काठमाडौं : काठमाडौं उपत्यकाभित्र कोभिड - १९ संक्रमण बढ्दै गएपछि जारी सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय गरेको हो। 'हाल कोभिड-१९ को संक्रमण घट्दै गएकोले शनिवारबाट लागू हुने गरी प्रचलित कानून बमोजिमका राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिक लगायतका क्रियाकलापहरु प्रचलित स्वास्थ्य मापदण्डको पालना गरी, गराई नियमित रुपमा संचालन गर्न, गराउन…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नियन्त्रणमा लिएर धन सोहोर्न एमसीसीमार्फत अमेरिका नेपाल आएको बताएका छन्। यसलाई राजनीतिक दलका नेताहरुले साथ दिएको आरोपसमेत उनले लगाए। प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनको विरोधमा विभिन्न ८ वाम घटकले गरेको विरोधसभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। अहिले नेपाल अमेरिकाको किल्लामा गएकोसमेत उनको आरोप रह्यो। 'रसियाले युक्रेनमाथि आक्रमण गरेको छ। हेर्दा युक्रेन र रसियाको…
काठमाडौं : अभिनेत्री रेखा थापाले युट्युबरविरुद् प्रहरीमा उजुरी दिएकी छिन्। थापाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्। आफूलाई युट्युबरमार्फत विभिन्न गालीगलौज आएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी हुन्। आज दिउँसो रेखा थापाकी दिदी तारा राणाले प्रहरीमा पुगेर उजुरी दिएकी हुन्। 'उहाँको दिदीले दुई जनाविरुद्ध उजुरी दिनु भएको छ। अनुसन्धान गरिरहेका छौं,' साइबर ब्युरोका एसएसपी नविन्द्र अर्यालले भने। आज मात्र साइबर…
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका बामपन्थीहरु खामपन्थीमा परिणत भएको आरोप लगाएका छन्। विभिन्न साना बाम घटकले आयोजना गरेको विरोधसभामा बोल्दै नेता केसीले यस्तो आरोप लगाएका हुन्। उनले संसद्मा केही दिन अगाडिसम्म एमसीसीको विरोधमा 'बुरुक्क बुरुक्क' उफ्रनेहरुले एमसीसी पास गरेको आरोप लगाए। 'केही साथीहरुले दुई चार महिना हल्ला गरे। के हल्ला गरे भने एमसीसी भित्र भएका खराबी छन्, हटाउनुपर्छ।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक जारी छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता गठबन्धनको सहमतिमा पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्बन्धमा ब्रिफिङ गरेका छन्। माओवादीले गत पुसमा सम्पन्न भएको ८औँ महाधिवेशनका एमसीसी यथास्थितिमा पास नगर्ने प्रस्ताव पारित गरेको थियो। तर, अध्यक्ष प्रचण्डले अन्तिम समयमा १२ बुँदे व्याख्यात्मक घोषणालाई टेकेर एमसीसी पारित गर्न सहमति जनाएका थिए।…
काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता प्रतिनिधिसभाबाट पारित भएको विरोधमा ८ राजनीतिक दल तथा मोर्चाहरुले आज काठमाडौंमा विरोध सभा आयोजना गरेका छन्। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत नेतृत्वको नेकपा (माओवादी…
काठमाडौंः चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग चोरी गरेको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितवन कालिका नगरपालिका वडा नम्बर २ घर भएका ४० वर्षीय राजन प्रजालाई नियन्त्रणमा लिएको हो। गत असारमा उनीहरुको समुहले गैँडा मारेर खाग चोरी गरेको खुलेको थियो। प्रजालाई प्रहरीले काठमाडौंको बनस्थलीमा लुकेर बसेको अवस्थामा फेला पारेको हो। उनलाई नियन्त्रणमा लिई…
काठमाडौं: यो साता फ्राइडे रिलिजमा एक नेपाली र एक हलिउड फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘लप्पन छप्पन २’ ले हलिउड फिल्म ‘द ब्याटम्यान’ सँग नेपाली बक्सअफिसमा प्रतिस्पर्धा गर्नेछ। मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ ले वर्तमान नेपालको राजनीतिक अवस्थाको चित्रण गरेको छ। नेपालको सत्ता परिवर्तनमा विदेशी शक्तिको चलखेलमाथि फिल्मको कथा केन्द्रित छ। एक्सन जनरामा निर्माण भएको ‘लप्पन छप्पन…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीति अनुसार केन्द्रीय कमिटीको बैठकमा अघि बढने बताएको छ। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर पार्टीमा असन्तुष्ट देखिएको नारायणकाजी पक्षका नेताहरुले बैठकमा प्रचण्डको रणनीतिअनुसार अघि बढने बताएका हुन्। बैठक राष्ट्रिय सभागृहमा आज दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पारित गर्न अध्यक्ष…
युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगलागी भएको छ। युक्रेनका राष्ट्रपति भोलोदोमीर जेलेन्स्कीका अनुसार रसियाली सेनाको आक्रमणबाट जेपोरजिया परमाणु पावर प्लान्टमा आगो लागेको हो। उनले रसियाली सेनाले जानाजानी प्लान्टमा आगो लगाएको आरोप लगाएका छन्। ‘जाग्नुहोस् युरोपियनहरु तिमीहरुको नेताहरुलाई भन कि रसियाली सेनाहरुले युक्रेनमा रहेको न्यूक्लियर प्लान्टमा आक्रमण गरिरहेका छन्,’ जेलेनस्कीले भनेका छन्। परमाणु प्लान्टमा आगो लागेपछि अमेरिकाले ‘न्यूक्लियर इन्सिडेन्ट रेस्पोन्स टिम’ परिचालन गर्ने…
