काठमाडौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा विभाजन नभएकाले नै मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पारित भएको बताएका छन्। महाधिवेशनमा नेता कार्यकर्ता एक अर्काका विरुद्ध उभिएको भए पनि देशहितका लागि भने कांग्रेसले एकताको सन्देश दिइरहेको उनले बताएका हुन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनमा सम्बोधन गर्दै शर्माले भने,'जब लोकतन्त्रको सवाल आउँछ कांग्रेसले दुईमत गर्दैन। कांग्रेस लोकहितको कुरा गर्छ।…
खै कसले पो हो इशारा गरेको? राजनीतिमा अदालतको साइत जुरेको छ जताततै कुराको चुरै नबुझी एमसीसीको लफडा फुरेको छ देश अरुले नै चलाएजस्तो लाग्छ देशलाई अरुले नै गलाए जस्तो लाग्छ स्वभिमानको सगरमाथा पनि झुकेजस्तो लाग्छ नेताहरुको भाषण सुन्दा भुकेजस्तो लाग्छ प्रज्ञा प्रतिष्ठानमा जारी नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन उद्घाटन सत्रमा जुम्लाका कवि यमराज कार्कीले पछिल्लो राजनीतिक गतिविधिमाथि चोटिलो व्यङ्ग्य कविता…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम ‘कोशी’ राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। आज विर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका भन्दै प्रदेश नं १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने बताएका हुन्। ‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेका छ। यहाँका धर्म, ज्ञान, संस्कृति,…
काठमाडौं : देशभर दैनिक औशत दुई जनाको हत्या हुने गरेको छ। त्यही दुई जनाको सूचीमा फागुन १६ गते मानबहादुर रावत पनि अटाएका छन्। जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ घर भएर हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा बस्दै आएका रावतको १६ गते हत्या भयो। हत्या भएको केही समयपछि मात्र उनको शव भेटिएको थियो। फागुन १७ गते बिहान बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित…
रसियाले पूर्वी युक्रेनका दुई विदोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै सुरु भएको युद्ध आज १० औं दिन प्रवेश गरेको छ। रसियाली सेनाले युक्रेनका विभिन्न शहरुहरुमा नियन्त्रण जमाएका छन्। राजधानी कीभ लगायतका शहरमा पनि रसियाली सेनाको उपस्थिति छ। कीभसँगै विभिन्न शहरमा अहिले युद्ध जारी छ। यसबिच रसियाको रक्षा मन्त्रालयले युक्रेनका दुई शहरमा अस्थायी युद्ध विरामको घोषणा गरेको छ। मरिओपो र भोल्नोभाखामा…
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित समारोहमा उनीहरुले शपथ लिएका हुन्। समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सङ्घीय ससद्को प्रतिक चिह्न(लोगो) प्रदान गरेका थिए। शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र…
जनकपुरधाम : मधेश प्रदेश र गण्डकी प्रदेशबिच अन्तरप्रदेशीय विमान सेवा आजबाट सुरु भएको छ। दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो। गण्डकी प्रदेशको राजधानी पोखरा र मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित १८ सदस्यीय टोली मधेश प्रदेशको भ्रमणमा आएका छन्। ३ दिने मधेश प्रदेशको…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो आम चुनावमा नेपाली कांग्रेसले सानदार ढंगले बहुमत ल्याउने दाबी गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन्। स्थानीय निर्वाचन तोकिएको समयमै हुने उल्लेख गर्दै थापाले संसदलाई एमालेले चल्न नदिए आम चुनाव केही चाँडो हुन सक्ने समेत बताए। 'वैशाख ३० गते…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई मुस्कानसहितको सेवा दिन निजामती कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। निजामति कर्मचारीमार्फत नै सरकार जनताको घरघरमा पुग्ने भएकोले मुस्कानसहितको सेवा दिन देउवाले भनेका हुन्। ' नागरिकप्रति सम्मानपूर्ण व्यवहार गर्ने र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने कर्मचारी आजको आवश्यकता हो,'…
रसियाले युक्रेनमाथि आक्रमण गरेको आज १० दिन पुगेको छ। यसबिच दुवै तर्फबाट सयौंको मृत्यु भएको दाबी गरिएको छ। रसियाली सेनाले युक्रेनको राजधानी कीभसहित अन्य शहरहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। युक्रेनी सेना र नागरिकहरु सडकमा हतियारसहित रसियाली सेनाको प्रतिरोध गरिरहेक छन्। युद्ध सुरु भएयता युक्रेनबाट १२ लाख मानिस पलायन भएको संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च निकायाले जनाएको छ। यसरी पलायन…
काठमाडौं : पूर्वपश्चिम राजमार्गको दमक- ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो। ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो। घटनाबारे…
