काठमाडौं : पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ८ हजार ३४१ जनाको कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण देखिएको हो। संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ९३६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४०० जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार २३५ पुगेको छ।
काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकार बिच भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्याक्टलाई पारित गराएर संसदवादी दलहरु अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार सावित भएको नेकपा (क्रान्तिकारी माओवादी)का महासिचव मोहन वैद्य किरणले आरोप लगाएका छन्। उनले एमसीसी परियोजनालाई पारित गरेसँगै नेपाललाई अमेरिका सुरक्षा छाताभित्र पार्न सफल भएको टिप्पणी गर्दै वक्तव्य मार्फत् भनेका छन् - 'प्रेस-वक्तव्य…
काठमाडौं : ललितपुर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशमाथि एपीएफले ८ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका नेता नारायणकाजी श्रेष्ठले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि विरोध गरेकोमा आलोचना गरेका छन्। श्रेष्ठले विवाद बाहिर राखेर गलत गरेको प्रचण्डले बताएका हुन्। खुमलटारमा भएको पत्रकार सम्मेलनमा उनले श्रेष्ठलाई पार्टीमा आफ्नो फरक मत राख्न अनुरोध गरेको भए पनि उनले नमानेको बताए। श्रेष्ठलाई केन्द्रिय कमिटीको बैठकमा आफ्नो मत राख्ने अधिकार भएको…
काठमाडौं : इतिहासविद् महेशराज पन्तलाई राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी हुन्। केही समय अघि राष्ट्रपति भण्डारी पन्त निवास डल्लु पुगेकी थिइन्। भण्डारीले पन्तले संग्रह गरेका नेपालका इतिहास र पुरातत्वसम्बन्धी दस्तावेजको व्यवस्थापनमा सहयोग गर्ने बताएकी थिइन्। यस्तै, डा कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव…
भक्तपुर : भक्तपुरको रानीपोखरी पुनर्निर्माण सम्पन्न भएको छ। मंगलवार रानीपोखरीको उद्घाटन गर्ने तयारी भक्तपुर नगरपालिकाले जनाएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एक कार्यक्रमबिच पोखरीको उद्घाटन गर्नेछन्। धेरै समय ओझेलमा परेको यो रानीपोखरी सर्वसाधारणका लागि भोलिबाटै खुल्ला हुनेछ। भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन संकाय रहेको भवनको बाटो हुँदै रानीपोखरी पुग्न सकिन्छ। बि.सं. २०४०…
सुर्खेत : कर्णाली प्रदेश सभाको नवौँ अधिवेशनको दशौँ बैठकमा प्रमुख प्रतिपक्षदले नेकपा एमालेले सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयनको जानकारी माग्दै अवरुद्ध गरेको छ। प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक गुलावजंग शाहले यसअघि प्रदेश सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै जानकारी माग गरे। संसदमा जानकारी नभएसम्म बैठक अगाडि बढ्न नसक्ने भन्दै संसद अवरुद्ध गरेका हुन्। प्रमुख सचेतक शाहले…
विश्वको सबैभन्दा ठूलो विमान एन्टोनोभ एएन-२२५ युक्रेनमा रसियाली आक्रमणको क्रममा नष्ट भएको छ। युक्रेनी अधिकारीहरूले यसको पुष्टि गरेको सीएनएनले उल्लेख गरेको छ। युक्रेनी भाषामा ‘म्रिया’ अर्थात ‘सपना’ नामको विशाल विमान रसियाली सेनाले आक्रमण गर्दा कीभ नजिकैको विमानस्थलमा पार्क गरी राखिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। उनीहरूले आक्रमणका क्रममा विमान नष्ट भएको र त्यसको पुनर्निर्माण गर्ने पनि बताएका छन्। The biggest plane in the world…
काठमाडौं: नेपाली सेनाद्वारा आयोजित 'आर्मी गट ट्यालेन्ट २०७८' प्रतियोगिता सम्पन्न भएको छ। सेना दिवसको अवसरमा आइतवार आयोजित प्रतियोगितामा पाँच विधातर्फ उत्कृष्ट छ जना विजेता घोषित भएका छन्। नृत्यतर्फ नुदराज अधिकारी, लाइभ म्युजिक(र्याप) र बि बोइङ डान्सतर्फ विशाल थापा मगर, गायनतर्फ धनजित राई र राजकुमार आ.म, पेन्टिङतर्फ युवराज रोक्का र बाध्य बाधनतर्फ सरोज परियार विजेता घोषित भए। विजेताहरूले प्रधान सेनापति महारथी…
रसियाले पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेसँगै सुरु भएको युद्ध पाँचौ दिनमा प्रवेश गरेको छ। बिहीवार बिहानबाट रसियालेले युक्रेनमा सैन्य कारवाही सुरु गरेको थियो। रसियाली सैनिक युक्रेनको राजधानी कीभमा नै पुगिसकेका छन्। कीभसँगै अन्य क्षेत्रमा अहिले रसियाली र युक्रेनी सेनाबिच भिडन्त जारी छ। युक्रेन सरकारले आफ्नो भूमि बचाउन युक्रेनी नागरिकलाई नै हतियार दिएको छ। जसकारण नागरिकहरु हतियार…
काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक रुट सार्वजनिक गरेको छ। पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाले जनाएको छ। धेरै टाढाबाट भक्तजनहरु आउने हुनाले गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। अन्य नियमित दिनझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध…
रसियाले युक्रेनमाथि आक्रमण गरेसँगै नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुलाई सम्पर्कमा आउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको छ। रसियाली सेना युक्रेनको राजधानी कीभ पुगिसकेको अवस्था र सडकमा भिडन्त भइरहँदा २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको हो। एक प्रेस…
काठमाडौं : आइतवार प्रतिनिधिसभाबाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीए) कम्प्याक्ट प्रतिनिधिसभाबाट पारित भएपछि सबैभन्दा बढी 'ड्यामेज' नेकपा माओवादी केन्द्रको खातामा परेको छ। आइतवार बिहानसम्म सडकमा कार्यकर्तालाई उचालेर 'नो एमसीसी' नारा उरालिरहेका थियो - माओवादी केन्द्रले। एकातिर सडकमा कार्यकर्ताहरु 'नो एमसीसी' भनिरहे, अर्कातिर पार्टीभित्रकै नेताहरु सार्वजनिक रुपमा एमसीसीको विरोधमा उत्रिरहे। त्यही बिचमा प्रचण्डले…
काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद बस्तु 'होक्स' रहेको पुष्टि भएको छ। नेपाली सेनाको डिस्पोजल टोलीले गरेको अनुसन्धानमा हुक्स मात्र देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। संसद भवनको १ नम्बर गेट अगाडि सडकमा प्रेसर कुकरमा नो एमसीसी लेखेको शंकास्पद बस्तु फेला परेको थियो। शंकास्पद बस्तु भेटिएपछि अहिले सुरक्षाकर्मीले त्यहाँको बाटो बन्द गरेर अनुसन्धान गरेको थियो। बुधवार संसदबाट एमसीसी…
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रसियालाई आगामी खेलहरुमा 'तटस्थ भूमि'का रुपमा फुटबल युनियन अफ रसियाको नामले खेल्न निर्देशन दिएको छ। युक्रेनमाथि आक्रमण गरेपछि आलोचना ब्यहोरिरहेको रसियाको फुटबल टोलीलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबाहेक नै प्रतिस्पर्धा गर्न निर्देशन दिइएको हो। विश्वकप छनोटका खेलहरु नजिकिँदै गर्दा केही देशहरुले रसियाविरुद्ध खेल्न अस्वीकारसमेत गर्दै आएका छन्। जसमा इङ्ग्ल्याण्ड, वेल्स, पोल्याण्ड, चेक रिपब्लिक, स्वीडेनलगायतका मुलुकहरु छन्।…
काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ। संसद भवनको १ नम्बर गेट अगाडि बिच सडकमा प्रेसर कुकरमा नो एमसीसी लेखेको शंकास्पद बस्तु फेला परेको हो। शंकास्पद बस्तु भेटिएपछि अहिले सुरक्षाकर्मीले त्यहाँको बाटो बन्द गरेर अनुसन्धान गरिरहेको छ। बुधवार संसदबाट एमसीसी पारित भएपछि आन्दोलनरत केही पार्टीले आज नेपाल बन्दको आह्वान गरेका छन्। बन्द भनिए पनि काठमाडौं उपत्यकाको अवस्था भने…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ। क्याम्प नाउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको ३७ औं मिनेटमा पिअरे एम्रिक औबुमेयाङको गोलमा अग्रता बनाएको बार्सिलोना पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा ओस्माने डेम्बेलेले बार्सिलोनाको अग्रता दोब्बर बनाए। उनले खेलको ७३ औं मिनेटमा लुक डी जोङको पासमा गोल…
चेल्सीलाई हराउँदै लिभरपुलले कारबाओ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा सम्पन्न फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुल च्याम्पियन बनेको हो। निर्धारित समयसम्म दुबै टोलीले गोल गर्न नसक्दा गोल अतिरिक्ति समयसम्म पुगेको थियो। चेल्सीका तीनवटा गोल रेफ्रीले अफसाइड करार दिएका थिए भने दुईवटा सुनौला अवसरमा म्यासन माउन्ट चुकेका थिए। अर्कोतर्फ लिभरपुलले पनि केही सुनौला अवसर बनाएको थियो। जोएल माटिपको गोल…
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको दिनलाई ‘कालो दिन’ दिनको संज्ञा दिएका छन्। प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणी सहित अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन पारित भएपछि सामाजिक संजालमार्फत उनले आजको दिनलाई कालो दिन भनेका हुन्। उनले व्याख्यात्मक टिप्पणीबाट भ्रम छर्न खोजिएको समेत बताएका छन्। ‘व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे।…
काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट पारित भएको छ। परियोजनालाई लिएर लामो विवादपछि आज व्याख्यात्मक टिप्पणीसहित बहुमतले पारित भएको हो। संसद्को आजको पहिलो बैठकमा एमसिसी सम्झौताको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो। दोस्रो बैठकमा सरकारले व्याख्यात्मक टिप्पणी पेश गरेको थियो। उक्त टिप्पणीमाथि बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी लागू भए अमेरिकी सेना आउँछ भनेर भन्नेहरुलाई चुनौती दिएका छन्।…