PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • कांग्रेसको वीरगंज नगर सभापतिमा मणिन्द्रलाल श्रेष्ठ विजयी

    कांग्रेसको वीरगंज नगर सभापतिमा मणिन्द्रलाल श्रेष्ठ विजयी

    वीरगंज : नेपाली कांग्रेस वीरगंज महानगर समितिको सभापतिमा मणिन्द्रलाल श्रेष्ठ (नेपाली) विजयी भएका छन्। श्रेष्ठ २५७ मत ल्याउँदै सभापति पदमा निर्वाचित भएका हुन्।  सभापति पदका निकटतम प्रतिद्वण्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याए। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भएको गाउँ/नगर अधिवेशन अन्तर्गत फागुन १४ गते विहान ११ बजेदेखि साँझ ५ बजे सम्म मतदान भएको। मतगणना राति ८ बजेदेखि सुरु…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं : वाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। फागुन १६ गते सोमबारका लागि तय भएको बैठक स्थगित गरिएको हो। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको हो। यस्तै आज दिउँसो १ बजेका लागि  तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको  प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। यही फागुन ४ को…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन जोगाउन मध्यमार्गी प्रस्ताव : एमसीसी अनुमोदनका लागि बढ्दो कसरत

    गठबन्धन जोगाउन मध्यमार्गी प्रस्ताव : एमसीसी अनुमोदनका लागि बढ्दो कसरत

    काठमाडौं : सत्तारुढ दलहरु मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गराउने गृहकार्यमा जुटेका छन्। एमसीसीको विपक्षमा रहँदै आएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मध्यमार्गी प्रस्तावमार्फत एमसीसी पास गर्न र गठबन्धन जोगाउन सहमत देखिएको नेताहरुको भनाइ छ। एमसीसीसँगै पूरक प्रस्तावको रुपमा 'इन्टरप्रिटेसन डिक्लेरेसन' अर्थात् व्याख्यात्मक घोषणामार्फत एमसीसीलाई अनुमोदन गर्न सकिनेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक आज, कार्यसूचीमा एमसीसी

    प्रतिनिधिसभा बैठक आज, कार्यसूचीमा एमसीसी

    काठमाडौं : आज दिउँसो प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। दिउँसो १ बजेको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफल हुने कार्यसूचीसमेत छ। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ। यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८' पेस गर्ने प्रतिनिधिसभा सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ। बिहान साढे ११ बजे सभामुख…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीमा गठबन्धन दल सहमति नजिक, सम्झौताका केही बुँदामा 'व्याख्यात्मक टिप्पणी' राखिने

    एमसीसीमा गठबन्धन दल सहमति नजिक, सम्झौताका केही बुँदामा 'व्याख्यात्मक टिप्पणी' राखिने

    काठमाडौं : पटक-पटकका छलफल निष्कर्षविहीन बन्दै आए पनि गएरातिको बैठकले सत्तारुढ गठबन्धन दललाई सहमति नजिक पुर्‍याएको छ। राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी सम्झौताका केही बुँदामा 'व्याख्यात्मक टिप्पणी' राख्न सहमत भएका हुन्। विवादित र अस्पष्ट बुँदाहरुमा त्यस्ता व्याख्यात्मक टिप्पणी तयार गरिने भएको हो। जसमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हिन्द प्रशान्त रणनीति…

    विस्तृतमा पढ्नुस्

  • मच्छिन्द्रले लगातार दोस्रो पटक जित्यो ए डिभिजन लिगको उपाधि

    मच्छिन्द्रले लगातार दोस्रो पटक जित्यो ए डिभिजन लिगको उपाधि

    काठमाडौँः मच्छिन्द्र फुटबल क्लबले अपराजित रहदै शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ। ११औँ चरणको खेलमा उपाधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा विभागीय टिम एपीएफलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो। मछिन्द्रलाई जित दिलाउन अविषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे। लगातार दोस्रो पटक च्याम्पियन भएको मच्छिन्द्रले उपाधिसँगै नगद ७५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता त्रिभुवन आर्मी…

    विस्तृतमा पढ्नुस्

  • सत्यवती एकेडेमीलाई धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको उपाधि

    सत्यवती एकेडेमीलाई धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको उपाधि

    कैलालीः विद्याभूषण पब्लिक स्कुल गेटा कैलालीलाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले छैटौँ संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। उपाधिसहित सत्यवती एकेडेमीले एक लाख ५० हजार रुपैयाँ तथा उपविजेता विद्याभूषणले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो। धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको विशाल…

    विस्तृतमा पढ्नुस्

  • ‘भारत यात्रामा पूर्ण मात्राको खोप कार्ड वा पीसीआर परीक्षण रिपोर्ट चाहिने’

    ‘भारत यात्रामा पूर्ण मात्राको खोप कार्ड वा पीसीआर परीक्षण रिपोर्ट चाहिने’

