PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • प्रतिनिधिसभामा देव गुरुङको प्रश्न : व्याख्यात्मक टिप्पणीमा के छ? एमसीसीले त्यसलाई मान्छ?

    प्रतिनिधिसभामा देव गुरुङको प्रश्न : व्याख्यात्मक टिप्पणीमा के छ? एमसीसीले त्यसलाई मान्छ?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सत्तारुढ दलबिच भएको व्याख्यात्मक टिप्पणीको बुँदामा एमसीसी सहमत भए नभएको स्पष्ट गर्न माग गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबिच भएको सम्झौतालाई सामान्य छलफल गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सहभागि हुँदै गुरुङले यस्तो प्रश्न उठाएका हुन्।  सत्तारुढ गठबन्धनबिच आज व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने…

    विस्तृतमा पढ्नुस्

  • एमालेका सांसद नाराबाजीमा, पार्टी नीति विपरीत भीम रावल चाहिँ एमसीसीमाथिको छलफलमा !

    एमालेका सांसद नाराबाजीमा, पार्टी नीति विपरीत भीम रावल चाहिँ एमसीसीमाथिको छलफलमा !

    काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टीले प्रतिनिधि सभाको बैठकमा अवरोध गरिरहेको भए पनि त्यस विपरीत बैठकमा भाग लिएका छन्। एमालेका अरु सांसदहरुले उभिएर बैठकमा नारावाजी गरेको भए पनि उनले सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर प्रतिनिधिसभामा आफ्नो धारणा राखेका हुन्। नेकपा एमालेले पार्टी फुटाउन मुख्य भूमिका खेल्ने १४ जना सांसदको पद खारेजी नभए सभामुख अग्‍नि सापकोटाको राजीनामा नभएसम्म…

    विस्तृतमा पढ्नुस्

  • दुई पटक संसदबाट 'फरार' अर्थमन्त्री शर्माले अन्तत: अगाडि बढाए एमसीसीमाथिको छलफल

    दुई पटक संसदबाट 'फरार' अर्थमन्त्री शर्माले अन्तत: अगाडि बढाए एमसीसीमाथिको छलफल

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सामान्य छलफल सकियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा पेश गरेका छन्। यसअघि प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुने कार्यसूचीका बेला विरामी भएको कारण देखाएर अनुपस्थित भएका थिए। त्यस्तै १२ गते को कार्यसूचीलाई लत्याउँदै उनी पर्वतको कुश्मास्थित द क्लिफ रिसोर्ट पुगेका थिए। फागुन १२ गते उनी रिसोर्टको स्काइ क्याफेमा देखिएपछि सामाजिक सञ्जालमा आलोचना…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा 'एमसीसी'बारे छलफल हुँदै, एमालेको अवरोध जारी (लाइभ)

    प्रतिनिधिसभामा 'एमसीसी'बारे छलफल हुँदै, एमालेको अवरोध जारी (लाइभ)

    काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। विगतमा पटकपटक स्थगित हुँदै आएको बैठक आज सत्तारुढ दलबिच सहमति जुटेसँगै संचालनमा आएको हो। बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशनबारे छलफल भइरहेको छ। सत्तारुढ गठबन्धनबिच एमसीसीमा रहेका विवादित बुँदाहरुमा ‘व्याख्यात्मक टिप्पणी’ गरेर परियोजना पारित गर्ने सहमति भएको छ। आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो विरोध यथावत् राखेको छ। एमालेले १४…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीले पनि गर्‍यो एमसीसी पास गर्ने निर्णय

    एकीकृत समाजवादीले पनि गर्‍यो एमसीसी पास गर्ने निर्णय

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकले व्याख्यात्मक घोषण मार्फत् मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने निर्णय गरेको छ। त्यसभन्दा पहिला फेरि एकपटक सत्ता गठबन्धनको बैठक बसेर टुंग्याउनुपर्ने एकीकृत समाजवादीका उपमहासचिव  गंगालाल तुलाधरले जानकारी दिए।  'गठबन्धनको बैठक बस्छ त्यसपछि क्याबिनेट बस्छ। व्याख्यात्मक घोषणासहित थप हामीले भनेका कुरा पनि छन् ती संसदमा विचार गरियोस् भन्ने प्रस्तावका रुपमा जान्छ,' उनले भने।  आजको प्रतिनिधिसभाको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालगंजको चिनारी बनेको टाँगा किन पर्दैछ संकटमा ?

