काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरीयताक्रम अनुसार नेपालको टी २० वरीयता खस्किएको छ। यसअघि १३ औं स्थानमा रहेको नेपाल १५ औं स्थानमा झरेको छ। नेपाललाई आयरल्याण्ड र स्कटल्याण्डले पछि पारेका छन्। मंगलवार सम्पन्न सेमिफाइनलको खेलमा नेपालले यूएईसँग पराजय ब्यहोर्दै विश्वकप २०२२ को होडबाट बाहिरिएको थियो भने युएई र आयरल्याण्डले सेमिफाइनलमा जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेका थिए।…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा युभेन्टस र भिल्लारियल बराबरीमा रोकिएका छन्। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा स्पेनिस घरेलु टोली भिल्लारियल र युभेन्टस १-१ गोलको बराबरीमा रोकिएका हुन्। युभेन्टसका डुसन भ्लाहोबिकले खेलको पहिलो मिनेट नबित्दै गोल गरेर च्याम्पियन्स लिगमा सबैभन्दा छिटो डेब्यु गोल गर्ने खेलाडी बने। पहिलो हाफमा युभेन्टस एक गोलले अघि रहे पनि…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता पारित गर्न प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। मंगलबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका ओलीलाई सम्झौता पारितका लागि आग्रह गरेका हुन्। प्रधानमन्त्री देउवा भेट्नुअघि ओलीसँग अमेरिकी राजदूत र्यान्डी बेरीले भेट गरेका थिए। भेटलगत्तै ओली बालुवाटार पुगेका थिए। देउवाको प्रस्तावमा ओलीले भने शर्त राखेका छन्। भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णु…
काठमाडौँः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन नगर्न आग्रह गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। फागुन ८ गते सम्झौता प्रतिनिधि सभामा पेश भएको थियो। प्रचण्ड निवास खुमलटार पुगेर वैद्यले एमसीसी देशको हितमा नरहेको भन्दै पारित नगर्न आग्रह गरेको वैद्यको निजी सचिवालयले जनाएको छ। भेटमा प्रचण्डले यथास्थितिमा एमसीसी…
काठमाडौँः नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। ओलीको निजी सचिवालयका अनुसार अपराह्न ओलीसँग बेरीले भेट गरेका हुन्। ओली निवास बालकोटमा भेट भएको हो। भेटमा सदनमा पेश भएको एमसीसीसँगको सम्झौताबारे छलफल भएको ओलीले निजी सचिवालयले जनाएको छ। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको विरोधबीच फागुन ८ गते सम्झौता प्रतिनिधि सभामा पेश…
काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन्। मंगलबार साँझ ओली बालुवाटार पुगेका हुन्। सदनमा एमसीसी सम्झौता विचाराधीन रहेको तथा सत्ता गठबन्धनबीच नै प्रस्तावबारे एकमत नरहेको अवस्थामा ओली प्रधानमन्त्री भेट्न पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच समसामयिक विषयमा छलफल भइरहेको छ। अमेरिकी राजदूत…
काठमाडौं: टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा नेपाल पराजित भएको छ। ओमनस्थित अल अमरेत मैदानमा नेपाली टोली यूएईसँग ६८ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल फितलो ब्याटिङ गर्दै १८.४ ओभरमा १०७ रनमा समेटियो। पहिलो विकेटका रुपमा चिराग सुरीलाई ४ रनमै गुमाएको यूएईलाई…
काठमाडौँः कार्यकाल पूरा नहुँदै स्थानीय चुनावको मिति घोषणा गरिएको भन्दै रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम अस्वीकार गरेको हो। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गर्दै जवाफ माग गर्ने आदेश भने गरेको छ। अन्तरिम आदेश जारी नगरेसँगै सरकारले एकै…
काठमाडौं: टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा यूएईले नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमनस्थित अल अमरेत मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो। पहिलो विकेटका रुपमा चिराग सुरीलाई ४ रनमै गुमाएको यूएईलाई आक्रामक सुरुवात गराएका वृत्य अरविन्द २३ बलमा ५ चौका र ३ छक्काको सहायतामा ४६ रन बनाउँदा…
काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ४२४ जनाको कोरोना भाइरस परीक्षण गर्दा ४७६ जनामा संक्रमण देखिएको छ। यस्तै, ८३१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १० हजार ७४७ पुगेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण मृत्यु भएको संख्या ११ हजार ९२८ पुगेको छ।