काठमाडौं : राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेका २० सांसदले आजदेखि बिदा लिँदै छन्। एमालेका आठ, नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन र राष्ट्रपतिबाट मनोनीत एक गरी २० सांसदको पदावधि सकिन लागेको हो। यसअघिझैं उनीहरुले संसद् भवनबाट औपचारिक बिदा भने पाउनेछैनन्। प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभामा पनि एमाले सांसदले अवरोध गर्दै आएकाले पटकपट बैठक स्थगित हुँदै…
काठमाडौँः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बजेट सुनिश्चितता भएको जनाएको छ। विज्ञप्ति जारी गर्दै आयोगले आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चितता भएको जनाएको छ। आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई नेपाल सरकार, अर्थ मन्त्रालयबाट रु आठ अर्ब ११ करोडको बजेटको सुनिश्चितता प्राप्त भएको छ।’ आयोगले स्थानीय निर्वाचनका लागि दर्ताको निवेदन दिएका ८० दलको…
काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। बिहीबार रातिबाट लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेल १३३ रुपैयाँ कायम हुनेछ। यो मूल्य निगमको काठमाडौँ डिपोको १५ किलोमिटरभित्र लागू हुनेछ। निगमले ग्यासको मूल्य भने यथावत…
काठमाडौं : युक्रेनको समर्थनमा नेपालका लागि विभिन्न देशका राजदूत र प्रतिनिधिहरुले बौद्धमा दीप प्रज्वलन गरेका छन्। अमेरिकी राजदूत र्यान्डी बेरी, अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, बेलायती राजदूत निकोला पोलिट सहित अन्य देशका प्रतिनिधिहरुले बौद्ध स्तूपमा दीप प्रज्वलन गरेका हुन्। उनीहरुले रसियाले युक्रेनमाथि गरेको आक्रमणको विरोध र युद्धको अन्त्यको कामना गरेका थिए।
कैलालीः धनगढीमा बिहीबारदेखि पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ। भारतीय टोली दिल्ली फुटबल क्लबमाथि २–१ को पुनरागमन जित निकाल्दै मनाङले विजयी सुरुवात गरेको हो। धनगढी रङ्गशालामा भएको खेलको ६७औँ मिनेटमा कृष्ण पण्डितले गोल गर्दै दिल्लीलाई अग्रता दिलाएका थिए। तर, ७७औँ मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई खेलमा फर्काए। यस्तै,…
कैलालीः नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको निर्वाचनबाट प्रकाश बमलाई पराजित गर्दै संस्थापनका उम्मेदवर भट्ट विजयी भएका हुन्। पहिलो चरणमा दुई संस्थापनका उम्मेद्वार चुनावी मैदानमा थिए। यस्तै नेता शेखर कोइराला प्यानलका उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दोस्रो चरणमा शेखर प्यानल बाहिरिएपछि संस्थापनकै दुई उम्मेदवारबीच भएको प्रतिस्पर्धामा प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै…
रसियाले युक्रेनमा आक्रमण गर्दा नागरिकमाथि बमबारी गरेको आरोप लागेपछि सम्भावित युद्ध अपराधको अनुसन्धान सुरु भएको छ। इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)का चिफ प्रोसेक्युटरले सम्भावित युद्ध अपराध, मानवता विरुद्धको अपराध र नरसंहारमा प्रमाण संकलन भइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ। ३९ देशहरूले अनुसन्धान गर्नको लागि आह्वान गरेपछि आईसीसीले यसलाई अघि बढाएको हो। युक्रेनको राजधानी कीभका साथै खार्किभ र खेरसोनलगायतका शहरहरूमा हालैका दिनहरूमा भारी गोलाबारीमा…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको छ। यस्तै, ३२० जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ९४४ पुगेको छ।
काठमाडौं : नेपाल संक्रमणकालीन न्याय प्रक्रिया पूरा गर्ने प्रतिबद्धतालाई दोहोर्याएको छ। राष्ट्र संघीय मानव अधिकार परिषद्को बैठकमा मन्तव्य राख्दै राष्ट्र संघीय स्थायी नियोग जेनेभाका लागि नेपाली नियोग प्रमुख मणि भट्टराईले नेपाल विस्तृत शान्ति सम्झौता अनुरुप संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका हुन्। उनले सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय प्रतिबद्धतहरु, पीडितहरुको चासो तथा धरातलीय यथार्थका आधारमा संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको बताए। प्रतिनिधिसभामा एमालेको अवरोधबिच फागुन १५ गते राति व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरिएको थियो। एमालेले एमसीसीमा आफ्नो सहमति भएको बताइसकेको छ। महासचिव…