काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा ओमनले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको हो। ओमनस्थित अलअमरेत स्टेडियममा सुरुवाती ब्याटिङ गरेको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक २१ रन बनाउँदा आयन खानले १६ रन र नशीम खुशीले १५ रन जोडे। त्यस्तै…
काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ७४३ जनाको कोरोना भाइरस परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको छ। यस्तै, ५६२ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ पुगेको छ। संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ११ हजार ९३१ जनाको मृत्यु भइसकेको छ।
युक्रेनको राष्ट्रपति कार्यालयले रसियाको आक्रमणपछि ५० जना भन्दा बढीको मृत्यु भएको जनाएको छ। रसियाको दुई पूर्वी विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि आजबाट युक्रेनमा रसियाली सेनाले आक्रमण गर्न सुरु गरेको हो। युक्रेनी राष्ट्रपति भोलोदमीर जेलन्सकीको कार्यालयले ४० जना सैनिक र १० जना नागरिकको मृत्यु भएको जनाएको छ। यो संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। रसियाले युक्रेनको राजधानी कीभ आसापासको…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा च्यासल युथ क्लबलाई हराउँदै सातदोबाटो युथ क्लबले लिगको सुखद अन्त्य गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा च्यासललाई सातदोबाटोले १-० गोलअन्तरले हराएको हो। सातदोबाटोको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे। त्यस्तै आजै सम्पन्न अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब बराबरीमा रोकिए। दशरथ रंगशालामा सम्पन्न खेलमा शेर्पा र फ्रेन्ड्सले…
काठमाडौं: एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल समूह 'ए' मा परेको छ। आज सम्पन्न ड्र अनुसार नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह 'ए' मा छन्। यो समूहका खेलहरु कुवेतमा हुनेछन्। छनोटमा छ वटा समूह छन्। हरेक समूहमा चार टोली छन्। हरेक समूहका शीर्ष टोली र दोस्रो स्थानमा रहेका पाँच टोलीले एएफसी एसिया कप २०२३ मा स्थान बनाउने छन्। नेपालले…
काठमाडौं : संसद भवन बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच छलफल भइरहेको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध बानेश्वरमा प्रदर्शन भइरहँदा दुई नेता बिच छलफल भइरहेको छ। आज १ बजेका लागि बोलाइएको बैठक सरकारले नै सहमतिका लागि भन्दै रोक्न आग्रह गरेपछि भोलि बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। बैठक स्थगित गरिएपछि ओली संसद भवन…
काठमाडौं : फिल्म ‘चिसो एष्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ। बुधवार काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट प्रभावित फिल्म तयार गरिएको निर्देशक दिन्स पाल्पालीले जानकारी दिए। फिल्मको कथा समेत पाल्पालीले नै लेखेका हुन्। गाउँबाट शहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्, यही विषयलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ। चैत ४ गतेबाट प्रदर्शन हुने फिल्ममा…
काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ। एमसीसीको विरोध गर्दै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा गरेका छन्। बानेश्वरमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाका कार्यकर्ताहरु प्रदर्शनरत् छन्। यस्तै,…
काठमाडौं : प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमाथि छलफल हुने कार्यसूची भए पनि सहमतिका लागि भन्दै भोलिसम्मका लागि बैठक स्थगित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक भोलि १ बजे बस्ने तय भएको छ। सत्तारुढ र प्रतिपक्ष दलहरुसँग सहमतिको प्रयास भइरहेको भन्दै सरकार पक्षले नै कार्यव्यवस्था समितिमा आजको बैठक रोक्न प्रस्ताव राखेको थियो। प्रधानमन्त्री शेरबहादुरको देउवाको आग्रहमा आजको…
काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा बानेश्वमा आज पनि प्रदर्शन भइरहेको छ। सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका जनवर्गीय संगठनहरुले अहिले बानेश्वरमा प्रदर्शन गरिरहेका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता पनि सडकमा एमसीसीको विरोधमा प्रदर्शनरत् छ। नेपाली कांग्रेस (वीपी) पनि एमसीसीको विरोध गर्दै बानेश्वर पुगेको छ। वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको तस्विरसहितको ब्यानर…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाको बिहीवारको बैठक बस्नु अघि सक्रिय बनेका छन्। बानेश्वरमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा विरोध गर्न पुग्नेको संख्या बढ्दै जाँदा उनले सत्ता घटक दलका नेताहरुसँगको भेटघाटलाई तीब्र बनाएका हुन्। आज बिहानै प्रचण्डले सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए। सिंहदरबारमा भएको भेटमा नेकपा एमालेले गरिरहेको संसद अवरोधलाई कसरी…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको बैठक अघि छलफल गरेका छन्। आज बस्ने प्रतिनिधि सभा बैठकमा कस्तो रणनीति बनाउने भन्नेबारेमा सिंहदरबारमा नेपालले प्रचण्डसँग छलफल गरेका हुन्। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल पनि रहेको छ। त्यसअघि सत्ता घटक दलका नेताहरुले छलफल गरेको एकीकृत समाजवादीका संसदीय दलका…
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी टी २० ग्लोबल क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमन आज दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोटका लागि अन्तिम ढोका मानिएको सेमिफाइनल खेलमा नेपाल र ओमन क्रमश यूएई र आयरल्याण्डसँग पराजय ब्यहोर्दै विश्वकपमा स्थान बनाउनबाट चुकेका थिए। अर्कोतर्फ छनोट 'ए' बाट यूएई र आयरल्याण्डले अस्ट्रेलियामा यही वर्ष…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट अन्तिम चरणका खेल सुरु हुँदैछन्। आज हुने पहिलो खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भिड्नेछन् भने हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा भिड्नेछन्। दुबै खेल दिउँसो १ बजे सुरु हुनेछ। आजको खेल च्यासलका लागि ए डिभिजन लिगको अन्तिम खेल बन्ने छ। रेलिगेशनमा परेकाले अर्को सिजन बी…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा युनाइटेड र घरेलु टोली एट्लेटिको १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको सातौं मिनेटमा जोआओ फिलिक्सको गोलमा अग्रता बनाएको एट्लेटिको पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने युनाइटेडले गोल फर्कायो।…
काठमाडौं: ‘राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता’ आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्दै आइरहेको यो प्रतियोगिता आगामी चैत १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। प्रतिष्ठानले सूचना जारी गर्दै इच्छुक प्रतियोगी कलाकार र समूहहरुलाई चैतको पहिलो साताभित्र नाम दर्ता गर्न अनुरोध गरेको छ। हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता पछिल्लो दुई वर्ष…
काठमाडौँः न्याय परिषदले विशेष अदालतको अध्यक्ष र सदस्य तोक्न सरकारलाई नाम सिफारिस गरेको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षताको बैठकले नाम सिफारिस गरेको हो। संवैधानिक प्रावधान अनुसार विशेष अदालतको अध्यक्ष तथा सदस्य परिषदको परामर्शमा मन्त्रिपरिषदले नियुक्ति गर्ने व्यवस्था छ। निर्णय अनुसार अध्यक्षमा श्रीकान्त पौडेल सिफारिस भएका छन्। उच्च अदालत पोखराको बागलुङ इजलासमा काजमा रहेका पौडेललाई अध्यक्ष सिफारिस गरिएको हो। यस्तै,…
पोखरा : अभिनेता पल शाहविरुद्ध एक गायिकाले जाहेरी दर्ता गराएकी छिन्। यौनजन्य अपराधसम्बन्धी कुसरमा पलविरुद्ध जाहेरी दर्ता भएको हो। प्रहरीका अनुसार शाहविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भएको हो। एक भिडियो छायांकनका क्रममा पलले फकाएर करणी गरेको अभियोग जाहेरीमा छ। यसअघि कास्कीमा उजुरी दर्ता गराउन चाहेको तर घटना तनहुँमा घटेकोले उनलाई तनहुँमा नै उजुरी दिन भनिएको थियो।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा (एमाले)सँग समीकरण गर्न कांग्रेस स्वतन्त्र भएको बताएका छन्। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न नेपाली कांग्रेसले अडान कायमै राखे एमालेसँग समिकरण गर्न स्वतन्त्र भएको खनालको भनाइ छ। उनले एमसीसी पास भए अहिलेको गठबन्धनमा रहेका दल आआफ्नो बाटो लाग्नुपर्ने धारणा समेत राखे। भने,'समीकरण कसले कस्तो गर्ने भन्ने कुराको निम्ति हामी सबै स्वतन्त्र…
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार फ्लाई दुबईको विमानबाट दुबई जान लागेका सतिश परसोत्तम सजनानी पक्राउ परेका हुन्। उनीबाट प्रहरीले ३१ हजार छ सय पाँच पाउन्ड स्टर्लिङ, २० हजार अमेरिकी डलर, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३…