कमी आएपछि दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले शुक्रबार यो निर्णय लिएको हो। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका प्रायः सबै प्रतिबन्ध हटाइएको बताएका छन्। 'प्रतिबन्धले नागरिकहरूले रोजगारी गुमाएर कठिन दैनिकीको सामना गरिरहेका छन्। स्थिति सुध्रिएसँगै डीडीएमएले सबै प्रतिबन्ध हटाउने…
काठमाडौ : जनता समाजवादी पार्टी (जसपा) ले एमसीसीका विषयमा आज निर्णय लिने भएको छ। जारी केन्द्रीय कार्यकारिणी समिति बैठकको आजको मूल एजेन्डा नै एमसीसी राखिएको छ। शुक्रबारदेखि ललितपुरमा जारी बैठकमा हिजो कार्यकारिणी सदस्यहरुलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो। पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव मौन छन्। आन्तरिक…
काठमाडौँः टी-२० विश्वकप छनोट खेल्न ओमान पुगेको नेपाली स्वदेश फर्किएको छ। छनोटमा नेपालले तेस्रो स्थान बनाउँदै यात्रा टुंग्यायो। नेपाल यो पटक पनि विश्वकपमा छनोट भएन। बिहीबार नेपालले घरेलु टोली ओमानलाई हराएर तेस्रो स्थानमा यात्रा टुंग्याएको थियो। स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यान म्यानेजर विनोद दासले स्वागत गरेका थिए।
काठमाडौँः युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कनका लागि युक्रेनका अन्य छिमेकी मुलुकमा प्रवेश सुविधा दिएको भन्दै सुरक्षित रुपमा स्थानान्तरण हुन नेपाली दूतावासले आग्रह गरेको छ। बर्लिनस्थित दूतावासले सूचना जारी गर्दै गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले दिएको सुविधा उपयोग गर्न आग्रह गरेको हो। युक्रेनबाट निस्कने विदेशी नागरिकलाई ती मुलुकले स्वदेश फर्कनका लागि प्रवेशको सुविधा दिएका छन्। दूतावासको सम्पर्कमा हालसम्म १९३ नागरिक आएको र…
काठमाडौँः सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा (एमाले) का शीर्ष नेताबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ। विपक्षी दलका नेता ओली निवास बालकोटमा भएको छलफलमा दुबै पक्षबाट पुरानै कुरामा अडान रहेको बताएका छन्। समझदारीको कुनै मूर्त खाका नबनेको दुबै पक्षका नेताहरुको भनाई छ। सत्ता गठबन्धनभित्र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतालाई लिएर धुव्रीकरण बढेपछि देउवाले ओलीसँगको सम्वादलाई…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयलाई लिएर सत्ता गठबन्धनमा चर्को मतभेद देखिएपछि लगातार प्रमुख प्रतिपक्षी दलसँग संवादलाई प्राथमिकता दिइरहेका देउवा ओलीलाई भेट्न पुगेका हुन्। आज नेकपा एमालेको पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर भक्तपुर फर्किएपछि ओलीलाई भेट्न देउवा बालकोट पुगेका हुन्। 'भर्खरै प्रधानमन्त्री सहितको टोली आइपुग्नु भएको छ,' ओलीको सचिवालयका…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष र वामदेव गौतमबिच भेटवार्ता भएको छ। अमेरिकी परियोजन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धन भित्र मतभेद बढिरहँदा दुई नेताबिच भेट भएको हो। प्रचण्डलाई भेट्न गौतम खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। दुई नेताबिच पछिल्लो समसामिक राजनीतिक घटनाबारे कुराकानी भएको बताइन्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै वामदेवले…
युक्रेनी अधिकारीहरुले रसियाली सैनिक राजधानी कीभ प्रवेश गरिसकेको बताएका छन्। बीबीसीका अनुसार रसियाली सैनिकहरु कीभको उत्तर क्षेत्रमा पुगिसकेका छन्। राजधानीमा रसियाली सैनिकको बख्तरबन्द गाडीहरु गुडिरहेका छन्। रसियालले पूर्वी युक्रनेको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि रसियाली सैनिकहरु युक्रने प्रवेश गरेका हुन्। बिहीवार बिहानैदेखि रसियाले युक्रेनी क्षेत्रमा आक्रमण गरिरहेका छन्। आक्रमणका कारण हाल सम्म १३७ जना भन्दा बढीको मृत्यु भइसकेको…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनारायण पौडेलसँग शुक्रवार पौडेलले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउने विषयमा छलफल गरेका हुन्। छलफलका क्रममा मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रका लागि आवश्यक बजेट नभएको…
