काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्र र जनताका विरुद्ध काम नगर्ने बताएका छन्। जन्मदिनको उपलक्ष्यमा अध्यक्ष ओलीमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सबै जनताका निम्ति हामी काम गर्छौँ। हाम्रो पार्टीले काम गर्छ। हामी राष्ट्रका विरुद्ध, जनताका विरुद्ध काम गर्दैनौँ। मेरो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देशप्रति जनताप्रति समर्पित रहनेछ,…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गरेको बताएका छन्। पूर्व प्रधानमन्त्री खनालले अमेरिकी महाशक्तिका सामु नेपाल सरकार नतमस्तक भएर एमसीसी संसदमा पेश गरेको आरोप पनि लगाए। उनले प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा परेको बताएका हुन्। खनालले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसीको कुरा बारम्बार गरिरहेको र…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा उभिने भएको छ। पार्टीको संसदीय दलको बैठकले एमसीसीको पक्षमा उत्रिने निर्णय गरेको हो। लोकतान्त्रिक समाजवादी पार्टीमा १३ सांसद छन्। नेपाली कांग्रेसपछि एमसीसीको पक्षमा लोसपा खुलेको हो। भोलि बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीको विषय समावेश छ। संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार भोलि अर्थ मन्त्री जनार्दन…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। बुधवार नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन पछि उनले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन्। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनमा मतभेद भइरहँदा प्रचण्डको यस्तो अभिव्यक्ति आएको छ। गठबन्धनमा रही सरकारको नेतृत्व…
अमेरिकी सुरक्षा एजेन्सी निकट ह्याकरहरुको समूहले चीनसहित विभिन्न ४५ देशका सूचनालाई संकलन गर्दै निगरानी गरिरहेको एक अनुसन्धानले जनाएको छ। बेइजिङस्थित साइवर सेक्युरिटी ल्याव छि आन फाङ्गुले बुधवार यस सम्बन्धि रिपोर्ट सार्वजनिक गरेको ग्लोवल टाइम्सले जनाएको छ। अमेरिकाको नेशनल सेक्युरेटी एजेन्सी (एनएसए) निकटको इक्वेसन ग्रुपले 'टेलिस्क्रिन (बीभीपी४७)' मार्फत् अमेरिका लागि सूचनाहरु संकलन गरिरहेको दाबी गरेको छ। यसबाट विश्वभरका ४५ देशहरु प्रभावित…
काठमाडौं : परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन अनुरोध गरेको छ। रसियाले युक्रनेका दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले अत्यावश्यक अवस्थामा त्यहाँ बस्नु परेमा बाहेक अन्यलाई स्वदेश फर्कन भनेको हो। परराष्ट्रले अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमणमा नजान समेत अनुरोध गरेको छ। मन्त्रालयले हाल युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली बर्लिनस्थित युक्रेनका…
फेसबुकको माउ कम्पनी ‘मेटा’ले सर्ट भिडियोमा टिकटकको वर्चस्वलाई तोड्न विश्वभर ‘रिल्स’ लञ्च गरेको छ। मेटाले १५० भन्दा बढी देशमा रिल्स चल्न मिल्ने गरि फेसबुक अपडेट गरेको हो। यसअघि केही देशमा मात्रै चल्ने ‘रिल्स’ मंगलवारबाट विश्वका अधिकांश देशमा चलाउन मिल्ने बनाइएको हो। ‘मंगलबारबाट विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले रिल्स प्रयोग गर्न सक्छन्,’ मेटाका सीइओ मार्क जुकरबर्गले बताएका छन्। इतिहासमै पहिलोपटक फेसबुक प्रयोगकर्ता घट्नुका…
हरिस रउफ पाकिस्तानी क्रिकेट टोलीका फास्ट बलर हुन्। उनी पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलन्दर्सबाट खेल्छन्। रउफले गए रातिको पेशावर जलमीविरुद्धको खेलमा आफ्नो टिमका साथी कामरान गुलामलाई प्रतियोगिताकै बिच थप्पड हानिदिए। जसको चर्चा यतिखेर क्रिकेट वृत्तमा व्यापक छ। दुवै टोलीले यस खेलमा जित निकाल्न अथक प्रयास गरेका थिए। तर, म्याच टाइ भएपछि खेल सुपरओभरमा पुगेको थियो। शाहीन अफ्रिदीले २० बलमा ३९ रन…
वीरगंज : मधेश प्रदेशका आठसहित १६ जिल्लामा नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला तथा पालिका अधिवेशनको प्रकृया अघि बढेको छ। अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पालिका र जिल्ला अधिवेशनको प्रकृया अघि बढेको हो। १६ फागुन भित्र सबै अधिवेशन सक्ने कांग्रेसको लक्ष्य छ। सोही अनुसार केन्द्रीय कमिटीले पालिका र जिल्ला अधिवेशन सम्पन्न गराउन हरेक जिल्लामा प्रमुख निर्वाचन अधिकृत जिल्ला पठाइएको छ।…