काठमाडौं : टेष्ट ट्युब बेबी सेन्टरहरुले संचालन स्वीकृति सोझै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लिनुपर्ने भएको छ। विभिन्न अस्पतालले नयाँ युनिटका रुपमा सेन्टर खोल्ने क्रम बढ्दा नियमन असहज भएपछि आइभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा दिने संस्थाहरुले मन्त्रालयबाटै अनुमतिपत्र लिन अनिवार्य गरिएको हो। मन्त्रालयले शनिवार सूचना प्रकाशित गर्दै त्यस्तो सेवा संचालकहरुलाई अनुमति लिनका लागि १५ दिनभित्रै सम्पर्क गर्न भनेको छ। निःसन्तान दम्पतीको…
काठमाडौं : उपत्यकालाई जीवन्त बनाई राख्न यहाँका सम्पदाको महत्त्वपूर्ण भूमिका छ। ती सम्पदामध्ये एक हुन्, ल्वहं हिति अर्थात् यहाँका ढुंगेधारा। करिब एक दशक अघिसम्म उपत्यकाका अधिकांश ढुंगेधारामा पानी आउँथ्यो, मूल स्रोतबाटै। कुनै बेला सयौँ मानिसको तिर्खा मेटाएका ती धारा अहिले आफैं प्याकप्याकी परेका छन्। ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी…
चितवन : नेपाली कांग्रेस चितवनको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। सभापतिमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले दोस्रो निर्वाचन हुने भएको हो। सभापतिका प्रत्यासी राजेश्वर खनालले ७४६ मत ल्याएका छन् भने मिलनबाबु श्रेष्ठले ६६२ मत ल्याए। यस्तै उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत ल्याएका छन्। अब दोस्रो चरणमा बढी मत ल्याउने खनाल र…
काठमाडौँः ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल अदालतले तोकेको धरौटी नबुझाएपछि थुनामा पुगेका छन्। उच्च अदालत पाटनले अग्रवाललाई ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी रकम बुझाउन नसक्दा उनलाई थुनामा पठाइएको हो। 'अदालतको आदेश अनुसार धरौटी नबुझाएकाले कारागार चलान गरिएको छ,' महानगरीय प्रहरी परिसरका एसएसपी सुदीप गिरीले भने। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि दुई साताअघि पक्राउ गरेको थियो।…
बलिउड फिल्म 'टाइगर ३' को टिजरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। सलमान खान र क्याटरिना कैफ अभिनीत यो फिल्म सन् २०२३ को अप्रिल २१ मा रिलिज हुने पक्का भएको हो। अभिनेत्री कैफले इन्स्टाग्राममार्फत् फिल्मको टिजर सेयर गर्दैँ रिलिज मितिबारे जानकारी दिएकी छिन्। 'टाइगर र जोया एक पटक पुनः २०२३ को ईदमा आउने छन्।' उनले लेखेकी छिन्। View…
काठमाडौँः इन्धनको मूल्यवृद्धि अनुसार ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम व्यवसायीले १५ दिनको अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएका छन्। नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन, नेपाल ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको प्रतिनिधित्व हुनेगरि गठन भएको पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पत्रकार सम्मेलन गर्दै भाडा नबढाए ढुवानी रोक्ने चेतावनी दिएका हुन्। १५ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले जानकारी…
अस्ट्रेलियाका क्रिकेट लेजेन्ड शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। वार्नको शुक्रबार थाइल्याण्डमा निधन भएको हो। निधनको कारण हृदयघात हुनसक्ने वार्नको व्यवस्थापकलाई उदृत गर्दै फक्स न्युजले जनाएको छ। 'शेनलाई बेहोस् अवस्थामा उनको भिल्लामा भेटिएको थियो। मेडिकल स्टाफहरुको प्रयत्नको बाबजुद उनलाई बचाउन सकिएन', विज्ञप्तिमा भनिएको छ। पछिल्लो २४ घण्टामा अस्ट्रेलिया क्रिकेटले दोस्रो लेजेन्ड गुमाएको हो। अर्का अस्ट्रेलियन क्रिकेट लेजेन्ड रोड…
पोखरा: फागुन १४ गते राति १२ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा फोन आयो। फोनमा नाबालिग किशोरीले आफूलाई जबर्जस्ती यौन पेशामा संलग्न गराइएको प्रहरीलाई सुनाइन्। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टर मुकेश न्यौपानेको नेतृत्वमा प्रहरी टोली खटियो। किशोरीले दिएको सूचनालाई पछ्याउँदै प्रहरी टोली पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड पुग्यो। सोही रात ३ बजे अपराधमा संलग्न तीन जनामध्ये दुई जना पूजा थापा र…
काठमाडौं : नेपाली क्रिकेट टोली एक दिवसीय सिरिजको तयारीका लागि श्रीलंका जाँदैछ। आज एक कार्यक्रमबिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली टोलीको बिदाइ गरे। श्रीलंकामा छँदा नेपाली टोलीले चार वटा अभ्यास सिरिज खेल्नेछ। जसमा मार्च ७ मा श्रीलंका नेभी, मार्च ८ मा श्रीलंका नेभी, मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा श्रीलंकाको फर्स्ट क्लास क्रिकेटका खेलाडी सम्मिलित टिमसँग…