    काठमाडौँः छिमेकी मुलुक भारतको भ्रमणका लागि अब कोभिडविरुद्धको पूर्ण मात्रा खोप वा यात्राको ७२ घण्टाअघिको पीसीआर परीक्षण रिपोर्ट चाहिने भएको छ।  यात्रा सहजीकरण व्यवस्थापनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) लाई आग्रह गरेको छ। भारतीय दूतावासको १६ फेब्रुअरीको पत्र अनुसार सो व्यवस्थाका लागि महाशाखाले सिसिएमसीलाई आग्रह गरेको हो।  पत्राचार अनुसार अनलाइन एयर सुविधा पोर्टलमा भएको…

    विस्तृतमा पढ्नुस्

  • बालकोटमा दोस्रो तहका नेताबीच पनि मिलेन कुरा : एमसीसीलाई बाटो खुलाउन कांग्रेसको प्रस्तावमा एमालेले दोहोर्‍यायो पुरानै अडान

    बालकोटमा दोस्रो तहका नेताबीच पनि मिलेन कुरा : एमसीसीलाई बाटो खुलाउन कांग्रेसको प्रस्तावमा एमालेले दोहोर्‍यायो पुरानै अडान

    काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसीसी अमेरिकी सहयता परियोजना अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दलका नेताको साथ खोजेर गरिएको बालकोट बार्ता आज पनि निष्कर्षबिहीन बनेको छ। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका दोस्रो तहका नेताहरु यस विषयमा छलफल गर्न शनिवार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए। दोस्रो तहका नेताहरुको छलफल पछि प्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • 'झुटा सूचना' फैलाएर आलोचित भएपछि पूर्व मुख्य सचिव लीलामणि पौडेलले मागे माफी, 'मौन ब्रत'को घोषणा!

    'झुटा सूचना' फैलाएर आलोचित भएपछि पूर्व मुख्य सचिव लीलामणि पौडेलले मागे माफी, 'मौन ब्रत'को घोषणा!

    काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा दिएको विवादास्पद अभिव्यक्तिका कारण विवादमा तानिएका छन् पूर्व मुख्य सचिव लीलामणि पौडेल। शुक्रवार नेकपा (एकीकृत समाजवादी) सम्बद्ध जनवर्गीय संगठनले गरेको कार्यक्रममा बोल्दै उनले अमेरिकाले एमसीसीको विषयमा सकरात्मक धारणा निर्माण गर्न अमेरिकाले लगानी गरिरहेको 'झुटो अभिव्यक्ति' दिएका थिए। त्यससँगै उनीमाथि सामाजिक सञ्जालमा आलोचना वर्षिरहेको छ।  पौडेल तत्कालीन डाक्टर बाबुराम भट्टाराईको पालमा मुख्यसचिव थिए।…

    विस्तृतमा पढ्नुस्

  • संसदमा हामी सहभागी नभएपछि एमसीसी पास गर्ने कसरी र फेल गराउने कसरी? : ओली

    संसदमा हामी सहभागी नभएपछि एमसीसी पास गर्ने कसरी र फेल गराउने कसरी? : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा अहिले सहभागी नरहेकोले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा अहिले नै भन्न नसकिने बताएका छन्। प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन ओलीले भने, ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौ’, उनले भने, ‘संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने? संसद्मा हामी सहभागी नभएपछि एमसिसी…

    विस्तृतमा पढ्नुस्

  • कर्पोरेट बीच क्रिकेट: सनराइज बैङ्कलाई हराउँदै माछापुछ्रे च्याम्पियन

    कर्पोरेट बीच क्रिकेट: सनराइज बैङ्कलाई हराउँदै माछापुछ्रे च्याम्पियन

    चितवन: कर्पोरेट बीच क्रिकेट अन्तर्गत आज त्रिशुलीको किनारमा अवस्थित रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न फाइनल खेलमा माछापुछ्रे बैङ्कले सनराइज बैङ्कलाई हराउँदै उपाधि जितेको छ। टस हारेर ब्याटिङमा उत्रिएको माछापुछ्रे बैङ्कले १२० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सनराइज बैङ्क फितलो ब्याटिङ गर्दै २६ रनमा अलआउट भयो। प्रतियोगितामा ८ वटा कर्पोरेट टिमको सहभागिता थियो। सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरेर…

    विस्तृतमा पढ्नुस्

  • परीक्षण गरिएकोमध्ये ३ प्रतिशतमा कोभिड १९ संक्रमण, सक्रिय संक्रमित पनि घट्दो

    परीक्षण गरिएकोमध्ये ३ प्रतिशतमा कोभिड १९ संक्रमण, सक्रिय संक्रमित पनि घट्दो

    काठमाडौं : कोभिड १९ का थप १ सय ५५ संक्रमित पहिचान भएको छ। ५ हजार १ सय ५२ जनाको परीक्षण गर्दा ३ प्रतिशतमा संक्रमण देखिएको हो। यससँगै संक्रिय संक्रमितको संख्या पनि ओरालो लागेको छ। नेपालमा ८ हजार ८ सय ३९ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ५ सय ४० जना संक्रमणमुक्त भएका छन्। यस…

