काठमाडौं : महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्दै गएको छ। गएका केही वर्षदेखि महिला हिंसाका घटना उकालो लागेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। केही दिनअघि अन्धविश्वासको कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिकाको मृत्यु समेत भएको घटना बाहिरिएको छ। ठकुरीले झारफुक गर्ने क्रममा त्रिशुलले शरीरमा घोचेपछि बालिका बेहोस भएकी थिइन्। बेहोस…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशशरण महत कोभिड १९ संक्रमित भएका छन्। संक्रमण देखिएसँगै उनले आफू घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन्। उनले पछिल्लो समय आफू निकट भएका मानिसहरुलाई सतर्क रहन र आवश्यक परे परीक्षण गराउन आग्रह समेत गरेका छन्। पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरुमा कोभिड १९ संक्रमण देखिने क्रम बढ्दो छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर संक्रमितको संख्या ह्वात्तै बढिरहेको…
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६८ हजार ८३३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। शुक्रवारभन्दा ४ हजार ६३१ जना बढीमा आज संक्रमण देखिएको हो। यस्तै, १ लाख २२ हजार ६८४ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार ८२० पुगेको छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै हाल भारतको दैनिक सक्रिय संक्रमित दर १६. ६६ प्रतिशत पुगेको…
काठमाडौँः नेकपा (माओवादी केन्द्र) का अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले लिपुलेक प्रकरणमा सरकारले तत्काल विरोध जनाउनुपर्ने बताएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठले सडक निर्माणको घोषणाको विरोध गरेका छन्। विज्ञप्तिमा श्रेष्ठले भनेका छन्, ‘यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा हामी दुःखी छौँ। नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माण कार्य बन्द…
काठमाडौँः नेपाली कांग्रेसले नेपाल–भारत संयुक्त आयोगको समझदारी विपरीत लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक बनाएकोमा आपत्ति जनाएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वक्तव्य जारी गर्दै सडक निर्माण तत्काल रोक्न माग गरेको छ। सडक निर्माण प्रकरणमा सरकारका तर्फबाट भने हालसम्म कुनै पनि औपचारिक विरोधको प्रक्रिया अघि बढाइएको छैन। महामन्त्रीको संयुक्त वक्तव्यमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको…
काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले कोभिड-१९ नियन्त्रण तथा रोकथामका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ। एमाले सचिव योगेश भट्टराईका अनुसार शनिबार बिहान १० बजे प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम तय भएको छ। कोरोना रोकथामबारे एमालेले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन लागेको हो।
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब सातदोबाटो युथ क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोसँग २-१ गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा सातदोबाटोका मार्टिन एडेल्फ सिलो नान्गा र अजयी मार्टिन्सले गोल गरेका थिए। ११ औं मिनेटमा एडेल्फ सिलोको गोलमा अग्रता बनाएको सातदोबाटोका लागि ३८ औं मिनेटमा प्रशान्त अवस्थीको पासमा…
काठमाडौँः निर्वाचन आयोगले माघ पहिलो साताभित्र नै स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको छ। राष्ट्रियसभा निर्वाचनको तयारी र स्थानीय तहको निर्वाचनबारे आयोगले बोलाएको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगलाई चाहिने तयारीको समयसीमा अनुसार पनि वैशाख १४ भित्र निर्वाचन गर्न मिति चाँडो तोक्नुपर्ने बताएका हुन्। छलफलपछि निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले कानुन बमोजिम आयोगले पाउनुपर्ने १२० दिनको समयसीमा…
काठमाडौं : एकदशक अघि बन्द भएको गुरुकुल थिएटर आजबाट पुन: संचालनमा आएको छ। १० वर्षअघि बन्द भएको 'आरोहण'को गुरुकुल थिएटरको आज उद्घाटन भएको हो। काठमाडौंको थापागाउँमा 'गुरुकुल थिएटर'को उद्घाटन गरिएको हो। चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा थिएटरको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा चित्रकार किरण मानन्धरले गुरुकुल पुन: सुरु भएकोमा खुसी व्यक्त गरे। उनीसँगै थिएटर परिसरमा चित्रकारहरुले विभिन्न चित्रहरु कोरेका थिए। उक्त समारोहमा ४…
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९ सय १३ जना, ललितपुरमा ३ सय ७७ जना र भक्तपुरमा ३ सय १७ जनामा संक्रमण देखिएको छ। आज देशभर ५ हजार ८७ जनामा संक्रमण देखिएको हो। आज कूल संक्रमितमध्ये ५१.९६ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको हो।…
काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न दोस्रो खेलमा वाग्मती प्रदेशले प्रदेश २ माथि जित निकालेको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मतीले ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। जसका लागि हरिशंकर शाहले अविजित सर्वाधिक ५६ रन बनाउँदा विवेक यादवले २८…
काठमाडौं: काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ। केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगता कोरोना भाइरसको बढ्दो लहरका कारण स्थगित गर्नु परेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्। अध्यक्ष वज्राचार्यका अनुसार स्थिति अनुकुल भए प्रतियोगिता फागुन पहिलो सातामा गर्ने तयारी रहेको छ। ‘सबैका…
काठमाडौं: विभागीय टोली एपीएफ अपराजित रहँदै जारी प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा लुम्बिनी प्रदेशलाई हराएसँगै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफले हिमालयन शेर्पा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले शेर्पालाई १-० गोलअन्तरले हराएको हो। पहिलो हाफको इन्ज्युरी समयमा नवीन लामाले कर्नरबाट प्रहार गरेको बललाई आवास लामिछानेले हेडिङमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा हिमालयन शेर्पाले खेलमा पुनरागमनका लागि प्रयास गरे पनि फिनिसिङ…
बुटवल : लुम्बिनी प्रदेश सरकारले आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्तीको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएपछि लुम्बिनीमा माघ २ गते आइतबार सार्वजनिक विदा हुने भएको हो। प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा प्रदेश सरकारको तर्फबाट माघ १ र…
अस्ट्रेलियाले टेनिस स्टार नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको छ। कोरोना भाइरसविरुद्धको खोप नलगाइ अस्ट्रेलिया प्रवेश गर्ने क्रममा जोकोभिचलाई अस्ट्रेलियन बोर्डर फोर्सले रोकेको थियो। उनले खोप लगाएको प्रमाण पेश गर्न नसकेपछि उनलाई 'डिटेन' गरिएको थियो। खोप नलगाएका जोकोभिचलाई प्रवेश गर्न दिएको भन्दै अस्ट्रेलियामा विरोध भएपछि उनको भिसा रद्द गरिएको थियो। सरकारको निर्णय पछि जोकोभिचले आफूलाई गरिएको कारवाहीको विरुद्ध अदालतमा…
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो समय राजनीतिक नेतृत्वमा संक्रमण बढ्दै गएपछि उनले पनि कोभिड १९ परीक्षण गराएका थिए। उनमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। आफूलाई संक्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको सामाजिक संजालमार्फत जानकारी दिएका छन्।
काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। पिचको खराब अवस्थाका कारण बिहीवारको खेलमा प्रदेश १ सँग अंक बाँडेको आर्मीले आज सुदूरपश्चिमलाई ३ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ओभरमा ७ विकेट गुमाएर…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने खेलहरु हेर्न रंगशाला प्रवेश गर्न अब दर्शकहरुले कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड पेश गर्नुपर्ने भएको छ। कोरोना संक्रमणका कारण प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। प्रशासनले माघ ७ गतेबाट रंगशालासहित सार्वजनिक निकाय र स्थलमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ। अखिल नेपाल फुटबल संघले भने आजबाट…
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार २०२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, १ लाख ९ हजार ३४५ जना संक्रमण मुक्त भएका छन्। हाल भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख ७२ हजार ७३ रहेको छ। दैनिक संक्रमण दर १४. ७८ पुगेको छ। पछिल्लो समय ओमोक्रन भेरियन्टको संक्रमण फैलिएसँगै डेल्टा भेरियन्टसँगै जुध्दै गरेको भारतमा संक्रमण ह्वात्तै बढेको हो।…