काठमाडौं : मधेश प्रदेशको प्रदेशसभाको आज बस्ने भनिएको बैठक फागुन २२ गते सम्मका लागि स्थगित भएको छ। आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै स्थगित गरेको हो। प्रदेशसभा भवनको कम्पाउण्डभित्र कालोपत्र गर्ने काम भइरहको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त हुने भएकाले आजको बैठक स्थगित गरिएको प्रदेशसभा…
कोरोनाको तेस्रो लहरपछि बिस्तारै फिल्म क्षेत्रमा चहलपहल बढ्न थालेको छ। बलिउडका बहुप्रतिक्षित फिल्महरुले पनि सन् २०२२ मा रिलिज डेट तोकिसकेका छन्। सामान्य अवस्था भएको खण्डमा बलिउड उद्योगका लागि सन् २०२२ निकै रोचक हुने देखिन्छ। किनकी सन् २०२२ मा बलिउडमा ठूला बजेटका फिल्महरु रिलिज हुँदैछन्। जुन फिल्मको बजेट ३०० करोडभन्दा बढी छ। ११ अगस्ट २०२२ मा रिलिज हुने फिल्म 'आदीपुरुष' ठूलो…
काठमाडौं : टी-२० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। अल अमेरत क्रिकेट मैदानमा विश्वकपको छनोटका लागि मत्वपूर्ण आजको खेलमा यूएईले टस जितेर ब्याटिङ रोजेको हो। आज नेपालले यूएईलाई हराए नेपालले अस्ट्रेलियामा हुने टी-२० क्रिकेट विश्वकपमा स्थान पक्का गर्नेछ। आजको खेलमा जित निकाल्न सके सन् २०१४ मा विश्वकप खेलेको नेपालले २०२२ मा दोस्रो पटक विश्वकप…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन्। चितवनमा भएको एक कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु ‘अनैतिक र अव्यवहारिक’ हुने बताए। ‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौं। तर, सँगै जान्छौं भन्ने कुरा अनैतिक र…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बीमा एपीएफ र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको पहिलो मिनेटमै सुमन लामाको गोलमा अग्रता बनाएको पुलिसले अग्रता जोगाउन नसक्दा एपीएफसँग अंक बाँड्न पुग्यो। एपीएफका गोलकिपर युया कुरियामा अघि बढेको र डिफेन्डरले बल पकडमा राख्न…
जनकपुरधाम : जनमत पार्टीका कार्यकर्ताहरुले मंगलवार जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। जनमत पार्टीको आह्वानमा पार्टीका कार्यकर्ताहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार विरुद्ध नाराबाजी गर्दै विरोध र्याली निकालेका हुन्। किसानको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित करिब दुई महिनादेखि जनमत पार्टी आन्दोलनरत छ। पार्टीले रासायनिक मल र बिउ बिजनको अभावमा किसानको खेत अझै बाँझो रहेको, नगदे बालीको रुपमा…
काठमाडौं : चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ। चन्द्रागिरि–१२ खुसिखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका-७ घर भई हाल चन्द्रागिरि-१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिए। प्रवक्ता मैनालीले शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर…
काठमाडौं: दिवाकर भट्टराईको निर्देशन रहने फिल्म 'हनी बनी' मा अभिनेत्री सारा सिर्पाली अनुबन्धित भएकी छिन्। उनी फिल्ममा मुख्य अभिनेत्रीको भूमिकामा भित्रिएकी हुन्। फिल्मको कथा अनुसार 'फिट' हुने पात्र भएकाले सारालाई नै रोजेको र हिजो नै सारासँग लिखित सम्झौता भएको निर्देशक भट्टराईले जानकारी दिए। यसअघि पनि फिल्मको मुख्य भूमिकामा लागि अभिनेता अनमोल केसी र सलोन बस्नेत देखिने पक्का भइसकेको छ। यस…
काठमाडौं : प्रतिनिधिसभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिट दरपीठ भएको छ। अधिवक्ता सुरेन्द्र भण्डारीद्वारा एमसीसी अनुमोदन रोक्न माग गर्दै हिजो सर्वोच्चमा रिट पेश भएको थियो। आज उनको रिट दरपीठ गरिएको सर्वोच्च प्रशासनले जनाएको छ। फागुन ८ गते प्रतिनिधिसभामा एमसीसी प्रस्ताव सरकारले पेश गरेको थियो। सत्तारुढ गठबन्धन बिच एमसीसीलाई लिएर ठूलो…
युक्रेन - रसिया संकटका कारण विश्वभर इन्धन आपूर्ति असन्तुलित हुने देखिएको छ जसले मूल्य वृद्धि गराउने त्रास फैलिएको छ। मंगलवार सात वर्षयताकै सबैभन्दा उच्चदरमा कच्चा तेलको कारोबार भएको छ। प्रति ब्यारेल ९७.७६ डलरमा इन्धनको कारोबार भएको हो। रसियाले युक्रेनबाट दुई देश विभाजन गराउन निर्णय गरेसँगै इन्धनमा असहज अवस्था सिर्जना भएको हो। एसियाली सेयर बजारमा चर्को गिरावट पनि यसैका कारण आएको…