    विस्तृतमा पढ्नुस्

  • मोहन मैनालीको 'आकाशमुखी' सार्वजनिक

    मोहन मैनालीको 'आकाशमुखी' सार्वजनिक

    काठमाडौं : पत्रकार तथा पत्रकारिताका प्रशिक्षक मोहन मैनालीले अनुवाद गरेका विश्वका चर्चित निवन्धहरुको संग्रह आकाशमुखी सार्वजनिक भएको छ। बुक हिल पब्लिकेसन्स प्रालि प्रकाशित गरेको पुस्तकमा बुकर टी. वाशिङ्टन, जर्ज बर्नाड शअ, सर रिचर्ड लिभिङस्टोन, सर फ्रान्सिस एडवार्ड योङहस्बेन्ड, भर्जिनिया ऊल्फ, साइभिय द मेस्थ्र, बेन जोन्सन, अल्दस हक्स्ले, फ्रान्सिस बेकन, रिस्तो मेनेस्की र जे. बी. एस हल्देनका निवन्ध संग्रहित छन्। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • जङ्गी अड्डामा सेनाको तीनदिने बृहत् प्रदर्शनी सुरु

    जङ्गी अड्डामा सेनाको तीनदिने बृहत् प्रदर्शनी सुरु

    काठमाडौं : सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहत् प्रदर्शनी आयोजना गरिएको छ। आजबाट सुरु भएको प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिएको छ। राष्ट्रसंघीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जगेर्ना, पदिक फौज र मद्दति अङ्ग,…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा घाइते वडा अध्यक्षको मृत्यु भएपछि छिन्चु सडकखण्ड अवरुद्ध गर्दै स्थानीयको प्रदर्शन

    मोटरसाइकल दुर्घटनामा घाइते वडा अध्यक्षको मृत्यु भएपछि छिन्चु सडकखण्ड अवरुद्ध गर्दै स्थानीयको प्रदर्शन

    सुर्खेत : मोटरसाइकल दुर्घटनामा घाईते भएका वडाध्यक्षको मृत्युपछि स्थानीयले रत्न राजमार्ग अन्तर्गत छिन्चु सडक खण्ड अवरुद्ध गरेका छन्। भेरीगंगा नगरपालिका १ का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा शनिवार मृत्यु भएपछि स्थानीयले बिहानैदेखि राजमार्ग अन्तर्गत छिन्चु बजार र सडक बन्द गरेर प्रदर्शन गरेका हुन्। फागुन ८ गते वडा अध्यक्ष कार्की सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगञ्जजाँदै गरेको कर्णाली प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान

    खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान

    काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले कोरोना भाइरस महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्‍याउन आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गरेको उच्चस्तरीय बहसलाई भर्चुअल्ली सम्बोधन गर्दै खोपलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति समेत खड्काले आह्वान गरेका हुन्। खड्काले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताएका छन्। नेपालमा खोपमा भएको…

    विस्तृतमा पढ्नुस्

  • ओलीले नेपाललाई ‘इण्डो प्यासेफिक’ रणनीतिको अंग बनाएको माधव नेपालको आरोप

    ओलीले नेपाललाई ‘इण्डो प्यासेफिक’ रणनीतिको अंग बनाएको माधव नेपालको आरोप

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई ‘इण्डो प्यासेफिक’ रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दावी समेत गरे। ‘एमसीसी कहाँकहाँ जोडिएको छ त ? यो…

    विस्तृतमा पढ्नुस्

  • चार दिनदेखि पल शाह खोज्दै प्रहरी, सोधपुछको लागि निर्देशक थापा प्रहरीमा

    चार दिनदेखि पल शाह खोज्दै प्रहरी, सोधपुछको लागि  निर्देशक थापा प्रहरीमा

    काठमाडौंः चारदिन देखि प्रहरीले फरार सूचीमा रहेका कलाकार पूर्ण विक्रम शाह (पल शाह)लाई खोजी गरिरहेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पललाई पक्राउ गर्ने आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिइसकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं देखि केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइबी) समेत खोजीमा लागेको छ। अहिले प्रहरीले पलसँग नजिक भएका मानिससँग सोधपुछ गरिरहेको छ। पल अभिनित चलचिल 'म यस्तो गित गाउँछु…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीकै कारण गठबन्धन टुट्न नदिन उपाय खोज्दै प्रचण्ड, भने : फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो

    एमसीसीकै कारण गठबन्धन टुट्न नदिन उपाय खोज्दै प्रचण्ड, भने : फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एउटा जनयुद्ध लड्नुपर्ने बेला आएको बताएका छन्। शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कै कारण सत्तारुढ गठबन्धन टुटाउने र प्राप्त उपलब्धी समाप्त पार्ने प्रयास भइरहेको भन्दै जनयुद्ध लड्ने बेला आएको बताएका हुन्। ‘फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो। हामीले संविधान,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell