काठमाडौं : अभिनेता पल शाह प्रकरणले यतिखेर नेपाली मनोरञ्जन क्षेत्र तरंगित छ। पल शाहविरुद्ध एक नाबालिग गायिकाले उजुरी दिएपछि पल तँनहु प्रहरी हिसासतमा छन्। यो घटनापछि मनोरञ्जन क्षेत्र विभाजित पनि देखिएको छ। यसैबिच पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पलको पक्षमा बोलिरहेकाहरुलाई जवाफ दिएकी छिन्। इनस्टाग्राम स्टोरीमार्फत उनले एक वयस्क व्यक्तिले नाबालिगमाथि यौनसम्बन्ध राख्नु कानुन विपरित रहेको भन्दै अपराधीको पक्षमा नबोल्न आग्रह गरेकी छिन्। 'मलाई…
काठमाडौं : नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले ग्याल्पो ल्होसार (नयाँ वर्ष)को अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको छ। गृह मन्त्रालयलले बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ। भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ।
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमालले लगाएको आरोपको खण्डन गरेको छ। एमालेले मंगलवार जारी गरेको विज्ञप्तीमा सभामुखले ‘एमसीसी टेवल गर्न परे आत्महत्या गर्छु’ भन्ने जस्तो अभिव्यक्ति दिएको आरोप लगाइएको थियो। आज सभामुखको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सापकोटाले बोल्दै नबोलेको कुरालाई लिएर भ्रम सृजना गर्ने र अफवाह फैलाउन काम भएको जनाएको हो। सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपाने आज…
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहको निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम संचार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रियामा सम्बोधन गर्दै उनले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँच वर्ष देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम संचार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रियामा उनले खोप खरिदको कार्य अघि बढेको जानकारी दिए। ‘खोप खरिदका लागि पत्रचार भइसकेको छ।…
काठमाडौं : अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ५०० मिलियन डलर बराबरको सम्झौता नेपालको संसदबाट भएको अनुमोदनलाई स्वीकार गरेको छ। मंगलवार वक्तव्य जारी गर्दै मिलेनियम च्यालेन्ज अकाउन्ट कम्प्याक्ट अनुमोदन गर्ने निर्णय सार्वभौम प्रजातान्त्रिक राष्ट्रको नाताले नेपालकै हातमा रहेको भन्दै सम्झौता कार्यान्वयनको दिशामा गएको जनाएको हो। मंगलवार साँझ मात्र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका…
काठमाडौँः सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी शङ्कास्पद बस्तु राखेर मानिसलाई आतङ्कित बनाएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे भुम्लो गाउँपालिका वडा नम्बर २ सिमथली घर भएका २१ वर्षीय सुवास महतलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानको क्रममा उनी अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको खुलेको छ। प्रहरीले घटना प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको…
वीरगंज : नेपाली कांग्रेस पर्साको १४ औं जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारी छनौटका लागि भोलि निर्वाचन हुने भएको छ। नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ। कांग्रेस जिल्ला सभापतिका लागि तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेल आमनेसामने छन्। जिल्ला सभापतिका लागि पटेल र क्षेत्रीको उम्मेदवारी परेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत…
काठमाडौं : अपटाउनको प्रस्तुतिमा ‘अपटाउन म्यूजिक फेस्टिभल’ हुने भएको छ। पीभीई नेटवर्क 'एक्सक्लुसिभ पार्टनर' रहेको यो फेस्टिभल फागुन २०(मार्च ४) गते शुक्रबार देखि ललितपुरको झम्सिखेलमा सुरु हुनेछ। फेस्टिभलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ। यस फेस्टिभलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन्। मार्च ४ देखि सुरु हुने महोत्सव मे २८ सम्म संचालन हुनेछ। फेस्टिभलमा दीपकका साथै सबिन राई एण्ड…
काठमाडौं : प्रतिनिधिसभाको बैठकको साढे सात मिनेट बसेर सकिएको छ। बुधवार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बढुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरे। प्रतिनिधिसभामा बैठकमा एमालेका सांसदहरुले अवरोध कायम राखेका थिए। एमालले कारवाही गरिएका सांसदलाई हटाउनु पर्ने र सभामुखको राजीनामा माग्दै संसद अवरोध गर्दै आएको छ। प्रतिनिभिसभाको अर्को बैठक फागुन…
अहिले भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन सबै शक्तिको प्रयोग गरिरहेको छ। नरेन्द्र मोदी सरकारका मन्त्रीहरु नै ‘अपरेसन गंगा’ अन्तर्गत भारतीयलाई स्वदेश फर्काउन लागेका छन्। भारतले आफ्ना नागरिकलाई मिति तोकेर मंगलवारसम्म युक्रेन छाडेर सीमावर्ती मुलुक जान नै निर्देशन समेत दिएको थियो। यद्यपि, युक्रेनमा अझै भारतीयहरु फसिरहेका छन्। उनीहरुलाई उद्धार गर्नु मोदी सरकारका लागि ठूलो चुनौती बनेको बीबीसीले उल्लेख गरेको छ। युद्धग्रस्त…
काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म आगामी भाद्र २४ गतेबाट देशभरका सिनेमा हलमा रिलिज हुनेछ। फिल्ममा सौगात र सृष्टिको मुख्य भूमिका रहेको छ। साथै खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुरस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ। फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत पनि विशेष भूमिकामा देखिनेछन्। आदियोगी…
नविन एमबीबीएसको चौथो वर्षमा थिए। खारकिभ नेशनल मेडिकल युनिभर्सिटीका उनी खानेकुरा अभाव भएपछि किन्न बाहिर निस्किएका थिए। फ्रिडम स्क्वायर नजिकै भएको विस्फोटमा उनी परे र उनको जीवनको सबै यात्रा ठप्प भयो। २१ वर्षका नविन शेखरप्पा ज्ञानगौदर भारतको कर्नाटकका युवक हुन् जसले युक्रेनमा रसियाको आक्रमणमा ज्यान गुमाए। पहिलो भारतीय नागरिक जो रसियनको आक्रमणको सिकार बन्न पुगे। 'छोरोलाई लिएर हाम्रो ठूलो सपना…
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधवार आफूमाथि गरेको टिप्पणीको जवाफ फर्काएका छन्। पत्रकार सम्मेलनमा ओलीले भीम रावल पार्टी नीति विपरीत गएर 'हिरो'हुन खोजेको आरोप लगाएका थिए। रावलले ओलीको आक्षेपको एकदिनपछि बुधवार देशको हितमा बोलेर महाहिरो हुन सुझाए। प्रतिनिधि सभामा नेकपा एमालेले अवरोध गरेका बेला भीम रावलले भने संसदीय प्रक्रियामा भाग लिदैँ मिलिनियम च्यालेन्ज…
काठमाडौं : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्। प्रतिनिधिसभाबाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्ट पारित गरेको दुई दिनपछि ब्लिन्केनले प्रधानमन्त्रीमा देउवालाई टेलिफोन गरी धन्यवाद तथा बधाई दिएका हुन्। संवादका क्रममा दुई देशबिचको कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा दुई देशबीचको द्वीपक्षीय सम्बन्धको विषयमा छलफल भएको…
काठमाडौँः नेपाल बार एशोसिएकनको १५औँ राष्ट्रिय कानुन व्यवसायी सम्मेलनले रसियाले युक्रेनमाथि गरेको आक्रमणलाई सयुक्त राष्ट्रसंघको वडापत्र विपरीत भएको ठहर गरेको छ। राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी गर्दै बारले राष्ट्रबीचको विवादको समाधान युद्ध हुन नसक्ने पनि जनाएको छ। घोषणापत्रमा भनिएको छ, ‘हालै युक्रेनमाथि रुसले गरेको आक्रमण युक्रेनको भौगोलिक सार्वभौमसत्ता उपरको आक्रमण भएको र संयुक्त राष्ट्र संघको वडापत्रको प्रतिकूल भएको ठहर यस सम्मेलनको रहेको…
रुसले लगातार रुपमा पाँच दिनदेखि युक्रेनमाथि आक्रमण गरिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार युक्रेनका नागरिक बंकरमा लुकिरहेका छन्। यी तिनै बंकर हुन्, जो सोभियत युनियनको पालामा बनेका थिए। शीतयुद्धका क्रममा सर्वसाधरणलाई ठूलो विस्फोटबाट जोगाउन तयार पारिएका यस्ता बंकर अहिले रुसी महासंघको आक्रमणबाट बच्नका लागि युक्रेनीहरुले प्रयोग गरिरहेका छन्। सोभियत युनियन विघटनपछि बनेका यी बंकर रुसी सेना सीमा क्षेत्रमा तैनाथ हुँदै गर्दा सफा…
काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनाको कोरोना भाइरस परीक्षण गर्दा १५८ जनामा संक्रमण देखिएको छ। यस्तै, ३५४ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ पुगेको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। यससँगै ११ हजार ९३८ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रभास अभिनित बलिउड फिल्म 'आदीपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म सन् २०२३ को आगामी १२ जनवरीमा रिलिज हुने पक्का भएको हो। अभिनेता प्रभासले फिल्मको नयाँ मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। यसअघि यो फिल्म ११ अगष्ट २०२२ मा रिलिज हुने भनिएको थियो। तर तोकिएको मिति स्थगित गरेर फिल्मको नयाँ रिलिज डेट तोकिएको हो। यो फिल्म विश्वभरिका थ्री डीमा एकसाथ रिलिज हुनेछ। …
काठमाडौं : नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै निगमले भारतीय आयल निगमबाट पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा र मट्टितेलले १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र एल पि ग्यासमा प्रति सिलिण्डर ९९ रुपैयाँ १७ पैसा बढेर आएको जनाएको हो। मूल्यवृद्धिसँगै निगमले आगामी १५ दिनमा…