वीरगंज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली वीरगंज आउने भएका छन्। एमाले पर्साले आयोजना गर्न लागेको बृहत पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्न ओली फागुन १४ गते वीरगंज आउन लागेका हुन्। एक महिनाअघि माघ ८ गते नेकपा (माओवादी केन्द्र)का तत्कालिन नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई पार्टीमा प्रवेश गराउन उनी पर्साको ग्रामिण भेग जगरनाथपुर पुगेका थिए। एमसीसी र…
काठमाडौं : फिल्म ‘होस्टेल’ बाट अभिनय यात्रा सुरु गरेका अभिनेता अनमोल केसीको 'क्रेज' युवापुस्तामाझ धेरै नै छ। जब जब अनमोलको फिल्मको घोषणा हुन्छ तब उनको फिल्मको अभिनेत्रीको पनि चर्चा हुने गर्छ। अनमोलले अहिलेसम्म जति फिल्म खेलेका छन् उनले कसैमा नायिका दोहोर्याएका छैनन्। अहिलेसम्मको अनमोलको फिल्म करियर हेर्ने हो भने उनका हरेक फिल्ममा नयाँ अभिनेत्रीको अनुहार हुन्छ। अनमोलकै फिल्मबाट प्रायः नयाँ अनुहारले नेपाली…
काठमाडौं: ललिपुर मेयर वुमन्स च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश एपीएफसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। जसका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा बिन्दु रावल र डोली भट्टले समान ११ रन बनाएका थिए।…
काठमाडौं : झापाको दमक-५ का दिनेश सिग्देलका हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए। सुनसरीको धरान-४ स्थित जंगलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेट्टिएको थियो। कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा…
जापानी फोटोग्राफर हारुहिको कावागुचीसँग ‘फेमिली-फोटो’ खिच्नु परे एउटा अनौठो सर्त पूरा गर्नुपर्छ। उनले पूरै घरलाई प्लास्टिकले छोप्छन् र फोटो खिच्न लागेको मान्छेलाई प्लास्टिकको झोलामा ‘भ्याकुम-सिल’ गर्छन्। त्यसपछि मात्रै उनले फोटो खिच्न सुरु गर्छन्। मान्छे निसास्सिनुअघि नै टोकियोका फोटोग्राफर कावागुचीले केही सेकेन्ड फोटो खिचेर भ्याउँछन्। यस्तो अनौठो फोटोलाई कावागुचीले ‘मेमोरियल फोटो फर द फेमिली’ (परिवारको यादगार फोटो) भन्ने गरेका छन्। यो उनको…
हङकङले सबै नागरिकलाई कोभिड-१९ को अनिवार्य परीक्षण गराउने भएको छ। आगामी मार्च महिनामा हङकङ सरकारले त्यहाँका ७३ लाख नागरिकको कोभिड-१९ को परीक्षण गर्ने घोषणा गरेको छ। यसअघि नै सबै मानिसको कोरोना परीक्षण गराउने तयारी भए पनि सरकारले बुधबार मार्चको मध्यमा सबैको अनिवार्य कोरोना परीक्षण गराउन निर्देशन दिएको हो। यो कार्यक्रम अवधिभर सबै नागरिकको कम्तिमा तीन पटक परीक्षण गरिने जनाइएको छ। उसले आगामी…
काठमाडौं : काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट-ट्रयाक) निर्माणका लागि अबदेखि वार्षिक ४० अर्ब बजेट छुट्याउनुपर्ने भएको छ। फास्ट-ट्रयाक आयोजना व्यवस्थापन हेरिरहेको नेपाली सेनाका अनुसार २०८१ पुस सम्मका लागि अब बर्सेनि कम्तिमा ४० अर्ब रुपैयाँ लाग्ने जनाएको हो। आयोजनाका प्रमुख विकास पोखरेलले निर्माण कार्यले गति लिएका कारण र धेरै प्याकेजहरुको ठेक्का लागिसकेकाले कारण अब आयोजनाका लागि वार्षिक ४० अर्ब बजेट आवश्यक पर्ने बताए।…
काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता पक्ष र प्रतिपक्षसँगको भेटघाटलाई तीब्र पारेका छन्। मंगलवार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमै बोलाएर भेटेका देउवाले बुधवार गृहमन्त्री बालकृष्ण खाणलाई ओली निवास बालकोट पठाए। ओली र खाणबिचको भेटमा एमालेले संसदको अवरोध हटाउने र एमसीसी पारित गर्ने विषयमा छलफल भएको थियो। 'एमसीसी र संसदको अवरोधबारे छलफल…
काठमाडौं : डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीतिसंग्रह लोकार्पण गरिएको छ। मंगलबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संग्रहको लोकार्पण गरेका हुन्। पुस्तक लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रित गरेर लेखिएका गीत संग्रहमा समावेश गरिएको बताए। ठाकुरले सिर्जनाको माध्यमबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको प्रचण्डको भनाइ थियो।…
बुटवल : लुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको छ। पार्टीको सिफारिसमा सभामुखले कारबाही गरेपछि अदालत गएकी उनले पार्टीले कारबाही फिर्ता गरेको पत्र नबुझाएपछि पद खारेज भएको हो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले उनको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद गुमेको छ । २०७८ वैशाख २०…
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली र हल्का वर्षा भएको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र सुदूरपश्चिमका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भएको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिमका साथै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।