    नेपालगंजको चिनारी बनेको टाँगा किन पर्दैछ संकटमा ?

    नेपालगंज : नेपालगंजको चिनारीको रुपमा रहेको टाँगा व्यवसाय संकटमा परेको छ। केही समय अघि अति नै लोकप्रिय मानिएको टाँगा व्यवसाय संकटमा परेको हो। प्रविधिको विकाससँगै टाँगा व्यवसाय विस्तारै संकटमा परेको हो। करिब एक दशक पहिला टाँगालाई नेपालगंजको मुख्य सवारी साधनको रुपमा लिइन्थ्यो। मानिसहरु एक ठाँउबाट अर्को ठाँउमा जान र सामान ओसारपसार गर्नका लागि गोडाबाट चलाउने टाँगाको प्रयोग गरिन्थ्यो। नेपालगंजभित्र मात्रै नभएर…

    विस्तृतमा पढ्नुस्

  • 'लप्पन छप्पन २' को प्रचारप्रसार कार्यक्रममा सौगात मल्लको खोजी

    'लप्पन छप्पन २' को प्रचारप्रसार कार्यक्रममा सौगात मल्लको खोजी

    काठमाडौं: 'लप्पन छप्पन २' फागुन २० गतेदेखि देशैभर प्रदर्शनमा आउँदैछ। फिल्म निर्माण टिमले आज फिल्मको प्रचारप्रसारका लागि पत्रकारसँग भेटघाट कार्यक्रम राखेको थियो। रिलिज मिति नजिकिँदै गर्दा फिल्म युनिटले पहिलो कार्यक्रम आयोजना गरेको हो।   'लप्पन छप्पन २' को मुख्य भूमिकामा छन् अभिनेता सौगात मल्ल। एक्सन जनरामा निर्माण भएको फिल्म राजनीतिक विषयवस्तुमा केन्द्रित छ। फिल्ममा सौगातका साथै शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, एन्जल श्रेष्ठ लगायतका कलाकारको…

    विस्तृतमा पढ्नुस्

  • ढुंगामुढासँगै धारिलो हतियार बोकेर उत्रिए प्रदर्शनकारी, प्रहरीले हान्यो पानीको फोहरा र अश्रु ग्याँस, बानेश्वर बन्यो रणभूमि

    ढुंगामुढासँगै धारिलो हतियार बोकेर उत्रिए प्रदर्शनकारी, प्रहरीले हान्यो पानीको फोहरा र अश्रु ग्याँस, बानेश्वर बन्यो रणभूमि

    काठमाडौं : एमसीसीको विषयलाई लिएर सत्तारुढ गठबन्धन सहमतिको नजिक पुगिसकेको भए पनि नयाँ बानेश्वरमा यसविरुद्धको प्रदर्शन जारी छ। कडा प्रहरी तैनाथीका बिच पनि प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन्। ढुङ्गामुडामात्र होइन, आज परदर्शनमा उत्रिनेले धारिलो हतियार खुर्पा समेत बोकेको देखिएको छ। प्रहरीको सम्भावित प्रतिकारबाट जोगिन ढुंगा हान्न पुग्नेहरु हेलमेट सहित देखिएका छन्। प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि पानीको फोहरा प्रहार भएको छ। प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • २४ वर्षपछि पाकिस्तान पुग्यो अस्ट्रेलियन क्रिकेट टिम : राष्ट्रपति र प्रधानमन्त्रीले पाउने सुरक्षा खेलाडीले पाउने

    २४ वर्षपछि पाकिस्तान पुग्यो अस्ट्रेलियन क्रिकेट टिम : राष्ट्रपति र प्रधानमन्त्रीले पाउने सुरक्षा खेलाडीले पाउने

    अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान पुगेको छ। प्याट कमिङ्ग्सको कप्तानीमा अस्ट्रेलियन टोली आज इस्लामाबाद पुगेको हो। सुरक्षाको कारण देखाउँदै विभिन्न देशका टिमले पाकिस्तानमा खेल्न अस्वीकार गरिरहेको अवस्थामा अस्ट्रेलियन टिमको पाकिस्तान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अस्ट्रेलियाको टोलीले पछिल्लो पटक सन १९९८/९९ मा पाकिस्तानको भ्रमण गरेको थियो। सन् २००९ मा श्रीलंकन टिमको बसमा आक्रमणपछि अन्य देशहरुले पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर मेयर्सलाई पराजित गर्दै प्रदेश नं १ विजयी, फाइनलमा एपिएफ र सुदूरपश्चिम भिड्ने

    ललितपुर मेयर्सलाई पराजित गर्दै प्रदेश नं १ विजयी, फाइनलमा एपिएफ र सुदूरपश्चिम भिड्ने

    काठमाडौं : ललितपुर मेयर महिला टी-ट्वान्टी च्याम्पियनशिपअन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित पराजित गर्दै विजयी भएको हो। प्रदेश नं १ यसअघि नै फाइनलयात्राबाट बाहिरिसकेको थियो। खेलमा १२० रनको लक्ष्य पछ्याएको…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीलाई पारित गर्ने गठबन्धनको निर्णयपछि प्रचण्ड-नेपाल पार्टीको आन्तरिक छलफलमा

    एमसीसीलाई पारित गर्ने गठबन्धनको निर्णयपछि प्रचण्ड-नेपाल पार्टीको आन्तरिक छलफलमा

    काठमाडौं : सत्ता गठबन्धनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने निर्णय गरेसँगै दलहरु तीब्र छलफलमा जुटेका छन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बसिरहेको अध्यक्ष माधवकुमार नेपालको सचिवालयले जनाएको छ। गठबन्धनको आइतवार विहान बसेको बैठकले 'व्याख्यात्मक घोषणा' सहित एमसीसी पारित गर्ने निर्णय गरेपछि माओवादी भित्र विवाद चर्किएको छ। नेताहरु नारायणकाजी श्रेष्ठ सहितका…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनमाथि आक्रमण गरेको भन्दै पोल्याण्ड र स्वीडेनले रसियासँग विश्वकप छनोट खेल्न गरे अस्वीकार

    युक्रेनमाथि आक्रमण गरेको भन्दै पोल्याण्ड र स्वीडेनले रसियासँग विश्वकप छनोट खेल्न गरे अस्वीकार

    पोल्याण्ड र स्वीडेनले रसियासँग २०२२ फुटबल विश्वकप छनोटको खेल खेल्न अस्वीकार गरेका छन्। पोल्याण्डको फुटबल संघका अध्यक्ष सेजरी कुलेस्जाले युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोधमा दुई टोलीले खेल्न खेल्न अस्वीकार गर्ने जनाएका हुन्। 'अब थप शब्दहरू होइन, कार्य गर्ने समय हो। युक्रेनविरुद्ध रसियाली आक्रामकताको कारण पोल्याण्डको राष्ट्रिय टोलीले रसिया विरुद्धको प्लेअफ खेल खेल्ने इच्छा राखेको छैन,' उनले भनेका छन्, 'हामी (स्वीडिश) र (चेक) महासंघहरु संग…

    विस्तृतमा पढ्नुस्

  • कलाकार पल शाह प्रहरी नियन्त्रणमा

    कलाकार पल शाह प्रहरी नियन्त्रणमा

    काठमाडौः पाँचदिन देखि प्रहरीले फरार सुचीमा रहेका कलाकार पल शाह पक्राउ परेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीको नियन्त्रणमा आएका हुन्। 'अहिले शाह हाम्रो नियन्त्रणमा छन्,' जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले भने। कलाकार शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पक्राउ गर्न आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिएको थियो। महानगरीय…

    विस्तृतमा पढ्नुस्

  • कीभमा जारी छ भिडन्त : रसिया र युक्रेनको सैन्य क्षमता कति?

    कीभमा जारी छ भिडन्त : रसिया र युक्रेनको सैन्य क्षमता कति?

    रसियाले स्थानीय समयअनुसार बिहीवार बिहान ५ बजेबाट युक्रेनमाथि आक्रमण सुरु गर्‍यो। रसियाले उत्तर, पूर्व र दक्षिणबाट मिसाइल तथा हवाई हमलाहरू गरेको थियो। तीन-पक्षीय आक्रमण क्रमशः राजधानी कीभ, खार्किभ र खेरसोन सहरहरू लक्षित थिए। अहिले रसियाली सैनिकहरु राजधानी कीभ पुगिसकेका छन्। २४ घण्टाभन्दा बढी समयदेखि कीभमा भिडन्त भइरहेको छ। बिहीवार साँझसम्म कीभ नजिकको रणनीतिक एयरबेसमा भयंकर लडाई भएको थियो। रसियाली हेलिकप्टर…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी आजै पारित हुन्छ :  रामचन्द्र पौडेल