काठमाडौं : शहीद स्माकरक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबिचको खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आफ्नो अन्तिम खेलमा जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा संकटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए। खेलको १४औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई…
काठमाडौं : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) गठबन्धन जोगाउन दौडधुपमा लागेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग मिलेर भए पनि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने रणनीति लिएपछि एकीकृत समाजवादी र माओवादी गठबन्धनलाई जोगाउन लागिपरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दलका नेताहरुसँग छलफल गरेपछि प्रधानमन्त्री देउवासँग भेट गरेका छन्। देउवासँग…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को उद्देश्य डरलाग्दो भएको दावी गरेका छन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खनालले एमसीसी शर्त नै शर्तको सम्झौता भएको बताए। सडक मर्मत र ट्रान्समिसनका लागि मात्रै सहयोग दिन लागेको भए शर्त किन राखेको भन्ने खनालको प्रश्न थियो। सम्झौता केही नेपालीहरुले आइपीएसको अंग नभएको दाबी गरे पनि अमेरिकी मन्त्रीहरुले नै आइपीएसको अंग भएको बताएको…
काठमाडौं : स्थानीय तह निर्वाचनमा खटिने एक लाख कर्मचारीको बीमा गर्ने तयारी भएको छ। निर्वाचन आयोगले स्थानी तहको निर्वाचनमा खटिने जनशक्तिको प्रति व्यक्ति २० लाखको बीमा गर्नका लागि बीमा कम्पनीलाई आयोगले प्रस्ताव माग गरेको छ। स्थानीय निर्वाचनमा खटिने एक लाख १० हजार ७१३ जनशक्तिको आयोगले बीमा गर्न लागेको छ। त्यस्तै आयोगले कोभिड-१९ महामारी रोकथाम गर्ने स्वास्थ्य सामाग्री खरिद प्रक्रियासमेत सुरु गरेको…
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद संचालनका लागि आफूहरुको माग सम्बोधन हुनुपर्ने बताएका छन्। शुक्रवार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले सभामुख अग्नि सापकोटाले पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको भन्दै सभामुख नहटेसम्म संसद संचालन गराउन नसकिने अडान यथावत् रहेको बताएका हुन्। ‘सभामुखले आफ्नो भूमिका निर्वाह गर्ने कुरामा पदीय आचरण…
काठमाडौं : पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ८ हजार ६२८ जनाको परीक्षण गर्दा २७५ जना संक्रमित पहिचान भएका हुन्। यस्तै, ५५५ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ९ हजार २८० पुगेको छ। संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको…
रसियाको अझै पनि ‘अफशोर स्वाप्स’मा (विदेशी मुद्रा विनिमय) ३०० बिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको छ। रसियामाथि प्रतिबन्ध लागे अथवा प्रतिबन्ध छल्न ती रकम अन्तै सारिए सो परिमाणको रकमले विश्व मुद्रा बजारमा हलचल पैदा गर्न सक्ने विज्ञको दाबी छ। यो दाबी 'क्रेडिट सुइस ग्रुप एजी'का रणनीतिकार जोल्टन पोजसारको हो, जसले बैंक अफ रसिया र वित्तीय बजारहरूबाट तथ्याङ्क निकालेर सो प्रक्षेपण गरेका…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेपछि आफ्ना पार्टीका नेताहरुसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई के गर्ने भन्ने विषयमा नेपालले छलफल अघि बढाएका हुन्। एकीकृत समाजवादीमा पार्टीका नेताहरु एमसीसीको विपक्षमा लाग्दा सरकारमा सहभागि मन्त्रीहरुले भने एमसीसी पास गर्नुपर्ने बताइरहेका छन्। एमसीसीमा मध्यमार्गी…
काठमाडौं : नेपाल सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त ऋण कोभिड-१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ। ‘कोभिड-१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत नेपालले प्रभावकारीरूपमा प्रतिकार्य…
काठमाडौं : टिकट र पासपोर्ट विना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमान भित्र युवक पुगेको घटना बाहिरिएपछि अनुसन्धानको लागि समिति समिति गठन गरेको छ। गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको नेतृत्वमा छानविन समिति बनाएको हो। गृह मन्त्रालयले समितिलाई छानविन गरेर सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। फागुन ९ गते काठमाडौंबाट दोहा उड्न लागेको नेपाल वायु सेवा निगमको विमान पासपोर्ट…