    एमसीसी आजै पारित हुन्छ :  रामचन्द्र पौडेल

    काठमाडौं : सत्ता गठबन्धन दलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन  (एमसीसी) आजै संसदबाट पारित गर्ने तयारी गरेको छ। बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदबाट आजै पारित हुने बताएका हुन्। 'व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो,'  बैठकपछि पौडेलले भने, 'आजै दोस्रो सेसनमा अनुमोदन हुन्छ।' प्रतिनिधि सभामा टेवल भएको एमसीसीमाथि आज छलफल सुरु…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको 'व्याख्यात्मक घोषणा'सहित संसदबाट पारित गर्ने गठबन्धनको निर्णय

    एमसीसीको 'व्याख्यात्मक घोषणा'सहित संसदबाट पारित गर्ने गठबन्धनको निर्णय

    काठमाडौं : अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ। बालुवाटारमा आइतवार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा उक्त सहमति भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। 'व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो,'  बैठकपछि पौडेलले भने। प्रतिनिधिसभामा टेवल भएको एमसीसीमाथि आज छलफल सुरु हुने कार्यतालिका रहेको छ। दिउँसो १…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको व्याख्यात्मक टिप्पणीबारे माओवादी केन्द्रमा विवाद, वर्षमानले भने : २० गतेको केन्द्रीय कमिटीले निर्णय गर्छ

    एमसीसीको व्याख्यात्मक टिप्पणीबारे माओवादी केन्द्रमा विवाद, वर्षमानले भने : २० गतेको केन्द्रीय कमिटीले निर्णय गर्छ

    काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधिसभाबाट पारित गर्न सत्तारुढ गठबन्धनमा मोटामोटी सहमति जुटेको बताइएको छ। यस सम्बन्धी निर्णय केन्द्रीय कमिटीबाट हुने माओवादी केन्द्रका नेता वर्षमान पुन 'अनन्त'ले पहिलोपोस्टलाई जानकारी दिए।  'यस विषयमा मोटामोटी सहमति जुटेको छ। निर्णय चाँही भएको होइन,' उनले भने, 'यस सम्बन्धी निर्णय केन्द्रीय समितिले गर्छ। अहिले अनौपचारिक छलफलमा भएको सहमतिलाई केन्द्रीय कमिटीले अनुमोदन गर्छ।' माओवादी…

    विस्तृतमा पढ्नुस्

  • फरार सुचीमा रहेका पल शाह प्रहरीसामु आत्मसमर्पण गर्दै

    फरार सुचीमा रहेका पल शाह प्रहरीसामु आत्मसमर्पण गर्दै

    काठमाडौंः पाँच दिनदेखि प्रहरीको खोजी सुचीमा रहेका कलाकार पल शाहले आत्मसमर्पण गर्ने भएका छन्। आज प्रहरीमा उपस्थित हुने कलाकार शाहले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी दिएका छन्। घर व्यवहार र स्वास्थ्यको कारण आफू प्रहरीमा उपस्थित हुन नसकेको उल्लेख गर्दै उनले आजै आफै प्रहरीसमक्ष जाने बताएका हुन्। उनले फेसबुकमा लखेका छन्, 'मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको 'व्याख्यात्मक टिप्पणी' बारे कुनै निर्णय नभएको नेता पोखरेलको दाबी

    एमसीसीको 'व्याख्यात्मक टिप्पणी' बारे कुनै निर्णय नभएको नेता पोखरेलको दाबी

    काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधिसभाबाट पारित गर्ने विषयमा कुनै निर्णय नभएको माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले बताएका छन्।  आइतवार प्रतिनिधिसभाको बैठक बस्दै छ। यही बैठक मार्फत एमसीसीलाई व्याख्यात्मक पुरक प्रस्तावसहित पारित गर्ने तयारी भइरहेको बताइएको छ। यसै विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आइतवार बिहान पूर्व स्थायी कमिटीका सदस्यहरुसँग परामर्श गरेका थिए।  अनौपचारिक छलफलका क्रममा व्याख्यात्मक…

    विस्तृतमा पढ्नुस्

  • संघारमा एमसीसीको 'डेडलाइन' : बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

    संघारमा एमसीसीको 'डेडलाइन' : बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

    काठमाडौं : अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे निर्णय लिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। प्रतिनिधि सभामा टेवल भएको एमसीसीमाथि आज छलफल सुरु हुने कार्यतालिका रहेको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल कसरी प्रस्तुत हुने भन्नेबारे अहिले गठबन्धनमा छलफल चलिरहेको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell